मिति २०८२।१२।०९ गते ०५:०० बजे देखि २०८२।१२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१०
- A
- A-
- A+
कर्तव्य ज्यान,
पर्सा, जिराभवानी गा.पा.१पिपरा
भवानीपुर टोल स्थित स्वर्गीय सुरेश प्रसाद श्रीवास्तवको श्रीमती वर्ष ६५ की सायदा
श्रीबास्तबलाई घरायसी विवाद भई निजको छोरा राजेश श्रीबास्तबको श्रीमती वर्ष २५ की
पिंकी देवी श्रीबास्तव र देश भारत भागाहा टोल बस्ने लालबाबु श्रीबास्तबको छोरी
वर्ष १९ की गायत्री श्रीबास्तब समेत मिलेर माथि उचालेर भुईमा पछार्ने क्रममा निज
सायदा श्रीबास्तबको (मृतक महिला पहिले देखि नै मुटुको बिरामी रहेको बुझिएको)
घटनास्थलमै मुत्यु भएको भनि ऐ.मृतकको नाती वर्ष १८ को पृथ्बीराज श्रीबास्तबले
जानकारी गराउनसाथ प्र.चौ. महादेबपट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै
महिलालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा बुझाएको, थप
अनुसन्धानको लागि इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
कानूनी प्रक्रिया पुरा गरी शव पो.मा.को
लागी नारायणी अस्पताल पठाईएको ।
रामेछाप, दोरम्बा शैलुङ गा.पा.४
भोर्ले बस्ने अं.वर्ष ६० को प्रेम बहादुर
तामाङ ऐ. पार्सा स्थित ससुराली घर गएको अवस्थामा घरबाट अं.६० मिटर पूर्व बारीमा लगी
घरायसी बिषयलाई लिएर निजकै माईलो जेठान अं.वर्ष ६० को बीर बहादुर तामाङले प्रेम
बहादुर तामाङलाई मुक्का प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र कुटपिट गर्ने
ब्यक्ति फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.गौश्वाराबाट प्र.स.नि.को
कमाण्डमा टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, कुटपिट
गर्ने ब्यक्तिको खोजतलास कार्य भईरहेको,
थप अनुसन्धानको लागि इ.प्र.का.चोप्राङबाट प्र.नि.को कमाण्डमा
टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि धुलिखेल अस्पताल काभ्रे
पठाईएको ।
शव फेला परेको ( फुटकर ज्यान)
सुर्खेत, बराहताल गा.पा.२ बस्ने
आसे महतराले मेरो साला नाता पर्ने ऐ. बस्ने वर्ष ३३ को टोप ब. खत्री सहित ६ जना
मानिसहरु मिति २०८२।११।२३ गते सिकार खेल्न भनि घर देखि अं.१७ कि.मि.दक्षिण तर्फ
रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको र सँगै गएका मध्ये टोप ब. खत्रीको ऐ.१२/०१
गते अं.१७:०० बजे मृत्यु भएको भनि प्र.चौ.रानीघाटमा ऐ.१२/०२ गते अं.०९:३० बजे
जानकारी गराउनासाथ सत्यतथ्य बुझ्नको लागि प्र.स.नि.को कमाण्डमा टोली खटिई गई
बुझ्दा केही फेला नपरेकोले बर्दिया राष्ट्रिय निकुञ्ज जबरजंग गण रातामाटा पोष्टबाट
जमदार र इ.प्र.का.बग्नाहाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आफन्तको सहयोगमा
खो.त. कार्य भईरहेकोमा ऐ.१२/०९ गते १०:०० बजेको समयमा इ.प्र.का.बग्नाहाबाट
प्र.व.ना.नि.र जबर जङ्ग गण ठाकुरद्वारा ब्यारेकबाट उप-सेनानीको कमाण्डमा पीडित
पक्षका मानिसहरू सहित बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ खो.त.को लागि गएकोमा ऐ.१५:१५
बजे शव ठाकुरबाबा न.पा.२ झाँक्री खोला स्थित ऐ. निकुञ्जमा फेला परेको भन्ने
जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बानियाभारबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको,उक्त शव टोप ब. खत्रीको रहेको
भनी मृतकको भिनाजु जि.सुर्खेत बराहताल गा.पा.२ बस्ने बर्ष ५३ को आसे महतराले सनाखत
गरेको, अन्यको खो.त.कार्य भईरहेको । ऐ.१० गते ००;५० बजे लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरियामा ल्याई शव गृहमा
राखिएको ।
लागु औषध,
नवलपरासी पश्चिम, सुनवल
न.पा.१२ हरक्ट्टा पुल नजिक बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले UP 56 AX 8106
नं मो.सा. चेकजाँच गर्दा मो.सा.चालक जि.नवलपरासी सुरावल गा.पा.४ बडसारे बस्ने वर्ष
२६ को सुनिल कुमार यादब र सोही मो.सा.पछाडी सवार ऐ.बस्ने वर्ष ३५ को जितेन्द्र
जैसवालको साथबाट Buprenorphine-1007 एम्पुल,
Diazepam-910 एम्पुल, Phenergan-733 एम्पुल
गरी जम्मा २६५० एम्पुल फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.सुनवलमा लगि निजहरुलाई
सो.पु.गर्दा जिल्ला नवलपरासी रामग्राम न.पा.१७ देवगाँउ स्थितमा लुकाई छिपाई राखेको
भन्ने सूचनाको आधारमा ऐ.१९;३० बजेको समयमा
जि.प्र.का.नवलपरासीबाट खटिएको प्रहरी टोलीले ऐ.बस्ने वर्ष ४९ को लक्कीचन्द केवटको
घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा Buprenorphine-३३९
एम्पुल, Diazepam -६३४ एम्पुल, Phenergan-७०८ गरी जम्मा १६८१ एम्पुल सहित निज लक्की चन्दलाई नियन्त्रणमा लिई तालुक
जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको, जम्मा Buprenorphine-
१३४६ एम्पुल, Diazepam- १५४४ एम्पुल, Phenergan-१४४१
ला.औ. सहित तिनै जना मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
मोरङ, बिराटनगर म.न.पा.१५
स्थित १ नं. ढाटमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय, बिराटनगर
र इ.प्र.का. रानीबाट खटिएको संयुक्त
प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको देश भारत बिहार राज्य बस्ने
वर्ष २९ को मसुल अंसारीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो
हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ३२ ग्राम सहित फेला पारी नियन्त्रणमा
लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।