मिति २०८२।१२।०७ गते ०५:०० बजे देखि २०८२।१२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०८
- A
- A-
- A+
जलि घाईते,
पाँचथर, फिदिम न.पा.११
केबाङदिन टोल स्थित ऐ.बस्ने याम बहादुर मेयोङ्वा लिम्बु( हाल कामको सिलसिला १०
बर्ष देखी बिदेशमा बस्दै गरेको) को घरमा बिगत ५ महिना देखी निजकै श्रीमती हुँ भनी
एक्लै बस्दै आएकी जि.तनहुँ घर बताउने वर्ष ४३ की सानुमाया गुरुङले के-कुन कारण
आफ्नै शरिरमा मट्टीतेल खन्याई आगो लगाई जली रहेको अवस्थामा मट्टीतेलको गन्धले
स्थानियहरु थाहा पाई देखी आगो निभाई घाईतेलाई जिल्ला अस्पताल पाँचथरमा ल्याई
सामान्य उपचार पश्चात थप उपचारको लागि सुबिधा सम्पन्न अस्पताल घोपा धरान तर्फ रिफर
भएको, घाईतेको शरिरको बिभिन्न भाग जलेको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ
नागिन पाँचथरबाट टोली खटी गएको बि.बि. पछि जाहेर गरिने ।
भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा,
मकवानपुर, बागमती
गा.पा.९ बेतिनी बस्ने वर्ष अं.५७ को सन्त कुमार प्रजापतिको घरमा भरुवा बन्दुक
लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा इ.प्र.का.फापरबारी मकवानपुरबाट प्र.स.नि.
को टोली खटि गई निजको कच्ची घर भित्र चेकजाँच गर्दा निज सुत्ने कोठाको भित्तामा
झुन्ड्याई राखेको अवस्थामा भरुवा बन्दुक थान -१ फेला पारी भरुवा बन्दुक सहित निज
सन्त कुमार प्रजापतिलाई नियन्त्रणमा लिई इ.प्र.का.फापरबारी मकवानपुर ल्याइ राखेको,थप अनुसन्धान कार्य भइरहेको ।
ला.औ.,
दार्चुला, महाकालि
न.पा.वडा नं.०१ लास्कुखोला स्थित साप्रसेके बाङगाबगरबाट प्र.स.नि.को कमाण्डमा खटी
गएको प्रहरी टोलिले महाकाली नदीको माथि तर्फको खाली जमिनमा बसिरहेको अवस्थामा
जिल्ला दार्चुला ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष अं.२२ को बिराज कामी शंकालागी
चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा ला.औ.(चरेश) जस्तो देखिने कालो
पदार्थ शुद्ध तौल गर्दा ८ (आठ) ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई
जि.प्र.का.दार्चुलामा ल्याई राखिएको ।