प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१२।१० गते ०५:०० बजे देखि २०८२।१२।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

मोरङ, बिराटनगर म.न.पा.१७ छाला फ्याक्ट्री देखि पश्चिममा रहेको कलवर्ट मुनी पानीमा तन्नाले बेरिएको अवस्थामा शव फेला परेको परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रानीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई घटनास्थल सुरक्षित राखेको, कानूनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा तथा कोशी अस्पतालबाट फरेन्सिक डाक्टर सहितको टोली खटी गई पानीबाट बाहिर निकालि हेर्दा तन्नाले बेरिएको हात, खुट्टा बाँधिएको अवस्थामा तत्काल नाम थर वतन नखुलेको अं.वर्ष ४० को जस्तो देखिने महिलाको शव सडिगलेको अवस्थामा रहेको,शवको कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल विराटनगर पठाइएको, मृतक जि.मोरङ बिराटनगर म.न.पा.१५ हर्तालीहाट बस्ने रोशन साहको श्रीमती वर्ष ३२ की कोमल कुमारी साह रहेको(मिति २०८२।१२।०६ गतेदेखि घरबाट हराएको भनी निजको श्रीमानले मिति २०८२।१२।०८ गते इ.प्र.का.रानीमा हुलिया निवेदन समेत दिएको) भनी खुल्न आएको हुँदा अनुसन्धानको लागि मृतकको श्रीमान रोहन साहलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा राखी आ.अ.भइरहेको ।

 

महोत्तरी, भंगाहा न.पा.९ हरिहरपुर हरिनमरी मुसहरी टोल स्थित जि.महोतरी औराही न.पा.२ चेपकट घर भई ऐ.भंगाहा न.पा.९ हरिहरपुर घर ज्वाँई बस्दै आएको वर्ष ४२ को बिरेन्द्र सदाले आफ्नो श्रीमती वर्ष ३७ की अनिता देवी सदालाई कुटपिट गरी घरबाट अं.१५० मिटर पुर्व हरिनमरीबाट कन्चनबन आउने सडकको छेउ मसुरो खेतमा मारेर फालेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कन्चनबनबाट प्र.स.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगि घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने बिरेन्द्र सदा अ.प्र.पोष्ट कन्चनबनको नियन्त्रणमा, इ.प्र.का. बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा मुचुल्का सहितको टोली खटी गएको र जि.प्र.का.महोत्तरीबाट प्र.नि.को कमाण्डमा समेत टोली खटी गएको ।

 

ज.ज.क./ज.ज.क.उधोग,

कञ्चनपुर, मिति २०८२।११।२६ गते अं.०२;०० बजेको समयमा जिल्ला कञ्चनपुर बेल्डाडी गा.पा.५ राधापुर स्थित ऐ.ऐ.बस्ने बर्ष अं.२२ को सन्तोष रानाले ऐ.पुनर्वास न.पा. १ पुरैना बस्ने  बर्ष ११ कि  कञ्चनपुर ७५ त्रिभुवनबस्ती  ञ कुमारीलाई मो.सा.मा लगि जबरजस्ती करणी गरेको र मिति २०८२।११।२८ गते राती अं. २३;०० बजेको समयमा ऐ.पुनर्वास न.पा.१ खल्ला स्थित ज.ज.क. गरेको  भनि निज बालिकाको आफन्तले आज मिति २०८२।१२।१० गते अं.१४;०० बजेको समयमा इ.प्र.का.त्रिभुवनबस्तीमा जानकारी गराउनासाथ प्र.नि.लोकेन्द्र सिंह कार्की (९८५८७९००६३) को कमाण्डमा-७ जनाको प्रहरी टोली खटि गई ऐ.पुनर्वास न.पा.१ पुरैनाबाट निज पीडक सन्तोष रानालाई पक्राउ गरि ऐ.१७;३० बजे इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको,

 

बैतडी, दशरथचन्द न.पा.४ खोचिवडा मोडमा ऐ.४ बस्ने बर्ष अं.२३ को राजेश तिरुवाले ऐ.४ बस्ने वर्ष अं.१९।२० की परिवर्तित नाम २०८२।०८३ २(ख) लाई बैतडी शिक्षा कलेजबाट घर जाने क्रममा ज.ज.क.गर्न खोजेकोले कानुन बमोजिम कार्वाही गरी पाऊँ भनी जि.प्र.का.बैतडीमा जाहेरी दरखास्त पेस गरेको हुँदा प्रहरी टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

 

ललितपुर, मिति २०८२।०९।१८ गते २१:०० बजे परिवर्तित नाम जन्तेढुङ्गा (क) की छोरी वर्ष ६ की नावालिका छोरी परिवर्तित नाम जावलाखेल (२६) लाई भुवन रण लाहुरेले मा.प.से. गरी निज जन्तेढुङ्गा (क) को कोठामा आई निजलाई कुटपिट गर्दा आफ्नो ज्यान जोगाउन भनी कोठा छोडी बाहिर भागेको र सोही मौका पारी निज भुवन रण लाहुरेले छोरी जावलाखेल (२६) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा आई जाहेरी दिएको हुँदा पीडित नावालिकाको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।

 

अर्घाखाँची, भुमिकास्थान न.पा.६ तिर्लुक बस्ने वर्ष १२ की बालिकालाई निजको सौतेलो दाई वर्ष ३० को परिवर्तित नाम सन्धिखर्क १५ (ख) ले घरमा कोही नभएको अवस्थामा ज.ज.क.प्रयास गरेको भनी पीडितको आमाले ऐ.१८:०० बजे जि.प्र.का.अर्घाखाँचीमा जाहेरी दिएको हुँदा प्र.चौ.खिल्जी र तालुक जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिएको साथै दुवै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको,

 

सुन बरामद,

रौतहट, चन्द्रपुर न.पा.५ स्थित जगत रिसोर्ट होटेलको कोठा नं.१०२ मा सुनचादीँको अवैध विक्री वितरण हुदै छ भनी बिशेष सुचनाको आधारमा इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई हेर्दा उक्त कोठा भित्र जि.नुवाकोट तारकेश्वर गा.पा.३ घर भई देश भारत राज्य पश्‍चिम बंगाल जिल्ला दार्जलिङ मटिघारा ग्राम पंचायत वडा नं.३ बस्ने अं.वर्ष ३७ को अशोक तामाङ, जि.रौतहट चन्द्रपुर न.पा.१० बस्ने वर्ष ३० को अरबिन्द चौधरी, जि.रौतहट बौधीमाई न.पा.६ बस्ने अं.बर्ष ३८ को रुपकेश राय यादव र देश भारत पश्चिमी बंगाल सिलीगुडी जयगाउँ बस्ने अं.बर्ष ३० को संजोक बस्नेत गरी जम्मा ४ जना पुरुष व्यक्ति बसिरहेको देखी निज व्यक्तिहरुको शरीर तथा उक्त कोठा रितपुर्वक खानतलासी गर्दा निजहरु मध्येका अरबिन्द चौधरीको साथबाट “PAMP” लेखिएको निलो रंगको प्लाष्टिकको तीनवटा प्याकमा सिल्ड अवस्थामा प्याक रहेको “CREDIT SUISSE 10g FINE GOLD 999.9लेखेको प्लाष्टिक प्याक सहितको पहेलो रंगको सुन जस्तो देखिने धातु थान-३ (तीन), निजहरुको साथबाट वरामद भएको मोबाईल थान-६ र सो कोठाबाट दुरबिन जस्तो देखिने “ANTICK MAGNIFYING BINOCULAR” “EAST INDYA COMPANY” लेखेको मेसिन थान-१ समेत फेला परेकोले उक्त सामानहरु बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा निजहरूको झोला समेतको चेकजाँच गर्दा झोलाभित्र रहेको अरबिन्द चौधरीको कपडाको पाईन्टभित्र कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा “CREDIT SUISSE 10g FINE GOLD 999.9लेखेको पहेलो रंगको सुनजस्तो देखिने धातु थान-२ (दुई) र “CREDIT SUISSE 10g FINE GOLD 999.9लेखेको सिल्भर रंगको (पोलेको जस्तो देखिने) २ वटा टुक्रा (थान-१) थप फेला परेको,

 

अवैध सामान(चाँदी) बरामद,

काठमाण्डौ, श्री यरको उडानद्वारा काठमाण्डौबाट धनगढी जान लागेका यात्रु जि.दार्चुला अपि हिमाल गा.पा.१ बस्ने वर्ष ३३ को दान सिंङ जागरी का.जि.का.म.न.पा.९ स्थित त्रि.अ.बि.सु.कार्यालयको आन्तरिक उडान तर्फको ह्याण्ड ब्यागेज X-Rey मेसिनमा ह्याण्ड ब्याग चेक गर्ने क्रममा निजको ब्यागमा चाँदीजस्तो देखिने सेतो धातुको माला अं.६ के.जी.फेला परेकोले उक्त माला सहित निजलाई नियन्त्रणमा लिई प्रहरी बृत्त गौशालामा राखिएको ।

 

लागु औषध,

सर्लाही, बरहथवा न.पा.१२ लौकट नहर स्थित बा ४ च ४०३७ नं.को टोयोटा कार र बा ९ च ७१८१ नं.को सुजुकी कार बेवारिसे रोकिराखेको अवस्थामा इ.प्र.का.हिरापुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा दुबै कारमा ला.औ.गाँजा रहेकोले दुबै गाडी नियन्त्रणमा लिई इ.प्र.का.हिरापुरमा ल्याई हेर्दा बा ९ च ७१८१ नं.को सुजुकी कारमा २३ पोका प्लाष्टिक सहित १९६ के.जी.३८० ग्राम र बा ४ च ४०३७ नं.को टोयोटा कारमा १९ पोका रातो प्लाष्टिक सहित १७६ के.जी.५१७ ग्राम गरी जम्मा ला.औ.गाँजा ३७२ के.जि.८९७ ग्राम रहेको, थप अनुसनधान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का.बरहथवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

सम्बन्धित समाचार
मिति २०८२।१२।११ गते ०५:०० बजे देखि २०८२।१२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१२

ज.ज.क./ ज.ज.क.उ. / बाल यौन दुर्व्यवहार,पर्सा, वीरगंज न.पा.२७ घुर्मी बस्ने अं.वर्ष १५ की बालिकाको सुत्ने कोठामा ऐ.बस्ने वर्ष १९ को रुपेश कुमार राम प्रवेश गरी निजलाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले रुपेश कुमार रामलाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाईएको । दाङ, गढवा गा.पा.६ खबरी स्थित तुल ब.बि.क.को कोही नबस्ने पुरानो खाली घरमा ऐ.बस्ने वर्ष अं.१५ की बालिकालाई ऐ.गढवा गा.पा.६ खबरी बस्ने दिल ब.बि.क.को छोरा वर्ष अं.३० को भिमसेन बि.क.ले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले ऐ.अ.१८:०० बजे इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक भिमसेन बि.क.लाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी थप अनुसन्धान भईरहेको । झापा, अर्जुनधारा न.पा.११ बस्ने वर्ष २५ को सुरज राईले ऐ.अर्जुनधारा न.पा.११ बसपार्क स्थित पाँचथर होटल एण्ड लजमा कोठा बुक गरी ऐ.वर्ष १६ की बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन देखाई ललाई फकाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त तथा जानकारी गराउनासाथ प्रहरी टोली खटी गई पीडक सुरज राईलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको । लागु औषध,सिरहा, लहान न.पा.३ बलान पुल स्थितमा लागु औषध सहित मो.सा.मा मानिस गईरहेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.स.नि.को कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले लहानबाट सप्तरी तर्फ जाँदै गरेको प्र.०१-०५-००२ प.२०८७ नं.मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अं.वर्ष ४२ को गणेश कुमार चौधरीले मो.सा.को अगाडी पट्टिको भाईजरको बिच भागमा राखेको ४० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ र मो.सा.सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा राखिएको ।  काठमाण्डौ, काठमाण्डौ म.न.पा.१६ नयाँबजार फलफुल चोक नजिकैबाट उपत्यका अपराध अनुसन्धान कार्यालय (PCCB) बाट प्रहरी वृत्त लैनचौरमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि. गोरखा गण्डकी गा.पा.४ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को रमेस बसेलको साथबाट ला.औ.पोल्याण्ड २२० ग्राम फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखी आ.अ.भईरहेको, ।

मिति २०८२।१२।०९ गते ०५:०० बजे देखि २०८२।१२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१०

कर्तव्य ज्यान,पर्सा, जिराभवानी गा.पा.१पिपरा भवानीपुर टोल स्थित स्वर्गीय सुरेश प्रसाद श्रीवास्तवको श्रीमती वर्ष ६५ की सायदा श्रीबास्तबलाई घरायसी विवाद भई निजको छोरा राजेश श्रीबास्तबको श्रीमती वर्ष २५ की पिंकी देवी श्रीबास्तव र देश भारत भागाहा टोल बस्ने लालबाबु श्रीबास्तबको छोरी वर्ष १९ की गायत्री श्रीबास्तब समेत मिलेर माथि उचालेर भुईमा पछार्ने क्रममा निज सायदा श्रीबास्तबको (मृतक महिला पहिले देखि नै मुटुको बिरामी रहेको बुझिएको) घटनास्थलमै मुत्यु भएको भनि ऐ.मृतकको नाती वर्ष १८ को पृथ्बीराज श्रीबास्तबले जानकारी गराउनसाथ प्र.चौ. महादेबपट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै महिलालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा बुझाएको, थप अनुसन्धानको लागि इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रक्रिया पुरा गरी शव  पो.मा.को लागी नारायणी अस्पताल पठाईएको । रामेछाप, दोरम्बा शैलुङ गा.पा.४ भोर्ले बस्ने अं.वर्ष ६० को  प्रेम बहादुर तामाङ ऐ. पार्सा स्थित ससुराली घर गएको अवस्थामा घरबाट अं.६० मिटर पूर्व बारीमा लगी घरायसी बिषयलाई लिएर निजकै माईलो जेठान अं.वर्ष ६० को बीर बहादुर तामाङले प्रेम बहादुर तामाङलाई मुक्का प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र कुटपिट गर्ने ब्यक्ति फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.गौश्वाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने ब्यक्तिको खोजतलास कार्य भईरहेको,  थप अनुसन्धानको लागि इ.प्र.का.चोप्राङबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको । शव फेला परेको ( फुटकर ज्यान)सुर्खेत, बराहताल गा.पा.२ बस्ने आसे महतराले मेरो साला नाता पर्ने ऐ. बस्ने वर्ष ३३ को टोप ब. खत्री सहित ६ जना मानिसहरु मिति २०८२।११।२३ गते सिकार खेल्न भनि घर देखि अं.१७ कि.मि.दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको र सँगै गएका मध्ये टोप ब. खत्रीको ऐ.१२/०१ गते अं.१७:०० बजे मृत्यु भएको भनि प्र.चौ.रानीघाटमा ऐ.१२/०२ गते अं.०९:३० बजे जानकारी गराउनासाथ सत्यतथ्य बुझ्नको लागि प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा केही फेला नपरेकोले बर्दिया राष्ट्रिय निकुञ्ज जबरजंग गण रातामाटा पोष्टबाट जमदार र इ.प्र.का.बग्नाहाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आफन्तको सहयोगमा खो.त. कार्य भईरहेकोमा ऐ.१२/०९ गते १०:०० बजेको समयमा इ.प्र.का.बग्नाहाबाट प्र.व.ना.नि.र जबर जङ्ग गण ठाकुरद्वारा ब्यारेकबाट उप-सेनानीको कमाण्डमा पीडित पक्षका मानिसहरू सहित बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ खो.त.को लागि गएकोमा ऐ.१५:१५ बजे शव ठाकुरबाबा न.पा.२ झाँक्री खोला स्थित ऐ. निकुञ्जमा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बानियाभारबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको,उक्त शव टोप ब. खत्रीको रहेको भनी मृतकको भिनाजु जि.सुर्खेत बराहताल गा.पा.२ बस्ने बर्ष ५३ को आसे महतराले सनाखत गरेको, अन्यको खो.त.कार्य भईरहेको । ऐ.१० गते ००;५० बजे लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरियामा ल्याई शव गृहमा राखिएको । लागु औषध,नवलपरासी पश्चिम, सुनवल न.पा.१२ हरक्ट्टा पुल नजिक बिशेष सूचनाको आधारमा खटिएको प्रहरी  टोलीले UP 56 AX 8106 नं मो.सा. चेकजाँच गर्दा मो.सा.चालक जि.नवलपरासी सुरावल गा.पा.४ बडसारे बस्ने वर्ष २६ को सुनिल कुमार यादब र सोही मो.सा.पछाडी सवार ऐ.बस्ने वर्ष ३५ को जितेन्द्र जैसवालको साथबाट Buprenorphine-1007 एम्पुल, Diazepam-910 एम्पुल, Phenergan-733 एम्पुल गरी जम्मा २६५० एम्पुल फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.सुनवलमा लगि निजहरुलाई सो.पु.गर्दा जिल्ला नवलपरासी रामग्राम न.पा.१७ देवगाँउ स्थितमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ऐ.१९;३० बजेको समयमा जि.प्र.का.नवलपरासीबाट खटिएको प्रहरी टोलीले ऐ.बस्ने वर्ष ४९ को लक्कीचन्द केवटको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा Buprenorphine-३३९ एम्पुल, Diazepam -६३४ एम्पुल, Phenergan-७०८ गरी जम्मा १६८१ एम्पुल सहित निज लक्की चन्दलाई नियन्त्रणमा लिई तालुक जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको, जम्मा Buprenorphine- १३४६ एम्पुल, Diazepam- १५४४  एम्पुल, Phenergan-१४४१ ला.औ. सहित तिनै जना मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।  मोरङ, बिराटनगर म.न.पा.१५ स्थित १ नं. ढाटमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय, बिराटनगर र  इ.प्र.का. रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको देश भारत बिहार राज्य बस्ने वर्ष २९ को मसुल अंसारीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ३२ ग्राम सहित फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।१२।०७ गते ०५:०० बजे देखि २०८२।१२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०८

जलि घाईते,पाँचथर, फिदिम न.पा.११ केबाङदिन टोल स्थित ऐ.बस्ने याम बहादुर मेयोङ्वा लिम्बु( हाल कामको सिलसिला १० बर्ष देखी बिदेशमा बस्दै गरेको) को घरमा बिगत ५ महिना देखी निजकै श्रीमती हुँ भनी एक्लै बस्दै आएकी जि.तनहुँ घर बताउने वर्ष ४३ की सानुमाया गुरुङले के-कुन कारण आफ्नै शरिरमा मट्टीतेल खन्याई आगो लगाई जली रहेको अवस्थामा मट्टीतेलको गन्धले स्थानियहरु थाहा पाई देखी आगो निभाई घाईतेलाई जिल्ला अस्पताल पाँचथरमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि सुबिधा सम्पन्न अस्पताल घोपा धरान तर्फ रिफर भएको, घाईतेको शरिरको बिभिन्न भाग जलेको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ नागिन पाँचथरबाट टोली खटी गएको बि.बि. पछि जाहेर गरिने । भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा,मकवानपुर, बागमती गा.पा.९ बेतिनी बस्ने वर्ष अं.५७ को सन्त कुमार प्रजापतिको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा इ.प्र.का.फापरबारी मकवानपुरबाट प्र.स.नि. को टोली खटि गई निजको कच्ची घर भित्र चेकजाँच गर्दा निज सुत्ने कोठाको भित्तामा झुन्ड्याई राखेको अवस्थामा भरुवा बन्दुक थान -१ फेला पारी भरुवा बन्दुक सहित निज सन्त कुमार प्रजापतिलाई नियन्त्रणमा लिई इ.प्र.का.फापरबारी मकवानपुर ल्याइ राखेको,थप अनुसन्धान कार्य भइरहेको । ला.औ., दार्चुला, महाकालि न.पा.वडा नं.०१ लास्कुखोला स्थित साप्रसेके बाङगाबगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले महाकाली नदीको माथि तर्फको खाली जमिनमा बसिरहेको अवस्थामा जिल्ला दार्चुला ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष अं.२२ को बिराज कामी शंकालागी चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा ला.औ.(चरेश) जस्तो देखिने कालो पदार्थ शुद्ध तौल गर्दा ८ (आठ) ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.दार्चुलामा ल्याई राखिएको ।

मिति २०८२।१२।०६ गते ०५:०० बजे देखि २०८२।१२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०७

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुकुम पूर्वी, भुमे गा.पा.७ लावाङ बस्ने अं. वर्ष ७१ की महिलालाई ऐ.धर्मशाला स्थित आफन्तिको घरमा गएकोमा कोठामा एक्लै सुतिरहेको अवस्थामा ऐ.७ धर्मशाला बस्ने अं.वर्ष २८ को सत्यनारायण दमाइ र ऐ.बस्ने अं.वर्ष ३० को काले दमाइले जवरजस्ति लछारपछार गरि घर देखि अं. १५ मि. माथि गँहु बारीमा लगि ज.ज.क.गरेको भनि ऐ.०६ गते अं.१७:०० बजे अ.प्र.पोष्ट महतमा जानकारी गराउना साथ प्र.ब.ह. र इ.प्र.का.काक्रीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जना पिडकलाई नियन्त्रणमा लिइ जि.प्र.का. मा ल्याई सोधपुछ हुँदै,पिडित महिलालाई ऐ. सिस्ने गा.पा.५ रुकुमकोट स्थित सेफ हाउसमा राखिएको, अवस्था सामान्य रहेको,थप अनुसन्धान कार्य भईरहेको । चोरी/लुटपाट,काठमाण्डौ, मिति २०८२।१२।०६ गते १०:३० बजे देखि १३:१० बजेको बीचमा का.म.न.पा.५ कालोपुल लामा गल्ली स्थित ज्ञानु थापा लामाको साढे तीन तले पक्की घरको पहिलो तलाको डेराकोठा गरी बस्ने जि.दाङ घोराही न.पा.१८ स्थायी वतन हुने वर्ष ४८ की पिमा बुढाथोकीको २  वटा कोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको काठको दराजको ढोकाको समेत लक तोडी दराज भित्र रहेको सुन र चादीका बिभिन्न गरगहना र भारतीय रुपैया रु.१०,००० ।-, नेपाली रुपैया रु.४५,००० ।-गरी अं.मु.रु. ७९,४२,२५० ।- बराबरको चोरी भएको, सोही घरको तलामा डेराकोठा गरी बस्ने जि.सुनसरी बर्जु गा.पा.४ स्थायी वतन हुने वर्ष २६ की आस्था थापाको समेत डेराकोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको दराको ढोकाको समेत लक तोडी चाँदीको सिक्री थान १ समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी वृत्त मालीगाउँबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का सम्पन्न गरी चोरी गर्ने व्यक्तिको खो.त.भईरहेको, ला.औ., मोरङ, बिराटनगर म.न.पा.११ बिराटनगर बसपार्क स्थित देश भारत राज्य बिहार जिल्ला अररीया फारबिसगंज-२५ बस्ने अं.वर्ष २५ को बिपुल वर्मालाई ला.औ. ब्युरो बिराटनगरबाट खटिएको प्र.स.नि. र व.प्र.का. बिराटनगरबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा निज बिपुल वर्माले लगाएको जिन्स पेन्टको गोजिमा लुकाई छिपाई राखेको अबस्थामा सेतो प्लाष्टिकको पोका एक थान फेला परेकोले खोलि हेर्दा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम रहेकोले निजलाई उक्त ला.औ. खेरो हिरोईन सहित नियन्त्रणमा लिई जि.प्र.का.मा राखि थप अनुसन्धान भईरहेको,

मिति २०८२।१२।०४ गते ०५:०० बजे देखि २०८२।१२।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०५

कर्तव्य ज्यान,कैलाली, गोदावरी न.पा.०४ अमलेशैनी गाउँ बस्ने वर्ष अं.३०/३१ को राम ब.मगरले आफ्नो घर देखि पश्चिम अं.३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा आफ्नो श्रीमती वर्ष २७/२८ की संजिता मगरसंग विवाद गरी आफ्नो साथमा भएको भरुवा बन्दुकले गोली हानी हत्या गरेको र आफुलाई समेत भरुवा बन्दुकले गोली हानी घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ. २१:०० बजेको समयमा स्थानिय खडक स्वाँर समेतका १५/२० जना मानिसहरु घटनास्थलमा पुगि शव कुरी बसेको, स्थान देखी अ.१०/१२ फिट माथी भरुवा भन्दुक फेला परेको,घाईतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको,अवस्था बेहोस । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१२।०३ गते अं.१३:१५ बजे मेचिनगर न.पा.१४ पाथिभरा टोल स्थित ऐ.बिर्तामोड न.पा.२ बस्ने वर्ष ६२ को प्रदिप मित्तलले जि.कैलाली लम्कीचुहा न.पा.४ घर भई हाल जि.झापा मेचिनगर न.पा.१४ पाथिभरा टोल बस्ने वर्ष २३ की महिलालाई ज.ज.क.उद्योग गरेको भनी पीडित आँफैले मिति २०८२।१२।०३ गते अं.१९:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गएको, पीडक हाल फरार, खो.त.कार्य भई रहेको । बर्दिया, न.पा.०४ पदनाह गाउँ स्थित ज्ञानु कार्कीको करण राईस मिल नजिकै पछाडी रहेको बाधरुममा खेल्ने क्रममा फकाएर  लगि नामथर संकेत नं.६६ (अ)  ऐ.बस्ने विश्राम थारुको छोरा बर्ष अं.१३ को ले आफ्नो यौनाङ्ग पिडित नामथर संकेत नं.६६(पदनाहा) को यौनाङ्गमा पसाएकोले सहन नसकि पिडितले मलाई भनेको र निज पिडितको ममिले  यौनाङ्ग हेर्दा निजको  यौनाङ्ग सुन्निएको देखि पिडितको ममि परिपर्तित नामथर संकेत नं.६६(पदनाहा१)ले यस इ.प्र.का.बनियाभारमा आई ऐ.१७:३० बजे जाहेरी दरखास्त दिएको हुदा यस इ.प्र.का.बनियाभारबाट प्र.स.नि.शिव नारायण चौधरीको कमाण्डमा ५ जनाको टोली खटि गई पिडक र पिडितलाई यस का.मा ल्याई सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको । दोलखा, विगु गा.पा. ४ सिंगटी स्थित रहेको सुरक्षा होटल एण्ड लजमा ऐ.ऐ. १ गंगोर खोला बस्ने चम्पा तामाङको छोरा बर्ष अ. २० को धनराज तामाङ र ऐ.ऐ. ५ चिलंखा बस्ने बर्ष अ. १५ की बालिका संगै बसेकोले निजहरुलाई नियन्त्रण गरि दिने भनि बालिकाको छिमेकीले ऐ. ४ गते अ. ००;३० बजेको समयमा इ.प्र.का. सिंगटीमा खबर गर्न साथ इ.प्र.का.सिंगटी दोलखाबाट प्र.नि. बिष्णुहरी फुँयालको कमाण्डमा महिला प्रहरी कर्मचारी सहित ५ जनाको टोली खटि गई निज दुबै बालिका र पुरुषलाई नियन्त्रण लिई इ.प्र.का. सिंगटीमा ल्याएकोमा निज बालिकालाई बिहान उपस्थित गराउने गरी आफन्त (आमा) लाई बुझाई पठाएको, पुरुष इ.प्र.का. सिंगटीको नियन्त्रणमा रहेको,अन्य अनुसन्धान कार्य भइ रहेको । रसुवा, उत्तरगया गा.पा.वडा न.२ सिम्ले बस्ने सुब्बा तामाङको छोरी वर्ष अ.१७ की बालिकालाई ऐ.बस्ने वर्ष अं.३५/३६ को दलबिर तामाङले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.डाडागाउँ र इ.प्र.का.कालिकास्थानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.तर्फ ल्याउदै गरेको । चोरी/लुटपाटकाठमाण्डौ, तारकेश्वर न.पा.०४ पुरानोगुहेश्वरी घर भई बस्ने बर्ष अं.३४/३५ कि सपना पुतुवारको चार तले घरको दोस्रो तलामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोकाको ताला फुटाली भित्र प्रवेश गरी दराजको ताला फुटाली दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा खो.त.तथा संकित व्यक्तीको CCTV क्यामेरा हर्ने कार्य जारी रहेको, खबर प्राप्त १४:०० बजे, प्रहरी पुगेको १४:०५ बजे, प्र.स.नि.सहदेव बस्नेतको कमाण्डमा ५ जना, उक्त स्थान प्रहरी बृत्त बालाजु उत्तरतर्फ अं.२.५ किलो मिटर रहेको । निम्नः- १-सुनको सिक्री साढे एक तोला १ थान अं.मु.-४,६१,५५०।- २-सुनको कानमा लगाउने टप आधा तोला अं.मु.-१,५३,५८०।- जम्मा चोरी भएको अं.मु.-६,१५,४००।-(छ लाख पन्ध्र हजार चार सय ) ला.औ., मोरङ, विराटनगर म.न.पा.१६ दरैया स्थित ला.औ.नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०२-०५९ प.७७७६ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडि सवार जि.सुनसरी इटहरी उ.म.न.पा.२ बस्ने वर्ष १९ की रोश्नी विश्वकर्माको साथबाट ८ ग्राम ७०० मिलिग्राम ला.औ.खैरो हेरोईन जस्तो देखीने पदार्थ फेला पारी उक्त ला.औ.र मो.सा.सहित निज रोश्नी विश्वकर्मा र मो.सा.चालक जि.मोरङ सुन्दर हरैचा न.पा.५ बस्ने वर्ष १९ को सुजल परियारलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।०३ गते ०५:०० बजे देखि २०८२।१२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०४

कर्तव्य ज्यान,बाँके, बैजनाथ गा.पा.५ छमनिया बस्ने अं.वर्ष ५१ की भगवनी थारु र ऐ.बस्ने अं.वर्ष ५५ को सिताराम थारु बीच खेतबारीमा लगाएको मसुरोको बिषयमा विवाद हुँदा निज सिताराम थारुले धारिलो हतियार (हँसिया) प्रहार गर्दा भगवनी थारुको घटनास्थलमै मृत्यु भएको र निज भगवनी थारुको छोरा वर्ष ३५ को अर्जुन थारुलाई समेत निधारमा चोट लागि मेडिकल कलेज कोहलपुर बाँके पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको र भगवनी थारुको फुसले छाएको घरमा समेत आगो लगाई दिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुर बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँके पठाईएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । कञ्चनपुर, दोधारा चाँदनी न.पा. ०४ माननीय चोक बस्ने बर्ष अं. ५५ को  हरी प्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा बर्ष अं. ७५ की बिन्द्रा श्रेष्ठलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र निजकै बहिनी बर्ष अं. ५० की भगवती देवी माझी (विवाहित माइती घरमा बस्दै आएकी) लाई समेत धारिलो हतियारले प्रहार गर्दा दाहिने हात र टाउकोमा चोट भई, उपचारको लागि दोधारा चाँदनी अस्पतालमा पठाई उपचार भइरहेकोमा ऐ.२१:४० बजे थप उपचारको लागि  महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरेको, अवस्था सिरियस), धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार रहेको खो.त. कार्य भइरहेको, उक्त स्थानमा जि.प्र.का.कञ्चनपुरबाट प्र.उ.को कमाण्डमा टोली खटि गएको, पुरानो जग्गा जमिन सम्बन्धी बाद-विवाद रहेको भन्ने बुझिएको, ने. प्र. प्र.का. महेन्द्रनगरबाट प्र.ना.नि.र ऐ.०४ गते ००:२० बजे सु.प.प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा DOG टोली गई आ.अ. भईरहेको, ऐ.०१:४० बजे,  Dog टोली फिर्ता भएको, निज हरि प्रसाद श्रेष्ठको खो.त. कार्य भईरहेको । ज.ज.क.,झापा, मिति २०८२।०७।२८ गते अं.१२:०० बजे जि.झापा अर्जुनधारा न.पा. -५ बस्ने बर्ष अं. ३३ की (सुस्त मनस्थितिको जस्तो देखिने) महिलालाई घर कोठामा गई ऐ.ऐ. बस्ने बर्ष अं.७० को शंकर चापागाईले ललाई फकाई बिबाह गर्छु भनि ज.ज.क. गरी ४ महिनाको गर्भ समेत रहेको भनि पीडितको आफन्तहरुले ज.ज.क. गर्ने शंकर चापागाईलाई  समेत साथमा ल्याई ऐ.१२।०३ गते अं.२०:०० बजे इ.प्र.का. अनारमनीमा जाहेरी दिएकोले ज.ज.क. गर्ने निज शंकर चापागाईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको । कैदी मृत्यु,रुकुम पश्चिम, बाँफिकोट गा.पा. १० घर भई, मिति २०८०/१२/२२ गते जिल्ला अदालत रुकुम पश्चिमको पत्र आदेशले कर्तव्य ज्यान सम्बन्धी कसुरमा १० (दश) बर्ष कैद र १०,०००।- (दश हजार जरिवाना) तोकी जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान गरिरहेको बर्ष ६० को मन बहादुर बुढा पहिला देखि नै दमको बिरामी रहेकोमा आज राति सुतिररहेको अबस्थामा जेल प्रशासनले चेकजाँच गर्ने क्रममा निजलाई अचेत अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएको, साथमा १ जना जेल प्रशासनले नाइके, कार्यालय सहयोगी पठाएको र का.सु.गार्ड रुकुम पश्चिमबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गएको,ऐ.०२:३० बजे जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भर्ना भई उपचार भईरहेको अबस्था अचेत रहेकोमा, ऐ.०५:०३ बजे उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको । ला.औ., झापा, भद्रपुर न.पा. ६ स्थित ऐ.बस्ने श्रवण यादवको घरमा ला.औ. रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि को  टोलीले निजको घर खानतलासी गर्दा निजको किचनकोठामा रहेको किचनर्‍याक भित्र रहेको प्लाष्टिकको बाल्टीनमा कालो प्लाष्टिकमा पोको पारी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ५० ग्राम ४३० मि.लि. ग्राम फेला पारी ला.औ. सहित ऐ. भद्रपुर न.पा. ६ बस्ने अं.वर्ष ३१ को श्रवण यादव सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।