मिति २०८२।११।२८ गते ०५:०० बजे देखि २०८२।११।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२९
- A
- A-
- A+
कर्तव्य
ज्यान,
बारा, देवताल गा.पा.५
दक्षिणसेढाई टोल बस्ने अं.वर्ष ६५ को सत्यनारायण साह र ऐ.बस्ने जोखन पटेलको
श्रीमती अं.वर्ष ३० की रमिता देवि पटेल बीच बच्चाको बिषय लिएर वादविवाद, झै-झगडा कुटपिट
हुँदा सत्यनन्द साह (पहिला देखि नै हृदयघातको बिरामी रहेको) एक्कासी बेहोस भई ढली
उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंजमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा
ऐ.१०:४५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी अस्पताल मार्फत
प्र.चौ.देवतालमा खबर प्राप्त हुनासाथ प्र.चौ.देवतालबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गई कुटपिट गर्ने महिला अं. वर्ष ३० की रमिता देवि पटेल प्र.चौ. देवतालको
नियन्त्रणमा रहेको, कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा
टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि नारायणी अस्पताल विरगंज
पर्सामा पठाएकोमा शव पो.मा.पश्चात आफन्तले बुझी लगेको ।
मोरङ, मिति
२०८२।१०।२० गते अं १८:०० बजे,रतुवामाई न.पा. ३ चौकीघाट बस्ने वर्ष अं.४९ को
श्रवण कुमार सहनीले आफ्नो बुबा वर्ष ७० को सत्रुधन सहनीलाई घरायसी बिबाद ( जग्गाको
बिषयमा ) हुँदा लछार पछार तथा हातपात गरी घाईते बनाई नोबेल अस्पताल बिराटनगरमा लगी
उपचार गराई डिस्चार्ज भए पश्चात घरमा ल्याई राखिएकोमा ऐ.२८ गते अं २०:५० बजे घरमै
मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का सिजुवाबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगर
पठाईएको,
कुटपिट
गर्ने छोरा श्रवण कुमार सहनी फरार रहेकोले खो.त. कार्य भईरहेको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
धनकुटा, जिल्ला ०८
अन्तर्गत बस्ने वर्ष अं.१४ बस्ने नातामा सौतेनी बहिनी पर्ने वर्ष १३ की बालिकालाई
डर त्रास देखाई मिति २०८२ साल भाद्र महिनाको अन्तिममा (गते नखुलेको ) अ.२३:०० बजे
निज बालिकाको आफ्नै घर कोठामा जवरजस्ती करणी गरेको र पीडितलाई अर्को प्रतिवादी
जि.धनकुटा धनकुटा न.पा.वडा नं. १० मार्गा बराल टोल बस्ने वर्ष अं.२७ को वीरेन्द्र
राईले ललाई फकाई विवाह गर्छु भनि लगी पटक पटक जवरजस्ती करणी गर्दै आई रहेकोमा (हाल
निज पीडितको अन्दाजी ६ महिनाको गर्भ समेत रहेको) भनि खुल्न आएको हुँदा ऐ.२८ गते
अं. १८:०० बजे पिडितको आफन्तले जि.प्र.का.धनकुटामा आई जवरजस्ती करणी मुद्धा कसुरमा
जाहेरी दरखास्त दिएकोमा जि.प्र.का. धनकुटाबाट
प्र.ह.को कमाण्डमा टोली खटी गई पिडक वीरेन्द्र राईलाई नियन्त्रणमा लिई
जि.प्र.का.धनकुटामा ल्याई राखिएको, घटनामा संलग्न अर्को १ जना फरार ब्यक्तिको खो.त.
कार्य भईरहेको,
पिडित बालिकालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला
अस्पताल धनकुटा पठाइएको ।
दाङ, मिति
२०८२।११।२१ गते अं.१०:०० बजे राप्ती गा.पा. ३ नयाँगाउँ बस्ने वर्ष २८ को कौशे
कुमालले ऐ.बस्ने वर्ष अं.३ की बालिकालाई सामुदायिक वनमा लिई गई ज.ज.क. उद्योग
गरेको भन्ने ऐ.२८ गते अं.१६:०० बजे इ.प्र.का.भालुबाङ दाङमा पिडितले जाहेरी दरखास्त
दिएकोमा प्र.चौ.मसुरियाबाट प्र.स.नि.को टोली सहित इ.प्र.का.भालुबाङका प्र.नि.को
कमाण्डमा टोली खटी गएकोमा बालिकाको अवस्था सामान्य रहेको साथै बालिका आमाको साथमा
रहेकी र फरार पिडकको खो.त. कार्य भईरहेको ।
विदेशी
नागरिक मृत्यु,
काठमाडौं, देश भारत
गुजरात राजनगर घर भई हाल पशुपतिनाथ मन्दिर दर्शन गर्न नेपाल आई काठमाडौं
जि.का.म.न.पा.वडा नं. ०९ पिङ्लास्थान स्थित होटल नारायणको कोठा नं. ३०७ मा हिजो
मिति २०८२।११।२७ गते देखि कोठा भाडामा लिई बसेको वर्ष अं.५९ को अनिल कुमार जयकिशन
रानाको कोठामा नै अचानक स्वास्थ्यमा
समस्या आई उपचारको लागि निजको साथी नितेश द्रोहले का.जि. सिनामंगल स्थित
के.एम.सि.अस्पताल लिएर गएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको भनी
अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी प्राप्त भएको ।
चोरी/लुटपाट,
काठमाण्डौ, का.जि.तारकेश्वर
न.पा.०६ नेपालटार पैँयुटार स्थित उत्तम दवाडीको पाँच तले घरको दोस्रो तल्लामा
जि.नुवाकोट बिदुर न.पा.१२ घर भई हाल पैँयुटार डेरा गरी बस्ने वर्ष अं.२३ की
पार्वती पौडेलको कोठामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोका फुटाली सुन
चाँदिको गर गहना,नगद-१०० US डलर ने.रु.१४,७००,थाईलेन्डको
नगद-१०० ने.रु.४,६००,गरी अं.३३ लाख ७५ हजार ३ सय ७५ बराबरको चोरी गरी
फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई फरार व्यक्तिको खो.त. कार्य भईरहेको ।
प्रहरी
कर्मचारी मृत्यु,
हुम्ला, जिल्ला दैलेख
महाबु गा.पा.वडा नं.२ स्थाई वतन भएका जिल्ला प्रहरी कार्यालय हुम्ला म.तथा
बा.बा.से.के. दरबन्दी भई जि.प्र.का.हुम्लामा कार्यरत क.कोड नं. ३११३९१, संकेत नं. C- ०००४८९७९, का अं.वर्ष ४९
का प्रहरी सहायक निरीक्षक खगिराम सारु ऐ.११।२८ गते १०:०० बजे देखि ऐ.२९ गते १०:००
बजे सम्म कन्ट्रोल डिउटीमा रहेको अवस्थामा एक्कासी कन्ट्रोल रुममा नै ढल्न गई
तत्कालै उपचारको लागि जिल्ला अस्पताल सिमिकोट हुम्ला पठाई उपचार भईरहेकोमा ऐ.२०:३०
बजे निज प्र.स.नि.खगिराम सारुको उपचारको क्रममा मृत्यु भएको र शव सोही अस्पतालमा
रहेको ।
लाऔ.,
सुनसरी, धरान
उ.म.न.पा.१३ फुस्रे स्थित ला.औ.गाँजाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा
को.प्र.प्र.का.बाट खटिएको PIT टोली, इ.प्र.का.धरानबाट
प्र.स.ह.को कमाण्डमा र अ.प्र.चौ.अमरहाट धरानबाट प्र.स.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले जि.संखुवासभा सिलिचोङ गा.पा.४ बस्ने वर्ष २० को सन्दिप
राईको साथबाट ३० के.जी.ला.औ.(गाँजा) फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.धरानमा
राखिएको ।
महोत्तरी, रामगोपालपुर
न.पा. ८ हरिणमरिण-ससौला कच्ची सडक-खण्डमा
बिशेष सुचनाको आधारमा हरिणमरिणबाट ससौला तर्फ जादै गरेको DL-1Co 5869 नं.को कार
बाटोमा रोकी रहेको र उक्त गाडीमा सवार कोही नभएको अवस्थामा
इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले कारलाई
चेकजाँच गर्दा पछाडीको डिकिमा लुकाई छिपाई राखेको २० पोका अं.१०० के.जी. ला.औ.
(गाँजा) जस्तो देखिने वस्तु फेला पारी कार सहित नियन्त्रणमा लिएको,कार चालक फरार
रहेको खो.त. कार्य भईरहेको ।