मिति २०८२।१२।२६ गते ०५:०० बजे देखि २०८२।१२।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२७
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग,
काठमाण्डौ, जिल्ला इलाम
इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष २२ को परिवर्तित
नाम २६ परिसर (९२) ख ०८२।०८३ ले प्रतिवादी जि.इलाम इलाम न.पा.७ स्थाई घर भई हाल
का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष ५७ को सुनिल खवासले आफ्नै छोरी (जाहेरवालाको
सहोदर बहिनी) लाई घरमा कोही नभएको बेला कोठामा लगी कार्टुन देखाउछु भन्दै अश्लिल
भिडियो देखाएर संवेदनशिल अंगमा चलाएको भन्ने व्यहोराको जाहेरी दरखास्त मिति
२०८२।१२।२६ गते १५;३० बजे जि.प्रहरी परिसर,भद्रकाली,महिला वालवलिका
तथा जेष्ठ नागरीक सेवा केन्द्रमा प्राप्त भए पश्चात निज सुनिल खवास फरार रहेकोले
खो.त.तथा अ.अ.कार्य भईरहेको । नोट;- पीडित बालिका जाहेरवालाको बहिनि रहेकि,पीडितको अन्य
विवरण नखुलाईएको,जाहेरी पीडितको सहोदर दाई परिवर्तित नाम २६ परिसर (९२) ख
०८२।०८३ ले दिएको,जाहेरवाला बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३
रहेको ।
काठमाण्डौ,
मिति
२०८२।०१।२४ गते अ.१७:०० बजे का.म.न.पा. ११ बबरमहल स्थित डेरा कोठामा जि.डोटी
सिलगढी न.पा.५ स्थायी घर भई हाल का.म.न.पा. ११ बस्ने वर्ष २५ की महिलालाई
प्रतिवादी जि.बैतडी शिवनाथ गा.पा.२ मडैगाउँ स्थायी घर भई हाल दुबईबाट काठमाडौं
त्रिभुवन बिमानस्थलमा मिति २०८२।१२।२७ गते बिहान अवतरण गर्दै गरेको वर्ष २४ को
रोशन मडैले जबरजस्ती करणी गरेको व्यहोराको जाहेरी दरखास्तले जिल्ला प्रहरी परिसर
महिला बालबालिका तथा जेष्ठ नागरिका सेवा केन्द्र भद्रकाली काठमाण्डौमा मिति
२०८२।१२।२६ गतेको १८:२० बजे निवेदन दिएको
आ.अ.भईरहेको ।
कैलाली,
कैलारी
गा.पा.३ हसुलिया बस्ने वर्ष २३ को सनि चौधरीले जि.कन्चनपुर बेलडाडी गा.पा.३ बस्ने
वर्ष २८ की महिलालाई जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्ध चोक स्थित साथिको
कोठामा लगी ज.ज.क.गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.कैलालीमा आई लिखित निबेदन दिएको
हुँदा जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी निज सनी चौधरीलाई
नियन्त्रणमा लिइ जि.प्र.का.कैलालीमा राखिएको, ।
चोरी,
महोत्तरी,
जलेश्वर
न.पा.५ पर्सा टोल स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पर्सापतैलीबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने जिवस शर्माको एक तले पक्की घरको
पछाडिबाट आइ मेन ढोका खोली घरभित्र पसि कोठामा रहेको दराजबाट सुन, चाँदीका
विभिन्न गर-गहनाहरू र नगर भारतीय रुपैयाँ ५०,०००।– गरी अं.मु.रू
९००,०००।– र ऐ.बस्ने
जयनन्दन राउत भुहियारको एक तले पक्की घरको छत माथिबाट घरभित्र पसि कोठामा रहेको
बाकसबाट नगद ३५,०००।–, मोवाइल र सुन
गरी अं.मु.रू. ८०,०००।– बराबरको चोरी भएको भन्ने बुझिएको, चोरी गर्ने
ब्यक्तिको पहिचान तथा खो.त.कार्य भइरहेको, उक्त स्थानमा
थप जि.प्र.का.बाट प्र.नि.र मधेश प्रदेश केनाईन उप-शाखा लालगढबाट प्र.ना.नि.को कमाण्डमा Dog
Sniffing टोली
खटी गई अनुसन्धान कार्य भईरहेकोमा जलेश्वर न.पा.५ पर्सा टोल बस्ने वर्ष २० को सुभम
शर्मा र ऐ.बस्ने वर्ष १८ को अनिष शर्माको साथबाट १० ग्राम ला.औ.गाँजा जस्तो देखिने
पदार्थ,कैची समेत फेला
परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य
भईरहेको र मधेश प्रदेश केनाईन उप-शाखा लालगढ धनुषाबाट प्र.ना.नि.को कमाण्डमा Dog सहितको
टोली फिर्ता भएको, ।
ला.औ.,
सिन्धुली,
दुधौली
न.पा.१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्र.चौ.दुधौलीबाट प्र.व.ना.नि.र
बागमती प्रदेशबाट आएका तालिम प्राप्त कुकुर सहितको १२ जनाको संयुक्त टोलीले सवारी
चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.काभ्रे
पनौती न.पा १२ बस्ने वर्ष ३९ को नवराज राउतले चलाएको बा ५ ख ३१५४ नं. हायसको सिटमा
सवार जि.उदयपुर कटारी न.पा ८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो
झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र शुद्ध तौल ६ के.जी ला.औ गाँजा फेला पारी निज टेक बहादुर
मगर र ला.औ गाँजा नियन्त्रणमा लिई प्र.चौ.दुधौलीमा राखी अनुसन्धान भईरहेको, उक्त हायस र
चालकको कागजपत्र नियन्त्रणमा राखी गन्तव्य तर्फ गएको,उक्त स्थान
प्र.चौ.दुधौलीबाट अं.३ कि.मि.उत्तर पश्चिम पर्ने ।
सुसरी,
हरिनगरा
गा.पा.२ भुटाहा बजार स्थित जिप्रका सुनसरी बाट सादा पोसाकमा खटीएको प्रबह कृष्ण
कुमार झुरझारको कमाण्डमा २ जनाको टोलिले मे ८ प ५८७० नं. को स्कुटरमा भुटाहा बाट
घुस्की तर्फ जादै गरेको अबस्थामा शंका लागी रोकी चेक जाँच गर्दा स्कुटर चालक
जिल्ला सुनसरी हरिनगरा गा.पा. ६ बस्ने बर्ष २१ को अबजल अन्सारीको स्कुटरको
डिक्कीमा कालो झोला भित्र ट्रमाडोल औषधी ५०० पत्ता ( ५,०००/- क्यापसुल) लुकाई
छिपाई राखिएको अबस्थामा फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिई जिप्रका
सुनसरीमा ल्याउने कार्य भईरहेको, ।