मिति २०८२।१२।२० गते ०५:०० बजे देखि २०८२।१२।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२१
- A
- A-
- A+
कर्तव्य
ज्यान
दाङ,
मिति
२०८२।१२।१९ गते अं.२०:००बजे जि.दाङ राप्ती गा.पा.१ पाँखापानी बस्ने फुलमाया थापा
मगरको छोरा बर्ष अं.१६ को आयुशमान थापा मगर(अविवाहित),ऐ.२ बह्रखुट्टी बस्ने
रोहन प्रधानको छोरा बर्ष १७ को स्मिथ प्रधान घरबाट संगै बह्राखुट्टी स्थित साथीको
घर जान भनि हिडेकोमा ऐ.४ मौरीघाट स्थित एक्कासी अपरिचित २ महिला र २ जना पुरुष
व्यक्तीहरु आई कुटपिट गर्दा आयुशमान थापा
मगरको शरिरको ढाडमा,बाँया आखा,बाँया गालामा,कानमा चोट लागेको
अबस्थामा २०८२।१२।२०गते ०३:००बजे ऐ.४ मौरीघाट स्थित दिदिको साथी गंगा रोक्काको
घरमा गएकोमा निजको दिदिले उपचारको लागी राप्ती आधारभुत अस्पताल सिसहनिया दाङमा
ल्याई उपचार भईरहेको,अबस्था मध्यम, उपचारमा आमा र दिदि संलग्न रहेको, भनि ऐ.०४:००
बजे इ.प्र.का.सिसहनिया दाङमा जानकारी गराउन साथ घटनास्थलमा प्र.चौ.मसुरिया दाङबाट
प्र.स.नि.दिपेन्द्र कुमार मल्लको कमाण्डमा ३ जनाको टोली खटिएको, सोही अस्पतालमा
इ.प्र.का.सिसहनिया दाङबाट प्र.ना.नि.बुद्धि रानाको कमाण्डमा प्रहरी टोली पुगी
बुझ्दा पहिला केही नबताएको र सोधपुछ गर्दा ऐ.११:०० बजे म संग स्मिथ प्रधान पनि
थियो भनि जानकारी गराए पश्चात इ.प्र.का.भालुवाङबाट दाङबाट प्र.नि.पुष्कर सिंह ऐरीको
कमाण्डमा ११ जनाको टोली खटिगई खो.त.गर्दै जाने क्रममा घटनास्थल देखि अं.१.५
कि.मी.पुर्व तर्फ ऐ.स्थित दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट भएको
उत्तानो अबस्थामा मृत अबस्थामा फेला परेको, घटनास्थलमा
आफन्तहरु पुगिसकेको, कुटपिट गर्ने ब्यक्तिहरु फरार, खो.त.कार्य
जारी ।
नोटः-बर्ष
१६ को आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक
मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु मिति २०८२।१२।१९ गते २०:०० बजे घर बाट
निस्किएको बुझीएको ।
ऐ.१८:१४
बजे बर्ष अं.१६ को आयुशमान थापा मगरलाई थप उपचारको लागी भैरहवा मेडिकल कलेज
रुपन्देही रिफर गरेको,उपचारमा घाईतेको दिदि
(मो.न.९८१६८४१७७१) संलग्न रहेको ।
थपअपडेट:-ऐ.२१:३०
बजे भैरहवा मेडिकल कलेज रुपन्देही पुगी घाईतेको उपचार भईरहेको,
थपअपडेट:-
मिति २०८२।१२।२१ गते ०३:०० बजे उक्त घटनामा संलग्न निम्न स्थान बस्ने निम्न
मानिसहरुलाई बिभिन्न सबुत,प्रमाणहरु सहित नियन्त्रणमा लिई यस
इ.प्र.का.भालुवाङ दाङमा ल्याई अनुसन्धान कार्य भईरहेको,बि.बि.पछि ।
१)जिल्ला
दाङ बंगलाचुली गा.पा.८ घर भई हाल जिल्ला दाङ राप्ती गा.पा.४ श्रीनारायण चोक बस्ने
बर्ष अं.२० को सन्दिप वली ।
२)जिल्ला
दाङ राप्ती गा.पा.४ मौरिघाट बस्ने बर्ष
अं.१८ को निश्चल चौधरी ।
ज.ज.क./बाल
यौनदुर्व्यहार,
सिन्धुपाल्चोक, बलेफी गा.पा.३
धुस्कोट बस्ने वर्ष ४९ को तोक बहादुर लामाले ऐ. बस्ने वर्ष अं ३० की महिलालाई
निजको घरमा शौचालय जान लाग्दा ज.ज.क. प्रयास गरेको भनि ऐ.२० गते अं १२:३० बजे
निवेदन दिएको हुँदा उक्त स्थानमा इ.प्र.का.जलबिरेबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको
टोली खटि गई ज.ज.क. प्रयास गर्ने तोक बहादुर लामालाई नियन्त्रणमा लिई आवश्यक
कारबाहीको लागि जि.प्र.का. सिन्धुपाल्चोक ल्याएको,
रोल्पा, मिति
२०८२।१२।१८ गते अ.२०:०० बजे लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष अं.१२ की बालिकालाई
जि.रोल्पा लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष ३० को ठगेन्द्र खडकाले ललाइ फकाइ गरी
नजिकै रहेको ऐ.बस्ने टेक बहादुर पुनको गोठमा लगि ज.ज.क.गरेको भनी निज बालिकाको
आफन्तले मिति २०८२।१२।१९ गते अं.१८:०० बजे इ.प्र.क.सुलिचौरमा खबर गरे पश्चात
इ.प्र.का.सुलिचौरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ निज आरोपित ठगेन्द्र खडकालाई
पक्राउ गरी इ.प्र.का.सुलिचौर रोल्पामा ल्याई मिति २०८२।१२।२० गते मुद्दा दर्ता भई
७ दिन म्याद थप गरी इ.प्र.का.सुलिचौर रोल्पाको हिरासत कक्षमा राखिएको, निज बालिकाको
स्वास्थ्य परिक्षण गराई आमाको जिम्मा लगाई घर पठाएको, अवस्था सामान्य
रहेको,
ला.औ.,
बाँके, नेपालगंज
उ.म.न.पा.१ धम्बोजी स्थित रा.बा. बैंक नेपालगंज अगाडी लागु औषध कारोबार भईरहेको
भन्ने सुचनाको आधारमा लागु औषध व्युरो शाखा कार्यालय बाँकेबाट प्र.ह.को कमाण्डमा र
जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले संकास्पद
रुपमा हिडिरहेको अवस्थामा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१८ बस्ने बर्ष २१ को
सुमेर शेष,
ऐ.नेपालगंज
उ.म.न.पा. १६ बस्ने वर्ष ३२ को मन्ना जोलाह, ऐ. बस्ने बर्ष
२० को इरफान जोलाह, ऐ. बस्ने बर्ष
१८ को सानुर जोलाहलाई चेकजाँच तथा
निजहरुको शरिर रितपुर्वक तलासी लिदा निजहरु मध्ये सानुर जोलाहले लगाएको पाईन्टको
दाहिने खल्तीमा लुकाई छिपाई राखेको १४१
ग्राम ७९० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ
फेला पारी निजहरु ४ जनालाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
जि.प्र.का.बाँकेमा ल्याई राखिएको,