प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१२।२५ गते ०५:०० बजे देखि २०८२।१२।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१२-२६

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

कास्की, पोखरा म.न.पा.८ शिवालय चोक जाने बाटो नजिक पोखरा बाग्लुङ सडकखण्डमा ऐ.पोखरा म.न.पा.५ जिरो कि.मि.घर भई हाल ऐ.पोखरा म.न.पा.१८ सेदी स्थित माईती घरमा बस्ने वर्ष अं.४२ की सृजना पौडेल के.सी.लाई अपरिचित एकजना पुरुष व्यक्तिले धारिलो हतियार जस्तो देखिने वस्तुले प्रहार गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटीई गई घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा ऐ.२०:१८ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनामा संलग्न व्यक्तिको खो.त.एवम् थप अनुसन्धान भइरहेको ।

 

ललितपुर, ललितपुर म.न.पा.१२ कृष्ण मन्दिर स्थित दुई पक्ष वीच विवाद भई धारिलो हतियार (चक्कु) प्रहार गर्दा जि.झापा कमल गा.पा.६ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.- १ इमाडोल बस्ने वर्ष ३३ को सुमित नेम्माङको पेटमा गहिरो चोट लागि गम्भीर घाइते भएको र ऐ.बस्ने निजकै भाई वर्ष २५ को सृजन नेम्माङको घाँटी र पटेमा चोट लागी गम्भीर घाइते भएकोले उपचारको लागि प्रभाग मंगलबजारबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ग्वार्को स्थित बि एण्ड बि अस्पताल लगेकोमा ऐ.२०:३० बजे दुवै जनालाई डाक्टरले मृत घोषणा गरेको, दुवै शव सोही अस्पतालमा रहेको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ.को कमाण्डमा टोली खटीई गएको, घटनामा संलग्न जि.ललितपुर, ललितपुर म.न.पा. ९ भोलढोका बस्ने वर्ष ३२ को संजिव नेपाली र जि.नवलपरासी गैँडाकोट न.पा.१ घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.८ सुबहाल बस्ने वर्ष २१ को गगन सुनार समेत २ जनालाई  थान -१ चक्कु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ज.ज.क./ज.ज.क.उधोग,

उदयपुर, मिति २०८२।१०।०५ गते अं.१५:०० बजे जि.उदयपुर रौतामाई गा.पा.०७ मुर्कुची स्थित पुरन तामाङको घरमा पढ्नको लागि डेरा गरी बसेको जि. उदयपुर रौतामाई गा.पा. ०७ बस्ने वर्ष १४ की बालिकालाई ऐ. वडा नं. ७ धाङ्गले बस्ने वर्ष २४ को बले भन्ने बल बहादुर श्रेष्ठले बालिकाको कोठामा पसी ज्यान मार्ने धाक धम्की दिई कुटपीट गरी पटक पटक जबरजस्ती करणी गरेको भनी ऐ.२५ गते अं. ०८:०० बजे जि.प्र.का.उदयपुरमा आई पीडितको आमाले जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का. उदयपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको संख्यामा प्रहरी टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

काठमाडौँ, जि.धादिङ ज्वालामुखी गा.पा.७ स्थायी घर भई हाल का.म.न.पा.१६ बस्ने  वर्ष १९ की महिलालाई वर्ष ३७ को पुरुषले मिति २०८२।१२।१२ गते काठमाण्डौ जिल्ला, बानेश्वर स्थित पीडकको साथीको कोठामा लगी बल प्रयोग गरी जबरजस्ती करणी गरेको भनि पीडितले ऐ.२५ गते १५:१५ बजे जिल्ला प्रहरी परिसर काठमाडौँ, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जानकारी गराए पश्चात थप अनुसन्धान भईरहेकोमा मिति २०८२।१२।१९ गते अं.०८:०० बजे जरुरी पक्राउ पुर्जी दिई का.म.न.पा.३ स्थितबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

 

काठमाडौँ, जिल्ला भक्तपुर , भक्तपुर न.पा.७ स्थायी घर भई हाल का.जि.का.म.न.पा.८ बस्ने वर्ष २३ की महिलालाई प्रतिवादी का.जि.का.म.न.पा.१२ टेकु बस्ने वर्ष ३० को पुरुषले का.जि.का.म.न.पा.१२ स्थितमा मिति २०८२।०६।१३ गते अं. ०१:०० बजे देखि ०४:०० बजे सम्म र ऐ.०७।१४ गते का.जि.का.म.न.पा.११ सुन्धारा स्थित रहेको म्याग्दी होटेलमा अं. ०८:०० बजे बल प्रयोग गरी ज.ज.क.गरेको भनि ऐ.२५ गते १२:०० बजे जिल्ला प्रहरी परिसर काठमाडौँमहिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जाहेरी दरखास्त दिएकोले थप अनुसन्धान भईरहेको, प्रतिवादी रोनित पुजारीको खो.त.भईरहेको ।

 

धादिङ, गल्छी गा.पा.३ छतिनटार बस्ने वर्ष अं.२८ को रवि पोखरेलले मिति २०८२।१२।१९ गते १३:०० बजे ऐ.२ बेलिनटार बस्ने वर्ष अं.५० की महिलालाई ज.ज.क.गरेको भनी पीडितले ऐ.२५ गते १६:३० बजे इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखी थप अनुसन्धान भईरहेको ।

 

झापा, मेचीनगर न.पा.१० लालपानी स्थित ऐ. बस्ने अं. वर्ष ३२ को भवानी फुयालले ऐ. बस्ने वर्ष १७ की बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी पीडितको आफन्तले ऐ.१८:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

लागू औषध,

काठमाडौँ, का.म.न.पा.९ भत्केकोपुल नजिक ला.औ.कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्र.नि.को कमाण्डमा खटिई गएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडीरहेका जि.सप्तरी सुम्ङ्ग गा.पा.४ घर भई बस्ने वर्ष ४२ को सन्तोष कुंवरलाई नियन्त्रणमा लिई ऐ.का.म.न.पा.९ भत्केकोपुल स्थित निजको डेरा कोठा खानतलासी गर्दा कोठाबाट ला.औ.डाईजीपाम १०७० पिस, नुर्फिन १११५ पिस, फेनारागन १०८० पिस, (जम्मा ला.औ.३२६५ पिस), नेपाली नगद रु.३,११,५५०।, मलेसियन रुपैया १ को १० थान, ५ को ४ थान, १० को ३ थान, कुवेत मुद्रा १ को ५ थान, युएई मुद्रा १० को ६ थान, कतारी मुद्रा ५ को १८ थान, १ को १८ थान, ओमान मुद्रा ५ को ३ थान, १ को १ थान, चाईनिज मुद्रा ५० को १ थान, २० को १ थान, १० को १ थान , ५ को ९ थान, १ को ४ थान, मोवाईल ११ थान, विभिन्न सिम काड ३८ थान, चेक ३ थान, सुन जस्तो देखिने पहेलो धातुको तिलहरी २ थान, सुन जस्तो देखिने पहेलो धातुको मगलसुत्र १ थान, सुन जस्तो देखिने पहेलो धातुको सिक्री ३ थान, सुन जस्तो देखिने पहेलो धातुको बाला १ थान, सुन जस्तो देखिने पहेलो धातुको औठी ३ थान, सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा १ थान, काचो सुन जस्तो देखिने पहेलो धातुको डिक्का अं.४८ ग्राम, १ के.जि.fine gold लेखिएको धातु १ थान, USA डलर ५ को १ थान १ को ३ थान फेला पारी वरामद गरी उक्त ला.औ., नगद तथा सुनको गरगहना समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

महोत्तरी, जलेश्वर न.पा.८ बजराहीकोट्टी स्थित जि.प्र.का. महोत्तरीबाट प्र.उ.को कमाण्डमा खटिएको चेकिङ टोलीले BAC6994 नं.को Nissan कार र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कारलाई चेकजाँच गर्ने क्रममा BAC6994 नं.को Nissan कार छाडी उक्त कारमा सवार २ जना पुरुष ब्यक्ति भागेका, उक्त कारको पछाडी सिटबाट २२ पोका (प्रतेक पोका तौल गर्दा अं.८ के.जी का दरले प्लाष्टिक सहित अं.१९२.८ के.जी) ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेको र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चेकिङ छली भागेकाले पिछा गर्दै जाँदा ऐ.वडा नं.४ ठुलो रतौवडा पुगी सोही कारमा सवार जिल्ला मकवानपुर कैलाश गा.पा.१ बस्ने नर बहादुर मोक्तानको छोरा अं.बर्ष २६ को धर्म राज मोक्तान कारबाट ओर्ली भाग्ने क्रममा कार र निजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा केही सामान फेला नपरेको, , BAC6994 नं.को Nissan कारको २ जना पुरुष ब्यक्ति र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चालकको खो.त.भैरहेको, ला.औ.गाँजा जस्तो देखिने पदार्थ सहित दुबै कार र निज धर्म राज मोक्तानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८२।१२।२६ गते ०५:०० बजे देखि २०८२।१२।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२७

ज.ज.क./ज.ज.क.उधोग,काठमाण्डौ, जिल्ला इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले प्रतिवादी जि.इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष ५७ को सुनिल खवासले आफ्नै छोरी (जाहेरवालाको सहोदर बहिनी) लाई घरमा कोही नभएको बेला कोठामा लगी कार्टुन देखाउछु भन्दै अश्लिल भिडियो देखाएर संवेदनशिल अंगमा चलाएको भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२।१२।२६ गते १५;३० बजे जि.प्रहरी परिसर,भद्रकाली,महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा प्राप्त भए पश्चात निज सुनिल खवास फरार रहेकोले खो.त.तथा अ.अ.कार्य भईरहेको । नोट;- पीडित बालिका जाहेरवालाको बहिनि रहेकि,पीडितको अन्य विवरण नखुलाईएको,जाहेरी पीडितको सहोदर दाई परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले दिएको,जाहेरवाला बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ रहेको । काठमाण्डौ, मिति २०८२।०१।२४ गते अ.१७:०० बजे का.म.न.पा. ११ बबरमहल स्थित डेरा कोठामा जि.डोटी सिलगढी न.पा.५ स्थायी घर भई हाल का.म.न.पा. ११ बस्ने वर्ष २५ की महिलालाई प्रतिवादी जि.बैतडी शिवनाथ गा.पा.२ मडैगाउँ स्थायी घर भई हाल दुबईबाट काठमाडौं त्रिभुवन बिमानस्थलमा मिति २०८२।१२।२७ गते बिहान अवतरण गर्दै गरेको वर्ष २४ को रोशन मडैले जबरजस्ती करणी गरेको व्यहोराको जाहेरी दरखास्तले जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिका सेवा केन्द्र भद्रकाली काठमाण्डौमा मिति २०८२।१२।२६ गतेको १८:२० बजे निवेदन दिएको  आ.अ.भईरहेको । कैलाली, कैलारी गा.पा.३ हसुलिया बस्ने वर्ष २३ को सनि चौधरीले जि.कन्चनपुर बेलडाडी गा.पा.३ बस्ने वर्ष २८ की महिलालाई जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्ध चोक स्थित साथिको कोठामा लगी ज.ज.क.गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.कैलालीमा आई लिखित निबेदन दिएको हुँदा जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी निज सनी चौधरीलाई नियन्त्रणमा लिइ जि.प्र.का.कैलालीमा राखिएको, । चोरी,महोत्तरी, जलेश्वर न.पा.५ पर्सा टोल स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पर्सापतैलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने जिवस शर्माको एक तले पक्की घरको पछाडिबाट आइ मेन ढोका खोली घरभित्र पसि कोठामा रहेको दराजबाट सुन, चाँदीका विभिन्न गर-गहनाहरू र नगर भारतीय रुपैयाँ ५०,०००।– गरी अं.मु.रू ९००,०००।– र ऐ.बस्ने जयनन्दन राउत भुहियारको एक तले पक्की घरको छत माथिबाट घरभित्र पसि कोठामा रहेको बाकसबाट नगद ३५,०००।–, मोवाइल र सुन गरी अं.मु.रू. ८०,०००।– बराबरको चोरी भएको भन्ने बुझिएको, चोरी गर्ने ब्यक्तिको पहिचान तथा खो.त.कार्य भइरहेको, उक्त स्थानमा थप जि.प्र.का.बाट प्र.नि.र मधेश प्रदेश केनाईन उप-शाखा लालगढबाट  प्र.ना.नि.को कमाण्डमा Dog Sniffing टोली खटी गई अनुसन्धान कार्य भईरहेकोमा जलेश्वर न.पा.५ पर्सा टोल बस्ने वर्ष २० को सुभम शर्मा र ऐ.बस्ने वर्ष १८ को अनिष शर्माको साथबाट १० ग्राम ला.औ.गाँजा जस्तो देखिने पदार्थ,कैची समेत फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको र मधेश प्रदेश केनाईन उप-शाखा लालगढ धनुषाबाट  प्र.ना.नि.को कमाण्डमा Dog सहितको टोली  फिर्ता भएको, । ला.औ.,सिन्धुली, दुधौली न.पा.१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्र.चौ.दुधौलीबाट प्र.व.ना.नि.र बागमती प्रदेशबाट आएका तालिम प्राप्त कुकुर सहितको १२ जनाको संयुक्त  टोलीले सवारी  चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.काभ्रे पनौती न.पा १२ बस्ने वर्ष ३९ को नवराज राउतले चलाएको बा ५ ख ३१५४ नं. हायसको सिटमा सवार जि.उदयपुर कटारी न.पा ८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र शुद्ध तौल  ६ के.जी ला.औ गाँजा फेला पारी निज टेक बहादुर मगर र ला.औ गाँजा नियन्त्रणमा लिई प्र.चौ.दुधौलीमा राखी अनुसन्धान भईरहेको, उक्त हायस र चालकको कागजपत्र नियन्त्रणमा राखी गन्तव्य तर्फ गएको,उक्त स्थान प्र.चौ.दुधौलीबाट अं.३ कि.मि.उत्तर पश्चिम पर्ने ।  सुसरी, हरिनगरा गा.पा.२ भुटाहा बजार स्थित जिप्रका सुनसरी बाट सादा पोसाकमा खटीएको प्रबह कृष्ण कुमार झुरझारको कमाण्डमा २ जनाको टोलिले मे ८ प ५८७० नं. को स्कुटरमा भुटाहा बाट घुस्की तर्फ जादै गरेको अबस्थामा शंका लागी रोकी चेक जाँच गर्दा स्कुटर चालक जिल्ला सुनसरी हरिनगरा गा.पा. ६ बस्ने बर्ष २१ को अबजल अन्सारीको स्कुटरको डिक्कीमा कालो झोला भित्र ट्रमाडोल औषधी ५०० पत्ता ( ५,०००/- क्यापसुल) लुकाई छिपाई राखिएको अबस्थामा फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याउने कार्य भईरहेको, ।

मिति २०८२।१२।२४ गते ०५:०० बजे देखि २०८२।१२।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२५

कर्तव्य ज्यान,धनुषा, मिति २०८२।१२।२० गते अं.१५:०० बजे कमला न.पा.२ तेलियाही बस्ने अं.वर्ष ५० को सिताराम दासले आफ्नै भाई अं.वर्ष ४८ को राम कुमार दासलाई बाख्राले खेतको घाँस खाएको विषयलाई लिएर बाँसको लाठीले दाहिने हात टाउकोमा कुटपिट गर्दा घाइते भई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर धनुषा पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०२:१० बजे थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रिफर भएकोमा ऐ.२४ गते १८:४५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने सिताराम दास प्रहरीको नियन्त्रणमा । भोजपुर, षडानन्द न.पा.१३ रेवा स्थितमा पुरुष मानिस कुटपिटबाट मृत्यु भएको भनि ऐ.२५ गते ००:३० बजे प्र.चौ.बोयाँ भोजपुरमा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.स.नि.को कमाण्डमा टोली घट्ना स्थल खटी गई बुझ्दा ऐ.१३ मुखियाटोल घर भई बिगत १२/१३ बर्ष अगाडी देखि (सानोवुवा) शंकराज तामाङको घरमा बस्दै आएको चमक बहादुर तामाङको छोरा अं.वर्ष २४ को सम्मर बहादुर तामाङलाई ऐ.१४ बेखम्चा बस्ने बस्ने अं.वर्ष २१ को सुनिल राई, ऐ.बस्ने अं.वर्ष ४४ को चन्द्र कुमार राई,  ऐ.बस्ने अं.वर्ष २७ को सुरज राई र ऐ. बस्ने अं.वर्ष २६ को राजेश दर्जीले कुटपिट गर्दा घटना स्थलमानै मृत्यु भएको र कुटपिट गर्ने मानिसहरु खो.त.गर्ने क्रममा आज मिति २०८२।१२।२५ गते बिहान ०४:३० बजे चारै जनालाई घरबाट नियन्त्रणमा लिई जि.प्र.का.भोजपुर तर्फ ल्याउदै गरेको, अन्य थप अनुसन्धान कार्य भईरहेको, घट्नास्थलमा इ.प्र.का.दिङलाबाट प्र.नि.को कमाण्डमा, इ.प्र.का. साङपाङ, प्र.चौ. बोयाँ समेतबाट जम्मा १५ जनाको टोली खटी गएको,। शंकास्पद मृत्यु,पर्सा, धोबिनी गा.पा.२ भिमपुर स्थितमा ऐ.बस्ने दिपेश राउको श्रीमती अं.वर्ष २४ की प्रीती राउत मृत अवस्थामा छ भन्ने खबर प्र.चौ.आसबारी पर्सामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटी गई बुझ्दा मृतकको श्रीमान र ससुरा फरार खो.त.कार्य भईरहेको, मृतककी सासु नियन्त्रणमा रहेको, घटनास्थल सुरक्षित राखेको, थप आ.अ.को लागी इ.प्र.का.पोखरीया पर्साबाट प्र.नि.को कमाण्डमा टोलि खटी गई कानूनी प्रकृया पुरा गरी ऐ.२५ गते अं.०१:०० बजे शव पो.मा.का लागि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा लगिएको, । ज.ज.क./ज.ज.क.उधोग,ओखलढुङ्गा, मानेभञ्ज्याङ गा.पा.३  उबु आहाले टोल बस्ने छत्र बहादुर राईकी अ.बर्ष- २० की छोरी (बोल्न नसक्ने  ) लाई जिल्ला रौतहट गेवाही गोनाही न.पा. ६ बस्ने  (भाँडा वर्तन बेचबिखन गर्दे हिड्ने)  बर्ष अ. ४९ को चुनचुन साह कानुले घरमा कोही नभएको अबस्थामा पीडितको  घरको कोठामा ज.ज.क. गरेको भनि ऐ.१४:०० बजेको समयमा अ.प्र.पोष्ट केतुकेमा खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट केतुके बाट प्र.स.नि.रमेश प्रसाद पटेलको कमाण्डमा टोलि खटि गई बुझ्दा पीडित पक्षले  पीडक लाई  सामान्य कुटपिट गरेको नाक र गालामा  सामान्य  चोट अबस्था समान्य रहेको भनि अ.प्र.पोष्ट केतुकेबाट जि.प्र.का.ओखलढुङ्गामा खबर प्राप्त हुन साथ जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.बिक्रम बहादुर भट्टराईको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई पीडक  लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि  जि.प्र.का.ओखलढुङ्गा तर्फ ल्याउदै गरेको, । रोल्पा, माडी गाउँपालिका वडा नं.६ मिनही दाङथोक स्थित निज पिडक ले पिडित संग झै-झगडा गरेको भनि टेलिफोन मार्फत यस कार्यालएमा खबर गरे पश्चात इलाका प्रहरी कार्यालय घर्तिगाउँ,रोल्पाबाट प्र.ना.नि.को कमाण्डमा-४ जनाको टोलीखटी गई निजलाई यस का.को नियन्त्रणमा राखेकोमा आज मिति २०८२।१२।२४ गते १०:०० बजे समयमा जिल्ला रोल्पा माडी गा.पा. ६ मिनही दाङथोक बर्ष २८ कि परीबर्तित नाम ५३ घर्तिगाऊँ ५ (ड) लाई आफ्नै घरमा २०८२।१०।१६ गते अं.२०:३० बजेको समयमा जिल्ला कालिकोट पलटा गा.पा. वडा न. ७ परौटि बस्ने दुर्गा बिष्टको छोरा महाराज बिष्ट भन्ने बर्ष २८ को सत्पाल बहादुर बिष्टले ज.ज.क गरेको भनि यस कार्यालयमा जाहेरी दरखास्त दिएकोले प्र.नि.को कमाण्डमा ५ जनाको टोलीले पिडितलाई स्वास्थ्य परिक्षणको लागि रोल्पा अस्पताल रेउघा लगेको,निज पिडितको अवस्था सामान्य । कपिलवस्तु, शिवराज न.पा.५ ग्यालेक्सी टोल बस्ने वर्ष १४ की बालिकालाई  निज बालिका सुत्ने कोठामा छिमेकी ऐ.बस्ने वर्ष २५ को चन्दन तिवारीले ज.ज.क. गरेको भन्ने पीडित बालिकाको कान्छी आमाले ऐ.२४ गते १४:०० बजे निजले लगाएको कपडामा रगत देखी सोधपुछ गर्दा करणी भएको भन्ने निज बालिकाले खुलाएको भनी ऐ.१८:०० बजे व.प्र.का.चन्द्रौटामा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक चन्दन तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिका र पीडकलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भईरहेको, पीडितको घरमा बुवा र कान्छी आमा रहेको,आमा २ वर्ष पहिला अन्तै विवाह गरी गएको, कैलाली, भजनी न.पा.८ गोडचौरा बस्ने वर्ष २७ की महिलालाई ऐ.लम्की चुहा न.पा.८ सोनपुर बस्ने वर्ष ३० कासिम अलि जागाले तिम्रो श्रीमान बिरामी छ भेट्न जाऊ भनी महेन्द्रनगर बसपार्क स्थित होटेलमा लगी ललाई फकाई मेरो ईच्छा विपरित ज.ज.क.गरेको, भोली पल्ट घर पुर्‍याई दिन्छु भनि जि.बाँके कोहलपुर लगी होटेलमा एक हप्तासम्म ज.ज.क. गरेको र  अन्तिम पटक मिति २०८२।१२।२१ गते जि.कैलाली जानकी गा.पा.४ कन्चनपुर बडरिया  स्थित गाउँमा राती अं.२३:०० बजे ज.ज.क.गरेको भनि मिति २०८२।१२।२४ गते इ.प्र.का.भजनीमार्फत इ.प्र.का.टीकापुरमा ऐ.२२:०० बजे पीडितले जाहेरी दरखास्त दिए पश्चात ऐ.२२:०५ बजे इ.प्र.का.टिकापुरबाट प्र.ज.को कमाण्डमा खटी गएको टोलीले प्रतिवादी कासिम अलि जागालाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.टीकापुरमा ल्याई थप अनुसन्धान भईरहेको,मिति २०८२।१२।२५ गते ००:३० बजे टीकापुर अस्पतालमा दुबैजनाको विस्तृत स्वास्थ्य परिक्षण पश्चात पीडितलाई निजको श्रीमानको जिम्मा लगाईएको र पिडकलाई इ.प्र.का.टीकापुरको नियन्त्रणमा राखिएको । चोरी,काठमाडौं, टोखा न.पा.३ ढलमल स्थितमा रहेको सन्त बहादुर घलेको ३ तले घरको भुँई तलामा कोठा डेरा गरी बस्ने जि.स्याङ्जा अर्जुन चौपारी गा.पा.१ घर हुने बर्ष ३९ को दिपक पौडेलको कोठाबाट घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई कोठाभित्र रहेको काठको दराज समेत फुटाई सुनको हार (१ तोला) थान-१, अं.मुल्य रु.२,९०,०००, सुनको सिक्री (१.५ तोला) थान-१, अ. मुल्य रु ४,३५,०००, सुनको औंठी (१ तोला) थान- २, अ. मुल्य रु २,९०,०००, सुनको छड्के तिलहरी (आधा तोला) थान- १, अ. मुल्य रु १,४५,०००, सुनको बाला (१ तोला) थान -१, अ. मुल्य रु २,९०,०००, चाँदीको सिक्री (१ तोला) थान-१, अ. मुल्य रु ४,८०० गरी जम्मा अं.मुल्य रु १४,५४,८००।– बराबरको धनमालहरुको चोरी भएको भनि खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट प्र.ह.सहितको टोली साथै सादा पोशाकको टोली समेत गरी ५ जना प्र.क.टोली खटि गएको, चोरी गर्ने मानिस फरार रहेको, । लागू औषध, कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा र ला.औ.ब्युरो शाखा कार्यालय महेन्द्रनगर खटी गएको संयुक्त टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.७ JP चोक बस्ने वर्ष २५ को मुकेश रानालाई ऐ.८ मोती चोक स्थित सडकमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १३ ग्राम ३७० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,।

मिति २०८२।१२।२३ गते ०५:०० बजे देखि २०८२।१२।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२४

कर्तव्य ज्यान,नवलपरासी पूर्व, देवचुली न.पा.१६ टाँगिकोट बस्ने वर्ष ७५ को जिवन राम थनेत र निजको श्रीमती वर्ष ७० की गुलबसिनिया थनेत राती खाना खाई सुतेकोमा बिहान अवेर सम्म नउठेकोले छोरा बीर ब.थनेत गई हेर्दा निजहरु घाईते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रजहरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा जिवन राम थनेतको ऐ. ०८:२० बजे उपचारको क्रममा मृत्यु भएको र गुलबसिनिया थनेतलाई थप उपचारको लागी नयाँ मेडिकल कलेज लगेर उपचार भईरहेको, बाँया आँखा माथी र टाउकोमा गहिरो चोट, अवस्था गम्भीर, घटनास्थलमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको, ऐ.११:३५ बजे बाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्र.ना.नि.को कमाण्डमा Dog Sniffing सहितको टोली घटनास्थलमा पुगी आवश्यक अनुसन्धान पश्चात ऐ.१२:५० बजे डग टोली फिर्ता भएको, घाईतेको उपचारमा छोरा बिर बहादुर थनेत संलग्न रहेको, थप अनुसन्धान भईरहेको, प्रगति विवरण पछि जाहेर गरिने । ज.ज.क./बाल यौन दुर्व्यवहार,रोल्पा, त्रिवेणी गा.पा.५ सिद्धपुर नेटा स्थित शिव गुफाभित्र ऐ.गा.पा.७ बजिबाङ बस्ने वर्ष १९ को टोपेन्द्र वलीले ऐ.५ नेटा बस्ने वर्ष ११ की बालिकालाई २०८२।१२।१० गते अं.१५:०० बजे ज.ज.क.गरेको भनी पीडितको आमाले इ.प्र.का.होलेरीमा ऐ.१२।१९ गते जाहेरी दरखास्त पेश गरेकोले इ.प्र.का होलेरीबाट प्र.नि.को.कमाण्डमा खटिएको टोलीले खो.त.गर्दै जाने क्रममा ऐ.२३ गते बिहान ०७:०० बजे ऐ.गा.पा.५ नेर्पा बजार स्थित बाटोमा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ. (गोली प्रहार ),काठमाडौं, का.म.न.पा. ०९ स्थित होटल श्रीयन्त्रमा ला.औ.कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट प्र.ब.उ. र ला.औ.नियन्त्रण ब्युरो कोटेश्वरबाट प्र.उ.को कमाण्डमा खटी गएको टोलीले उक्त होटलको कोठा नं. १०३ मा शंकास्पद रुपमा बसिरहेका देश भारत बिहार राज्य मधुबनी घर हुने बर्ष ३५ को अनिल कुमार पासवान र देश भारत बिहार राज्य मधुवनी घर हुने बर्ष ४५ को मोहमद हसन रैन मध्ये मोहमद हसन रैनलाई होटल श्रीयन्त्रको कोठा नं.१०३ बाट नियन्त्रणमा लिइएकोमा उक्त कोठामा सँगै रहेका बर्ष ३५ को अनिल कुमार पासवानलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि फलामको हेम्मर प्रहार गर्ने प्रयास गर्दै भागेकोले निजलाई  पिछा गर्दै नियन्त्रणमा लिन खोज्दा का.म.न.पा.९ स्थित रहेको होटल सिभम प्लाजाको पार्कीङ स्थलमा पुग्दा प्रहरी माथी आक्रमणको प्रयास गरेकाले निजलाई नियन्त्रणमा लिने क्रममा पेस्तोल बाट  २ राउन्ड गोली निजको बायाँ खुट्टाको घुँडा मुनी प्रहार गरी नियन्त्रणमा लिइएको साथै निजको शरीर रीतपुर्वक खानतलासी गर्ने क्रममा निजको साथबाट  ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १०५० ग्राम र निजहरुले प्रयोग गर्ने BR 06 DM 7346 नं.को कार रीतपुर्वक बरामद गरी निज घाइतेलाई तत्काल उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको साथै देश भारत बिहार राज्य मधुवनी घर हुने वर्ष ४५ को मोहमद हसन रैनलाई ला.औ.नियन्त्रण ब्युरो कोटेश्वरमा राखी थप अनुसन्धान भईरहेको ।  रुपन्देही, ला.औ.नि.ब्युरो शाखा कार्यालय भैरहवालाई प्राप्त गोप्य सूचनाको आधारमा इ.प्र.का.धकधहीबाट प्र.स.नि.गोदन प्रसाद अहिर र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.सागर भट्टराईको कमाण्डमा खटिएको संयुक्त टोलीले जि.रुपन्देही रोहिणी गा.पा.४ कोटहवा स्थित कोटहवाबाट छिपागड तर्फ आइरहेको ३ जना सवार UP56F9901 नं.को मो.सा.लाई रोक्न खोज्दा नरोकी भाग्ने क्रममा मो.सा.अचानक पल्टिँदा मो.सा.मा सवार दुई जनालाई नियन्त्रणमा लिइएको तथा मो.सा.पछाडि सवार देश भारत प्रदेश उत्तर प्रदेश जिल्ला महाराजगंज गाउँ बिसुनपुर्वा बस्ने वर्ष १९ को विशाल यादवले प्रहरी माथी ढुङगा प्रहार गर्दा प्र.ना.नि.सागर भट्टराईको दाहिने खुट्टामा चोट लागि सामान्य घाइते भएपश्चात आत्मरक्षाका लागि प्र.ना.नि.सागर भट्टराईले बोकेको ब्यारेटा पेस्तोलबाट एक राउन्ड हवाई फायर गर्दा समेत नरोकिई पुन: ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवामा कार्यारत प्र.ह.ज्ञानेन्द्र भुसालको टाउकोमा समेत प्रहार गर्दा निजले लगाएको हेल्मेटमा समेत क्षति भएको साथै थप आक्रमणमा उत्रिएकोले आत्मरक्षाको लागि थप एक राउन्ड प्रहार गर्दा निज विशाल यादवको बाँया खुट्टाको तिघ्रामा गोली लाग्न गई घाइते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवा पठाई प्रहरीको निगरानीमा उपचार भइरहेको, अवस्था खतरामूक्त रहेको, निजहरुले मो.सा.को बीचमा बोरामा लुकाईछिपाई ल्याएको ला.औ.जस्तो पदार्थ फेनारागन ११०० एम्पुल, डाईजोपम्म ११०० एम्पुल र बुफ्रिनुफ्रीन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल फेला परेकोले उक्त ला.औ.नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, मो.सा., प्रहरीलाई प्रहार गरेको ढुङगा तथा हेल्मेट सहित भारतको महाराजगंज गाउँ बिसुनपुर्वा बस्ने वर्ष १८ को अरुण कुमार (मो.सा.पछाडी सवार) र ऐ.बस्ने बर्ष २० को बिनय पाण्डे (मो.सा.चालक) समेत ३ जना प्रहरीको नियन्त्रणमा रहेको ।

मिति २०८२।१२।२२ गते ०५:०० बजे देखि २०८२।१२।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२३

चोरी,सुनसरी, ईनरुवा न.पा.३ शुभकामना टोल बस्ने देवराज निरौलाको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले घरको पछाडीको झ्यालको सिसा फुटाई भित्र प्रवेश गरी घरमा रहेको सुनका विभिन्न गरगहना ५ तोला, चाँदीका विभिन्न गरगहना १८ तोला र नगद रु.१,२३,१००।– समेत गरी अं.१६,९०,०००।–बराबरको धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भईरहेको । मानिस मृत फेला,उदयपुर, कटारी न.पा. ४ कटारी बजार स्थितमा रहेको हिमगंगा होटलको गेष्टहाउसको तेस्रो तलाको कोठा नं.११२ मा जि. सिन्धुली दुधौली न.पा.११ टाँडी बस्ने दसैया कुमरको छोरा अं. वर्ष २८ को सिपिन कुमर र नामथर वतन एकिन नभएको तर गेष्टहाउसको ईन्ट्रीबुकमा हेर्दा जि.सिन्धुली दुधौली वस्ने अं.वर्ष ३० की सबिना मगर नाम लेखाएकी महिला बसेकोमा सिपिन कुमर सोही कोठाको सिलिङ पङखामा सलको पासो लागी झुण्डी मृत अबस्थामा फेला परेको भनि ऐ.१५:०० बजे सोही गेष्टहाउस धनि कमल प्रसाद साहले फोनद्वारा इ.प्र.का. कटारी उदयपुरमा जानकारी गराउन साथ प्र.ना.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गई हेर्दा सिपिन कुमरको मृत्यु भईसकेको र निजको शव पासो खोली २ बेडको बिचमा भुईमा निज सबिना मगरले नै राखी निज सबिना मगर समेत बेहोस अबस्थामा फेला परेकोले निजलाई प्रादेशीक अस्पताल कटारी उदयपुर पठाई उपचार भईरहेको,  शव घटनास्थलमा नै सुरक्षित राखेको, इ.प्र.का.कटारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । ला.औ., झापा, भद्रपुर न.पा.४ डाँगीबारी स्थित लागुऔषध ओसार पोसार बिक्रि बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ. बस्ने लुखिराम मडिको घरको बाहिर कम्पाउण्डमा लुकाई छिपाई राखिएको अवस्थामा बिभिन्न देशका पैसा नेपाली नोट तीन लाख दुई सय पचास  (३,००२५०।-), USD पचहत्तर डलर (७५ डलर), पाकिस्तानी पचास रुपैया (५०), अस्ट्रेलिया पाँच डलर (५) र भारतीय पाँचसय तिस रुपैया (५३०) र लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ  तौल गर्दा २१८ ग्राम ५०० मिलिग्राम सहित ऐ.भद्रपुर न.पा. ४ बस्ने अं. वर्ष ३० को बब्लु मर्डी र ऐ.बिर्तामोड न.पा.१ बस्ने वर्ष २७ को अन्मोल गजमेरलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

मिति २०८२।१२।२१ गते ०५:०० बजे देखि २०८२।१२।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२२

पक्राउ/ नियन्त्रण,काठमाण्डौ, म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एरियाबाट यात्रुहरुलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी यात्रीहरुलाई आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने,आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने जि. बाँके घर भई का.जि. एयरर्पोट बस्ने वर्ष २२ को एकेश तामाङ लगायत १९ जनालाई प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको । कैदी मृत्यु,चितवन, मिति २०८२।१२।१६ गते अं.१७:०० बजे जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ घई भई जिउ मास्ने बेच्ने मुद्धामा भरतपुर कारागारमा कैद भुक्तान गरी रहेको वर्ष ६६ को सत्य भन्ने शशी कुमार तितुङ मुटुको रोग तथा छातीमा क्यानसरको बिरामी भई क्यान्सर अस्पताल चितवनमा भर्ना भएकोमा ऐ.२२ गते अं.०४:४८ बजे क्यानसर अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको । जुवातास,भक्तपुर, चाँगुनारायण न.पा.८ सुडाल र भक्तपुर न.पा.१० पाइपलाइन  स्थित जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.वृत्त जगातीबाट प्र.नि.को कमाणडमा खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ७१,४५६/- नगद रकम सहित १९ जनालाई नियन्त्रणमा लिई प्र.वृत्त जगातीमा राखि थप अनुसन्धान भईरहेको । कास्की, पोखरा म.न.पा.१४ चाउथे स्थित रहेको पोखरा होम्स होटल प्रा.लि.को चौथो तलाको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जि.प्र.का. कास्कीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा रू. २, २३५००/- नगद रकम सहित ८ जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी व.प्र.का.रामबजार पठाइएको । कैलाली, टीकापुर न.पा.१ नयाँ टीकापुर, बल्क नं.१५ र शेरचन होटेल  स्थितमा  जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.टीकापुरबाट खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ८७,२२०/- नगद रकम सहित २० जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी इ.प्र.का.टीकापुरमा ल्याई थप अनुसन्धान भईरहेको । आगलागी,प्यूठान, ऐरावती गा.पा.१ छेडाघाट बस्ने लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट लागेको आगो बस्तीमा समेत सल्कन गई आगलागी भई रहेको भन्ने खबर ऐ.वडाका वडा सदस्य टिकाराम आचार्यले ऐ.२२ गते अं.००:३० बजे प्र.चौ.दाङवाङमा जानकारी गराउनासाथ इ.प्र.का. बिजुवारबाट प्र.नि.को कमाण्डमा, जि.प्र.का.प्यूठानबाट प्र.नि.को कमाण्डमा र  शसस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. बतासेडाडाबाट श.प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, उक्त आगलागीबाट १२ वटा जस्ता (टिन) ले छाएको घर, ८ ओटा फुस (खरले) छाएको घर, (घर नजिक रहेका पसुबाध्ने गोठ समेत) जली नष्ट भएको , पशु चौपाया, अन्नपात, लत्ताकपडा, भाडा वर्तन जली क्षती भएको विवरण नआएको, आगलागी भईरहेको आगो नियन्त्रणमा लिने कार्य भईरहेको, हालसम्म मानवीय क्षेति भएको जानकारी प्राप्त नभएको, वि.वि. पछि जाहेर गरिने । ला.औ., झापा, भद्रपुर न.पा.५ नयाँ बजार स्थितमा व.प्र.का.भद्रपुरबाट खटी गएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा जि.झापा बिर्तामोड न.पा.८ गरामनी बस्ने अं.वर्ष २८ को किरण श्रेष्ठ साथबाट ला.औ.(ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ०६० मिलिग्राम, ऐ.बस्ने अं.वर्ष २८ को अविषेक लिम्बुको साथबाट १ ग्राम १७० मिलिग्राम  र जि.मोरङ लेटाङ न.पा.५ बस्ने अं.वर्ष २५ को सरोज थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम गरी जम्मा प्लाष्टिक बाहेक ४ ग्राम ६९ मिलिग्राम ला.औ. सहित निजहरु तीनै जनालाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याईकोमा थप आ.अ.को लागी जि.प्र.का.झापा पठाईएको

मिति २०८२।१२।२० गते ०५:०० बजे देखि २०८२।१२।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२१

कर्तव्य ज्यानदाङ, मिति २०८२।१२।१९ गते अं.२०:००बजे जि.दाङ राप्ती गा.पा.१ पाँखापानी बस्ने फुलमाया थापा मगरको छोरा बर्ष अं.१६ को आयुशमान थापा मगर(अविवाहित),ऐ.२ बह्रखुट्टी बस्ने रोहन प्रधानको छोरा बर्ष १७ को स्मिथ प्रधान घरबाट संगै बह्राखुट्टी स्थित साथीको घर जान भनि हिडेकोमा ऐ.४ मौरीघाट स्थित एक्कासी अपरिचित २ महिला र २ जना पुरुष व्यक्तीहरु आई  कुटपिट गर्दा आयुशमान थापा मगरको शरिरको ढाडमा,बाँया आखा,बाँया गालामा,कानमा चोट लागेको अबस्थामा २०८२।१२।२०गते ०३:००बजे ऐ.४ मौरीघाट स्थित दिदिको साथी गंगा रोक्काको घरमा गएकोमा निजको दिदिले उपचारको लागी राप्ती आधारभुत अस्पताल सिसहनिया दाङमा ल्याई उपचार भईरहेको,अबस्था मध्यम, उपचारमा आमा र दिदि संलग्न रहेको, भनि ऐ.०४:०० बजे इ.प्र.का.सिसहनिया दाङमा जानकारी गराउन साथ घटनास्थलमा प्र.चौ.मसुरिया दाङबाट प्र.स.नि.दिपेन्द्र कुमार मल्लको कमाण्डमा ३ जनाको टोली खटिएको, सोही अस्पतालमा इ.प्र.का.सिसहनिया दाङबाट प्र.ना.नि.बुद्धि रानाको कमाण्डमा प्रहरी टोली पुगी बुझ्दा पहिला केही नबताएको र सोधपुछ गर्दा ऐ.११:०० बजे म संग स्मिथ प्रधान पनि थियो भनि जानकारी गराए पश्चात इ.प्र.का.भालुवाङबाट दाङबाट प्र.नि.पुष्कर सिंह ऐरीको कमाण्डमा ११ जनाको टोली खटिगई खो.त.गर्दै जाने क्रममा घटनास्थल देखि अं.१.५ कि.मी.पुर्व तर्फ ऐ.स्थित दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट भएको उत्तानो अबस्थामा मृत अबस्थामा फेला परेको, घटनास्थलमा आफन्तहरु पुगिसकेको, कुटपिट गर्ने ब्यक्तिहरु फरार, खो.त.कार्य जारी ।नोटः-बर्ष १६ को आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु मिति २०८२।१२।१९ गते २०:०० बजे घर बाट निस्किएको बुझीएको ।ऐ.१८:१४ बजे बर्ष अं.१६ को आयुशमान थापा मगरलाई थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही रिफर गरेको,उपचारमा घाईतेको दिदि  (मो.न.९८१६८४१७७१) संलग्न रहेको ।थपअपडेट:-ऐ.२१:३० बजे भैरहवा मेडिकल कलेज रुपन्देही पुगी घाईतेको उपचार भईरहेको, थपअपडेट:- मिति २०८२।१२।२१ गते ०३:०० बजे उक्त घटनामा संलग्न निम्न स्थान बस्ने निम्न मानिसहरुलाई बिभिन्न सबुत,प्रमाणहरु सहित नियन्त्रणमा लिई यस इ.प्र.का.भालुवाङ दाङमा ल्याई अनुसन्धान कार्य भईरहेको,बि.बि.पछि ।१)जिल्ला दाङ बंगलाचुली गा.पा.८ घर भई हाल जिल्ला दाङ राप्ती गा.पा.४ श्रीनारायण चोक बस्ने बर्ष अं.२० को सन्दिप वली ।२)जिल्ला दाङ राप्ती गा.पा.४ मौरिघाट बस्ने बर्ष  अं.१८ को निश्चल चौधरी । ज.ज.क./बाल यौनदुर्व्यहार,सिन्धुपाल्चोक, बलेफी गा.पा.३ धुस्कोट बस्ने वर्ष ४९ को तोक बहादुर लामाले ऐ. बस्ने वर्ष अं ३० की महिलालाई निजको घरमा शौचालय जान लाग्दा ज.ज.क. प्रयास गरेको भनि ऐ.२० गते अं १२:३० बजे निवेदन दिएको हुँदा उक्त स्थानमा इ.प्र.का.जलबिरेबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई ज.ज.क. प्रयास गर्ने तोक बहादुर लामालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सिन्धुपाल्चोक ल्याएको, रोल्पा, मिति २०८२।१२।१८ गते अ.२०:०० बजे लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष अं.१२ की बालिकालाई जि.रोल्पा लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष ३० को ठगेन्द्र खडकाले ललाइ फकाइ गरी नजिकै रहेको ऐ.बस्ने टेक बहादुर पुनको गोठमा लगि ज.ज.क.गरेको भनी निज बालिकाको आफन्तले मिति २०८२।१२।१९ गते अं.१८:०० बजे इ.प्र.क.सुलिचौरमा खबर गरे पश्चात इ.प्र.का.सुलिचौरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ निज आरोपित ठगेन्द्र खडकालाई पक्राउ गरी इ.प्र.का.सुलिचौर रोल्पामा ल्याई मिति २०८२।१२।२० गते मुद्दा दर्ता भई ७ दिन म्याद थप गरी इ.प्र.का.सुलिचौर रोल्पाको हिरासत कक्षमा राखिएको, निज बालिकाको स्वास्थ्य परिक्षण गराई आमाको जिम्मा लगाई घर पठाएको, अवस्था सामान्य रहेको, ला.औ., बाँके, नेपालगंज उ.म.न.पा.१ धम्बोजी स्थित रा.बा. बैंक नेपालगंज अगाडी लागु औषध कारोबार भईरहेको भन्ने सुचनाको आधारमा लागु औषध व्युरो शाखा कार्यालय बाँकेबाट प्र.ह.को कमाण्डमा र जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले संकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१८ बस्ने बर्ष २१ को सुमेर शेष, ऐ.नेपालगंज उ.म.न.पा. १६ बस्ने वर्ष ३२ को मन्ना जोलाह, ऐ. बस्ने बर्ष २० को  इरफान जोलाह, ऐ. बस्ने बर्ष १८ को  सानुर जोलाहलाई चेकजाँच तथा निजहरुको शरिर रितपुर्वक तलासी लिदा निजहरु मध्ये सानुर जोलाहले लगाएको पाईन्टको दाहिने खल्तीमा लुकाई छिपाई राखेको १४१  ग्राम ७९० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजहरु ४ जनालाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.बाँकेमा ल्याई राखिएको,