मिति २०८२।११।०७ गते ०५:०० बजे देखि २०८२।११।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०८
- A
- A-
- A+
पेस्तोल पड्किएर बालक घाइते,
सर्लाही, मलंगवा न.पा. ४ ढाँका
गाउँ बस्ने रामविश्वास रामको छोरा अं. वर्ष १५ को आकाश कुमार राम घर देखी १०० मिटर
पूर्वमा रहेको निर्माणाधिन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको
बस्तु खोली हेर्दा पेस्तोल रहेकोमा सो पेस्तोल नक्कली हो भनि चलाउने क्रममा
पेस्तोल पड्की निज आकाश रामको दाहिने हातको पन्जामा गोली लागी घाइते भएको भन्ने
खबर प्राप्त हुनासाथ जि.प्र.का. सर्लाहीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई
घाइतेलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा थान-१ कुटुवा पेस्तोल र
पड्किएको खो.का. पेस्तोलमा अड्किएको अवस्थामा फेला परेको, थप
अनुसन्धान कार्य भईरहको । ऐ.१८:२५ बजेको समयमा निज घाईते प्रादेशिक अस्पताल जनकपुर
धनुषामा पुगी उपचार भईरहेको , अबस्था सामान्य ।
ज.ज.क.,
इलाम, मिति २०८२।११।०६ गते
बिहानको राति अं. ०३:०० बजे जि.इलाम माङसेबुङ गा.पा. ५ कुरुम्बा बस्ने सन्तोष
लावतिको घरमा बिगत १ वर्ष देखि काम गरी बस्दै गरेको ऐ. ३ बस्ने राज कुमार लिम्बुको
छोरा वर्ष २० को पुरुषले जि.पाँचथर मिक्लाजुङ गा.पा. ५ घर भई ऐ. ३ बरभञ्ज्याङ
स्थित मामली घरमा ३ दिन अगाडि आई बसेकी वर्ष १५ की बालिकालाई सन्तोष लावतिको घरमा
ज.ज.क. गरेको भनि पिडितको बुवाले ऐ. २१:०० बजे टे.फो. मार्फत प्र.चौ. बाँझो इलाममा
जानकारी गराउनसाथ प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई
इ.प्र.का. मंगलबारे इलाममा ल्याई राखि ऐ. ०७ गते १०:०० बजे पिडितको आमाले लिखित
जाहेरी दिनासाथ पिडकलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मुद्धा दर्ता भई थप
अनुसन्धान कार्य भई रहेको ।
कञ्चनपुर, मिति २०८२।११।०६ गते
अं. १७:३० बजे, जि.कञ्चनपुर लालझाडी गा.पा. वडा न.६ बस्ने
वर्ष अं.७ कि बालिकालाई घरमा कोहि नभएको
अवस्थामा ऐ.बस्ने वर्ष अं.१५ बालकलले ज.ज.क. गरेको भनि ऐ.०७ गते १३:०० बजे,
पिडितका आफन्तले इ.प्र.का.बेलौरीमा आई जाहेरी दिनासाथ, प्र.नि.को कमाण्डमा टोली खटी निज बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण,
महोत्तरी, मनरासिस्वा
न.पा.३ सोनौल बजार स्थित प्रहरी टोलिले
पोखरभिण्डबाट सोनौल बजारतर्फ जि.महोत्तरी सम्सी गा.पा.७ बस्ने गौतम साहले
चलाइ आँउदै गरेको म.प्र.०२-००९प.१५१७ नं.को मो.सा.लाई शंका लागि मो.सा.रोकी
चेकजाचँ गर्दा सोही मो.सा.पछाडी सवार निजको छोरा अं.वर्ष ८ को छोटु कुमार साहको
साथबाट प्लाष्टिकको पोकामा स्रोत नखुलेको रुपैयाँ ११ लाख ५१ हजार ३ सय मात्र
शंकास्पद देखिएको हुँदा मो.सा.सहित दुबै जना मानिसलाइ नियन्त्रणमा लिइ
जि.प्र.का.महोत्तरीमा पठाइएको, आवश्यक अनुसन्धानको भइरहेको ।
चोरी,
रुपन्देही, मिति
२०८२।११।०३ गते जि.रूपन्देही सिद्धार्थनगर न.पा.१ बेलहिया बस्ने अं.वर्ष ६५ को
रमेश कुमार गुप्ताको स-परिवार सहित भारतको कोलकत्ता आफन्तको बिहेमा गएकोमा ऐ.०७
गते अं.१७:३० बजे निजको छोरा अभिशेक गुप्ता भारतकोबाट आफ्नो घर फिर्ता भई
कम्पाउण्डको गेट खोली भित्र हेर्दा घरमा निजको एक तले घरको अगाडीको ढोकाको ताला
झुन्ड्याउने कुन्डी तोडी भित्र पसी चोरी भएको भनी जानकारी गराउनासाथ
इ.प्र.का.बेलहियाबाट प्र.नि.को कमाण्डमा टोली खटीई गई बुझ्दा कोठामा भएको २ वटा
दराजको लक तोडी दराजमा रहेको नगद रु. ५,२८,०००।–(पाँच लाख अठ्ठाईस हजार), सुन र चाँदिको बिभिन्न गरगहनाहरुको अं. मुल्य रु.२३ लाख बराबरको चोरी भएको,
कपडाहरु यत्रतत्र छरेको अवस्थामा रहेको,चोरी
गर्ने व्यक्तिहरुको खो.त.कार्य भईरहेको ।
बालिका हराएको,
सप्तरी, मिति २०८२।११।०५ गते
अं.१९:०० बजे,जि.सप्तरी खड्क न.पा. ८ लालपटी टोल घर भई हाल
ऐ.वडा नं.८ बिसनपुर बस्दै गरेको इमरान खानको छोरी अ.बर्ष-७ की नेहा खातुनले घरमा
कोहि कसैलाई केही नभनी घरबाट निस्केको भन्ने खबर प्र.चौ.बिसनपुर सप्तरीमा ऐ.१९:३०
बजे जानकारी प्राप्त हुनासाथ प्र.नि. संजीब बोगटीको कमाण्डमा टोली खटी गई
खो.त.कार्य भईरहेकोमा उल्लेखित बालिकालाई Manually र Technically
Analysis गरि खो.त.गर्दै जाने क्रममा ऐ.११।०७ गते अ.११:०० बजे
जि.सप्तरी खडक न.पा.९ लालपट्टी टोल बस्ने मो.सफि रहमानको छोरा अं.वर्ष ३० को
ईम्तियाज अहमदले बच्चाको बुवालाई फोन गरी १ करोड रकम र ५ किलो सुन फिरौती माग
गरेको हुँदा माग बमोजिमको रकम तयार पार्छु छोरी फिर्ता गरि दिनु भनी रकम लिन
बोलाउँदा निज ईम्तियाज अहमदले ऐ. रुपनी गा.पा.१ खाँडो खोला स्थितमा उल्लेखित
बालिकालाई लिई आएको अवस्थामा जि.प्र.का.सप्तरीको निर्देशानुसार
इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को टोलीले घेरा बन्दी गरी ऐ.१७:०० बजे निज ईम्तियाज
अहमदलाई नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, निज नेहा खातुनलाई सकुशल उद्धार गरी दुबै जनालाई OCMC(बिस्तृत स्वास्थ्य परिक्षण) चेकजाँचको लागी गजेन्द्र नारायण सिंह असप्ताल
राजबिराज सप्तरी पठाईएको ।
लागु औषध,
धनकुटा, साँगुरीगढी गापा-१
लावरबोटे स्थित कोशी लोक मार्गमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले
धनकुटाबाट धरान तर्फ जादै गरेको प्र१-०२-०५८ प ७८३३ नम्वरको स्कुटर रोकी चेकजाँच
गर्दा जम्मा १४ (चौध) किलोग्राम (गाँजा) सहित स्कुटर, स्कुटर
चालक जि.धनकुटा शहिदभुमि गा.पा.४ वस्ने वर्ष २१ को दिनेश राई र स्कुटरमा पछाडी
सवार ऐ.वस्ने वर्ष २० को प्रमोद राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
रुपन्देही, गैडहवा
गा.पा.३ गोबडौरी स्थित इ.प्र.का.सुर्यपुराबाट खटिएको टोलीले लुम्बिनी से ३ प ६०० नं. को मो.सा. लाई
चेकजाँच गर्ने क्रममा मो.सा. चालक ऐ.मायादेवी गा.पा.१ बसन्तपुर बस्ने बर्ष अं.३४
को जगदिश कुर्मीको साथबाट ब्राउन सुगर
जस्तो देखिने पदार्थ २ ग्राम ८०० मिलिग्राम र सोही मो.सा.पछाडी सवार ऐ.गैडहवा
गा.पा.४ कुसुमहवा बस्ने बर्ष अं. ३१ को
महेश कुर्मीको साथबाट ब्राउन सुगर जस्तो
देखिने शुद्ध तौल ३ ग्राम २०० मिलिग्राम फेला परेकोले तत्काल निज महेश कुर्मीको
घरमा गई खानतलासी गर्दा निज सुत्ने कोठा बाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल
३१ ग्राम ४७० मिलिग्राम फेला परेको ले जम्मा ३६ ग्राम ४७० मिलि ग्राम लागु औषध ब्राउन सुगर, मो.सा.
र दुबै जना मानिसहरु समेतलाई नियन्त्रणामा लिई यस का.मा ल्याई राखेको ।