प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१२।०१ गते ०५:०० बजे देखि २०८२।१२।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१२-०२

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.वडा नं.९ वर्ष १० की बालिकालाई जि.संखुवासभा  चैनपुर न.पा.०३ बस्ने अ. वर्ष २० को दावा शेर्पाले ललाई फकाई गरी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.०९ बस्ने वर्ष १७ की  बालिकालाई जि.संखुवासभा चैनपुर न.पा.०६ बस्ने अ.वर्ष २० को पेम्वा  शेर्पाले ललाई फकाई गरी श्री मार्गेश्वरी  आधारभुत विद्यालयको प्राङगणमा रहेको फलैचामा लगि बालयौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।

 

उदयपुर, मिति २०८२।११।१८ गते कटारी न.पा. वडा नं. ५ भोर्ले बस्ने अ.वर्ष ३५ को भेष बहादुर श्रेष्ठले पीडितको घरमा गई वर्ष ३८ की महिलालाई पटक-पटक ज.ज.क.गरेको भनि पीडितले ऐ.०१ गते १७:३० बजे इ.प्र.का.कटारी उदयपुरमा जाहेरी दिन साथ इ.प्र.का.कटारी उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कपिलवस्तु, मिति २०८२।११।२४ गते अं.१५:०० बजे वाणगंगा न.पा. १ उप्टहवा स्थित जंगलमा ऐ.बस्ने राम बहादुर सार्किको छोरा वर्ष १८ को केशब नेपाली भन्ने केशब सार्कीले ललाई फकाई गरी वाणगंगा न.पा.२ नन्दनगर बस्ने वर्ष १५ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई  थप अनुसन्धान भईरहेको ।

 

प्यूठान, मिति २०८२।११।१८ गते अ.१८:०० बजे गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.१७ की बालिका ( ग बर्गको अपाङ्गता परिचय पत्र भएकी ) लाई ऐ. झिमरुक गा.पा. ५ दिहाल्ना गएकोमा घर तर्फ फर्कने क्रममा जि.प्युठान गौमुखी गा.पा. वडा नं. ४ बस्ने वर्ष १९ को बाबुराम सुनारलाई मो.सा.मा लिफ्ट मागेको र जि.प्युठान गौमुखी गा.पा.६ सिउरेपैरा सामुदायिक जगंलमा रोकी ज.ज.क.गरेको भनि ऐ.०१ गते १६:५० बजे जि.प्र.का. प्युठानमा जाहेरी दिएकोले   इ.प्र.का.पुजालिबासे प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.भईरहेको,पिडितको अवस्था सामान्य रहेको ।

 

कैलाली, धनगढी उ.म.न.पा.१८ वर्ष ४८ को प्रेम भन्ने सोभान बि.क.ले बिभिन्न लोभ लालच,प्रलोभनमा पारी अनैतिक कृयाकलाप गर्न खोजेको हुदा निज व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहि गरी पाँउ भनि ऐ. बस्ने वर्ष १३ की नाबालिकाको आमाले  ऐ.०१ गते अं. २१:३० बजे इ.प्र.का.बहुलिया कैलालीमा निबेदन दिईएकोमा इ.प्र.का. बहुलिया कैलालीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कुटपिट,

भोजपुर, टेम्केमैयुङ गा.पा. ६ गुठ्ठ बस्ने उमेश गजमेरको श्रीमती अं. बर्ष ३० की ममिता गजमेर (५ महिनाको गर्भवती रहेको) लाई ऐ.ऐ. बस्ने मईते बि.क. को श्रीमती अं. बर्ष ५७ की बिमला गजमेरले सामान्य घरायसी बादबिवादको कारण कुटपिट गरेको र आज मिति २०८२।१२।०१ गते १३;३० बजेको समयमा निज ममिता गजमेरको ५ महिनाको गर्भ पतन भएको भन्ने खबर प्र.चौ.कोट भोजपुरमा जानकारी प्राप्त हुँनासाथ तत्काल प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि. जित बहादुर कार्कीको कमाण्डमा टोलि खटि गई कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको, ५ महिनाको गर्भ पतन भएको लास लाई जिल्ला अस्पतालको शबगृहमा राखिएको ।

 

ला.औ.,

सुनसरी, कोशी गा.पा.१ भन्सार टोल स्थितमा इ.प्र.का.लौकहीबाट प्र.व.ना.नि.र लागु औषध नियन्त्रण व्यूरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नं.मो.सा.लाई चेकजाँच गर्दा मो.सा.चालक ऐ. दुहवी न.पा.२ बस्ने वर्ष २१ को सुशान्त चौधरीको साथबाट ८ ग्राम ११० मिलिग्राम, पछाडी सवार ऐ. दुहवी न.पा.१० बस्ने वर्ष २५ को मेराज र ऐ. भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थितबाट ऐ. कानेपोखरी गा.पा.७ बस्ने वर्ष ३४ को शुरेन्द्र जिमीको साथबाट शुद्ध तौल ६.३९० ग्राम ला.औ. (खैरो हेरोईन) गरी जम्मा ला.औ. १४.५ ग्राम बरामद गरी मो.सा.सहित निजहरूलाई  नियन्त्रणमा लिई इ.प्र.का.लौकहीमा राखी थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८२।१२।२९ गते ०५:०० बजे देखि २०८२।१२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-३०

कर्तव्य ज्यान (प्र.क.),पर्सा, बीरगंज म.न.पा.११ रानीघाट स्थित ऐ.कालिकामाई गा.पा.१ मुर्ली बतन भएको इ.प्र.का.निजगढ बारा दरबन्दी भई जि.प्र.का.सप्तरीमा कार्यरत (मिति २०८२ ।१२।२४ गतेबाट लागु हुनेगरी दिन १० घ.बि.बसेको) अं.वर्ष २८ को प्र.ज.बिकाश चौरासियालाई जि.रौतहट माधवनारायण न.पा.१ घर भई हाल जि.पर्सा बीरगंज म.न.पा.११ स्थित फिरोज मियाको घरमा डेरा गरी बस्ने हंषराज साहको छोरा अं.वर्ष २६ को संतोष साह लगायत ४ जना मानिसहरु मिली कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि नारायणी अस्पताल पठाएकोमा डा.ले चेकजाच गर्दा अं.१७:३० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, व.प्र.का.श्रीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२.१२.२७ गते अं.१६:३० बजे बुद्धशान्ती गा.पा.८ चुल्ठे स्थित ऐ.बस्ने अं.वर्ष ५३ को नारद अधिकारीले ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई "बाल यौन दुरुपयोग" गरेको भनी पीडितको बुवाले मिति२०८२।१२।२९ गते १८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१२ गते रातको समयमा जिल्ला सल्यान कुमाख गा.पा. वडा नं.५ झारकाँडा बस्ने संकेत नामथर ५५F(१९)को संरक्षक (क) ले मेरो बहिनी बर्ष १५ की परिवर्तित संकेत नामथर ५५ F (१९) लाई ऐ.ऐ. बस्ने बर्ष ३२ को धन ब. थापाले जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर (क) ले जि.प्र.का.सल्यानमा मिति २०८२।१२।२९ गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा इ.प्र.का. रागेचौर सल्यान बाट प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि थप अनुसन्धान भईरहेको । ग्याँस लिग भई आगलागी,जाजरकोट, नलगाड न.पा.२ छेप्का स्थित ऐ.बस्ने थालु प्रसाद जैशीको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुन जाँदा निजको श्रीमती वर्ष ४२ की माया जैशीले लाईटरले आगो बाल्ने क्रममा आगोलागी हुँदा माया जैशी सहित ३ जना घाईते भई उपचारको लागी नलगाड नगर अस्पताल दल्ली लगि उपचार भईरहेको, अवस्था २ जनाको गम्भीर र १ जनाको मध्यम रहेको भन्ने खबर इ.प्र.का.दल्लीमा आउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई, स्थानीय तथा प्रहरीको सहयोगमा ऐ.१०:१५ बजे उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको, तिनै जना घाइतेहरुलाई थप उपचारको लागि हे.क.मार्फत नेपालगंजको लागी नेपालगंजबाट बुद्द एयरको उडानद्वारा काठमाण्डौ पठाई किर्तिपुरमा उपचार भईरहेको माछा मार्ने क्रममा बारुद बिष्फोट भई मृत्यु (फुटकर ज्यान),न.प.(पूर्व), मध्यबिन्दु न.पा.१४ राइकोटे स्थित अरुणखोला किनारमा बारुद जन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा अचानक बिष्फोट भई जि.पाल्पा निस्दी गा.पा.५ बस्ने वर्ष ३८ को खुम ब.सुनारी (कोखा, दाहिने खुट्टा र बाँया हातमा चोट, अवस्था गम्भीर) र ऐ.बस्ने वर्ष ३५ को रोमन सिंह खरु मगर (बाँया हातमा चोट, अवस्था मध्यम) घाईते भई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा ऐ.२१:५५ बजे घाईते खुम ब.सुनारीलाई डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, जि.प्र.का.न.प.(पूर्व)बाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । लागु औषध,बाँके, कोहलपुर न.पा.१० बस्ने वर्ष २४ को सुदिप रैदास भारतको रुपैडिहा बजारबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा नेपालगंज उ.म.न.पा.१५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रहरी टोलिले चेकजाँच गर्दा निजको साथबाट लागु पदार्थ खैरो हिरोईन जस्तो देखिने शुद्व तौल ११ ग्राम ७०० मि लिग्राम फेला पारी निजलाई नियण्त्रणमा लिई थप अनुसन्धानको भई रहेको ।  सिरहा, धनगढीमाइ न.पा.१० जिरोमाइल चौक स्थित इ.प्र.का.धनगढी र सुरक्षा वेश सुखिपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलीले धनगढी जिरोमाईल बजारबाट सुखीपुर तर्फ जादै गरेको को.२.ह ७१९४ नं.को अटोमा स.२.प ९१६९ नं. को मो.सा. टोचन गरी लादै गरेको अवस्थामा संका लागी चेकजाँच गर्दा, उक्त अटो भित्र सागको बोरामा लुकाइ छिपाइ राखिएको बोरा सहित १९ के.जी. ११० ग्राम ला.औ.गाँजा फेला परेको, नामथर, वतन नखुलेको मो.सा.चालक फरार रहेको, अटो चालक ऐ.धनगढीमाई न.पा.९ चैनपुर बस्ने रामकरण दासको छोरा अं.वर्ष ३३ को राजेश दास, अटो, मो.सा र ला.औ.गाँजा सहित आवश्यक अनुसन्धन तथा कार्वाहीको लागि इ.प्र.का.लहानमा पठाएको ।

मिति २०८२।१२।२८ गते ०५:०० बजे देखि २०८२।१२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२९

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुपन्देही, तिलोत्तमा न.पा.१४ बागदुरा बस्ने  वर्ष ७ की बालिकालाई ऐ.बस्ने वर्ष १२ को बालकले जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते १६:०० बजे निज पीडितले जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.चिल्हियाबाट प्र.स.नि.को टोली खटी गई निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको । शंकास्पद मृत,सिरहा, मिति २०८२।१२।२८ गते अं. ०७;५० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. २ छजना टोल अं. वर्ष २८ को सन्तोष मलिकको श्रीमती अं. वर्ष २७ कि रिमा देवी मलिक आफ्नै घरभित्र सुत्ने कोठाको बेडमा शंकास्पद मृत अवस्थामा रहेको भन्ने खबर इ.प्र.का सुखिपुर सिरहामा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि इन्द्र नारायण साह (९८१६७५०५७५) को कमाण्डमा टोली खटिगई घटनास्थल सुरक्षित राखि अनुसन्धानको लागि मृतकको ससुरा अं. वर्ष ६५ को दोरिक मलिक, मृतकको सासु अं. वर्ष ६० कि मुर्ती देवी  मलिक, मृतकको श्रीमान अं. वर्ष २८ को सन्तोष मलिक सहित ३ जना नियन्त्रणमा लिएको, साथै थप अनुसन्धानको लागि तालुक इ.प्र.का महेशपुरपतार सिरहा बाट प्र.ना.नि संजय कुमार शर्मा (९८५५०९०८५५) को कमाण्डमा मुचुल्का SOCO सहितको टोली खटिगई अनुसन्धान कार्य भइरहेको तथा ऐ.०९;२० बजेको समयमा थप अनुसन्धानको लागि तालुक जि.प्र.का सिरहा बाट प्र.नि सुमन नेपाली (९८४००६४०१८) को कमाण्डमा टोली खटी गएको । ऐ. ११;३० बजेको समयमा लासको कानुनि प्रकृया पुरा गरी लास पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको । ला.औ., धादिङ, गजुरी गा. पा ०१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडकखण्डमा बिशेष सुराकीको आधारमा इ.प्र.का. गजुरीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरी तर्फ आउदै गरेको बा ५ ख ७५३७ नं. को आईचरलाई  रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कोलो त्रिपालले छोपेको ९ वटा सेतो कलरको बोरा भित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरि पोका पारी राखेको अबस्थामा अं.२५० के.जि. (तौल गर्न बाँकी) लागु औषध गाँजा जस्तो देखिने वस्तु फेला परेकोले उक्त ला.औ.र गाडी सहित  चालक जि.धादिङ निलकण्ठ न.पा. ८ बस्ने वर्ष २२ को सम्मर बि.क. समेत २ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

मिति २०८२।१२।२७ गते ०५:०० बजे देखि २०८२।१२।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२८

ज.ज.क./बाल यौन दुर्व्यवहार, वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन,म्याग्दी, मिति २०८२।१२।१९ गते अं.१५:३० बजे मालिका गा.पा.१ निस्कोट बस्ने अं.वर्ष १५ को बालकले ले ऐ.बस्ने वर्ष ११ की बालिकालाई परिवर्तित जिल्ला ४३ अन्तर्गत खेल्ने क्रममा ज.ज.क.गरेको भन्ने खबर मिति २०८२।१२।२६ गते निजको हजुरआमाले जि.प्र.का.म्याग्दीमा लिखित रुपमा जाहेरी दिनसाथ इ.प्र.का. दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का म्याग्दीमा ल्याई मेडिकल चेकजाँच गरी वर्ष ११ की बालिकालाई आफन्तको जिम्मा लगाई पठाएको र वर्ष १५ को बालकलाई मिति २०८२।१२।२७ गते १३:०० बजे, मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भईरहेको । कञ्चनपुर, पुनर्वास न.पा. ८ (क) गाँउ बस्ने वर्ष २६ की महिलालाई निजको श्रीमान ऐ. बस्ने वर्ष २७ को पुरुष व्यक्तिले मिति २०८२।११।२३ गते राती १२:०० बजे वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सुनसरी, कोशी गा.पा.०८ भण्टावारी स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको को.२१ प १४९५ नं.को मो.सा.लाई इ.प्र.का.भण्टावारीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सप्तरी तिलाठी कोईलारी गा.पा.५ बस्ने अं.वर्ष ५८ को राम लखन यादवको साथबाट ने.रु.५,०१५०५/-, भा.रु. ५,३५०/- र मो.सा.मा पछाडी सवार देश भारत जिल्ला सुपौल छिटही हनुमाननगर ग्राम वडा नं.१५ बस्ने अं.वर्ष ६५ को प्रभु मुखियाको साथबाट ने.रु. १,४७,२०५/- भा.रु. ७,६००/- गरी जम्मा ने.रु.६,४८,७१०।–, भारु १२९५०/- निजहरूको साथबाट स्रोत नखुलेको नगद सहित नियन्त्रणमा थप अनुसन्धान भईरहेको । सर्लाही, ब्रहम्पुरी गा.पा.४ टायलस कम्पनी नजिक स्थित जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले भारतको सोन बर्षाबाट भेल्ही चोक तर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार जि.सर्लाही चन्द्रनगर गा.पा.४ बस्ने अं.वर्ष २३ को कृष्ण कुमार पासवानको साथबाट श्रोत नखुलेको ८ लाख नेपाली रुपैया फेला परेकोले मो.सा.,नगद रुपैया, निज कृष्ण कुमार पासवान र मो.सा.चालक ऐ.चन्द्रनगर गा.पा.१ बस्ने अं.वर्ष ४१ को शिव नारायण महतोलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ.,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा सडकखण्डमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास तथा बा.प्र.प्र.का.हेटौडा केनाईन शाखाबाट खटिएको कुकुर (जुनु ला.औ) सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नं. को हायसको १० नं. सिटमा सवार जि.सुनसरी धरान उ.म.न.पा. ५ बस्ने बर्ष अं. २४ को उज्जल कार्कीको साथबाट SPASTAIN-43 tablet, Tramadol-43 tablet तथा प्लास्टिक भित्र सानो-सानो रातो प्लास्टिकको टुक्राले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३२० मिलिग्राम फेला परेको साथै धरानबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ७७९५ नं. को हायसको ७ नं.सिटमा सवार जि.कैलाली धनगढी उ.म.न.पा.१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको साथबाट प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३.१५० ग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।न.प.पश्चिम, सुनवल न.पा.२ मुखिया टोल बस्ने अं.वर्ष ६० की बेली बनियाको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधरमा इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरमा गई हेर्दा सोही घरको कोठामा ४२ पुरिया कागज बाहेक अं.०.४४० ग्राम गाँजा, छतमा हरियो पात र हाँगा सहित अं.९ के.जी.३०८ ग्राम., सुकेको हाँगा सहित ८ के.जी. ९४० ग्राम गरी जम्मा अं.१८ के.जी.६८८ ग्राम गाँजा सहित निज महिलालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.नवलपरासीमा पठाईएको,  थप अनुसन्धान भईरहेको ।  ललितपुर, गोदावारी न.पा.०५ लेले स्थित वृत्त चापागाउबाट खटी गएको प्र.ना.उ.को कमाण्डको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा अं.३० किलो गाँजा सहित जि.ललितपुर गोदावारी न.पा.५ लेले घर भई बस्ने वर्ष ४० को किरण कुमार परियार सहित ३ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।२६ गते ०५:०० बजे देखि २०८२।१२।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२७

ज.ज.क./ज.ज.क.उधोग,काठमाण्डौ, जिल्ला इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले प्रतिवादी जि.इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष ५७ को सुनिल खवासले आफ्नै छोरी (जाहेरवालाको सहोदर बहिनी) लाई घरमा कोही नभएको बेला कोठामा लगी कार्टुन देखाउछु भन्दै अश्लिल भिडियो देखाएर संवेदनशिल अंगमा चलाएको भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२।१२।२६ गते १५;३० बजे जि.प्रहरी परिसर,भद्रकाली,महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा प्राप्त भए पश्चात निज सुनिल खवास फरार रहेकोले खो.त.तथा अ.अ.कार्य भईरहेको । नोट;- पीडित बालिका जाहेरवालाको बहिनि रहेकि,पीडितको अन्य विवरण नखुलाईएको,जाहेरी पीडितको सहोदर दाई परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले दिएको,जाहेरवाला बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ रहेको । काठमाण्डौ, मिति २०८२।०१।२४ गते अ.१७:०० बजे का.म.न.पा. ११ बबरमहल स्थित डेरा कोठामा जि.डोटी सिलगढी न.पा.५ स्थायी घर भई हाल का.म.न.पा. ११ बस्ने वर्ष २५ की महिलालाई प्रतिवादी जि.बैतडी शिवनाथ गा.पा.२ मडैगाउँ स्थायी घर भई हाल दुबईबाट काठमाडौं त्रिभुवन बिमानस्थलमा मिति २०८२।१२।२७ गते बिहान अवतरण गर्दै गरेको वर्ष २४ को रोशन मडैले जबरजस्ती करणी गरेको व्यहोराको जाहेरी दरखास्तले जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिका सेवा केन्द्र भद्रकाली काठमाण्डौमा मिति २०८२।१२।२६ गतेको १८:२० बजे निवेदन दिएको  आ.अ.भईरहेको । कैलाली, कैलारी गा.पा.३ हसुलिया बस्ने वर्ष २३ को सनि चौधरीले जि.कन्चनपुर बेलडाडी गा.पा.३ बस्ने वर्ष २८ की महिलालाई जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्ध चोक स्थित साथिको कोठामा लगी ज.ज.क.गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.कैलालीमा आई लिखित निबेदन दिएको हुँदा जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी निज सनी चौधरीलाई नियन्त्रणमा लिइ जि.प्र.का.कैलालीमा राखिएको, । चोरी,महोत्तरी, जलेश्वर न.पा.५ पर्सा टोल स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पर्सापतैलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने जिवस शर्माको एक तले पक्की घरको पछाडिबाट आइ मेन ढोका खोली घरभित्र पसि कोठामा रहेको दराजबाट सुन, चाँदीका विभिन्न गर-गहनाहरू र नगर भारतीय रुपैयाँ ५०,०००।– गरी अं.मु.रू ९००,०००।– र ऐ.बस्ने जयनन्दन राउत भुहियारको एक तले पक्की घरको छत माथिबाट घरभित्र पसि कोठामा रहेको बाकसबाट नगद ३५,०००।–, मोवाइल र सुन गरी अं.मु.रू. ८०,०००।– बराबरको चोरी भएको भन्ने बुझिएको, चोरी गर्ने ब्यक्तिको पहिचान तथा खो.त.कार्य भइरहेको, उक्त स्थानमा थप जि.प्र.का.बाट प्र.नि.र मधेश प्रदेश केनाईन उप-शाखा लालगढबाट  प्र.ना.नि.को कमाण्डमा Dog Sniffing टोली खटी गई अनुसन्धान कार्य भईरहेकोमा जलेश्वर न.पा.५ पर्सा टोल बस्ने वर्ष २० को सुभम शर्मा र ऐ.बस्ने वर्ष १८ को अनिष शर्माको साथबाट १० ग्राम ला.औ.गाँजा जस्तो देखिने पदार्थ,कैची समेत फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको र मधेश प्रदेश केनाईन उप-शाखा लालगढ धनुषाबाट  प्र.ना.नि.को कमाण्डमा Dog सहितको टोली  फिर्ता भएको, । ला.औ.,सिन्धुली, दुधौली न.पा.१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्र.चौ.दुधौलीबाट प्र.व.ना.नि.र बागमती प्रदेशबाट आएका तालिम प्राप्त कुकुर सहितको १२ जनाको संयुक्त  टोलीले सवारी  चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.काभ्रे पनौती न.पा १२ बस्ने वर्ष ३९ को नवराज राउतले चलाएको बा ५ ख ३१५४ नं. हायसको सिटमा सवार जि.उदयपुर कटारी न.पा ८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र शुद्ध तौल  ६ के.जी ला.औ गाँजा फेला पारी निज टेक बहादुर मगर र ला.औ गाँजा नियन्त्रणमा लिई प्र.चौ.दुधौलीमा राखी अनुसन्धान भईरहेको, उक्त हायस र चालकको कागजपत्र नियन्त्रणमा राखी गन्तव्य तर्फ गएको,उक्त स्थान प्र.चौ.दुधौलीबाट अं.३ कि.मि.उत्तर पश्चिम पर्ने ।  सुसरी, हरिनगरा गा.पा.२ भुटाहा बजार स्थित जिप्रका सुनसरी बाट सादा पोसाकमा खटीएको प्रबह कृष्ण कुमार झुरझारको कमाण्डमा २ जनाको टोलिले मे ८ प ५८७० नं. को स्कुटरमा भुटाहा बाट घुस्की तर्फ जादै गरेको अबस्थामा शंका लागी रोकी चेक जाँच गर्दा स्कुटर चालक जिल्ला सुनसरी हरिनगरा गा.पा. ६ बस्ने बर्ष २१ को अबजल अन्सारीको स्कुटरको डिक्कीमा कालो झोला भित्र ट्रमाडोल औषधी ५०० पत्ता ( ५,०००/- क्यापसुल) लुकाई छिपाई राखिएको अबस्थामा फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याउने कार्य भईरहेको, ।

मिति २०८२।१२।२५ गते ०५:०० बजे देखि २०८२।१२।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२६

कर्तव्य ज्यान,कास्की, पोखरा म.न.पा.८ शिवालय चोक जाने बाटो नजिक पोखरा बाग्लुङ सडकखण्डमा ऐ.पोखरा म.न.पा.५ जिरो कि.मि.घर भई हाल ऐ.पोखरा म.न.पा.१८ सेदी स्थित माईती घरमा बस्ने वर्ष अं.४२ की सृजना पौडेल के.सी.लाई अपरिचित एकजना पुरुष व्यक्तिले धारिलो हतियार जस्तो देखिने वस्तुले प्रहार गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटीई गई घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा ऐ.२०:१८ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनामा संलग्न व्यक्तिको खो.त.एवम् थप अनुसन्धान भइरहेको । ललितपुर, ललितपुर म.न.पा.१२ कृष्ण मन्दिर स्थित दुई पक्ष वीच विवाद भई धारिलो हतियार (चक्कु) प्रहार गर्दा जि.झापा कमल गा.पा.६ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.- १ इमाडोल बस्ने वर्ष ३३ को सुमित नेम्माङको पेटमा गहिरो चोट लागि गम्भीर घाइते भएको र ऐ.बस्ने निजकै भाई वर्ष २५ को सृजन नेम्माङको घाँटी र पटेमा चोट लागी गम्भीर घाइते भएकोले उपचारको लागि प्रभाग मंगलबजारबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ग्वार्को स्थित बि एण्ड बि अस्पताल लगेकोमा ऐ.२०:३० बजे दुवै जनालाई डाक्टरले मृत घोषणा गरेको, दुवै शव सोही अस्पतालमा रहेको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ.को कमाण्डमा टोली खटीई गएको, घटनामा संलग्न जि.ललितपुर, ललितपुर म.न.पा. ९ भोलढोका बस्ने वर्ष ३२ को संजिव नेपाली र जि.नवलपरासी गैँडाकोट न.पा.१ घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.८ सुबहाल बस्ने वर्ष २१ को गगन सुनार समेत २ जनालाई  थान -१ चक्कु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क./ज.ज.क.उधोग,उदयपुर, मिति २०८२।१०।०५ गते अं.१५:०० बजे जि.उदयपुर रौतामाई गा.पा.०७ मुर्कुची स्थित पुरन तामाङको घरमा पढ्नको लागि डेरा गरी बसेको जि. उदयपुर रौतामाई गा.पा. ०७ बस्ने वर्ष १४ की बालिकालाई ऐ. वडा नं. ७ धाङ्गले बस्ने वर्ष २४ को बले भन्ने बल बहादुर श्रेष्ठले बालिकाको कोठामा पसी ज्यान मार्ने धाक धम्की दिई कुटपीट गरी पटक पटक जबरजस्ती करणी गरेको भनी ऐ.२५ गते अं. ०८:०० बजे जि.प्र.का.उदयपुरमा आई पीडितको आमाले जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का. उदयपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको संख्यामा प्रहरी टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । काठमाडौँ, जि.धादिङ ज्वालामुखी गा.पा.७ स्थायी घर भई हाल का.म.न.पा.१६ बस्ने  वर्ष १९ की महिलालाई वर्ष ३७ को पुरुषले मिति २०८२।१२।१२ गते काठमाण्डौ जिल्ला, बानेश्वर स्थित पीडकको साथीको कोठामा लगी बल प्रयोग गरी जबरजस्ती करणी गरेको भनि पीडितले ऐ.२५ गते १५:१५ बजे जिल्ला प्रहरी परिसर काठमाडौँ, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जानकारी गराए पश्चात थप अनुसन्धान भईरहेकोमा मिति २०८२।१२।१९ गते अं.०८:०० बजे जरुरी पक्राउ पुर्जी दिई का.म.न.पा.३ स्थितबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको । काठमाडौँ, जिल्ला भक्तपुर , भक्तपुर न.पा.७ स्थायी घर भई हाल का.जि.का.म.न.पा.८ बस्ने वर्ष २३ की महिलालाई प्रतिवादी का.जि.का.म.न.पा.१२ टेकु बस्ने वर्ष ३० को पुरुषले का.जि.का.म.न.पा.१२ स्थितमा मिति २०८२।०६।१३ गते अं. ०१:०० बजे देखि ०४:०० बजे सम्म र ऐ.०७।१४ गते का.जि.का.म.न.पा.११ सुन्धारा स्थित रहेको म्याग्दी होटेलमा अं. ०८:०० बजे बल प्रयोग गरी ज.ज.क.गरेको भनि ऐ.२५ गते १२:०० बजे जिल्ला प्रहरी परिसर काठमाडौँ,  महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जाहेरी दरखास्त दिएकोले थप अनुसन्धान भईरहेको, प्रतिवादी रोनित पुजारीको खो.त.भईरहेको । धादिङ, गल्छी गा.पा.३ छतिनटार बस्ने वर्ष अं.२८ को रवि पोखरेलले मिति २०८२।१२।१९ गते १३:०० बजे ऐ.२ बेलिनटार बस्ने वर्ष अं.५० की महिलालाई ज.ज.क.गरेको भनी पीडितले ऐ.२५ गते १६:३० बजे इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखी थप अनुसन्धान भईरहेको । झापा, मेचीनगर न.पा.१० लालपानी स्थित ऐ. बस्ने अं. वर्ष ३२ को भवानी फुयालले ऐ. बस्ने वर्ष १७ की बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी पीडितको आफन्तले ऐ.१८:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । लागू औषध,काठमाडौँ, का.म.न.पा.९ भत्केकोपुल नजिक ला.औ.कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्र.नि.को कमाण्डमा खटिई गएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडीरहेका जि.सप्तरी सुम्ङ्ग गा.पा.४ घर भई बस्ने वर्ष ४२ को सन्तोष कुंवरलाई नियन्त्रणमा लिई ऐ.का.म.न.पा.९ भत्केकोपुल स्थित निजको डेरा कोठा खानतलासी गर्दा कोठाबाट ला.औ.डाईजीपाम १०७० पिस, नुर्फिन १११५ पिस, फेनारागन १०८० पिस, (जम्मा ला.औ.३२६५ पिस), नेपाली नगद रु.३,११,५५०।, मलेसियन रुपैया १ को १० थान, ५ को ४ थान, १० को ३ थान, कुवेत मुद्रा १ को ५ थान, युएई मुद्रा १० को ६ थान, कतारी मुद्रा ५ को १८ थान, १ को १८ थान, ओमान मुद्रा ५ को ३ थान, १ को १ थान, चाईनिज मुद्रा ५० को १ थान, २० को १ थान, १० को १ थान , ५ को ९ थान, १ को ४ थान, मोवाईल ११ थान, विभिन्न सिम काड ३८ थान, चेक ३ थान, सुन जस्तो देखिने पहेलो धातुको तिलहरी २ थान, सुन जस्तो देखिने पहेलो धातुको मगलसुत्र १ थान, सुन जस्तो देखिने पहेलो धातुको सिक्री ३ थान, सुन जस्तो देखिने पहेलो धातुको बाला १ थान, सुन जस्तो देखिने पहेलो धातुको औठी ३ थान, सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा १ थान, काचो सुन जस्तो देखिने पहेलो धातुको डिक्का अं.४८ ग्राम, १ के.जि.fine gold लेखिएको धातु १ थान, USA डलर ५ को १ थान १ को ३ थान फेला पारी वरामद गरी उक्त ला.औ., नगद तथा सुनको गरगहना समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  महोत्तरी, जलेश्वर न.पा.८ बजराहीकोट्टी स्थित जि.प्र.का. महोत्तरीबाट प्र.उ.को कमाण्डमा खटिएको चेकिङ टोलीले BAC6994 नं.को Nissan कार र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कारलाई चेकजाँच गर्ने क्रममा BAC6994 नं.को Nissan कार छाडी उक्त कारमा सवार २ जना पुरुष ब्यक्ति भागेका, उक्त कारको पछाडी सिटबाट २२ पोका (प्रतेक पोका तौल गर्दा अं.८ के.जी का दरले प्लाष्टिक सहित अं.१९२.८ के.जी) ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेको र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चेकिङ छली भागेकाले पिछा गर्दै जाँदा ऐ.वडा नं.४ ठुलो रतौवडा पुगी सोही कारमा सवार जिल्ला मकवानपुर कैलाश गा.पा.१ बस्ने नर बहादुर मोक्तानको छोरा अं.बर्ष २६ को धर्म राज मोक्तान कारबाट ओर्ली भाग्ने क्रममा कार र निजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा केही सामान फेला नपरेको, , BAC6994 नं.को Nissan कारको २ जना पुरुष ब्यक्ति र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चालकको खो.त.भैरहेको, ला.औ.गाँजा जस्तो देखिने पदार्थ सहित दुबै कार र निज धर्म राज मोक्तानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।२४ गते ०५:०० बजे देखि २०८२।१२।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२५

कर्तव्य ज्यान,धनुषा, मिति २०८२।१२।२० गते अं.१५:०० बजे कमला न.पा.२ तेलियाही बस्ने अं.वर्ष ५० को सिताराम दासले आफ्नै भाई अं.वर्ष ४८ को राम कुमार दासलाई बाख्राले खेतको घाँस खाएको विषयलाई लिएर बाँसको लाठीले दाहिने हात टाउकोमा कुटपिट गर्दा घाइते भई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर धनुषा पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०२:१० बजे थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रिफर भएकोमा ऐ.२४ गते १८:४५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने सिताराम दास प्रहरीको नियन्त्रणमा । भोजपुर, षडानन्द न.पा.१३ रेवा स्थितमा पुरुष मानिस कुटपिटबाट मृत्यु भएको भनि ऐ.२५ गते ००:३० बजे प्र.चौ.बोयाँ भोजपुरमा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.स.नि.को कमाण्डमा टोली घट्ना स्थल खटी गई बुझ्दा ऐ.१३ मुखियाटोल घर भई बिगत १२/१३ बर्ष अगाडी देखि (सानोवुवा) शंकराज तामाङको घरमा बस्दै आएको चमक बहादुर तामाङको छोरा अं.वर्ष २४ को सम्मर बहादुर तामाङलाई ऐ.१४ बेखम्चा बस्ने बस्ने अं.वर्ष २१ को सुनिल राई, ऐ.बस्ने अं.वर्ष ४४ को चन्द्र कुमार राई,  ऐ.बस्ने अं.वर्ष २७ को सुरज राई र ऐ. बस्ने अं.वर्ष २६ को राजेश दर्जीले कुटपिट गर्दा घटना स्थलमानै मृत्यु भएको र कुटपिट गर्ने मानिसहरु खो.त.गर्ने क्रममा आज मिति २०८२।१२।२५ गते बिहान ०४:३० बजे चारै जनालाई घरबाट नियन्त्रणमा लिई जि.प्र.का.भोजपुर तर्फ ल्याउदै गरेको, अन्य थप अनुसन्धान कार्य भईरहेको, घट्नास्थलमा इ.प्र.का.दिङलाबाट प्र.नि.को कमाण्डमा, इ.प्र.का. साङपाङ, प्र.चौ. बोयाँ समेतबाट जम्मा १५ जनाको टोली खटी गएको,। शंकास्पद मृत्यु,पर्सा, धोबिनी गा.पा.२ भिमपुर स्थितमा ऐ.बस्ने दिपेश राउको श्रीमती अं.वर्ष २४ की प्रीती राउत मृत अवस्थामा छ भन्ने खबर प्र.चौ.आसबारी पर्सामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटी गई बुझ्दा मृतकको श्रीमान र ससुरा फरार खो.त.कार्य भईरहेको, मृतककी सासु नियन्त्रणमा रहेको, घटनास्थल सुरक्षित राखेको, थप आ.अ.को लागी इ.प्र.का.पोखरीया पर्साबाट प्र.नि.को कमाण्डमा टोलि खटी गई कानूनी प्रकृया पुरा गरी ऐ.२५ गते अं.०१:०० बजे शव पो.मा.का लागि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा लगिएको, । ज.ज.क./ज.ज.क.उधोग,ओखलढुङ्गा, मानेभञ्ज्याङ गा.पा.३  उबु आहाले टोल बस्ने छत्र बहादुर राईकी अ.बर्ष- २० की छोरी (बोल्न नसक्ने  ) लाई जिल्ला रौतहट गेवाही गोनाही न.पा. ६ बस्ने  (भाँडा वर्तन बेचबिखन गर्दे हिड्ने)  बर्ष अ. ४९ को चुनचुन साह कानुले घरमा कोही नभएको अबस्थामा पीडितको  घरको कोठामा ज.ज.क. गरेको भनि ऐ.१४:०० बजेको समयमा अ.प्र.पोष्ट केतुकेमा खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट केतुके बाट प्र.स.नि.रमेश प्रसाद पटेलको कमाण्डमा टोलि खटि गई बुझ्दा पीडित पक्षले  पीडक लाई  सामान्य कुटपिट गरेको नाक र गालामा  सामान्य  चोट अबस्था समान्य रहेको भनि अ.प्र.पोष्ट केतुकेबाट जि.प्र.का.ओखलढुङ्गामा खबर प्राप्त हुन साथ जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.बिक्रम बहादुर भट्टराईको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई पीडक  लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि  जि.प्र.का.ओखलढुङ्गा तर्फ ल्याउदै गरेको, । रोल्पा, माडी गाउँपालिका वडा नं.६ मिनही दाङथोक स्थित निज पिडक ले पिडित संग झै-झगडा गरेको भनि टेलिफोन मार्फत यस कार्यालएमा खबर गरे पश्चात इलाका प्रहरी कार्यालय घर्तिगाउँ,रोल्पाबाट प्र.ना.नि.को कमाण्डमा-४ जनाको टोलीखटी गई निजलाई यस का.को नियन्त्रणमा राखेकोमा आज मिति २०८२।१२।२४ गते १०:०० बजे समयमा जिल्ला रोल्पा माडी गा.पा. ६ मिनही दाङथोक बर्ष २८ कि परीबर्तित नाम ५३ घर्तिगाऊँ ५ (ड) लाई आफ्नै घरमा २०८२।१०।१६ गते अं.२०:३० बजेको समयमा जिल्ला कालिकोट पलटा गा.पा. वडा न. ७ परौटि बस्ने दुर्गा बिष्टको छोरा महाराज बिष्ट भन्ने बर्ष २८ को सत्पाल बहादुर बिष्टले ज.ज.क गरेको भनि यस कार्यालयमा जाहेरी दरखास्त दिएकोले प्र.नि.को कमाण्डमा ५ जनाको टोलीले पिडितलाई स्वास्थ्य परिक्षणको लागि रोल्पा अस्पताल रेउघा लगेको,निज पिडितको अवस्था सामान्य । कपिलवस्तु, शिवराज न.पा.५ ग्यालेक्सी टोल बस्ने वर्ष १४ की बालिकालाई  निज बालिका सुत्ने कोठामा छिमेकी ऐ.बस्ने वर्ष २५ को चन्दन तिवारीले ज.ज.क. गरेको भन्ने पीडित बालिकाको कान्छी आमाले ऐ.२४ गते १४:०० बजे निजले लगाएको कपडामा रगत देखी सोधपुछ गर्दा करणी भएको भन्ने निज बालिकाले खुलाएको भनी ऐ.१८:०० बजे व.प्र.का.चन्द्रौटामा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक चन्दन तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिका र पीडकलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भईरहेको, पीडितको घरमा बुवा र कान्छी आमा रहेको,आमा २ वर्ष पहिला अन्तै विवाह गरी गएको, कैलाली, भजनी न.पा.८ गोडचौरा बस्ने वर्ष २७ की महिलालाई ऐ.लम्की चुहा न.पा.८ सोनपुर बस्ने वर्ष ३० कासिम अलि जागाले तिम्रो श्रीमान बिरामी छ भेट्न जाऊ भनी महेन्द्रनगर बसपार्क स्थित होटेलमा लगी ललाई फकाई मेरो ईच्छा विपरित ज.ज.क.गरेको, भोली पल्ट घर पुर्‍याई दिन्छु भनि जि.बाँके कोहलपुर लगी होटेलमा एक हप्तासम्म ज.ज.क. गरेको र  अन्तिम पटक मिति २०८२।१२।२१ गते जि.कैलाली जानकी गा.पा.४ कन्चनपुर बडरिया  स्थित गाउँमा राती अं.२३:०० बजे ज.ज.क.गरेको भनि मिति २०८२।१२।२४ गते इ.प्र.का.भजनीमार्फत इ.प्र.का.टीकापुरमा ऐ.२२:०० बजे पीडितले जाहेरी दरखास्त दिए पश्चात ऐ.२२:०५ बजे इ.प्र.का.टिकापुरबाट प्र.ज.को कमाण्डमा खटी गएको टोलीले प्रतिवादी कासिम अलि जागालाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.टीकापुरमा ल्याई थप अनुसन्धान भईरहेको,मिति २०८२।१२।२५ गते ००:३० बजे टीकापुर अस्पतालमा दुबैजनाको विस्तृत स्वास्थ्य परिक्षण पश्चात पीडितलाई निजको श्रीमानको जिम्मा लगाईएको र पिडकलाई इ.प्र.का.टीकापुरको नियन्त्रणमा राखिएको । चोरी,काठमाडौं, टोखा न.पा.३ ढलमल स्थितमा रहेको सन्त बहादुर घलेको ३ तले घरको भुँई तलामा कोठा डेरा गरी बस्ने जि.स्याङ्जा अर्जुन चौपारी गा.पा.१ घर हुने बर्ष ३९ को दिपक पौडेलको कोठाबाट घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई कोठाभित्र रहेको काठको दराज समेत फुटाई सुनको हार (१ तोला) थान-१, अं.मुल्य रु.२,९०,०००, सुनको सिक्री (१.५ तोला) थान-१, अ. मुल्य रु ४,३५,०००, सुनको औंठी (१ तोला) थान- २, अ. मुल्य रु २,९०,०००, सुनको छड्के तिलहरी (आधा तोला) थान- १, अ. मुल्य रु १,४५,०००, सुनको बाला (१ तोला) थान -१, अ. मुल्य रु २,९०,०००, चाँदीको सिक्री (१ तोला) थान-१, अ. मुल्य रु ४,८०० गरी जम्मा अं.मुल्य रु १४,५४,८००।– बराबरको धनमालहरुको चोरी भएको भनि खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट प्र.ह.सहितको टोली साथै सादा पोशाकको टोली समेत गरी ५ जना प्र.क.टोली खटि गएको, चोरी गर्ने मानिस फरार रहेको, । लागू औषध, कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा र ला.औ.ब्युरो शाखा कार्यालय महेन्द्रनगर खटी गएको संयुक्त टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.७ JP चोक बस्ने वर्ष २५ को मुकेश रानालाई ऐ.८ मोती चोक स्थित सडकमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १३ ग्राम ३७० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,।