मिति २०८२।१२।१५ गते ०५:०० बजे देखि २०८२।१२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१६
- A
- A-
- A+
कर्तव्य
ज्यान,
कालिकोट,
नरहरीनाथ
गा.पा. वडा नं. ३ कुमाल गाउँ बस्ने बर्ष अं.२९ को काशिराम बुढाको घरमा ४ जना
अपरिचित ब्यक्तिहरु आई मेरो श्रीमति बर्ष २७ कि मानपुरा बुढा लाई कुटपिट गरी
मारेको भनि निजले इ.प्र.का. कुमालगाउँ कालिकोटमा आई जानकारी गराउना साथ इ.प्र.का.
कुमालगाउँ कालिकोट बाट प्र.ना.नि. रक बिर
के.सी.को कमाण्डमा टोली खटीगएको , थप अनुसन्धानको लागी जि.प्र.कालिकोट बाट प्र.नि.
को कमाण्डमा (SOCO)
सहित
टोली खटिगएको ,
श्रीमानलाई
नियन्त्रणमा लिईएको, थप बिवरण पछि जाहेर गरिने ।
ज.ज.क./ज.ज.क.उद्योग,
कैलाली,
धनगढी
उ.म.न.पा.१४ बस्ने वर्ष २१ को राजेश सि.के.ले ऐ.१५ कनरी बस्ने वर्ष १४ की
बालिकालाई ऐ.८ तौलाह ताल नजिकै कोठामा
बोलाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१५ गते ११:१० बजे जि.प्र.का.मा जाहेरी
दिएको हुँदा प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान भइरहेको, पीडक फरार
रहेकोले खो.त.भईरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक
अस्पताल धनगढी पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा बुझाई पठाएको ।
कैलाली,
मिति
२०८२।०७।१२ गते अं.१९:०० बजे जि.कैलाली जानकी गा.पा.७ टिक्लीगढ स्थित ऐ.ऐ. बस्ने
वर्ष १५ कि बालिकालाई ऐ. बस्ने वर्ष २१ को अमन चौधरीले निजलाई घर नजिकै रहेको
खेतमा राखेको परालको थुप्रोमा लगि ज.ज.क.गरेको भनि पिडितको आमाले मिति ऐ.१२।१५ गते
१९:३० बजे इ.प्र.का. टिकापुर कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात
इ.प्र.का.टिकापुर कैलालीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई अमन चौधरीलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सल्यान,
मिति
२०८२।१२।१३ गते २०:०० बजे वनगाड कुपिण्डे न.पा.७ बस्ने वर्ष १७ की बालिकालाई
ऐ.बस्ने वर्ष ४० को जितेन्द्र कुमार शाहले ज.ज.क.उद्योग गरेको भनी पीडितको आफन्तले
ऐ.१५ गते जि.प्र.का.मा निवेदन पेश गरेको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सल्यानमा राखी आवश्यक अनुसन्धान भइरहेको ।
संखुवासभा, मिति
२०८२।१२।०४ गते अ.१६:०० बजे, चैनपुर न.पा.७ सातघुम्ती स्थितमा ऐ.फलाटे बस्ने
चन्द्र बहादुर कार्कीको छोरा वर्ष १९ को निसान कार्कीले ऐ. बस्ने
वर्ष १२ की वालिकालाई ललाई फकाई
गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।१२।१५ गते इलाका प्रहरी कार्यालय चैनपुर
संखुवासभामा ऐ.१७:०० बजे जाहेरी दरखास्त दिएको हुदाँ इ.प्र.का.चैनपुर संखुवासभाबाट
खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुर संखुवासभामा ल्याई
आवश्यक अनुसन्धान कार्य भइरहेको ।
लुटपाट,
काठमाडौं,
काठमाडौं
म.न.पा.३ महाराजगजं नजिकै भाटभटेनीबाट बसुन्धारासम्म जाने क्रममा अल्फावेट नम्वर
नखुलेको महानगर यातायात बसमा जि.गोरखा शिरमाचोक घर भई हाल का.जि.टोखा मेगासिटी
हाईट बस्ने वर्ष ६२ की पदम कुमारी गुरुङको घाँटीमा लगाएको अं.३ तोलाको अं.मु.रु.८,००,०००।- (आठ लाख)
बराबरको सुनको सिक्री २।३ जना व्यक्तिहरुले बसभित्र धकेलाधकेल गरेको र बसुन्धारामा
आई गाडिबाट झरी घाँटीमा छाम्दा सिक्री नभएको जानकारी गराउनासाथ प्रहरी वृत्त
महाराजगञ्जबाट प्र.स.नि.र सादा पोशाक सहितको प्रहरी टोली खटी गई फरार रहेको
व्यक्तिहरुको खो.त.कार्य भईरहेको
लागु
औषध,
पर्सा,
विरगंज
म.न.पा.१६ शंकराचार्य गेट स्थित प्र.चौ.ईनर्वाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको सवारी साधनहरुलाई चेक जाँच गर्ने
क्रममा यात्रु बोक्ने ई-रिक्सामा सवार देश भारत जिल्ला बेतिया बस्ने अं.वर्ष ३९ को
जावेद अंसारी,
ऐ.बस्ने
अं.वर्ष २८ को गरीब महम्द र ऐ.बस्ने अं.वर्ष २४ को महम्द रजिसको शरीरमा लुकाई
छिपाई अबैध रुपमा लादै गरेको लागु औषध गाँजा अं.७ किलो ५०० ग्राम ला.औ.सहित ३
जनालाई नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.बिर्तामा पठाईएको ।
कञ्चनपुर,
भिमदत्त
न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित प्र.व.ना.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले ऐ. भिमदत्त न.पा.२ उल्टाखाम बस्ने अं.वर्ष २७ को टेकेन्द्र
भन्डारीलाई भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा निजको साथबाट
शुद्ध तौल २४ ग्राम १६० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) लागु औषध सहित
नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.कञ्चनपुर पठाएको ।