मिति २०८२।११।०६ गते ०५:०० बजे देखि २०८२।११।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०७
- A
- A-
- A+
कर्तव्य ज्यान,
झापा, मिति २०८२।११।०६ गते
१८:४५ बजेको समयमा जिल्ला झापा मेचिनगर न.पा.६ प्यारी भिट्टा बसपार्क स्थित धन
बहादुर तामाङको घरमा बिगत ३ महिना अगाडिदेखी कोठा भाडामा बस्दै आएको ( जिल्ला
उदयपुर ) घर भन्ने बुझिएको अ.बर्ष २५/३० को अनिल गुप्ताको श्रीमति अ.बर्ष २५/२६ कि
तत्काल नाम नखुलेको महिला खाट मुनि मृत अबस्थामा रहेको भनि इप्रका काँकरभिट्टामा
जानकारी गराउन साथ इप्रका काँकरभिट्टाबाट प्रसनि गजेन्द्र लिङदमको कमाण्डमा प्रहरी
टोली खटि गई घटना स्थल सुरक्षित राखेको,निज अनिल गुप्ता फरार रहेको
खो.त. भइरहेको थप अनुसन्धानको लागि इप्रका काँकरभिट्टाबाट प्र.नि जस ब. लिम्बुको
कमाण्डमा SOCO टोलि सहित खटि गएको ।
कैदी मृत्यु,
काठमाण्डौ, उदयपुर जिल्ला अदालत
मिति २०८२।०९।०८ गते कारागार कार्यालय उदयपुरबाट उपचारको लागि काठमाण्डौ म.न.पा.११
जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा स्थानान्तरण भई आएको जि. उदयपुर
चौदन्डीगढी न.पा.५ स्थायी वतन भएका वर्ष ७२ को ज.ज.क.मुद्दा थुनामा रहेका कैदी
दुखिलाल चौधरी मुटु सम्बन्धी बिरामी भई मिति २०८२।१०।२५ गते उपचारको लागि
केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको
क्रममा निज कैदीको मिति २०८२।११।०६ गते अं.१२:२५ बजे मृत्यु भएको ।
चोरी,
काठमाडौ, टोखा न.पा.३ साईबाबा चोक मेलमिलाप टोल स्थित अं.वर्ष ५० को
उर्जेन लामाको साढे चार तले घरको चौथो तलाको कोठा बन्द गरी घरबेटी बाहिर गएको र
घरमा काम गर्ने जि. नुवाकोट घर भई हाल ऐ.घरमा काम गर्ने अं.वर्ष २५ की बिमला तामाङ
घरको छतमा काम गरिरहेको र घरको मुल ढोका बन्द रहेको अन्य कोठाहरु खुल्ला रहेको
अवस्थामा काठको दराजको ताला खुल्ला रहेको
अवस्थामा अपरिचित व्यक्ति प्रवेश गरी सेफ फोडी सेफ भित्र रहेको नेक्लेस लगायत सुनका विभिन्न गर-गहनाहरू अं.२७ तोला
अं.मु.रू.८१,००,००० बराबरको सुन चोरी गरी फरार रहेको भन्ने खबर
प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई
चोरीमा संलग्न ब्यक्तिहरूको खो.त.तथा पहिचान कार्य भईरहेको, ।
हातहतियार बरामद,
झापा, बिर्तामोड न.पा.३
सिर्जना टोल स्थित सडक छेउको झाँडीमा INSAS राईफलको म्याग्जिनमा लोड
भएको १९ राउण्ड गोली सहित म्याग्जिन बेवारिसे अवस्थामा रहेको भन्ने जानकारी
प्राप्त हुनासाथ प्र.चौ.बिर्ताबजारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई म्याग्जिन
सहितको गोली राउण्ड इ.प्र.का.अनारमनीमा ल्याई राखेको ।
कुटपिट,
कास्की, पोखरा म.न.पा.२३
कार्कीको टहरा बस्ने वर्ष ८४ को चन्द्रकान्त दाहाललाई निजको छोरा वर्ष ३४ को जगत
दाहालले घरायासी बिबादको कारण कटुसको दाउराले
टाउकोमा प्रहार गर्दा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा कास्की
पठाएको,
टाउकोमा चोट, अवस्था गम्भीर,व.प्र.का. बैदामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने निजको
छोरालाई नियन्त्रणमा लिई व.प्र.का. बैदाम ल्याई राखेको ।
लागु औषध,
ललितपर, बागमती गा.पा.३ छपेली
स्थित प्रहरी चौकी भट्टेडाँडाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच
गर्ने क्रममा ना ३ च ४०५ नं. को हात्ती गाडीबाट गाँजा अं. १५० के.जी. (१५ पोका)
फेला पारी गाडी नियन्त्रणमा लिएको, उक्त गाडी चालक हाल फरार
रहेको ।