मिति २०८२।१२।०६ गते ०५:०० बजे देखि २०८२।१२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०७
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
रुकुम पूर्वी, भुमे गा.पा.७ लावाङ
बस्ने अं. वर्ष ७१ की महिलालाई ऐ.धर्मशाला स्थित आफन्तिको घरमा गएकोमा कोठामा
एक्लै सुतिरहेको अवस्थामा ऐ.७ धर्मशाला बस्ने अं.वर्ष २८ को सत्यनारायण दमाइ र
ऐ.बस्ने अं.वर्ष ३० को काले दमाइले जवरजस्ति लछारपछार गरि घर देखि अं. १५ मि. माथि
गँहु बारीमा लगि ज.ज.क.गरेको भनि ऐ.०६ गते अं.१७:०० बजे अ.प्र.पोष्ट महतमा जानकारी
गराउना साथ प्र.ब.ह. र इ.प्र.का.काक्रीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै
जना पिडकलाई नियन्त्रणमा लिइ जि.प्र.का. मा ल्याई सोधपुछ हुँदै,पिडित
महिलालाई ऐ. सिस्ने गा.पा.५ रुकुमकोट स्थित सेफ हाउसमा राखिएको, अवस्था सामान्य रहेको,थप अनुसन्धान कार्य भईरहेको ।
चोरी/लुटपाट,
काठमाण्डौ, मिति २०८२।१२।०६ गते
१०:३० बजे देखि १३:१० बजेको बीचमा का.म.न.पा.५ कालोपुल लामा गल्ली स्थित ज्ञानु
थापा लामाको साढे तीन तले पक्की घरको पहिलो तलाको डेराकोठा गरी बस्ने जि.दाङ
घोराही न.पा.१८ स्थायी वतन हुने वर्ष ४८ की पिमा बुढाथोकीको २ वटा कोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको
काठको दराजको ढोकाको समेत लक तोडी दराज भित्र रहेको सुन र चादीका बिभिन्न गरगहना र
भारतीय रुपैया रु.१०,००० ।-, नेपाली रुपैया रु.४५,०००
।-गरी अं.मु.रु. ७९,४२,२५० ।- बराबरको
चोरी भएको, सोही घरको तलामा डेराकोठा गरी बस्ने जि.सुनसरी
बर्जु गा.पा.४ स्थायी वतन हुने वर्ष २६ की आस्था थापाको समेत डेराकोठाको ढोकाको
ताल्चा फुटाली कोठा भित्र रहेको दराको ढोकाको समेत लक तोडी चाँदीको सिक्री थान १
समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी वृत्त मालीगाउँबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का
सम्पन्न गरी चोरी गर्ने व्यक्तिको खो.त.भईरहेको,
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा.११
बिराटनगर बसपार्क स्थित देश भारत राज्य बिहार जिल्ला अररीया फारबिसगंज-२५ बस्ने
अं.वर्ष २५ को बिपुल वर्मालाई ला.औ. ब्युरो बिराटनगरबाट खटिएको प्र.स.नि. र व.प्र.का.
बिराटनगरबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा
चेकजाँच गर्दा निज बिपुल वर्माले लगाएको जिन्स पेन्टको गोजिमा लुकाई छिपाई राखेको
अबस्थामा सेतो प्लाष्टिकको पोका एक थान फेला परेकोले खोलि हेर्दा ला.औ. खैरो
हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम रहेकोले निजलाई उक्त ला.औ. खेरो हिरोईन सहित
नियन्त्रणमा लिई जि.प्र.का.मा राखि थप अनुसन्धान भईरहेको,