मिति २०८२।११।१० गते ०५:०० बजे देखि २०८२।११।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-११
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
झापा, भद्रपुर न.पा ९
पोकापाडा चोक स्थित सिताराम उप्रतीको घर पसल पछाडी आँगनको कुनामा जिल्ला झापा
भद्रपुर न.पा १० सत्रविघे बस्ने बर्ष ५० को सन्तोष रिजालले भद्रपुर न.पा ९
पोकापाडा बस्ने सांकेतिक नाम "ज्ञ-२" को छोरी पीडित बर्ष ७ की सांकेतिक
नाम "ज्ञ-१" लाई ललाई फकाई संवेदनसिल अंग योनीमा छामी (सुम्सुमाई)
बालयौन दुरुपयोग गरेको भनि पिडितको आमा सांकेतिक नाम "ज्ञ(०८२/०८३)ले
जि.प्र.का झापा आई मिति २०८२।१०।१० गते १५:बजे जाहेरी दिना साथ जि.प्र.का झापाबाट
प्र.ना.नि को कमाण्डमा टोली खटि गई सन्तोष रिजाललाई नियन्त्रणमा लिई पिडित र
पिडकको स्वास्थ्य परीक्षण गरी पिडकलाई जि.प्र.का झापामा राखिएको पिडितलाई आफन्तको
जिम्मा लगाईएको अवस्था समान्य रहेको
कर्तव्य ज्यान,
धनुषा, मिथिला बिहारी न.पा.
वडा नं. ३ मिथिलेश्वर स्थितमा ऐ.ऐ.बस्ने लक्ष्मी मण्डलको श्रीमती अं. वर्ष ९० की संझा
देवी मण्डललाई ऐ.ऐ.बस्ने निजकै नाति नथु मण्डलको छोरा अं.वर्ष ३३ को धिरज मण्डलले घरायसि
विवादका कारण निज संझा देवी मण्डलको सुत्ने कोठामा रहेको हाँसको चल्ला निकाल्ने अं.
२०० किलो ग्रामको हयाच्री मेसिन निज संझा देवी मण्डलको शरीर माथि लडाई सोहि मेसिनले
च्यापी निजलाई उक्त स्थानबाट घिसारी घर कोठा बाहिर निकाली मृत अवस्थामा आंगनमा ल्याई
राखेको भन्ने खबर ऐ.०७;०० बजेको समयमा इ.प्र.का.तारापट्टी धनुषामा प्राप्त हुन साथ इ.प्र.का.तारापट्टी
धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई घटना स्थल सुरक्षित साथ राखि निज धिरज
मण्डललाई खो.त.गर्ने क्रममा ऐ.घटनास्थल देखि अं. १ कि.मि.दक्षिण पूर्व स्थित घर बाहिरबाट नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको,
उक्त स्थानमा तालुक जि.प्र.का.धनुषाबाट प्र.उ.रुगम बहादुर कुँवरको कमाण्डमा
SOCO सहितको मुचुल्का टोली खटि गएको ।
लागु औषध,
मोरङ, सुचनाको आधारमा कोशी
प्रप्रका विराटनगर (PIT) र प्रहरी चौकी गछियाबाट खटिएको
संयुक्त टोलीले ऐ. बस्ने बर्ष २८ को मनोज
खड्काको घर कोठामा खानतलासी गर्ने क्रममा घर कोठाभित्र लुकाई छिपाई राखेको
अवस्थामा अवैध लागु औषध Tramadol hydrochloride capsules(Tramol-50) लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) क्याप्सुलको दरले १५०० (एक
हजार पाँच सय) क्याप्सुल, SPASPAIN लेखिएको १५० पत्तामा
प्रतिपत्ता १० (दश) ट्याब्लेटको दरले १५००(एक हजार पाँच सय) ट्याब्लेट र कागजमा
सानो सानो पोका पारी विक्री गर्न तयार गरेको अवैध लागु औषध गाँजा जस्तो देखिने तौल
गर्दा ३६२ (तिन सय बैसठ्ठी) ग्राम समेत फेला पारी निज मनोज खड्कालाई नियन्त्रणमा
लिई ईप्रका बेलबारी, मोरङ पठाईएको ।