मिति २०८२।१२।१७ गते ०५:०० बजे देखि २०८२।१२।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१८
- A
- A-
- A+
ज.ज.क./
बाल यौन दुर्ब्यवहार,
पाल्पा, मिति
२०८१।०६।०३ गते देखि विभिन्न स्थान र समयमा पटक पटक करणी गर्दै आएकोमा अन्तिम पटक
मिति २०८२।०९।२३ गते राती अं.२१:०० बजे रिब्दिकोट गा.पा.७ बतासे स्थित प्रतिवादी
शिव बहादुर लम्तरीले संचालन गरेको जलेश्वर फाष्टफुड एण्ड खाजा घरको कोठामा ऐ.बस्ने
वर्ष २२ को शिव बहादुर लम्तरीले ऐ. रिब्दिकोट गा.पा.८ बस्ने वर्ष १९ की महिलालाई
ज.ज.क. गरेको भनी ऐ.१२।१७ गते ११:०० बजे जि.प्र.का.मा आई पीडितले लिखित
जाहेरी दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, निजलाई शिव
बहादुर लम्तरीलाई प्र.चौ. दोभान को एरियाबाट नियन्त्रणमा लिई मेडिकल गरी
जि.प्र.का. पाल्पाको हिरासत कक्षमा राखिएको
।
दाङ,गढवा गा.पा.६
स्थित जन्ता मा.बि. गढवाको खेल मैदानमा जि.जाजरकोट भेरी न.पा.४ घर भई हाल जि.दाङ
गढवा गा.पा.६ गढवा बजारमा तरकारी पसल गर्दै आईरहेकी महिलाकी छोरी वर्ष १४ की
बालिकालाई ऐ. गढवा गा.पा.६ गढवा बस्ने अं.वर्ष १९ को रोहित सुनारले केहि कुरा
गर्नुछ भनी ऐ.१२।१६ गते अं.२१:०० बजे ललाई फकाई लगी यौन दुर्ब्यबहार गरेको भनी
पीडितको दाईले ऐ.१२।१७ गते इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को
कमाण्डमा टोली खटी गई पीडक रोहित सुनारलाई निजको घरमा फेला पारी नियन्त्रणमा लिएको
।
काठमाडौं, जि.सिन्धुपालचोक ईन्द्रावती गा.पा.२ घर भई हाल का.म.न.पा.१५
स्वयम्भु बस्ने वर्ष २७ की महिलालाई का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष ४० को गौरव
श्रेष्ठले बिगत ७ वर्ष देखि ऐ.१५ स्थित आफ्नो घरको शौचालय नजिकैको कोठामा लिई अन्तिम
पटक २०८२।९।४ गते जबरजस्ती करणी गरेको भनी जाहेरी ऐ.१२।१६ गते १५:०० बजे जिल्ला
प्रहरी परिसर महिला वालवालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा जानकारी
गराए पश्चात प्रहरी टोलि खटिगई थप अनुसन्धान भईरहेको, पीडक फरार
खो.त.भईरहेको ।
झापा, मिति
२०८२।१२।१६ गते अं.००:०० बजे अर्जुनधारा न.पा.६ स्थित खाली जमिनमा वर्ष १४ की
बालिकालाई ऐ.बस्ने वर्ष २८ को पुरुषले ज.ज.क गरेको भनी पीडितको दिदीले मिति
२०८२।१२।१७ गते १६:०० बजे इ.प्र.का.अनारमनीमा लिखित जाहेरी दिए पश्चात
इ.प्र.का.अनारमनीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
बाँके, मिति
२०८२।१०।२१ गते अं.२२:३० बजे राप्ती सोनारी गा.पा.८ स्थित ढकेरी जंगलमा वर्ष अं.१८
की बालिकालाई ऐ.न.पा.५ रझेना बस्ने वर्ष अं.२१ को आशिष थारु, ऐ.६ बस्ने वर्ष
अं.२७ को सन्दिप थारु, ऐ.६ बस्ने वर्ष अं.२१ को निरज थारु र ऐ.बस्ने वर्ष अं.१६ को
बालकले सामुहिक ज.ज.क.गरेको भनी मिति २०८२।१२।१७ गते अ.१७:०० बजे पीडितले
इ.प्र.का.कोहलपुरमा जाहेरी दरखास्त दिएको हुदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई जाहेरीमा उल्लेखित ४ जनालाई नै निजहरुकै घर वतन बाट
नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात आवश्यक अनुसन्धानको लागी
इ.प्र.का.कोहलपुर बाँकेंमा राखिएको, पीडितको अवस्था सामान्य रहेको ।
प्रहरी
कर्मचारीको मृत्यु,
पर्सा, ने.प्र.प्र.का.वीरगंज
पर्सा संचार दरबन्दी भई कार्यरत प्रहरी
हवल्दार चन्दन तिवारी बिरामी भई ऐ.१५ गते उपचारको लागि नारायणी सेन्ट्रल अस्पताल
वीरगंज हुँदै थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचारको
लागि पठाईएकोमा उपचारको क्रममा ऐ.१७ गते १३:५५ बजे उपचारको क्रममा निजको मृत्यु भई
सदगतको लागि पर्सा तर्फ लिई गएको ।
चिनिया
नागरीक नियन्त्रणमा,
रसुवा, गोसाईकुण्ड
गा.पा.२ रसुवागढी स्थित नेपाल चीन सिमा नजिक रसुवागढी नाकामा चीनबाट नेपाल तर्फ
आँउदै गरेको पैदल यात्री HUANG BINCHENG नाम गरेका EP1211946 नं.
पासपोर्ट भएका चाईनिज नागरिकलाई इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. टिमुरेबाट
स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा निज चिनियाँ नागरिकले
सुटकेसमा लुकाई छिपाई अबैध रुपमा ल्याएको चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो
देखिने पहेँलो धातु A83257 FINE GOLD CORPORATION लेखिएको 1 KILO GOLD
BAR 999.9, (अं. तौल ४०१.३१
ग्राम) ,
चाईनिज
अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु AU9999 100g (अं. तौल १०९.०६
ग्राम) र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु Ag9999 (अं. तौल
१.०५० के.जि.) र चाँदी जस्तो देखिने सेतो
चाईनिज अक्षरबाट लेखिएको धातु (अं. तौल १४२.९७ ग्राम) भएको धातुहरु फेला परेकोले
उक्त धातुहरु सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.टिमुरेमा ल्याई अनुसन्धान
कार्य भईरहेको,
उक्त
धातुहरुको परिक्षण हुन बाँकी रहेको ।
ला.औ.,
कास्की, पोखरा
म.न.पा.१८ सेदी वडा एरियामा नेपाली तथा भारतीय नागरिकहरुले संयुक्त अबैध रुपमा
डान्स पार्टी चलाई उक्त पार्टीमा बिभिन्न लागु औषधहरुको कारोवार एवं सेवन गर्दै
आएको भन्ने सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा, व.प्र.का.बैदामबाट
प्र.ना.उ.को कमाण्डमा र ला.औ.नि.ब्युरो पोखरा कास्कीबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको संयुक्त प्रहरी टोलीले ३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोमा ब्राजिलका
नागरिक वर्ष ४८ का Charles Da- Silva-Gouva. को साथबाट LSD
(Lysergic acid diethylamide) जस्तो देखिने झोलमा ४ ML, कोकिन जस्तो
देखिने १.२० ग्राम, जि.कास्की पोखरा म.न.पा.५ प्रस्याङ बस्ने वर्ष २५ आशिष
दर्जीको साथबाट लागु औषध चरेश जस्तो देखिने ७.८५ ग्राम, जि.कास्की
पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष ३२ को वमेन्द्र पुनको साथबाट खात जस्तो देखिने
२८५ ग्राम,
जि.काठमाण्डौ
बस्ने वर्ष २१ को निकुञ्ज सिंह कार्कीको साथबाट पेपर LSD (Lysergic acid
diethylamide) जस्तो
देखिने २ वटा,
जि.दाङ
वतन भएको वर्ष २९ को सौरभ महराको साथबाट रु.१००० को नोटमा रहेको कोकिन जस्तो
देखिने १.२४ ग्राम, ICE (amphetamine) जस्तो देखिने १.३ ग्राम, जि.कास्की
पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष २७ को विशाल परियारको साथबाट लागु औषध चरेश
जस्तो देखिने ८.३२ ग्राम, कोकिन जस्तो देखिने सेतो धुलो ०.२५० ग्राम, भारत घर भएकी
वर्ष ३१ की सृष्टी चन्द्राको साथबाट MDMA लेखिएको ट्यावलेट २, भारत घर भएको
वर्ष ३५ को अनुभव शर्माको साथबाट लागु औषध चरेश जस्तो देखिने ला.औ. ७८.२२ ग्राम, पोल्याण्ड
जस्तो देखिने ३३.९० ग्राम ला.औ.,कोकिन जस्तो सेतो धुलो १.२८ ग्राम ला.औ. सहित
निजहरु ८ जना नेपाली तथा विदेशी नागरिकहरुलाई ला.औ.सहित फेला पारी नियन्त्रणमा लिई
व.प्र.का.बैदाममा राखिएको, ४ जना व्यक्तिलाई अभ्रद्र व्यवहारमा मुद्धा
चलाएको,
२६
जनालाई आफन्तको जिम्मा लगाई छाडिएको ।