मिति २०८२।११।०९ गते ०५:०० बजे देखि २०८२।११।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१०
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
न.प.पश्चिम, प्रतापपुर गा.पा. ४
पर्सा बस्ने अं.वर्ष ५ की बालिकालाई ऐ.८ नर्सही बस्ने वर्ष २५ को मिथुन चमारले उखु
खेतमा लगी ज.ज.क.उद्योग गरेको निजको दिदिले देखि घरमा आइ भनि निज मिथुन चमारलाई
गाउँलेहरुले नियन्त्रणमा लिई राखेको र निजलाई कुटपिट गर्दा खुट्टामा सामान्य चोट
लागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै पिडित र
पिडकलाई जि.प्र.का.नवलपरासी पश्चिममा राखी
आ.अ.भईरहेको ।
पाल्पा, २०८२।११।०५ गते अं.
१३:०० बजे माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ स्थित थामडाँडा सामुदायिक जंगलमा
जि.पाल्पा माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ बस्ने वर्ष १९ को रेम बहादुर
ठाडाले ऐ.वर्ष ३२ की महिलालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को
कमाण्डमा टोली खटी गई पिडकलालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
दैलेख, भगवतिमाई गा.पा.वडा
नं.५ कट्टी बस्ने बर्ष अं.२२ को पदम टमटाले मा.प.से.गरी घरमा कोही नभएको अवस्थामा
ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ
प्र.चौ. बेस्तडा प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई
जि.प्र.का.दैलेख पठाईएको ।
चोरी,
काठमाण्डौ, म.न.पा.२६
सारकारी धारा नजिक हरिदाश शर्माको साँडे ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जि.
बाग्लुङ बडिगार्ड न.पा.०७ घर हुने वर्ष ३५ की कालिका रोका मगरको कोठा फोडी चोरी
भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा १०
जनाको टोली खटी गई बुझ्दा सुनको गरगहना(हार,कण्ठे माला,बाला,जनतर) लगायत नगद रु.५० हजार गरी जम्मा मुल्य रु
५६ लाख ५० हजार बराबरको चोरी भएको, चोरी गर्ने व्यक्ति फरार
रहेको, उक्त व्यक्तिको खोजतलास तथा अन्य अपराध अनुसन्धान
भईरहेको ।
कैदी मृत्यु,
काठमाण्डौ, का.म.न.पा.वडा
नं.११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जि.संखुवासभा खादवारी न.पा.०२
स्थायी वतन भएका वर्ष ७२ को ला.औ मुद्दाका सजाय (१२ कैद/६ लाख जरिवाना) कैदी जय
बहादुर चापागाई मुटु र फोक्सो सम्बन्धी बिरामी भई मिति २०८२।११।०५गते उपचारको लागि
वि.पी स्मृती अस्पतालमा भर्ना भई उपचार
गराई रहेकोमा उपचारको क्रममा निज कैदीको ऐ.१० गते ०२:२० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको ।
धारिलो हतियार प्रहार,
मोरङ, सुन्दरहरैचा नपा ९
चित्रेटोल बस्ने वर्ष ३६ को राजन कुमार अधिकारी आफ्नै घरमा सुतिरहेको अवस्थामा
अचानक अपरिचित मानिस आई के कुन धारिलो हतियार प्रहार गरी फरार भएको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई
उपचारको लागि स्थानिय सुकुना सामुदायिक अस्पताल मबिराटचौकमा सामान्य उपचार पश्चात
थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अवस्था गम्भीर,धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खो.त.भईरहेको
लागु औषध,
धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा
नं.४ शान्ति टोल स्थितमा रहेको इसु धोवीको खाली जग्गामा ना.७ ख २२३७ नं.को टिपर
गाडीबाट ला.औ.गाँजा अन लोड गरी रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.उ.को कमाण्डमा
टोली खटी गई ला.औ.गाँजा अनलोड गरी रहेका व्यक्तिहरु प्रहरी टोलीलाई देखि फरार भएकोमा
उक्त गाडीबाट ओराली भुईमा राखी राखेको अवस्थामा ला.औ.गाँजा ३४ पोकामा अं.३५७ किलो
ग्राम फेला पारी ला.औ.गाँजा र ना.७ ख २२३७ न.को टिपर गाडी जि.प्र.का.धनुषामा ल्याई
राखिएको र ला.औ.गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खो.त.भईरहेको