मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२७
- A
- A-
- A+
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
ओखलढुङ्गा,
चिसंखुगढी
गा.पा.४ सिम्ले टोल बस्ने जन्मजात सुस्त मनस्थितीकी भई अपाङ्गता परिचय पत्र समेत
प्राप्त गरेकी अण.वर्ष १७ की बालिकालाई मिति २०८२।११।२६ गते बिहान निज पिडित
एक्कासी बिरामी भई ऐ.सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित मेडिका पोलिक्लिनिक
प्रा.लि.मा ल्याई चेकजाँच गराउने क्रममा निजको पेटमा २८ हप्ता ३ दिनको गर्भ रहेको
भनी मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई वारदार सम्बन्धमा सोधपुछ गर्दा सुस्त
मनस्थिती भएको कारण पीडितले वारदात तथा प्रतिवादी समेत खुलाउन नसकेको हुनाले
के-कुन मिति,
समय
र कुन ठाउँमा को-कस्ले निजलाई ज.ज.क.गरी फरार भएको भनी ऐ.१७:०० बजे
जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.ओखलढुङ्गाबाट निज
पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा
तर्फ पठाएको ।
ईलाम, देउमाई न.पा.९
मादिबुङ स्थित बस्ने वर्ष अं.४८ को डम्बर बहादुर मगरले मिति २०८२।११।२५ गते
अं.१६.४५ बजे ऐ.बस्ने वर्ष १२ की बालिकालाई देउमाई न.पा.७ स्थितमा रहेको खान्द्रुङ
मा.बि.खान्द्रुङ कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी र बिद्यालय छुट्टी भई घर तर्फ
जादै गर्ने क्रममा बाटोमा ललाई फकाई बाल यौन दुर्ब्यवहार गरेको भनी पीडितको
आफन्तले इ.प्र.का.मंगलबारेमा लिखित जाहेरी दिनासाथ इ.प्र.का.मंगलबारेबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडक
डम्बर बहादुर मगरलाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भईरहेको ।
भरुवा
बन्दुक पड्किन गई मानिस मृत्यु,
डडेल्धुरा, मिति
२०८२।११।२६ गते १७:५५ बजे जिल्ला डडेल्धुरा परशुराम न.पा. वडा नं. २ बसौटी स्थित
गणेश बहादुर बोहराको घरमा जिल्ला बैतडी शिवनाथ गा.पा. वडा नं. ४ घर भइ दिदि जानकी
बोहराको घरमा आएको बर्ष अ. १७ को सुबास महरा र ऐ.ऐ. बस्ने बर्ष अ. १७ को केशव महरा
घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा बन्दुक पड्किन गई
सुवास महराको दाँहिने आखाँ माथी लागी घाइते भएको
अवस्था सिरियस रहेको भनि परशुराम
न.पा. वडा नं. २ का वडा अध्यक्ष रमेश बोहराले टे.फो. मार्फत इलाका प्रहरी कार्यालय
जोगबुढा डडेल्धुरामा जानकारी गराउना साथ प्र.नि. देव बहादुर चौधरी ९८५८४९०२०९ को
कमाण्डमा SOCO
सहायक
सहित ७ जनाको प्रहरी टोली खटिगएको । उक्त घट्ना
स्थलमा पुगी निज घाईतेलाई उपचारको लागी जोगबुढा अस्पताल जोगबुढाको एम्बुलेन्स
द्वारा जोगबुढा अस्पताल जोगबुढा पठाएको, अवस्था सिरियस, थप अनुसन्धान
भईरहेको । थप अपडेट:- ऐ.२०:४५ बजे निज घाईते सुबास महरा जोगबुढा अस्पताल
जोगबुढामा पुगी डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको र गणेश बोहरा, केशव महरा र
उक्त बन्दुक प्रहरीको नियन्त्रणमा लिई सोधपुछ कार्य भईरहेको, बन्दुक बिना
लाईसेन्सको रहेको ।
लाऔ.,
बारा,
निजगढ
न.पा.११ रतनपुर स्थित अ.प्र.पोष्ट रतनपुरबाट अं.२ कि.मि.उत्तर पूर्व जंगल एरिया
भित्री बाटोमा प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा सोही
जंगलमा सेउला (घाँस) लोड गरेको ग.६ प.८८५१ नं.को मो.सा.चालक जि.बारा जितपुर सिमरा
उ.म.न.पा.१९ ईनर्वा सिरहा बस्ने अं. वर्ष ३५ को फिरोज देवानले घाँस लोड गरेको
मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ.तौल गर्दा ६ के.जि.४५०
ग्राम र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मो.सा.चालक जि.रौतहट गौर न.पा.९ बस्ने
अं.वर्ष १९ को तरबेज आलमले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको
प्लाष्टिकमा प्याक गरेको ला.औ तौल गर्दा ५ के.जी.७८० ग्राम ला.औ.गाँजा बरामद
भएकोले दुबै मो.सा. र चालकहरु समेतलाई नियन्त्रणमा लिई अ.प्र.पोष्ट रतनपुरमा ल्याई
कानुनी प्रकृया पुरा गरी आवश्यक कारबाहीको लागि इ.प्र.का.निजगढमा बुझाएको ।