मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२८
- A
- A-
- A+
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
धनकुटा, मिति
२०८२।११।२५ गते १६:२० बजे महालक्ष्मी न.पा.४ डाडाखर्क बस्ने वर्ष ५६ को गंगा
वहादुर बिश्वकर्माले निजकै घर छेउमा रहेको तित्री जातको रुखको छेउ सडक बाटोमा वर्ष
१४ की बालिकालाई बिभिन्न अश्वभाविक शब्दहरु बोली निज प्रतिवादीको हातले सम्बेदनशिल
अंग छातीमा सुमसुम्याई वालयौन दुरुपयोगको वारदात घटाएको भन्ने जानकारी ऐ.२७ गते
१४:०० बजे प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई गंगा वहादुर
बिश्वकर्मालाई आफ्नै घरमा वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी जि.प्र.का.मा
ल्याई अनुसन्धान भई रहेको ।
झापा, मिति
२०८२।११।२४ गते अं.१२:३० बजे भद्रपुर न.पा.४ बस्ने बर्ष ४ की बालिकालाइ
ऐ.ऐ. बस्ने सानो धिमालको छोरा अं.बर्ष १३ को अनित धिमालले आफनै घरको पछाडी
लगेर जवरजस्ती करणी गरी मिति २०८२।११।२७ गते अं. १०:५० बजे उपचारको लागि प्रादेशिक
अस्पताल भद्रपुरमा ल्याई उपचार भरहेको अवस्था बोल्न सक्ने सामान्य उपचारमा निजको
हजुरआमा संग्लन रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क. मार्फत खबर प्राप्त
हुनासाथ प्र.चौ. महेशपुरबाट प्र.स.नि. को
कमाण्डमा टोली खटीगई बालबिज्याई कर्तालाई नियन्त्रणमा लिइ जि.प्र.का. झापामा ल्याई
अनुशन्धान भईरहेको ।
म्याग्दी, मिति
२०८२।११।२६ गते अं.०१:०० बजे धवलागिरी गा.पा.७ धारापानी बस्ने वर्ष ४२ को प्रेम
बहादुर दमाईले ऐ.बस्ने वर्ष ५२ की महिलालाई आफ्नो घरमा सुतीरहेको अवस्थामा एक्कासी
समाती ज.ज.क. गरेको भनी निज महिलाले प्र.चौ मुनाताकममा खबर गर्नासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गई प्रेम बहादुर दमाईलाई नियन्त्रणमा लिएको ।
गुल्मी, रुरु गा.पा. ३
थोर्गा बस्ने वर्ष १४ की बालिकाको महिनावारी रोकीएको भनी आफन्तले रुरु
प्रा.स्वा.के.रिडीमा लगि चेकजाँच गर्दा १३ हप्ताको गर्भ रहेको भनी डाक्टरले मिति
२०८२/११/२५ गते अं.१६:०० बजे इ.प्र.का.रिडीमा जानकारी गराउन साथ प्र.नि.को
कमाण्डमा टोली खटी गई बुझ्दा वर्ष ४३ आफ्नै बुवाले मा.प.से.गरी मिति २०८२।०६।२७
गते देखि हालसम्म पटक पटक जबरजस्ती करणी
गरेको भनी पीडितको माईजुले ऐ.२६ गते १८:०० बजे जि.प्र.का.मा जाहेरी दिना
साथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई
निजकै घरबाट नियन्त्रणमा लिई ऐ.२७ गते दिन ७ को म्याद थप समेत गरी हिरासत
कक्षमा राखिएको,
बालिकालाई
स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य
रहेको ।
कञ्चनपुर, भिमदत्त न.पा.
१० स्थित बैजनाथ सामुदायिक जङगलमा ऐ.ऐ. बस्ने बर्ष अं.४७ को नरेश गिरी र
ऐ.ऐ.भिमदत्त न.पा.९ बस्ने बर्ष ४० को हिरा नाथले जि.अछाम साफेबगर न.पा.-५ बस्ने
बर्ष १२ कि बालिकालाई ज.ज.क. गरेको भन्ने
खबर प्राप्त हुनासाथ जि.प्र.का. कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा Soco सहित टोली खटि
गइ घटनास्थल मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी नरेश गिरी र
हिरा नाथलाई नियन्त्रणमा लिएको ।
बर्दिया, मधुवन
न.पा.५ गाउँ नं १७ चोक बस्ने संकेत नं. ६६ C को
छोरी बर्ष अं.१५ कि संकेत नं. ६६L लाई
ऐ.मधुवन न.पा.५ गाउँ नं ९ .बस्ने बर्ष अं.३८ को यम प्रसाद शर्माले ऐ.मधुवन न.पा.५
स्थितमा रहेको आनन्द आ.वि.रातामाटेको
कक्षा कोठामा बाल यौन दुरुपयोग
प्रयास.गरेको भनि आज मिति २०८२।११।२७ गते २०:०० बजे पिडितको आमाले इ.प्र.का.ढोढरी
बर्दियामा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.नन्द बहादुर नाथको कमाण्डमा ५ खटिएको निज यम प्रसाद शर्मा फरार
रहेको खो.त.कार्य जारी रहेको ।
कर्तव्य
ज्यान,
नुवाकोट,
मिति२०८२।११।२३ गते अं.११:१५ बजे किस्पाङ गा.पा.३ गुन्सा
स्थित ऐ.ऐ.बस्ने बर्ष अं.५२ को कामी तामाङलाई आफ्नै भाई ऐ.ऐ.बस्ने बर्ष अं.५१ को
सेल बहादुर तामाङले लट्ठीले टाउकोमा प्रहार गरी घाईते भई उपचारको लागि त्रिशुली
अस्पताल नुवाकोट पठाईएको, थप
उपचारको लागी ऐ.१६:२५ बजे काठमाण्डौं न्युरो अस्पताल रिफर भइ उपचार भइरहेकोमा ऐ.२७
गते १८:०० बजे सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, कुटपिट गर्ने व्यक्ति फरार
रहेकोमा ऐ. २४ गते १८:०० बजे ऐ. किस्पाङ २ चिलाउने स्थितबाट फेला पारी नियन्त्रणमा
लिएको ।
सुनसरी,
धरान उप-म.न.पा. १५ निराजन बस्ती स्थित कमल बि.क.को घरमा
डेरा गरी बस्ने मनमाया पोखरेलको डेरामा पाहुना आएका ऐ.उप-म.न.पा. ५ देउराली बस्ने
वर्ष अं. ७२ को सुरेन श्रेष्ठलाई ऐ.उप-म.न.पा. १५ बस्ने वर्ष ३२ को भरत बि.क.ले
सामान्य वादविवादको कारणले कुटपिट समेत गरी घाईते भई उपचारको लागी वि.पी. कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको अवस्था गम्भीर रहेकोमा ऐ.२२:५०
बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, कुटपिट
गर्ने भरत बि.क. इ.प्र.का. धरानको नियन्त्रणमा ।
सवारी
दुर्घटना बाट प्र.क.मृत्यु,
मोरङ,
विराटनगर म.न.पा.४ राजबंशीचौक नजिक भित्री सडकमा
राजबंशीचोकबाट नोवेल तर्फ जाँदै गरेको स.७ प ९१५२ नं. को मो.सा.अनियन्त्रीत भई
सडकमा लडि दुर्घटना हुँदा मो.सा.चालक जि.मोरङ विराटनगर म.न.पा.४ घर बस्ने हिरासत
व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी
विराटनगरमा कार्यरत कम्प्युटर कोड नं.३६३७४ वर्ष अं.४० को प्र.ना.नि.मिनबहादुर
बोहरा र मो.सा. पछाडि सवार जि.उदयपुर त्रियुगा न.पा.६ बस्ने वर्ष ४१ को पेशल कुमार
बस्नेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली
खटी गई घाईतेलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा
ऐ.०९:२५ बजे मो.सा.चालक प्र.ना.नि.मिन बहादुर बोहराको मृत्यु भएको,
शव
कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा ऐ.१४:५५
बजे पो.मा.पश्चात मृतकको मामा दुर्गा बहादुर कटवालले बुझी लगेको,पछाडि
सवार घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अवस्था
मध्यम, मो.सा.प्रहरीको नियन्त्रणमा ।
ला.औ.,
झापा, गा.पा. वडा न.५
बिरिङपुल स्थितमा BR 37 V 4212 नं.को कालो रंगको Super
Splender मो.सा.मा
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ भारतबाट नेपाल तर्फ
ल्याई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोदबाट खटिएको QRT टोलीले मो.सा.
नियन्त्रणमा लिने उद्देश्यले बिरिङपुलबाट पछ्याउने क्रममा मो.सा. तीब्र गतिमा गई
बाह्रदर्शी गा.पा. ३ खड्गे बस्ति जाने बाटोमा मो.सा.छोडी लागु औषध (ब्राउन सुगर)
जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक सहित ९५ ग्राम ९०० मिलीग्राम फाली, प्लाष्टिक
बाहेक (तौल गर्न बाकी) मकै बारी तर्फ भागेको निजको खो.त.कार्य भईरहेको, मो.सा. र लागु
औषध इ.प्र.का. कुमरखोदमा ल्याई राखिएको, अनुसन्धान कार्य
भईरहेको ।
सुनसरी, हरिनगरा गा.पा.
३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा तर्फ जादै गरेको प्र.१-०२-००४ ह
५६३९ न.को सिटि सफारीलाई प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले रोक्न खोज्दा
उक्त सिटि सफारी नरोकी भगाएकोले शंका लागि इ.प्र.का.हरिनगराबाट प्र.ब.ना.नि. को
कमाण्डमा खटिएको संयुक्त टोलीले घेराहाली लखेट्ने क्रममा ऐ.गा.पा.३ स्थित वडा
कार्यालय नजिकमा सिटि सफारी छाडी चालक फरार भएको, उक्त सिटि
सफारी भित्र हेर्दा त्रिपालले छोपेको
अवस्थामा प्लाटिकको ८ वटा बोरामा लागु औषध गाँजा फेला पारी सिटिसफारी सहित ला.औ.
गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याइ राखेको नापतौल गर्दा बोरा सहित
२१७ के.जि. भएको, चालकको खो.त. कार्य भइरहेको ।