"वस्तुनिष्ठ अपराध अनुसन्धान, मानव अधिकारको सम्मान"
मिति २०८३ भदौ २८ गते आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूबाट रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाएका मृक्तकहरुको DNA नमुना संकलन र परीक्षण भइरहेको कार्यस्थल नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी को अवलोकन तथा निरीक्षणका साथै कार्यरत विशेषज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।
मिति २०८३ भदौ २६ गते शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको अध्यक्षतामा अपराध अनुसन्धान विभाग अन्तर्गतका निर्देशनालय, महाशाखा तथा शाखाका प्रमुखसहितको उपस्थितिमा साप्ताहिक बैठक सम्पन्न ।
सरकारी कागज धुल्याउने नियम, २०२७ तथा नेपाल प्रहरीको कागज धुल्याउने सम्बन्धी प्रतिवेदन, २०८० बमोजिम कागजातहरूको वर्गीकरण तथा आवश्यक प्रक्रिया पूरा गरी धुल्याउनुपर्ने कागजातहरू सम्बन्धित कार्यालय तथा विभागीय प्रमुखहरूको सिफारिसका आधारमा धुल्याउने कार्यका लागि गठित समितिका संयोजक विभागीय प्रमुख प्र.अ.म.नि डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख अतिथ्यतामा बैठक बसी प्राप्त विवरण सहितको प्रतिवेदन प्र.म.नि.ज्यू समक्ष पेश गर्ने निर्णय भएको (मिति २०८३।०५।२५ गते ।)