मिति २०८२।०४।१५ गते देखि ऐ. १६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१६
- A
- A-
- A+
कर्तब्य ज्यान
पाँचथर फालेलुङ गा.पा. ७ आहाले
बस्ने वर्ष २७ को महेन्द्र तामाङले जि. पाँचथर फिदिम न.पा.१ नाम्दु स्थित ससुराली
घरमा के-कुन कारण निजकै श्रीमती वर्ष २२ की अनु राईलाई कोदालोको पासोले टाउकोमा
प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा प्रहरी
टोली खटिएको,
घाईलाई ऐ. २२:५५ बजे जिल्ला अस्पताल पाँचथर ल्याई उपचार भईरहेको
निजको टाउकोमा ३ ठाउँ चोट लागेको तत्काल अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा थप उपचारको बि एण्ड सी (B&C)अस्पताल बिर्तामोड झापा लगेकोमा डाक्टरले चेकजाँच गर्दा ऐ. १६ गते ०४:३०
बजे मृत्त घोषण गरेको, कुटपिट गर्ने श्रीमान महेन्द्र तामाङ
तत्काल फरार , खो.त.कार्य भईरहेको ।
कैदी मृत्यु
काठमाण्डौ केन्द्रिय कारागार
जगन्नाथदेवल काठमाण्डौ अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा देश भारत विहार,अररिया
स्थायी वतन भई ला.औ मुद्दामा (पक्राउ मिति २०८१।०५।२३ गते) थुनामा (पुर्पक्ष)
रहेका प्रतिवादी वर्ष २२ बजरङ्ग कुमार सोनी खुट्टा सम्बन्धी बिरामी भई मिति
२०८२।०४।१५ गते केन्द्रिय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई
रहेकोमा उपचारको क्रममा ऐ.१५ गते अं.११:०१ बजे निज प्रदिवादीको मृत्यु भएको,
कानूनी प्रकृयाको लागि वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटी
गएको ।
ज.ज.क./ज.ज.क. उद्योग
दाङ्ग मिति २०८२।०४।१२ गते
अं.२३:०० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.७ राजापुर बस्ने वर्ष १५ को संकेत
नामथर ५६ तुलसीपुर ०८२-०९ ले ऐ. बस्ने वर्ष १४ की संकेत नामथर ५६ तुलसीपुर
०८२-०८(क) लाई निज पिडितको घरमा गइ ज.ज.क.गरेको भनि पिडितको आमा संकेत नामथर ५६
तुलसीपुर ०८२-०८ ले मिति २०८२।०४।१५ गते अं.१६:०० बजे इ.प्र.का.तुलसीपुर दाङमा
लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली
खटिगई निज संकेत नामथर ५६ तुलसीपुर ०८२-०९ लाई ऐ.१९:०० बजे आफ्नै घरबाट
नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासतमा राखि थप अनुसन्धान भइरहेको ।
दाङ्ग मिति २०८२।०४।१४ गते अं.१३:०० बजे जिल्ला दाङ घोराही उ.म.न.पा.१५ जानकी टोलमा डेरा गरी बस्दै आएकी पिडित बर्ष २० की परिवर्तित नामथर ५६ (०८२०८३) घोराही २३ लाई निजकै डेराकोठामा जिल्ला रोल्पा त्रिबेणी गा.पा.३ बस्ने बर्ष २३ को रोज राना मगरले बिभिन्न किसिमको धाकधम्की दिई जबरजस्ति करणी गरी भागी फरार भएकोले पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी पिडितले जि.प्र.का.दाङमा मिति २०८२।०४।१५ गते अं.१८:०० बजे जाहेरी दरखास्त दिए पश्चात पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको ।
कैलाली टीकापुर न.पा.१ ज्योतिनगर
स्थित सन्तोष चौधरीको छोरी ढाई वर्ष (३० महिना) कि नाबालिकालाई ऐ.ऐ. बस्ने वर्ष २४
को अर्विन चौधरीले करणी गरेको भनि मिति २०८२।०४।१५ गते २०:०० बजे निजको बुवा
सन्तोष चौधरीले इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा जाहेरी दरखास्त दिए पश्चात
इलाका प्रहरी कार्यालय टीकापुरका कार्यालय प्रमुख प्र.ना.उ.को कमाण्डमा टोली खटि
गई घटनास्थल कार्य पुरा गरी निज अर्विन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
धादिङ्ग जि.धादिङ सिद्वलेक
गा.पा-६ परेवाटार स्थितमा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा-२ डिगाँउ घर भई हाल ऐ.
सिद्धलेक गा.पा- ६ परेवाटार डेरा गरि बस्ने परिबर्तित नाम जिल्ला २४ गजुरी
(१)०८२/०८३ को छोरी बर्ष १३ कि परिबर्तित नाम जिल्ला २४ गजुरी (१)०८२/०८३ लाई देश
भारत विहार राज्य जिल्ला अररिया स्थायी वतन भई ऐ.ऐ. बस्ने बर्ष अं.२० को सागर
बैठाले सुति रहेको अबस्थामा कोठामा प्रवेश गरी जबरजस्ती करणीको प्रयास गरेको भनि
मिति २०८२/०४/१५ गते पिडितको आमा परिबर्तित नाम जिल्ला २४ गजुरी (१)०८२/०८३ जाहेरी
दरखास्त प्राप्त पश्चात निज प्रतिवादीलाई पक्राउ गरि जबरजस्ती करणी उद्योग
शिर्षकमा सम्मानित धादिङ जिल्ला अदालतबाट दिन-७ को म्याद थप अनुमती लिई थप
अनुसन्धानको लागि इ.प्र.का गजुरी कार्यालय हिरासतमा राखिएको ।
ला.औ.
सुनसरी धरान उप-म.न.पा २०
सिरिसेबास हिले खोला स्थित इ.प्र.का धरानबाट प्र.ह सत्यमान लामाको कमाण्डमा खटिएको
प्रहरी टोलीले धनकुटा साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको निम्न मो.सा. हरु
चेकजाँच गर्दा निम्न अनुसारको प्रतिबन्धित ला.औ.गाँजा बरामद गरी निम्न मानिसहरु
सवारी साधन नियन्त्रणमा लिई इ.प्र.का धरानमा ल्याई अनुसन्धान भईरहेको, ।
निम्नः- १) जि. धनकुटा साँगुरीगढी-८ जलारा बस्ने वर्ष ३२ को बिरेन राई, मो.सा. को ३८ प २६९६, लागु औषध गाँजा १३.११५ग्राम (प्लाष्टिक
सहित) २) जि.धनकुटा साँगुरीगढी-८ खुडी बस्ने वर्ष ३८ मोहन राई, मो.सा. प्र-१-०२-०५२ प ९६५७ , लागु औषध गाँजा १०.७२५
के.जि. (प्लाष्टिक सहित) ।
कन्चनपुर कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिचवा स्थित बेलौरीबाट कैलाली तर्फ जाँदै गरेका जिल्ला कैलाली धनगढी उप महानगरपालिका वडा नं. १३ राजपुर बस्ने.सु.प.प्र.- ०१-०१३ प ३८९४ नम्बरको मो.सा. चालक वर्ष २९ को गोबिन्द राना र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २४ को सन्जु कुमार रानालाई तालुक ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्र.स.नि टोली र इ.प्र.का.त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले शंका लागि चेकजाच गर्ने क्रममा निज सन्जु कुमार रानाले लगाएको पाईन्टको अगाडीपट्टीको खल्तिमा लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १ ला.औ.(खैरो हिरोईन) प्लाष्टिक सहित तौल गर्दा ६ ग्राम १० मिलिग्राम (छ ग्राम, दश मिलिग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ५ ग्राम ३४० मिलिग्राम (पाँच ग्राम तिन सय चालिस मिलिग्राम) परिमाण भएको ला.औ. (खैरो हिरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारि बरामद गरि उक्त ला.औ. (खैरो हिरोईन) र मो.सा सहित निजहरुलाई थप अनुसन्धान तथा आवश्यक