मिति २०८२।१२।०२ गते ०५:०० बजे देखि २०८२।१२।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०३
- A
- A-
- A+
कर्तव्य
ज्यान,
बाजुरा, स्वामिकार्तिक
खापर गा.पा.२ पुडेनी स्थित ऐ.बस्ने वर्ष अं.४० को धन बहादुर महतरा र निजको छोरा
वर्ष अं.१८ को हेमराज महतराले ऐ.बस्ने रुद्रलाल बुढाको छोरा वर्ष ३५ को सर्बाश
बुढालाई ढुङ्गाले टाउकोमा हानी गम्भीर घाइते बनाई घटनास्थलमै मृत्यु भएको भनी
ऐ.१९:०० बजे ऐ. वडा नं.२ का वडा अध्यक्ष बिष्णु बहादुर बुढाले टेलिफोन मार्फत
अ.प्र.पो.मुक्तिकोटमा जानकारी गराउनासाथ ऐ.१९:१० बजे अ.प्र.पो.मुक्तिकोटबाट
प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई कुटपिट गर्ने धन बहादुर महतरालाई
नियन्त्रणमा लिएको र कुटपिटमा संलग्न निज धन बहादुर महतराको छोरा वर्ष अ.१८ को
हेमराज महतरा फरार रहेको, खो.त.भइरहेको, कुटपिट गर्नुको
कारण पिडक धन बहादुर महतराको श्रीमती वर्ष अं.३५ की सिद्धी महतराको सम्बन्ध
बिच्छेदको मुद्धा बाजुरा जिल्ला अदालत बाजुरामा दर्ता भएको र मृतक सर्बाश बुढाको
निज महिला सँग अनैतिक सम्बन्ध रहेको आसंकामा कुटपिट गरी मृत्यु भएको पिडित
परिवारबाट खुल्न आएको, उक्त स्थान अ.प्र.पोष्ट मुक्तिकोटबाट अं.१ घण्टा ३० मिनेट
पैदल पश्चिम पर्ने । प्रनि बिकास राम शाहको कमाण्डमा SOCO सहितको टोलि
आउदै गरेको ।
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
धादिङ,
मिति
२०८२/११/०३ गते अं.२०:३० बजे जि.धादिङ सिद्धलेक गा.पा.१ कालिदह स्थितमा वर्ष २३ की
महिलालाई जि.धादिङ गल्छि गा.पा.८ अठ्ठाईस किलो मासटार बस्ने वर्ष ३३ को पुरुषले
ज.ज.क.गरेको भनि पिडित महिलाले मिति २०८२/१२/०१ गते जि.प्र.का.धादिङमा जाहेरी
दरखास्त दिनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई गएको,घटनामा संलग्न
प्रतिबादी फरार रहेको,खो.त.कार्य जारी रहेको ।
दाङ,
बंगलाचुली
गा.पा.३ दाङवाङ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१७ चौघेरा स्थित डेरा कोठा गरी
बस्ने वर्ष ३४ को पुरुषले आफ्नो साली वर्ष १४ की बालिकालाई डेरा कोठामा ल्याई ललाई
फकाई गरी घुम्न जाउँ भनी मिति २०८२।११।११ गते बिहानको समयमा बाह्रकुने दह मन्दिरमा
लिई गई डेराकोठामा फर्की नगई ऐ.१५ ट्राफिक चोक नजिक रहेको भिरकुना होटल एण्ड लजमा
लगी पिडितको ईच्छा बिपरित ऐ.११ गते, १२ र १३ गते १/१ पटक जबरजस्ती करणी गरी ऐ.१४ गते
ऐ.१८ स्थित रहेको गोरक्ष सामुदायिक वन जंगलमा लिई सो जंगलको भुई जमिनमा करणी गरेको
घटनाको सम्बन्धमा निज पिडितले छिमेकीलाई जानकारी गराई छिमेकीले निज पिडितलाई साथमा
लिइ मिति २०८२।१२।०१ गते अं.२०:०० बजे जि.प्र.का.दाङमा उपस्थित भई घटनाको बारेमा
जानकारी गराई किटानी जाहेरी पेश गरेपछी जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा
प्रहरी टोली निज अन्यायी परिवर्तित नामथर ५६(०८२/०८३) घोराही २८७ (ख) बस्दै आएको
डेराकोठामा खटिई फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई सोधपुछ पश्चात
तत्काल बिस्तृत स्वास्थ्य परिक्षणको गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान
घोराही दाङमा पठाई स्वास्थ्य परीक्षणको कार्य सम्पन्न नभई निज पिडितलाई घोराही
बजारमा रहेको सेफ हाउसमा राखी मिति २०८२।१२।०२ गते बिस्तृत स्वास्थ्य परीक्षणको
लगायतको कार्य सम्पन्न भई पिडितलाई अभिभावकको जिम्मामा पठाई प्रतिवादीलाई पहिलो
पटक म्यादथपको लागि जिल्ला सरकारी वकील कार्यालय घोराही दाङमा उपस्थित गराई मिति
२०८२।१२।०१ गते देखी लागु हुने गरी पहिलो पटक दिन ५ (पाँच) को म्यादथप अनुमती
प्रदान भई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउ/
नियन्त्रण,
काठमाण्डौ,
मिति
२०८२।१२।०१ गते अं.१८:०० बजे नागार्जुन न.पा.८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको
कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्र. नि.को
कमाण्डमा टोलीले नागार्जुन न.पा.८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको
कारोबार गर्ने जि.काठमाडौं नागार्जुन न.पा.८ भिमढुङ्गा घर बस्ने वर्ष २८ को सागर
गिरी र ऐ.बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल रु.१ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न बैंकको
विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान ३, विभिन्न
व्यक्तिको नाममा काटेको रु.२७ लाख ३४ हजार रुपैयाँको चेक थान ३, विभिन्न
व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान ४, नागरिकता थान १, चार पाङ्ग्रे
सावरी साधन २,
२
पाङ्ग्रे सवारी साधन १,सवारी दर्ता किताब थान ३, विभिन्न
कम्पनीको मोबाइल फोन थान ६, NCELL NTC को SIM Card थान ३१, Computer सेट १, Bianace खातामा रहेको
रकम 7,175.34
USD सहित
नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको पक्राउ परेका मानिसहरु जिल्ला प्रहरी परिसर काठमाडौं ल्याई ऐ.१२।०२
गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अ.अ.भईरहेको ।
चोरी/ठगी,
मकवानपुर, ईन्द्रसरोबर
गा.पा.२ कलंकि नजिक डाँडा माथि जाने जंगलको भित्रि बाटोमा डलर साट्ने
बिषयमा ठगि भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खानिखेत मकवानपुरबाट
प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.चित्लाङ मकवानपुर,अ.प्र.पोष्ट मार्खु
मकवानपुरबाट समेत गरी ७ जना संयुक्त प्रहरी टोली खटि गई बुझ्दा जि.कास्की पोखरा म.न.पा.३० बस्ने सरोज भुर्तेल,ऐ.२७ बस्ने
मुकुन्द पौडलले बिकास मोक्तान नाम बताउने संग डलर नेपाली रुपैया संग साट्ने कुरा
गरी आजै पोखराबाट आई उल्लेखित स्थानमा पुगि खैरो ज्याकेट,निलो जिन्स पाईट लगाएको, दात हल्का
माथिको छिद्रा भएको स्पोर्ट,सुज लगाएको तामाङ समुदायको जस्तो देखिने पैदल
आएका दुई जना ब्यक्तिले प्लाष्टिकको झोलामा पैसाको साईजमा कटिङ गरेको कागज राखि
रुमालमा पोको पारी डलर पैसा छ भनि हामिलाई दिई
सरोज भुर्तेलले लिई गएको नेपाली रु.२१लाख ५० हजार उक्त ब्यक्तिलाई दिई डलर
भएको रुमालको पोको ठगिएको स्थान देखि अं.१५० मि. तल आई खोली हेर्दा पैसाको साईजमा
काटिएको कागज रहेको थाहा पाई आफु ठगिमा परेको कुरा प्रहरीलाई ऐ.१४:४० बजे जानकारी
गराएको हुँदा थप अनुसन्धान तथा खो.त.को लागी चेकिङ सहित काठमाण्डौ जिल्लाको सिमाना
जोडिएको प्रहरी कार्यालसंग समन्वय गरीएको ।
ला.औ.,
बारा,
निजगढ
न.पा.१० निजगढ रतनपुर सडक खण्डमा जंगल एरिया भित्री बाटोमा अ.प्र.पोष्ट रतनपुरबाट
प्र.ब.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा रतनपुरबाट निजगढ
तर्फ आउदै गरेको नं. नखुलेको मो.सा.लाई संका लागी रोकी चेकजाँच गर्न गर्दा
मो.सा.मा पछाडी सवार व्यक्तीलाई सोहि स्थानमा छाडी मो.सा.र मो.सा.चालक फरार भएको, पछाडी सवार
जिल्ला रौतहट गौर न.पा.४ टिकुलिया बस्ने बयनाथ पटेलको छोरा अं.वर्ष २२ को साजन
पटेललाई चेकजाँच गर्दा निजको साथमा रहेको २ वटा पछाडी भिर्ने कालो झोलामा रातो
पलास्टिकमा प्याक गरी लुकाईछिपाई राखिएको अबैध ला.औ.अं.१६ के.जि.३४० ग्राम गाँजा
सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.निजगढमा बुझाएको ।
काठमाण्डौ,
चन्द्रागिरी
न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगडी देखि काठमाण्डौतर्फ आउँदै गरेको
सु.प.प्र.०१-००१ ख ३५६८ नं.को यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली तथा ला.औ.नियन्त्रण ब्युरो शाखा
कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको अन्तिम
सिटमा सवार जि.बर्दिया बाँसगडी न.पा.६ बस्ने अं.वर्ष २८ को धन बहादुर कठायातलाई
शंका लागी चेकजाँच गर्दा निजले कालो प्लाष्टिकले बेरी पर्स भित्र राखी लुकाई छिपाई
गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो
देखिने गिलो पदार्थ फेला परेको हुदाँ उक्त पदार्थलाई प्लाष्टिक सहित तौल गर्दा
शुद्ध तौल ११ ग्राम रहेकोले धन बहादुर
कठायतलाई प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि बृत्त थानकोट
पठाईएको ।