मिति २०८२।०३।३२ गते देखि ऐ. ०१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०१
- A
- A-
- A+
कर्तब्य ज्यान
ईलाम जिल्ला सुर्योदय न.पा.१ भालुखोप स्थित काजी तामाङको घरमा ऐ.माईजोगमाई गा.पा.२ तारसिंङ गाउँ बस्ने अं.वर्ष ३२ को निरोज चापागाई आफ्नो भाई अं.वर्ष २१ को प्रकाश चापागाईलाई लिई ससुराली घर आई बसेकोमा ऐ.सुर्योदय न.पा.१ सिरिसे बस्ने वर्ष अं.३३ को किरण शेर्पासँग के-कुन विषयमा झगडा भई किरण शेर्पाले प्रकाश चापागाईलाई धारिलो हतियारले प्रहार गर्दा प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको र निरोज चापागाईँको पेटमा चोट लागी गम्भीर घाईते भई उपचारको लागि फिक्कल अस्पताल पठाईएको, घटनास्थलमा प्र.चौ.गोर्खेबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको, धारिलो हतियार प्रहार गर्ने किरण शेर्पा प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
ज.ज.क./बल यौन दुर्व्यवहार
डोल्पा जिल्ला त्रिपुरासुन्दरी न.पा.६ स्थित चुपेल्ला भन्ने ठाउँमा ऐ. बस्ने वर्ष २२ की महिलालई ऐ.५ खदाङबाट घरतर्फ जाँदै गरेको अवस्थामा बाटोमा रोकी बहिनी एकछिन काम छ भनि एक्कासी ऐ. बस्ने अं.वर्ष ४० को यादव बि.क.ले ज.ज.क.गरेको भनी ऐ.०३/३१ गते जि.प्र.का.मा जाहेरी दिएकोले ऐ.०३।३२ गते इ.प्र.का.करबगार्डबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको घर, ठेगानामा खटी गई निजलाई नियन्त्रणमा लिएको ।
ओखलढुंगा जिल्ला सांकेतिक वतन जिल्ला १३ गाउँपालिका ३ वडा नं.ङ स्थित अं.वर्ष २३ की सांकेतिक नाम य लाई ऐ.बस्ने अं.वर्ष-१७ को सांकेतिक नाम Q ले ज.ज.क.गरेको भनी सांकेतिक नाम य १ ले ऐ.३२ गते १८:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ.हर्कपुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, पीडक र पीडित दुवैजनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको ।
बर्दिया जिल्ला गुलरीया न.पा.४ बस्ने वर्ष १४ की परिवर्तित नामथर ६४ वीरेन्द्रनगर (क) ९६ लाई मिति २०८१।१२।०१ गते ११:०० बजे ऐ.बागेश्वरी फाँट घर भई हाल बिरेन्द्रनगर न.पा.१० डेरा कोठा गरी बस्ने वर्ष २२ को शिव रैदासले ज.ज.क.गरेकोले कानुन बमोजिम गरी पाऊँ भनी मिति २०८२।०३।३२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जाहेरी दरखास्त प्राप्त भएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।
काठमाण्डौं जिल्ला नागार्जुन न.पा.६ तल्लो टौखेल डेरा गरी बस्ने जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भएकी वर्ष ८ की बालिकालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग सितापईलाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण न.पा.९ घर भई हाल का.जि.नागार्जुन न.पा.६ तल्लो टौखेल बस्ने वर्ष ३७ को दिपक राउतलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि थापाथली अस्पाताल पठाइएको ।
शंकास्पद मृत्यु
रोल्पा जिल्ला गंगादेव गा.पा.७ उपल्लो जाय बस्ने वर्ष २२ को ज्ञानेन्द्र ओलीको श्रीमती वर्ष अं.२० की लक्ष्मी मल्ल (ओली) श्रीमानसँग सामान्य विवाद हुँदा मिति २०८२।०३।३२ गते २२:०० बजे घरबाट आफूखुसी हिँडेकीमा आफन्तहरूले खो.त.गर्ने क्रममा घरदेखि अं.२०० मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको भनी ऐ.०४।०१ गते ००:५० बजे निजको ससुरा पर्शुराम ओलीले इ.प्र.का.जिनावाङमा खबर गरेपश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.०४:०५ बजे घटस्थलमा पुगी बुझ्दा शव बाटोमा उत्तानो अवस्थमा रहेको, घाँटीमा हल्का डाम देखिएको बाहिरी चोट नदेखिएको, मृतकको श्रीमान ज्ञानेन्द्र ओली श्रीमतीको खो.त.गर्न जादाँ श्रीमतीलाई मृत अवस्थामा देखेपछि सम्पर्कविहीन भएकोमा निजको खो.त.गर्ने क्रममा ऐ.०६:२५ बजे स्थानीयबासीहरुले घरदेखि अं.२०० मिटर दक्षिण पूर्वतर्फ रहेको जुकेखोला वनको गुराँसको रुखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको,शव झुण्डिएकै अवस्थामा रहेको, उक्त स्थानमा ऐ.०५:०० बजे इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा थप टोली खटी गई आ.अ.भइरहेको, उक्त स्थान इ.प्र.का.जिनावाङबाट अं.१५ कि.मि.पर्ने ।
धादिङ जिल्ला त्रिपुरा सुन्दरी गा.पा.६ ढलेको पिपल तल्लो कास्टे स्थितमा ऐ|.ऐ.बस्ने शम्भु अधिकारीको श्रीमती बर्ष अं.२१ कि कबिता भट्टराई आफ्नै घरको आफु सुत्ने कोठामा कोठा भित्रबाट ढोकाको चुकुल लगाई भुईमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुँनासाथ उक्त स्थानमा अ.प्र.पोष्ट आगिञ्चोकबाट प्र.ह.को कमाण्डमा २ जना,इ.प्र.का.सल्यानटारबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको टोलि खटिई गई घटनास्थल सुरक्षित राखिएको र जि.प्र.का धादिङबाट प्र.ना.उ को कमाण्डमा ५ जनाको टोलि खटिई गएको,मृतकको श्रीमान रोजगारीको शिलशिलामा विदेश गएको र घरमा सासु,ससुरा र जेठानिसंग-संगै बस्दै आएको भन्ने बुझिएको ।
ला.औ.
सुनसरी जिल्ला देवानगंज गा.पा.७ डेढ नम्बर पुल स्थितमा छिटहाबाट देवानगंज तर्फ जाँदै गरेको नं. नखुलेको २२० सिसिको कालो रङ्को पल्सर मो.सा.मा ला.औ.गाँजा बोकी आउँदै गरेको अवस्थामा इ.प्र.का.हरिनगराबाट प्र.व.ह.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्नासाथ उक्त मो.सा.मा लोड भएको ला.औ.गाँजा अं.५० के.जि. फाली मानिस मो.सा.लिई फरार भएको, उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याई राखि तौल गर्दा गाँजा ४९ के.जि.२९० ग्राम रहेको, फरार भएको मो.सा. र मो.सा.चालकको खो.त.कार्य भईरहेको ।