मिति २०८२।११।०५ गते ०५:०० बजे देखि २०८२।११।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०६
- A
- A-
- A+
कर्तव्य ज्यान,
उदयपुर, चौदण्डिगढी नगरपालिका
वडा नं ०२ डाडागाँउ बस्ने अ. वर्ष ५७ को पुर्ण वि.क.ले मा.प.से. गरी घरमा आइ निजको
छोरा अ. वर्ष १९ को धिरज वि.क. सँग घरायसी बादबिबादको कारण झै-झगडा हुँदा धिरज
वि.क.ले रिसको आवेगमा आइ दाउराले टाउकोमा हानी घाइते बनाइ उपचारको लागी ऐ. १०:००
बजे बिराटनगर स्थित आर्या न्युरो बिराटनगरमा लगि उपचार गराएकोमा उपचार हुन नसकी ऐ.
१८:०० बजे डिस्चार्ज गरी घर पठाएकोमा ऐ. २०:३० बजे घरमा ल्याइ पुर्याउना साथ निजको
मृत्यु भएको भन्ने खबर ऐ. २०:४५ बजे इ.प्र.का. बेल्टारमा प्राप्त हुना साथ कानूनी
प्रक्रियाको लागि प्र.नि. को कमाण्डमा टोलि खटिगई
घटनास्थल मुचुल्काको कार्य सम्पन्न गरी पो.मा.को लागी नगर अस्पताल बेल्टार
उदयपुरमा ल्याई राखेको । कुटपिट गर्ने छोरा धिरज वि.क. फरार रहेकोले खो.त. कार्य
भइरहेको ।
सुनसरी, दुहबी नगरपालिका वडा
नं. ०६ राधाकृष्ण मन्दिर बस्ने बर्ष ४३ को श्याम कुमार साहलाई घरायसी वादविवादका
कारण निजकै भाई बर्ष २९ को बली साहले काठको चिरपटले टाउकोमा प्रहार गरी घाईते बनाई
उपचारको लागि विराट मेडिकल टिचिङ अस्पताल
बुढीगंगामा उपचार भईरहेकोमा मिति
२०८२।११।०५ गते अं २०;०० बजेको समयमा घाईतको अवस्था थप गंभिर हुदै गएकोले आफन्तले अस्पतालबाट
डिस्चार्ज मागि घर ल्याएकोमा ऐ २१;०५ बजे निजको घरमा मृत्यु
भएको भनि आफन्तले इप्रका दुहबिमा जानकारि गराएकोले इप्रका दुहबिबाट प्र.नि.को टोलि
खटि गई सम्पुर्ण कानूनि प्रक्रिया पुरा गरि लास पो.मा.को लागी कोशि अस्पताल बिराटनगर मोरङ पठाएको,कुटपिट गर्ने बली साह इप्रका
दुहबीको नियन्त्रणमा रहेको ।
गोली प्रहारद्वारा मृत्यु,
कास्की, मादी गा.पा.७ छाचोक
स्थित नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की दरबन्दी भई हाल अपर मादी पावरहाउस
प्रा.लि. सुरक्षा वेशक्याम्पमा कार्यरत जि.कैलाली धनगढी उ.म.न.पा. १४ घर वतन भएका
वर्ष ३५ को स.प्र.स.ह ईन्द्र बहादुर खडका ऐ.१०:०० बजे देखी १४:०० बजे सम्म ३
नं.पोष्टमा डियुटी खटिएको अवस्थामा सोही पोष्टमा छातीमा गोली लागि ढली मृत
अवस्थामा फेला भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का. शिशुवाबाट प्र.ना.उ.को
कमाण्डमा SOCO सहित टोली खटिई गई कानुनी प्रकृया पुरा गरी शव
पो.मा.को.लागि पश्चिम क्षेत्रिय अस्पताल पोखराट पठाएको ।
नक्कली नोट बरामद,
सुनसरी, इनरुवा न.पा ५ स्थित
रहेको सब्जि बजारमा सब्जि लिइ रु ५०० को नेपाकी रुपैया दिएकोमा उक्त नेपाली
नोटमाथी शंका लागी सो स्थानमा भएका स्थानियले
जि.प्र.का. सुनसरीमा जानकारी गराउन साथ प्र.स.नि.को गाडी मोबाइल टोली खटिइ
गइ पैसा दिने जिल्ला सुनसरी इनरुवा न.पा. १० बस्ने रहिम मियाको छोरा वर्ष २५ को
आजाद मियालाइ नियन्त्रणमा लिइ जिप्रकामा ल्याइ शरिर खानतलासी गर्दा निजले लगाएको
पाइन्टको गोजीबाट नम्बर दोहोरियका ५०० दरका ८ वटा नेपाली रुपैया बरामद भएकोले थप
अनुसन्धान भइरहेको ।
लागु औषध,
काठमाण्डौं, का.म.न.पा.९
एयरपोर्ट स्थित एयर ईन्डियाको उडान नं.AI-211 दिल्लीबाट
काठमाडौं आगमन भएका निम्न भारतिय नागरिकहरूले अं.२१:४४ बजे आगमन भएको मलेसियन एयर
उडान नं. MH-787 बाट आएको लगेजलाई साथमा लिई त्रिभुवन
अन्तराष्ट्रिय बिमान स्थल अराईभल भन्सार चेकिङ एरिया क्रस भए पश्चात टर्नेल गेट
नजिक का.जि.का.म.न.पा.९ एयरपोर्टबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिलाई शंका लागी
(१) भारतीय नागरिक VOTER ID न.ZPF 1033604
बाहक बर्ष ३३ को SYED SADIK ALI बाट (३ के.जी.३३० ग्राम )
(२)भारतीय नागरिक VOTER ID न.WEH6104400
बाहक बर्ष ३७को MAHESH ASHOK MORJE बाट (३ के.जी.२८० ग्राम )
(३)भारतीय नागरिक VOTER ID न.WCS2335099
बाहक बर्ष ४४ को MIRZA NAZEEM MIRZA NAZIR BAIGबाट (३
के.जी.४१० ग्राम ) (४) भारतीय नागरिक VOTER ID न.XVP185369 बाहक बर्ष ३८ को MO AZEEM बाट (३ के.जी.३१०
ग्राम ) आगमन एरिया (U-30) प्रहरीको X-RAY मेसिनमा लगेजहरू चेकजाँच गर्दा उक्त लगेजहरू भित्र प्रतिबन्धित ला.औ.गाँजा
जस्तो देखिने बस्तु प्लास्टिक सहित अं.१३ के.जी.३३० ग्राम लुकाई छिपाई लैजान
लागेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान एंब कारबाहिको लागि मानिस र बरामद
ला.औ.गाँजा सहित यस कार्यालयको पत्र सहित ऐ.११/०६ गते ०१:०० बजे ला.औ.ब्युरो
कोठेश्वरको जिम्मा लगाई पठाईएको ।
धनकुटा, साँगुरीगढी गापा-७
गर्जुवा स्थित जंगलबाट ला औ गाँजा बाटो तर्फ बोकेर ल्याउदै गरेको अवस्थामा तालुक
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको pit टोली र
प्रचौ मुलघाट धनकुटाबाट प्रसनिको कमाण्डमा खटि गएको प्रहरीले सेतो प्लाष्टिको बोरा
भित्र रहेको ला औ गाँजा १० बोरामा तौल गर्दा २०५ केजी ,जिल्ला
धनकुटा साँगुरीगढी गापा-७ बस्ने वर्ष ३३को प्रकाश राई र ऐ.ऐ.बस्ने वर्ष ३४को अशोक
राईलाई ला औ गाँजा सहित नियन्त्रणमा लिई जिप्रका धनकुटामा ल्याई राखि अनुसन्धान
कार्य भई रहेको ।
मकवानपुर, भीमफेदी
गा.पा.२ चुनिया स्थित भित्री सडक खण्डमा प्र.स.नि.को कमाण्डमा खटीएको गस्ती टोलीले लु.१च २१५२ नं.को बोलेरो गाडीलाई
निगरानी गरीरहेकोमा बा.प्र.०३-००५ प ४५७६ नं.को मो.सा.लाई शंका लागि रोकी चेकजाँच
तथा सोधपुछ गर्ने क्रममा बोलेरो गाडी चालकले अं.१०० मिटर अगाडी बलेरो रोकि लाईट अफ
गरेको हुदा मो.सा.चालक ऐ. कैलाश गा.पा.१० बस्ने वर्ष अं.१९ को अनिल थिङ लाई सोधपुछ
गरिरहेको समयमा बलेरो पालुङ तर्फ जान लाग्दा प्रहरी टोली पुगी बलेरो सहित बलेरो
चालक जि.मकवानपुर कैलाश गा.पा.१० बस्ने वर्ष अं.२७ को राम बहादुर मोक्तानलाई
नियन्त्रणमा लिई चेकजाँच तथा सोधपुछ गर्दा बलेरो लाईट अफ गरी रोकेको स्थानमा गई
हेर्दा सडडको भित्ताको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ.गाँजा ७१ पोका
फेला परेको अं.४८० के.जि. (तौल हुन बाँकि), दुबै सवारी साधन,दुबै चालक र ला.औ.नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागी
जि.प्र.का.पठाएको ।