मिति २०८२।१२।०३ गते ०५:०० बजे देखि २०८२।१२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०४
- A
- A-
- A+
कर्तव्य ज्यान,
बाँके, बैजनाथ गा.पा.५ छमनिया
बस्ने अं.वर्ष ५१ की भगवनी थारु र ऐ.बस्ने अं.वर्ष ५५ को सिताराम थारु बीच
खेतबारीमा लगाएको मसुरोको बिषयमा विवाद हुँदा निज सिताराम थारुले धारिलो हतियार
(हँसिया) प्रहार गर्दा भगवनी थारुको घटनास्थलमै मृत्यु भएको र निज भगवनी थारुको
छोरा वर्ष ३५ को अर्जुन थारुलाई समेत निधारमा चोट लागि मेडिकल कलेज कोहलपुर बाँके
पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको र भगवनी थारुको फुसले छाएको घरमा समेत आगो
लगाई दिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुर बाँकेबाट प्र.ना.उ.को
कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि भेरी अस्पताल
नेपालगंज बाँके पठाईएको, धारिलो हतियार प्रहार गर्ने
व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आवश्यक अनुसन्धान
भईरहेको ।
कञ्चनपुर, दोधारा
चाँदनी न.पा. ०४ माननीय चोक बस्ने बर्ष अं. ५५ को
हरी प्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा बर्ष अं. ७५ की बिन्द्रा श्रेष्ठलाई
धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र निजकै बहिनी बर्ष अं. ५० की
भगवती देवी माझी (विवाहित माइती घरमा बस्दै आएकी) लाई समेत धारिलो हतियारले प्रहार
गर्दा दाहिने हात र टाउकोमा चोट भई, उपचारको लागि दोधारा
चाँदनी अस्पतालमा पठाई उपचार भइरहेकोमा ऐ.२१:४० बजे थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर
गरेको, अवस्था सिरियस), धारिलो हतियार
प्रहार गर्ने व्यक्ति फरार रहेको खो.त. कार्य भइरहेको, उक्त
स्थानमा जि.प्र.का.कञ्चनपुरबाट प्र.उ.को कमाण्डमा टोली खटि गएको, पुरानो जग्गा जमिन सम्बन्धी बाद-विवाद रहेको भन्ने बुझिएको, ने. प्र. प्र.का. महेन्द्रनगरबाट प्र.ना.नि.र ऐ.०४ गते ००:२० बजे
सु.प.प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा DOG टोली गई आ.अ. भईरहेको, ऐ.०१:४० बजे, Dog टोली फिर्ता भएको, निज हरि प्रसाद श्रेष्ठको खो.त. कार्य भईरहेको ।
ज.ज.क.,
झापा, मिति २०८२।०७।२८ गते
अं.१२:०० बजे जि.झापा अर्जुनधारा न.पा. -५ बस्ने बर्ष अं. ३३ की (सुस्त मनस्थितिको
जस्तो देखिने) महिलालाई घर कोठामा गई ऐ.ऐ. बस्ने बर्ष अं.७० को शंकर चापागाईले
ललाई फकाई बिबाह गर्छु भनि ज.ज.क. गरी ४ महिनाको गर्भ समेत रहेको भनि पीडितको
आफन्तहरुले ज.ज.क. गर्ने शंकर चापागाईलाई
समेत साथमा ल्याई ऐ.१२।०३ गते अं.२०:०० बजे इ.प्र.का. अनारमनीमा जाहेरी
दिएकोले ज.ज.क. गर्ने निज शंकर चापागाईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको ।
कैदी मृत्यु,
रुकुम पश्चिम, बाँफिकोट
गा.पा. १० घर भई, मिति २०८०/१२/२२ गते जिल्ला अदालत रुकुम
पश्चिमको पत्र आदेशले कर्तव्य ज्यान सम्बन्धी कसुरमा १० (दश) बर्ष कैद र १०,०००।- (दश हजार जरिवाना) तोकी जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान
गरिरहेको बर्ष ६० को मन बहादुर बुढा पहिला देखि नै दमको बिरामी रहेकोमा आज राति
सुतिररहेको अबस्थामा जेल प्रशासनले चेकजाँच गर्ने क्रममा निजलाई अचेत अवस्थामा
फेला पारी उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएको, साथमा १ जना जेल प्रशासनले नाइके, कार्यालय सहयोगी
पठाएको र का.सु.गार्ड रुकुम पश्चिमबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गएको,ऐ.०२:३० बजे जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भर्ना भई उपचार भईरहेको
अबस्था अचेत रहेकोमा, ऐ.०५:०३ बजे उपचारको क्रममा जिल्ला
अस्पताल सल्लेमा मृत्यु भएको ।
ला.औ.,
झापा, भद्रपुर न.पा. ६ स्थित
ऐ.बस्ने श्रवण यादवको घरमा ला.औ. रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि को टोलीले निजको घर खानतलासी गर्दा निजको
किचनकोठामा रहेको किचनर्याक भित्र रहेको प्लाष्टिकको बाल्टीनमा कालो प्लाष्टिकमा
पोको पारी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ५० ग्राम
४३० मि.लि. ग्राम फेला पारी ला.औ. सहित ऐ. भद्रपुर न.पा. ६ बस्ने अं.वर्ष ३१ को
श्रवण यादव सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।