मिति २०८२।१२।०४ गते ०५:०० बजे देखि २०८२।१२।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०५
- A
- A-
- A+
कर्तव्य ज्यान,
कैलाली, गोदावरी न.पा.०४
अमलेशैनी गाउँ बस्ने वर्ष अं.३०/३१ को राम ब.मगरले आफ्नो घर देखि पश्चिम अं.३
घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा आफ्नो श्रीमती वर्ष
२७/२८ की संजिता मगरसंग विवाद गरी आफ्नो साथमा भएको भरुवा बन्दुकले गोली हानी
हत्या गरेको र आफुलाई समेत भरुवा बन्दुकले गोली हानी घाईते अवस्थामा रहेको भन्ने
खबर प्राप्त हुनासाथ इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ.
२१:०० बजेको समयमा स्थानिय खडक स्वाँर समेतका १५/२० जना मानिसहरु घटनास्थलमा पुगि
शव कुरी बसेको, स्थान देखी अ.१०/१२ फिट माथी भरुवा भन्दुक
फेला परेको,घाईतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल
धनगढीमा ल्याई उपचार भईरहेको,अवस्था बेहोस ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
झापा, मिति २०८२।१२।०३ गते
अं.१३:१५ बजे मेचिनगर न.पा.१४ पाथिभरा टोल स्थित ऐ.बिर्तामोड न.पा.२ बस्ने वर्ष ६२
को प्रदिप मित्तलले जि.कैलाली लम्कीचुहा न.पा.४ घर भई हाल जि.झापा मेचिनगर न.पा.१४
पाथिभरा टोल बस्ने वर्ष २३ की महिलालाई ज.ज.क.उद्योग गरेको भनी पीडित आँफैले मिति
२०८२।१२।०३ गते अं.१९:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दरखास्त दिनासाथ
प्र.नि.को कमाण्डमा टोली खटी गएको, पीडक हाल फरार, खो.त.कार्य भई रहेको ।
बर्दिया, न.पा.०४ पदनाह गाउँ
स्थित ज्ञानु कार्कीको करण राईस मिल नजिकै पछाडी रहेको बाधरुममा खेल्ने क्रममा
फकाएर लगि नामथर संकेत नं.६६ (अ) ऐ.बस्ने विश्राम थारुको छोरा बर्ष अं.१३ को ले
आफ्नो यौनाङ्ग पिडित नामथर संकेत नं.६६(पदनाहा) को यौनाङ्गमा पसाएकोले सहन नसकि
पिडितले मलाई भनेको र निज पिडितको ममिले
यौनाङ्ग हेर्दा निजको यौनाङ्ग
सुन्निएको देखि पिडितको ममि परिपर्तित नामथर संकेत नं.६६(पदनाहा१)ले यस
इ.प्र.का.बनियाभारमा आई ऐ.१७:३० बजे जाहेरी दरखास्त दिएको हुदा यस इ.प्र.का.बनियाभारबाट
प्र.स.नि.शिव नारायण चौधरीको कमाण्डमा ५ जनाको टोली खटि गई पिडक र पिडितलाई यस
का.मा ल्याई सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको ।
दोलखा, विगु गा.पा. ४
सिंगटी स्थित रहेको सुरक्षा होटल एण्ड लजमा ऐ.ऐ. १ गंगोर खोला बस्ने चम्पा तामाङको
छोरा बर्ष अ. २० को धनराज तामाङ र ऐ.ऐ. ५ चिलंखा बस्ने बर्ष अ. १५ की बालिका संगै
बसेकोले निजहरुलाई नियन्त्रण गरि दिने भनि बालिकाको छिमेकीले ऐ. ४ गते अ. ००;३०
बजेको समयमा इ.प्र.का. सिंगटीमा खबर गर्न साथ इ.प्र.का.सिंगटी दोलखाबाट प्र.नि.
बिष्णुहरी फुँयालको कमाण्डमा महिला प्रहरी कर्मचारी सहित ५ जनाको टोली खटि गई निज
दुबै बालिका र पुरुषलाई नियन्त्रण लिई इ.प्र.का. सिंगटीमा ल्याएकोमा निज बालिकालाई
बिहान उपस्थित गराउने गरी आफन्त (आमा) लाई बुझाई पठाएको, पुरुष
इ.प्र.का. सिंगटीको नियन्त्रणमा रहेको,अन्य अनुसन्धान कार्य
भइ रहेको ।
रसुवा, उत्तरगया गा.पा.वडा
न.२ सिम्ले बस्ने सुब्बा तामाङको छोरी वर्ष अ.१७ की बालिकालाई ऐ.बस्ने वर्ष
अं.३५/३६ को दलबिर तामाङले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.डाडागाउँ
र इ.प्र.का.कालिकास्थानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिई जि.प्र.का.तर्फ ल्याउदै गरेको ।
चोरी/लुटपाट
काठमाण्डौ, तारकेश्वर न.पा.०४
पुरानोगुहेश्वरी घर भई बस्ने बर्ष अं.३४/३५ कि सपना पुतुवारको चार तले घरको दोस्रो
तलामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोकाको ताला फुटाली भित्र प्रवेश
गरी दराजको ताला फुटाली दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य
उक्त घटनाको बारेमा थप अनुसन्धान तथा खो.त.तथा संकित व्यक्तीको CCTV क्यामेरा हर्ने कार्य जारी रहेको, खबर प्राप्त १४:००
बजे, प्रहरी पुगेको १४:०५ बजे, प्र.स.नि.सहदेव
बस्नेतको कमाण्डमा ५ जना, उक्त स्थान प्रहरी
बृत्त बालाजु उत्तरतर्फ अं.२.५ किलो मिटर रहेको । निम्नः- १-सुनको सिक्री साढे एक
तोला १ थान अं.मु.-४,६१,५५०।- २-सुनको
कानमा लगाउने टप आधा तोला अं.मु.-१,५३,५८०।-
जम्मा चोरी भएको अं.मु.-६,१५,४००।-(छ
लाख पन्ध्र हजार चार सय )
ला.औ.,
मोरङ, विराटनगर म.न.पा.१६
दरैया स्थित ला.औ.नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले
भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०२-०५९ प.७७७६ नं.को मो.सा.लाई शंका लागी
रोकी चेकजाँच गर्दा मो.सा.पछाडि सवार जि.सुनसरी इटहरी उ.म.न.पा.२ बस्ने वर्ष १९ की
रोश्नी विश्वकर्माको साथबाट ८ ग्राम ७०० मिलिग्राम ला.औ.खैरो हेरोईन जस्तो देखीने
पदार्थ फेला पारी उक्त ला.औ.र मो.सा.सहित निज रोश्नी विश्वकर्मा र मो.सा.चालक
जि.मोरङ सुन्दर हरैचा न.पा.५ बस्ने वर्ष १९ को सुजल परियारलाई नियन्त्रणमा लिई
इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।