मिति २०८२।०२।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-३०
- A
- A-
- A+
|
सिन |
जिल्ला |
विवरण |
कै |
|
कर्तव्य ज्यान |
|||
|
१. |
दैलेख |
भैरवी गा.पा.६
हमाल टोल बस्ने वर्ष ४९ को राम बहादुर हमाललाई ऐ.बस्ने वर्ष ४७ को कुल बहादुर सिंह
र वर्ष २१ को सुरेन्द्र सिंहले जग्गा सम्वन्धि बिषयलाई लिएर कुटपिट गरी घाईते भई
उपचारको लागि ऐ.०५:०० बजे जि.अस्पताल दैलेखमा ल्याई उपचार भईरहेकोमा सामान्य उपचार
प्रश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगि उपचार भईरहेकोमा
ऐ.१०:०० बजे उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पानिपोखरी
दैलेखबाट प्र.ह.को.कमाण्डमा टोली खटी गएको, शव सोही अपतालमा रहेको,
कुटपिट गर्ने दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखी
आ.अ.भईरहेको ।पो.मा. बाकी |
|
|
३. |
नवलपरासी पूर्व |
देवचुली न.पा.३
आम्बास बस्ने वर्ष ९० को दील ब.थापाले आफ्नै श्रीमती वर्ष ७६ की जमुना थापालाई फलामको
रडले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.रजहरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, कुटपिट
गर्ने दील ब.थापा प्रहरीको नियन्त्रणमा।पो.मा. बाकी |
|
|
गोली प्रहार |
|||
|
१. |
कैलाली |
(फरार प्रतिवादी
पक्राउ गर्ने क्रममा गोली प्रहार) कैलाली २९ गते अं.१५:१६ बजे सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय धनगढी कैलाली अनुसन्धान समुहको बिशेष सहयोग र समन्वयको आधारमा इ.प्र.का.टिकापुरबाट
प्र.ना.उ.र व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको ११ जनाको संयुक्त प्रहरी
टोलीले मिति २०८२/०२/१५ गते ऐ. टिकापुर न.पा.१ स्थितमा बसोबास गर्ने वर्ष ३१ को मानस
भन्ने टेकेन्द्र बिष्टलाई ज्यान मार्ने मनसायले धारिलो हतियार खुकुरी र चक्कु प्रहार
गरी भागी फरार रहेका ज्यान मार्ने उद्योग चालु मुद्दाका फरार प्रतिवादी ऐ. धनगढी
उ.म.न.पा.५ तारानगर बस्ने वर्ष २५ को मिलन चन्द र जि.अछाम मंगलसेन न.पा.५ बस्ने वर्ष
२३ को रिदम ढुङ्गानालाई ऐ.कैलारी गा.पा.३ शिवरत्नपुर स्थित नेपाल भारत सिमा नजिकबाट
भारत तर्फ गईरहेको अवस्थामा नियन्त्रणमा लिई निज प्रतिवादीहरुलाई इ.प्र.का.टिकापुर
तर्फ लैजाँदै गरेको अवस्थामा ऐ.भजनी न.पा.७ हुलाकी राजमार्ग खण्डको हिक्मतपुर सामुदायिक
वनमा पुग्दा प्रतिवादीहरुले पिसाब लाग्यो भनि रोक्न अनुरोध गर्दा सडकको दाहिने तर्फ
जंगलमा पिसाब फेराउने क्रममा प्रहरीलाई हातपात गरी दुबै जना प्रतिवादीहरु दक्षिण
जंगल तर्फ भागेको,
निजहरुलाई पछ्याउने क्रममा रोक्न नमाने पछी प्रहरी टोलीबाट टाईप ७७
पेस्तोल बाट ५ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिने क्रममा प्रहरीको पेस्तोल खोसी
भाग्न खोजेको अवस्थामा खटिएको प्रहरी टोलीले मिलन चन्दको बाँया खुट्टाको घुडा मुनि
र रिदम ढुङ्गानाको दाहिने खुट्टाको घुडा मुनि १/१ राउन्ड गोली हानी नियन्त्रणमा लिई
तत्काल उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, दुबै जनाको अवस्था मध्यम रहेको, कुल जम्मा ७ राउण्ड
गोली खर्च भएको, प्रहरी टोली सकुशल रहेको । |
|
|
ज.ज.क. |
|||
|
१ |
मोरङ |
बिराटनगर म.न.पा.१३
स्थित अभिबादन गेष्ट हाउसको प्राङ्गणमा ऐ. म.न.पा.१४ बस्ने वर्ष ९ की बालिकालाई ऐ.०२।२८
गते अं.२१:४५ बजे देश भारत बिहार राज्य मधेपुरा जिल्ला ग्रामपञ्चायत सिंघियान वडा
नं.१० बस्ने सदानन्द यादवको छोरा वर्ष ३९ को ओम प्रकाश यादवले आफैले ल्याएको BR 11
AT 2775 नम्बरको कार
सोही गेष्ट हाउसको पार्किङ स्थलमा राखेकोंमा उक्त कारको बिचको सिटमा लगेर राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.रानीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ओम प्रकाश यादवलाई नियन्त्रणमा
लिई आ.अ.भईरहेको । |
|
|
४. |
तेर्हथुम |
परिवर्तित ठेगाना
०६-०६६-०४ बस्ने बर्ष ४० को परिवर्तित नाम आठराई (ठ-२) ले आफ्नै छोरी बर्ष १५ की
परिवर्तित नाम आठराई (ठ-१) लाई पहिल्यै देखी पटक-पटक ज.ज.क.गरेको र अन्तिम पटक मिति
२०८२।०२।२९ गते अ.१४;०० बजेको समयमा ज.ज.क.गरेको भनी स्थानियले प्रचौ छातेढुङ्गामा जानकारी गराउना
साथ प्रसनि सुरज कुमार चौधरी (९८५२०६०५२३) को कमाण्डमा टोली खटिगई निज परिवर्तित
नाम आठराई (ठ-२) लाई आवाश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिई जिप्रका तेह्रथुममा
ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएको । निज परिवर्तित नाम आठराई (ठ-१)
को ठुलोबुवा परिवर्तित नाम आठराई (ठ) ले आज अ.१९;०० बजे जिप्रका
तेह्रथुममा जाहेरी दिएको,थप अनुसन्धान कार्य जारी |
|
|
अवैध रकम(स्रोत
नखुलेको)बरामद |
|||
|
१. |
बारा |
मिति २०८२।०२।२९
गते अं. १६:०० बजेको समयमा जि. बारा जितपुर सिमरा उ.म.न.पा. २ एरपोर्ट रोड स्थित
बाट(बिशेष सुचनाको आधारमा) इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ. वेद प्रकाश जोशीको
कमाण्डमा खटिएको टोलिले जि. पर्सा विरगंज म.न.पा. १६ बस्ने विजय महतोको छोरा अं.
बर्ष १८ को सुरज कुसवाह कोईरीले बोकेको झोला भित्र स्रोत नखुलेको नगद ने.रु. १३,०७,५०० (तेह्र लाख सात हजार पाँच सय) रुपैया फेला पारि पैसा सहित निजलाई नियन्त्रणमा
लिई इ.प्र.का. सिमरा बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको। |
|
|
भरुवा बन्दुक
नियन्त्रणमा |
|||
|
१. |
दाङ |
बङ्लाचुली गा.पा.३
लेखटापा बस्ने बर्ष ४४ को लुम बहादुर रावतले
मा.प.से.गरी निजको श्रीमती ममता रावत र बुहारी तिर्सना रावत संग घरायसी बिबाद गरेको
भनि इ.प्र.का. कमिरेचौरमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का. कमिरेचौरबाट प्र.स.नि.को टोली खटिगई
छलफल गर्ने क्रममा निज लुम बहादुर रावत संग भरुवा बन्दुक रहेको भनि खुल्नासाथ जि.प्र.का.बाट
प्र.नि.को टोली खटिगई घर देखि अं.५० मिटर दक्षिण तर्फ रहेको गोठ नजिक लुकाई छिपाई
राखेको १ नाले भरुवा बन्दुक फेला पारी, बन्दुक सहित निज लुम बहादुर
रावतलाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा राखि आ.अ भइरहेको । |
|
|
२. |
मकवनापुर |
ईन्द्रसरोवर
गा.पा.५ मधुवन स्थित झै-झगडा भई भरुवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ
प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष अं.६० को साङ्ग दोर्जे लामा
(मा.प.से.गरेको) ले निजको बुहारी वर्ष अं.३७ की राधिका थोकर (श्रीमान बितिसकेको)
अन्य केटाहरुसँग लागेको भनी आरोप लगाई खाना खान समेत नदिएको भनी झै-झगडा हुँदा ससुराले
आफ्नै घरमा रहेको एक नाले भरुवा बन्दुक फायर गरेको भन्ने बुझिएकोले निज साङ्ग दोर्जे
लामालाई भरुवा बन्दुक थान-१ सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, मानवीय
क्षति नभएको, घरमा नाती वर्ष अं.९ को आशिष रुम्बा, नातिनी अं.वर्ष १६ की रस्सु रुम्बा, ससुरा,
बुहारी गरी ४ जना रहेको, थप अनुसन्धानको लागि
इ.प्र.का.भिमफेदीबाट प्र.ना.नि.को कमाण्डमा थप टोली खटी गएको । |
|
|
ला.औ. |
|||
|
१. |
सुनसरी |
ईनरुवा न.पा.
४ बसचोक स्थित अप्रपोष्ट बसपार्कबाट खटिएको प्र.ब.हको टोलि र जिप्रका सुनसरीबाट खटिएको
प्र.ब.हको टोलिले पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.प्र.०२-०५२ प ७७५७ नं.को स्कुटरलाई
चेकजाँच गर्ने क्रममा स्कुटरको डिकिबाट प्लाष्टिक सहित ३५.५४ ग्राम ( प्लाष्टिक बाहेक
२७.९२ ग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी स्कुटर चालक जिल्ला सिन्धुलि
दुधौलि नपा १० बस्ने बर्ष ३३ को अर्जुन कटुवाललाई नियन्त्रणमा लिई अनुसन्धानको लागी
निजको साथी जिल्ला उदयपुर कटारी नपा २ बस्ने बर्ष ३३ को सुमन माझि समेतलाई नियन्त्रणमा
लिई जिप्रका सुनसरीमा ल्याई राखेको । |
|
|
२. |
काठमाण्डौ |
सिराहाबाट काठमाण्डौ
तर्फ आउँदै गरेको बा.प्र.-०३-००१ ख ३५३७ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा
तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेक
प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिनको १ नं. सिटमा सवार जि.सिराहा
रामधुनी बिष्णुपुर गा.पा.०३ घर हुने बर्ष २१ को अमन यादवले उक्त बसको क्याबिन अगाडीको
सिसाको कोचमा लुकाई छिपाई ल्याएको सेतो रंगको प्लाष्टिकको प्याकेटमा खैरो हेरोईन
जस्तो प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २५ (पच्चिस) ग्राम फेला परेकोले ला.औ.सहित
निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको |
|