मिति २०८२।१२।२१ गते ०५:०० बजे देखि २०८२।१२।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२२
- A
- A-
- A+
पक्राउ/
नियन्त्रण,
काठमाण्डौ, म.न.पा.९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एरियाबाट यात्रुहरुलाई जबरजस्ती तान्ने, दुःख हैरानी
दिने,
विभिन्न
प्रलोभनमा पारी यात्रीहरुलाई आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा
यात्रीबाट कमिसन लिने,आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने जि. बाँके घर भई का.जि.
एयरर्पोट बस्ने वर्ष २२ को एकेश तामाङ लगायत १९ जनालाई प्रहरी वृत्त गौशालाबाट
प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखी
आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कैदी
मृत्यु,
चितवन, मिति
२०८२।१२।१६ गते अं.१७:०० बजे जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ घई भई जिउ मास्ने
बेच्ने मुद्धामा भरतपुर कारागारमा कैद भुक्तान गरी रहेको वर्ष ६६ को सत्य भन्ने
शशी कुमार तितुङ मुटुको रोग तथा छातीमा क्यानसरको बिरामी भई क्यान्सर अस्पताल
चितवनमा भर्ना भएकोमा ऐ.२२ गते अं.०४:४८ बजे क्यानसर अस्पताल भरतपुर चितवनमा
उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको ।
जुवातास,
भक्तपुर, चाँगुनारायण
न.पा.८ सुडाल र भक्तपुर न.पा.१० पाइपलाइन
स्थित जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.वृत्त जगातीबाट
प्र.नि.को कमाणडमा खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ७१,४५६/- नगद रकम
सहित १९ जनालाई नियन्त्रणमा लिई प्र.वृत्त जगातीमा राखि थप अनुसन्धान भईरहेको ।
कास्की, पोखरा
म.न.पा.१४ चाउथे स्थित रहेको पोखरा होम्स होटल प्रा.लि.को चौथो तलाको कोठामा
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जि.प्र.का. कास्कीबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा रू. २, २३५००/- नगद
रकम सहित ८ जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी व.प्र.का.रामबजार
पठाइएको ।
कैलाली, टीकापुर न.पा.१
नयाँ टीकापुर,
बल्क
नं.१५ र शेरचन होटेल स्थितमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा
इ.प्र.का.टीकापुरबाट खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ८७,२२०/- नगद रकम
सहित २० जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी इ.प्र.का.टीकापुरमा ल्याई थप
अनुसन्धान भईरहेको ।
आगलागी,
प्यूठान, ऐरावती गा.पा.१
छेडाघाट बस्ने लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट लागेको आगो बस्तीमा समेत
सल्कन गई आगलागी भई रहेको भन्ने खबर ऐ.वडाका वडा सदस्य टिकाराम आचार्यले ऐ.२२ गते
अं.००:३० बजे प्र.चौ.दाङवाङमा जानकारी गराउनासाथ इ.प्र.का. बिजुवारबाट प्र.नि.को
कमाण्डमा,
जि.प्र.का.प्यूठानबाट
प्र.नि.को कमाण्डमा र शसस्त्र प्रहरी बल
नेपाल गुल्म हे.क्वा. बतासेडाडाबाट श.प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, उक्त आगलागीबाट
१२ वटा जस्ता (टिन) ले छाएको घर, ८ ओटा फुस (खरले) छाएको घर, (घर नजिक रहेका
पसुबाध्ने गोठ समेत) जली नष्ट भएको , पशु चौपाया, अन्नपात, लत्ताकपडा, भाडा वर्तन जली
क्षती भएको विवरण नआएको, आगलागी भईरहेको आगो नियन्त्रणमा लिने कार्य
भईरहेको,
हालसम्म
मानवीय क्षेति भएको जानकारी प्राप्त नभएको, वि.वि. पछि
जाहेर गरिने ।
ला.औ.,
झापा, भद्रपुर न.पा.५
नयाँ बजार स्थितमा व.प्र.का.भद्रपुरबाट खटी गएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा जि.झापा बिर्तामोड न.पा.८ गरामनी
बस्ने अं.वर्ष २८ को किरण श्रेष्ठ साथबाट ला.औ.(ब्राउन सुगर) जस्तो देखिने लिसाईलो
पदार्थ २ ग्राम ०६० मिलिग्राम, ऐ.बस्ने अं.वर्ष २८ को अविषेक लिम्बुको साथबाट १
ग्राम १७० मिलिग्राम र जि.मोरङ लेटाङ
न.पा.५ बस्ने अं.वर्ष २५ को सरोज थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम गरी जम्मा
प्लाष्टिक बाहेक ४ ग्राम ६९ मिलिग्राम ला.औ. सहित निजहरु तीनै जनालाई नियन्त्रणमा
लिई व.प्र.का.भद्रपुरमा ल्याईकोमा थप आ.अ.को लागी जि.प्र.का.झापा पठाईएको