मिति २०८२।११।०८ गते ०५:०० बजे देखि २०८२।११।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०९
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
सोलुखुम्बु, परिवर्तित वतन जिल्ला
११ बस्ने वर्ष १२ को बालकले मिति २०८२।११।०७ गते अं.१३:०० बजे परिवर्तित जिल्ला ११
बस्ने वर्ष ४ की नाबालिकालाई चकलेट दिन्छु भनी फकाएर पीडितको आफ्नै गोठमा लगी
जबरजस्ती करणी गरेको भनी मिति २०८२।११।०८ गते अं.०५:०० बजे प्र.चौ. सुकेपोखरी
जानकारी प्राप्त हुनसाथ प्र.चौ.सुकेपोखरीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटी
गई पीडकलाई नियन्त्रणमा लिई स्वास्थ्य परक्षण गरी जि.प्र.का.सोलुखुम्बुमा राखिएको, पीडित
नाबालिकालाई आफन्तको जिम्मा बुझाएको ।
निर्वाचन प्रहरी मृत्यु,
बैतडी, दशरथचन्द न.पा.०४
बबेत बस्ने वर्ष ३८ को ( दर्ता नम्बर १३२५ को निर्वाचन प्रहरी ) महादेव ओड आफ्नै
घरको कोठाभित्र अचेत अवस्थामा रहेको भनी स्थानीयले टे.फो.मार्फत जानकारी गराउनासाथ
प्र.चौ.थालिगडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि जिल्ला
अस्पताल बैतडी पठाएकोमा ऐ.१५:०५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, अवस्थाम
अचेत ।
स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,
सिरहा, औरही गापा ५ औरही चोक
स्थितमा प्र.चौ. औरहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच
गर्ने क्रममा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेको स.१० प ४०५ नं.को मो.सा.लाई
शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सिरहा बरियारपट्टी गा.पा.३ शिवनगर बस्ने
अं.वर्ष २१ को संजित कुमार यादवले लगाएको ज्याकेटको गोजीबाट स्रोत नखुलेको नगद
ने.रु.१००० को नोट १४०० वटा भएको रू.१४,००,०००।-र
मोबाईल थान-१ फेला परेकोले निजलाई नगद, मोबाईल र मो.सा.सहित
नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.सिरहा पठाएको ।
हातहतियार बरामद,
बागलुङ, काठेखोला गा.पा.०३
धम्जा खानिखोला स्थित जंगलको गोरेटोबाटो देखी अं.१० मिटर तल जंगलको झाडीमा
बेवारिसे अवस्थामा भरुवा बन्दुक नाल ५ (पाँच) ( ४ साबुत १ बेसाबुत) फेला परेको भन्ने खबर हुनासाथ
प्र.चौ.बिहु बागलुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई हा.ह.नियन्त्रणमा लिईएको,उक्त हतियार को कस्ले लुकाई
छिपाई राखेको भन्ने नखुलेको ।
चोरी,
काठमाण्डौ, मिति २०८२।११।०८ गते
अं.०८:०० बजेदेखि ०९:३० बजे का.जि.तारकेश्वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल
नजिक जिल्ला धादिङ रुवी भ्याली गाँउपालिका वडा नं. ३ घर भई हाल तारकेश्वर न.पा.१०
हिलेटोल पुरानो इमेज स्कुल नजिक लि लामा तामाङको २ तले घरको भुइँतलामा बस्ने रेली
माया तामाङ्को फल्याटमा कोही नभएको समयमा अपरिचित मानिसले कोठाको ताला फुटाली
भित्र प्रवेश गरी दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य
उक्त घटनाको बारेमा थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र
चोरी गर्ने संकित व्यक्तीको खोजी कार्य जारी रहेको, खबर
प्राप्त १०:४५ बजे प्रहरी पुगेको समय १०:५० बजे, प्र.ना.नि.मंगल
घले (९८५१२८८९१६) को कमाण्डमा ४ जना। निम्नः- १- सुनको तिलहरी २ थान अं. १ तोला
अं. मुल्य रु. ३,००,०००।– २- सुनको औठी १ थान आधा तोला अं. मुल्य रु. १,५०,०००।– ३- सुनको सिक्री १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ४- सुनको नौगेडी १
थान १ तोला अं. मुल्य रु. ३,००,०००।–
५- चादीको बाला ३ थान ५ तोला अं. मुल्य रु. २४,१७५।– ६- चादीको सिक्री ५ वटा १० तोला अं. मुल्य रु.
४८,३५०।– ७- लेनेभो कम्पनीको ल्यापटप १
थान मुल्य खुल्न नआएको । ८- Vivo मोबाइल १ थान मुल्य खुल्न
नआएको । जम्मा चोरी भएको अन्दाजी मुल्य रु.११,२२,५२५।–
लागु औषध,
काठमाण्डौ, मिति २०८२/११/०८ गते
अं.०६:३० बजे Air
India को उडान नं. AI 215 द्वारा दिल्लीबाट
काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक MOHD JUNAID (पुरुष)
र सोही दिन अं.०८:५८ बजे Air Arabia को उडान नं. G9536 द्वारा सारजहाबाट काठमाडौं आगमन भएकी भारतीय नागरिक SAMEENA
AKHTAR BAIG MIRZA (महिला) र भारतीय नागरिक AFSANA AMIR
HUSSAIN SHAIKH (महिला) को गतिविधि शंकास्पद देखिएकोले
त्रि.अ.बि.सु.का.गौचरबाट प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको
संयुक्त प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र
पश्चात टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक राहदानी नं.P4393533 वाहक वर्ष ४३ की SAMEENA AKHTAR BAIG MIRZA (महिला) ले लिई आएको लगेजलाई भारतीय नागरिक VOTER ID No. MDW0944603 वाहक वर्ष २४ को MOHD JUNAID (पुरुष) ले
संकलन गरी लैजान लागेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध
गाँजा जस्तो देखिने बस्तु अं.३ के.जी. ८७० ग्राम (प्लाष्टिक सहित) र भारतीय नागरिक
राहदानी नं. R5584245 वाहक वर्ष ४४ को AFSANA AMIR
HUSSAIN SHAIKH (महिला) को साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो
देखिन बस्तु अं.७ के.जी. ४०० ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको
अवस्थामा फेला पारेकोले थप अनुसन्धानको लागि ला.औ.नियन्त्रण ब्यूरो कोटेश्वर
पठाएको ।
काठमाण्डौ, मलेसियन एयरको उडान
नं.MH 170 द्वारा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आगमन भएको यात्रु भारतीय
पुरुष नागरिक SHAHZEB AHMED को गतिविधि शंकास्पद देखिएकोले
त्रि.अ.वि.सु.का.गौचरबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट
खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिक राहदानी नम्बर P9239003
वाहक वर्ष २९ को SHAHZEB AHMED (पुरुष) को साथबाट लुकाई
छिपाई लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने वस्तु अं.३
के.जी.३०० ग्राम (प्लाष्टिक सहित) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन
भन्सार क्षेत्र पश्चात टनेल गेटबाट नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ब्यूरोको
टोलीलाई पत्र सहित जिम्मा लगाई पठाएको ।