मिति २०८२।११।११ गते ०५:०० बजे देखि २०८२।११।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१२
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार
पर्सा, देश भारत बिहार राज्य
जिल्ला मोतिहारी परेवा कोठी ३ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं
१० मा डेरा गरी बस्ने बाला साह तुरहाको छोरी अं.वर्ष अं १३ की बालिकालाई जिल्ला
पर्सा छिपहरमाई गा.पा.वडा नं १ घर भई हाल ऐ.वीरगंज महानगरपालिका वडा नं १०
लालबङ्गला स्थित तरकारी बजारमा तरकारी बेच्ने र ऐ.स्थित कोठा भाडा लिई बस्ने
मेघराज साह तुरहाको छोरा वर्ष अं.१९ को सुजित साह तुरहाले निजको कोठाभित्र गई
जबरजस्ती करणी गर्न खोज्दा निज नाबालिका रोई कराई तथा हो-हल्ला गर्दा नाबालिकाको
आमाले थाहा पाई निज पिडितलाई उद्दार गरी पिडकलाई समातेर राखेको भनी ऐ.२०:१० बजे
जानकारी प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज
(पिडक) सुजित साह तुरहालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको,
महोत्तरी, बर्दिबास
न.पा.१ गालटार डेरा गरी बस्ने वर्ष अं.३२ को पुरुषले कोठामा कोही नभएको अवस्थामा
आफ्नै छोरी अं.वर्ष १४ की बालिकालाइ ज.ज.क.गरी भाग्ने क्रममा बालिकाकी आमा र
स्थानीयले नियन्त्रण लिइ राखेको भन्ने जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा टओली खटी गई पिडकलाइ नियन्त्रणमा लिइ
इ.प्र.का.बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको
चोरी,
मोरङ, बिराटनगर म.न.पा.१०
शान्तिचोक स्थित बस्ने सीता श्रेष्ठको घर भित्रको स्टिलको दराज भित्र राखेको सुन, चादीको
बिभिन्न प्रकारका गरगहनाहरु र रेडमि नोट ९
कम्पनीको मोबाइल थान एक, समेत गरी अं.मु.रु.१२ लाख जतिको
चोरी गरी लगेको भन्ने जानकारी ऐ.१९:५५ बजे
व.प्र.का.बिराटनगरमा जानकारी प्राप्त हुनासाथ CRV गोघापुलबाट
प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भईरहेको,
सवारी दुर्घटना(प्र.क.मृत्यु/घाईते),
धनुषा, जनकपुर उ.म.न.पा.४
स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईल तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क
०१०४ नं.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नं.को
मो.सा.लाई पछाडिबाट ठक्कर दिँदा मो.सा.
चालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा दरबन्दी भई सोही कार्यालयमा लेखा
प्रमुखको रूपमा कार्यरत कम्प्युटर कोड १२५१६७ को प्र.नि.बिजय कुमार यादव सामान्य
घाईते भई जि.प्र.का.धनुषाको सम्पर्कमा रहेको
र सोही मो.सा.मा पछाडी सवार जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने रामकेवल
महतोको छोरी इ.प्र.का. हरिपुर, सर्लाही
दरबन्दी भई हाल जि.ट्रा.प्र.का. बर्दिबास महोत्तरीमा कार्यरत कम्प्युटर कोड नं. ४८१५०० को अं.वर्ष २६ की प्र.ज.चन्द्रकला
कुमारी महत्तो घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा
चिकित्सकले चेकजाँच गरी ऐ.१४;४५ बजे की प्र.ज.चन्द्रकला कुमारी महत्तोलाई मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, (मृतक सरकारी कामकाजको
सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको
भन्ने बुझिएको) घटनास्थलमा प्र.चौ. जिरोमाईलबाट प्र.व.ना.नि.र जि.प्र.का. धनुषाबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, दुवै सवारी साधन र
ट्रिपर चालक जि.धनुषा मिथिला न.पा.२ आनन्दपुर बस्ने अं.वर्ष ३० को सुनिल रविदास
जि.प्र.का.धनुषाको नियन्त्रणमा रहेको ।
निर्वाचन प्रहरी मृत्यु,
बैतडी, इ.प्र.का.तश्वदेहीमा
कार्यरत गैह्रआवासिय रुपमा बस्दै आएको दर्ता न.५७३ को निर्वाचन प्रहरी जिल्ला
बैतडी मेलौली न.पा.६ हतरङ्गा बस्ने वर्ष अ.३८ को राजेन्द्र प्रसाद भट्ट आफ्नै घरमा
अचानक बिरामी भई बेहोस भएकोमा निजलाई उपचारको लागि केशरपुर प्रथामिक स्वास्थ्य
केन्द्र मेलौली बैतडी पठाएकोमा ऐ.१२ गते ००:०५ बजे उपचारको क्रममा मृत घोषणा गरेको, शव
सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.तश्वदेहीबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,