मिति २०८२।०७।२५ गते ०५:०० बजे देखि ऐ ०७।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२६
- A
- A-
- A+
बालिका
ज.ज.क./बालयौन दुर्व्यवहार,
ईलाम, मिति
२०८२।०७।१६ गते अ.१६:०० बजे इलाम.न.पा.०५ बस्ने वर्ष ३० की महिलालाई ऐ.५ ओर्खे
मन्दिरडाँडा बस्ने वर्ष २७ को मनोज बुढाथोकीले पिडितकै घर कोठामा गई ज.ज.क.गरेको
भन्ने ऐ.२५ गते १८:०० बवजे,खबर प्राप्त
हुनासाथ जि.प्र.का. इलामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिई जि.प्र.का.इलाममा ल्याई आ.अ. भईरहेको, उक्त स्थान जि.प्र.का.इलामबाट
अं.१२ कि.मि.पूर्व उत्तर पर्ने ।
सवारी.दुर्घटनामा.प्र.क.मृत्यु,
कैलाली, मिति २०८२।०७।२४
गते अं.२२;२० बजे,धनगढी
उ.म.न.पा.१ स्थित जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडी चालक ऐ.७ बस्ने बर्ष ३५ को दिपेन्द्र भण्डारीले
चलाएको बा.प्र.९६ प ६६३८ न.को मो.सा.आफै
अनियन्त्रित पल्टिदा,मो.सा.चालकको निधारमा र सोहि मो.सा.पछाडी सवार जि.बझाङ जयपृथ्वि
न.पा.१० बस्ने प्र.चौ.धौलाकोट
दार्चुला दरबन्दि भई हाल सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय
सचिव ज्यू को निवास गार्डमा कार्यरत क.को.न.४६७६५० को
प्रहरी जवान वर्ष २८ को भुवन खड्का घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.कैलालीबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि दुबै जनाको सेति
प्रादेशिक अस्पताल धनगढीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा
सेन्टर काठमाण्डौं पठाईएको, ऐ.२५ गते २०:३० बजे उपचारको क्रममा मृत्यु भएको,शव
सोही अस्पतालमा रहेको,घाईते उपचार पश्चात डिस्चार्ज भएको,मो.सा.जि.प्र.का.कैलालीको
नियन्त्रणमा,उक्त स्थान जि.प्र.का.कैलालीबाट ५०० मिटर
पश्चिम पर्ने
बेवारिसे
शव फेला,
कञ्चनपुर, बेदकोट न.पा.३
दैजी स्थित पूर्व-पश्चिम राजमार्ग किनारामा रहेको होम पाईप भित्र नामथर, वतन नखुलेको पुरुष
व्यक्तिको शव सडी गलेको अवस्थामा रहेको भनी अ.प्र.पोष्ट दैजी कञ्चनपुरमा जानकारी प्राप्त
हुनासाथ प्र.ना.नि. र जि.प्र.का.कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी
प्रकृया पुरा गरी शव पो.मा.को लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाई शव
गृहमा राखिएको,
उक्त
स्थान अ.प्र.पोष्ट दैजीबाट अं.२ कि.मि.दक्षिण पश्चिम पर्ने ।
धारिलो
हतियार प्रहार,
धनुषा, मिथिला विहारी
न.पा.८ कचुरी बस्ने अं.वर्ष ६० को जोगिन्द्र यादव आफ्नै खेतमा धान काट्ने क्रममा
निजकै बुहारी अं.वर्ष २५ की अदुला देवी यादवसँग के-कुन विषयमा झै-झगडा तथा कुटपिट
हुँदा निज जोगिन्द्र यादवले हँसियाले अदुला देवी यादवलाई प्रहार गर्दा निजको दुबै
हात,
छाती, टाउको र गालामा
काटिएको,
घाईतेको
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको, अवस्था गम्भीर
रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.तारापट्टीबाट प्र.ना.नि.को कमाण्डमा
टोली खटी गएको, जोगिन्द्र यादव फरार रहेकोले खो.त.कार्य भईरहेको, हँसिया
इ.प्र.का.तारापट्टीको नियन्त्रणमा रहेको, निजको श्रीमान वैदेशिक
रोजगारमा रहेको भन्ने बुझिएको, उक्त स्थान इ.प्र.का.तारापट्टीबाट अं.३
कि.मि.पश्चिम पर्ने ।
महोत्तरी, औरही न.पा.१
औरही स्थित ऐ.बस्ने उमेश मण्डलको ( डिभोर्स भएको) श्रीमती अं.वर्ष ४२ की सरस्वती
मण्डललाई ऐ.बस्ने नवल चौधरीको छोरा वर्ष २६ राकेश चौघरीले के-कुन कारण चक्कु
प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.औरहीबाट र
इ.प्र.का.गौशाला महोत्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको
लागि सुभ-स्वस्तिक अस्पताल बर्दिबास पठाईएको,अवस्था गम्भिर,चक्कु प्रहार गर्ने
व्यक्ति प्रहरीले नियन्त्रणमा लिई इ.प्र.का.गौशालामा ल्याई राखिएको,उक्त स्थान
प्र.चौ.औरहीबाट अं.७०० मिटर उत्तर पर्ने ।
स्रोत नखुलेको रकम सहित मानिस
नियन्त्रणमा,
सिन्धुली, हरिहरपुरगढी
गा.पा.२ झनझने चेकपोष्ट अगाडी मदनभण्डारी राजमार्गमा प्र.चौ.झनझनेबाट
प्र.व.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले सिन्धुलीबाट काठमाडौँ तर्फ जाँदै
गरेको चालक जि.काठमाडौँ का.म.न.पा.३१ बस्ने वर्ष २५ को आदिल हमिदले चलाएको
बा.प्र.०१-०३१ च ५८०४ नम्बरको KIA कम्पनीको सानो गाडी चेकजाँच गर्दा गाडीको
पछाडी साईडमा राखेको टायरभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको रु.१५,००,०००/-(
पन्ध्र लाख) नगद सहित गाडी र गाडीमा सवार
आदिल हमिद सहित ३ जना नेपाली र चाईनिज नागरिक अं.वर्ष ३२ को XIONG
CHANGYE गरी
४ जनालाई नियन्त्रणमा लिई प्र.चौ.झनझनेमा राखी अनुसन्धान कार्य भईरहेको, थप
अनुसन्धानको लागि इ.प्र.का.कपिलाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त
स्थान प्र.चौ.झनझनेबाट अं.३० मिटर पर्ने ।
लागु
औषध सहित मानिस पक्राउ,
मोरङ, उर्लाबारी न.पा.१
झारसाझि स्थितमा इ.प्र.का. मधुमल्लाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले पैदल हिडि
रहेको ऐ.बस्ने वर्ष २६ को मिलन भन्ने गिरिजा तामाङ र ऐ. बस्ने वर्ष ३३ को चन्द्र
बहादुर दनुवारलाई शंका लागि निजहरुको शरिरको खानतलासि गर्दा मिलन भन्ने गिरिजा
तामाङको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक
बाहेकको तौल १ ग्राम ५२० फेला पारी ऐ बस्ने चन्द्र भण्डारीको श्रीमती वर्ष ४५ की
दुर्गा देवि भण्डारी संग खरिद गरेको भनि बताएकोले निज महिलाको घर खानतलासी गर्दा
कोठामा लुकाई छिपाइ राखेको लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक
बाहेकको तौल १९ ग्राम २०० मिलिग्राम, डिजिटल तराजु थान -१,नगद रु.१५ हजार समेत
फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.उर्लाबारीमा ल्याई राखि आ.अ.भईरहेको,उक्त स्थान
इ.प्र.का.उर्लाबारीबाट अं.५ कि.मि उत्तर पर्ने ।
सुनसरी, धरान
उ.म.न.पा.२० कोकाहा खोला स्थितमा इ.प्र.का.धरान सुनसरीबाट प्र.ह.को कमाण्डमा खटी
गएको टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्र.१-०२-०५३ प ९९८२ न.को मो.सा.लाई
शंका लागी चेकजाँच गर्दा मो.सा.चालक जि.धनकुटा सहिदभुमी गा.पा.१ बस्ने वर्ष २३ को
सिद्वार्थ राईले बोकेको कालो झोलामा
ला.औ.गाँजा ११ के.जी. फेला पारी मो.सा.र ला.औ.सहित निजलाई नियन्त्रणमा लिई
इ.प्र.का.धरानमा ल्याइ राखिएको,उक्त स्थान इ.प्र.का.धरानबाट अं.९ कि.मि. उत्तर
पश्चिम पर्ने ।