प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१२।०२ गते ०५:०० बजे देखि २०८२।१२।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१२-०३

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

बाजुरा, स्वामिकार्तिक खापर गा.पा.२ पुडेनी स्थित ऐ.बस्ने वर्ष अं.४० को धन बहादुर महतरा र निजको छोरा वर्ष अं.१८ को हेमराज महतराले ऐ.बस्ने रुद्रलाल बुढाको छोरा वर्ष ३५ को सर्बाश बुढालाई ढुङ्गाले टाउकोमा हानी गम्भीर घाइते बनाई घटनास्थलमै मृत्यु भएको भनी ऐ.१९:०० बजे ऐ. वडा नं.२ का वडा अध्यक्ष बिष्णु बहादुर बुढाले टेलिफोन मार्फत अ.प्र.पो.मुक्तिकोटमा जानकारी गराउनासाथ ऐ.१९:१० बजे अ.प्र.पो.मुक्तिकोटबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई कुटपिट गर्ने धन बहादुर महतरालाई नियन्त्रणमा लिएको र कुटपिटमा संलग्न निज धन बहादुर महतराको छोरा वर्ष अ.१८ को हेमराज महतरा फरार रहेको, खो.त.भइरहेको, कुटपिट गर्नुको कारण पिडक धन बहादुर महतराको श्रीमती वर्ष अं.३५ की सिद्धी महतराको सम्बन्ध बिच्छेदको मुद्धा बाजुरा जिल्ला अदालत बाजुरामा दर्ता भएको र मृतक सर्बाश बुढाको निज महिला सँग अनैतिक सम्बन्ध रहेको आसंकामा कुटपिट गरी मृत्यु भएको पिडित परिवारबाट खुल्न आएको, उक्त स्थान अ.प्र.पोष्ट मुक्तिकोटबाट अं.१ घण्टा ३० मिनेट पैदल पश्चिम पर्ने । प्रनि बिकास राम शाहको कमाण्डमा SOCO सहितको टोलि आउदै गरेको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

धादिङ, मिति २०८२/११/०३ गते अं.२०:३० बजे जि.धादिङ सिद्धलेक गा.पा.१ कालिदह स्थितमा वर्ष २३ की महिलालाई जि.धादिङ गल्छि गा.पा.८ अठ्ठाईस किलो मासटार बस्ने वर्ष ३३ को पुरुषले ज.ज.क.गरेको भनि पिडित महिलाले मिति २०८२/१२/०१ गते जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई गएको,घटनामा संलग्न प्रतिबादी फरार रहेको,खो.त.कार्य जारी रहेको ।

 

दाङ, बंगलाचुली गा.पा.३ दाङवाङ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१७ चौघेरा स्थित डेरा कोठा गरी बस्ने वर्ष ३४ को पुरुषले आफ्नो साली वर्ष १४ की बालिकालाई डेरा कोठामा ल्याई ललाई फकाई गरी घुम्न जाउँ भनी मिति २०८२।११।११ गते बिहानको समयमा बाह्रकुने दह मन्दिरमा लिई गई डेराकोठामा फर्की नगई ऐ.१५ ट्राफिक चोक नजिक रहेको भिरकुना होटल एण्ड लजमा लगी पिडितको ईच्छा बिपरित ऐ.११ गते, १२ र १३ गते १/१ पटक जबरजस्ती करणी गरी ऐ.१४ गते ऐ.१८ स्थित रहेको गोरक्ष सामुदायिक वन जंगलमा लिई सो जंगलको भुई जमिनमा करणी गरेको घटनाको सम्बन्धमा निज पिडितले छिमेकीलाई जानकारी गराई छिमेकीले निज पिडितलाई साथमा लिइ मिति २०८२।१२।०१ गते अं.२०:०० बजे जि.प्र.का.दाङमा उपस्थित भई घटनाको बारेमा जानकारी गराई किटानी जाहेरी पेश गरेपछी जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली निज अन्यायी परिवर्तित नामथर ५६(०८२/०८३) घोराही २८७ (ख) बस्दै आएको डेराकोठामा खटिई फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई सोधपुछ पश्चात तत्काल बिस्तृत स्वास्थ्य परिक्षणको गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाई स्वास्थ्य परीक्षणको कार्य सम्पन्न नभई निज पिडितलाई घोराही बजारमा रहेको सेफ हाउसमा राखी मिति २०८२।१२।०२ गते बिस्तृत स्वास्थ्य परीक्षणको लगायतको कार्य सम्पन्न भई पिडितलाई अभिभावकको जिम्मामा पठाई प्रतिवादीलाई पहिलो पटक म्यादथपको लागि जिल्ला सरकारी वकील कार्यालय घोराही दाङमा उपस्थित गराई मिति २०८२।१२।०१ गते देखी लागु हुने गरी पहिलो पटक दिन ५ (पाँच) को म्यादथप अनुमती प्रदान भई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

 

पक्राउ/ नियन्त्रण,

काठमाण्डौ, मिति २०८२।१२।०१ गते अं.१८:०० बजे नागार्जुन न.पा.८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्र. नि.को कमाण्डमा टोलीले नागार्जुन न.पा.८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने जि.काठमाडौं नागार्जुन न.पा.८ भिमढु‌ङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी र ऐ.बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल रु.१ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान ३, विभिन्न व्यक्तिको नाममा काटेको रु.२७ लाख ३४ हजार रुपैयाँको चेक थान ३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान ४, नागरिकता थान १, चार पाङ्ग्रे सावरी साधन २, २ पाङ्ग्रे सवारी साधन १,सवारी दर्ता किताब थान ३, विभिन्न कम्पनीको मोबाइल फोन थान ६, NCELL NTC को SIM Card थान ३१, Computer सेट १, Bianace खातामा रहेको रकम 7,175.34 USD सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको पक्राउ परेका मानिसहरु  जिल्ला प्रहरी परिसर काठमाडौं ल्याई ऐ.१२।०२ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अ.अ.भईरहेको ।

 

चोरी/ठगी,

मकवानपुर, ईन्द्रसरोबर गा.पा.२ कलंकि नजिक  डाँडा  माथि जाने जंगलको भित्रि बाटोमा डलर साट्ने बिषयमा ठगि भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खानिखेत मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.चित्लाङ मकवानपुर,अ.प्र.पोष्ट मार्खु मकवानपुरबाट समेत गरी ७ जना संयुक्त प्रहरी टोली खटि गई बुझ्दा  जि.कास्की पोखरा म.न.पा.३० बस्ने सरोज भुर्तेल,ऐ.२७ बस्ने मुकुन्द पौडलले बिकास मोक्तान नाम बताउने संग डलर नेपाली रुपैया संग साट्ने कुरा गरी आजै पोखराबाट आई उल्लेखित स्थानमा पुगि खैरो ज्याकेट,निलो जिन्स पाईट लगाएको, दात हल्का माथिको छिद्रा भएको स्पोर्ट,सुज लगाएको तामाङ समुदायको जस्तो देखिने पैदल आएका दुई जना ब्यक्तिले प्लाष्टिकको झोलामा पैसाको साईजमा कटिङ गरेको कागज राखि रुमालमा पोको पारी डलर पैसा छ भनि हामिलाई दिई  सरोज भुर्तेलले लिई गएको नेपाली रु.२१लाख ५० हजार उक्त ब्यक्तिलाई दिई डलर भएको रुमालको पोको ठगिएको स्थान देखि अं.१५० मि. तल आई खोली हेर्दा पैसाको साईजमा काटिएको कागज रहेको थाहा पाई आफु ठगिमा परेको कुरा प्रहरीलाई ऐ.१४:४० बजे जानकारी गराएको हुँदा थप अनुसन्धान तथा खो.त.को लागी चेकिङ सहित काठमाण्डौ जिल्लाको सिमाना जोडिएको प्रहरी कार्यालसंग समन्वय गरीएको ।

 

ला.औ.,

बारा, निजगढ न.पा.१० निजगढ रतनपुर सडक खण्डमा जंगल एरिया भित्री बाटोमा अ.प्र.पोष्ट रतनपुरबाट प्र.ब.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा रतनपुरबाट निजगढ तर्फ आउदै गरेको नं. नखुलेको मो.सा.लाई संका लागी रोकी चेकजाँच गर्न गर्दा मो.सा.मा पछाडी सवार व्यक्तीलाई सोहि स्थानमा छाडी मो.सा.र मो.सा.चालक फरार भएको, पछाडी सवार जिल्ला रौतहट गौर न.पा.४ टिकुलिया बस्ने बयनाथ पटेलको छोरा अं.वर्ष २२ को साजन पटेललाई चेकजाँच गर्दा निजको साथमा रहेको २ वटा पछाडी भिर्ने कालो झोलामा रातो पलास्टिकमा प्याक गरी लुकाईछिपाई राखिएको अबैध ला.औ.अं.१६ के.जि.३४० ग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.निजगढमा बुझाएको ।

 

काठमाण्डौ, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगडी देखि काठमाण्डौतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३५६८ नं.को यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली तथा ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको अन्तिम सिटमा सवार जि.बर्दिया बाँसगडी न.पा.६ बस्ने अं.वर्ष २८ को धन बहादुर कठायातलाई शंका लागी चेकजाँच गर्दा निजले कालो प्लाष्टिकले बेरी पर्स भित्र राखी लुकाई छिपाई गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको हुदाँ उक्त पदार्थलाई प्लाष्टिक सहित तौल गर्दा शुद्ध तौल ११ ग्राम रहेकोले  धन बहादुर कठायतलाई प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि बृत्त थानकोट पठाईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।