प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०२।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

कर्तव्य ज्यान

१.

दैलेख

भैरवी गा.पा.६ हमाल टोल बस्ने वर्ष ४९ को राम बहादुर हमाललाई ऐ.बस्ने वर्ष ४७ को कुल बहादुर सिंह र वर्ष २१ को सुरेन्द्र सिंहले जग्गा सम्वन्धि बिषयलाई लिएर कुटपिट गरी घाईते भई उपचारको लागि ऐ.०५:०० बजे जि.अस्पताल दैलेखमा ल्याई उपचार भईरहेकोमा सामान्य उपचार प्रश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगि उपचार भईरहेकोमा ऐ.१०:०० बजे उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पानिपोखरी दैलेखबाट प्र.ह.को.कमाण्डमा टोली खटी गएको, शव सोही अपतालमा रहेको, कुटपिट गर्ने दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखी आ.अ.भईरहेको ।पो.मा. बाकी

 

३.

नवलपरासी पूर्व

देवचुली न.पा.३ आम्बास बस्ने वर्ष ९० को दील ब.थापाले आफ्नै श्रीमती वर्ष ७६ की जमुना थापालाई फलामको रडले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रजहरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, कुटपिट गर्ने दील ब.थापा प्रहरीको नियन्त्रणमा।पो.मा. बाकी

 

गोली प्रहार

१.

कैलाली

(फरार प्रतिवादी पक्राउ गर्ने क्रममा गोली प्रहार) कैलाली २९ गते अं.१५:१६ बजे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली अनुसन्धान समुहको बिशेष सहयोग र समन्वयको आधारमा इ.प्र.का.टिकापुरबाट प्र.ना.उ.र व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले मिति २०८२/०२/१५ गते ऐ. टिकापुर न.पा.१ स्थितमा बसोबास गर्ने वर्ष ३१ को मानस भन्ने टेकेन्द्र बिष्टलाई ज्यान मार्ने मनसायले धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरी भागी फरार रहेका ज्यान मार्ने उद्योग चालु मुद्दाका फरार प्रतिवादी ऐ. धनगढी उ.म.न.पा.५ तारानगर बस्ने वर्ष २५ को मिलन चन्द र जि.अछाम मंगलसेन न.पा.५ बस्ने वर्ष २३ को रिदम ढुङ्गानालाई ऐ.कैलारी गा.पा.३ शिवरत्नपुर स्थित नेपाल भारत सिमा नजिकबाट भारत तर्फ गईरहेको अवस्थामा नियन्त्रणमा लिई निज प्रतिवादीहरुलाई इ.प्र.का.टिकापुर तर्फ लैजाँदै गरेको अवस्थामा ऐ.भजनी न.पा.७ हुलाकी राजमार्ग खण्डको हिक्मतपुर सामुदायिक वनमा पुग्दा प्रतिवादीहरुले पिसाब लाग्यो भनि रोक्न अनुरोध गर्दा सडकको दाहिने तर्फ जंगलमा पिसाब फेराउने क्रममा प्रहरीलाई हातपात गरी दुबै जना प्रतिवादीहरु दक्षिण जंगल तर्फ भागेको, निजहरुलाई पछ्याउने क्रममा रोक्न नमाने पछी प्रहरी टोलीबाट टाईप ७७ पेस्तोल बाट ५ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिने क्रममा प्रहरीको पेस्तोल खोसी भाग्न खोजेको अवस्थामा खटिएको प्रहरी टोलीले मिलन चन्दको बाँया खुट्टाको घुडा मुनि र रिदम ढुङ्गानाको दाहिने खुट्टाको घुडा मुनि १/१ राउन्ड गोली हानी नियन्त्रणमा लिई तत्काल उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, दुबै जनाको अवस्था मध्यम रहेको, कुल जम्मा ७ राउण्ड गोली खर्च भएको, प्रहरी टोली सकुशल रहेको ।

 

ज.ज.क.

१

मोरङ

बिराटनगर म.न.पा.१३ स्थित अभिबादन गेष्ट हाउसको प्राङ्गणमा ऐ. म.न.पा.१४ बस्ने वर्ष ९ की बालिकालाई ऐ.०२।२८ गते अं.२१:४५ बजे देश भारत बिहार राज्य मधेपुरा जिल्ला ग्रामपञ्चायत सिंघियान वडा नं.१० बस्ने सदानन्द यादवको छोरा वर्ष ३९ को ओम प्रकाश यादवले आफैले ल्याएको BR 11 AT 2775  नम्बरको कार सोही गेष्ट हाउसको पार्किङ स्थलमा राखेकोंमा उक्त कारको बिचको सिटमा लगेर  राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रानीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ओम प्रकाश यादवलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

४.

तेर्हथुम

परिवर्तित ठेगाना ०६-०६६-०४ बस्ने बर्ष ४० को परिवर्तित नाम आठराई (ठ-२) ले आफ्नै छोरी बर्ष १५ की परिवर्तित नाम आठराई (ठ-१) लाई पहिल्यै देखी पटक-पटक ज.ज.क.गरेको र अन्तिम पटक मिति २०८२।०२।२९ गते अ.१४;०० बजेको समयमा ज.ज.क.गरेको भनी स्थानियले प्रचौ छातेढुङ्गामा जानकारी गराउना साथ प्रसनि सुरज कुमार चौधरी (९८५२०६०५२३) को कमाण्डमा टोली खटिगई निज परिवर्तित नाम आठराई (ठ-२) लाई आवाश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिई जिप्रका तेह्रथुममा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएको । निज परिवर्तित नाम आठराई (ठ-१) को ठुलोबुवा परिवर्तित नाम आठराई (ठ) ले आज अ.१९;०० बजे जिप्रका तेह्रथुममा जाहेरी दिएको,थप अनुसन्धान कार्य जारी

 

अवैध रकम(स्रोत नखुलेको)बरामद

१.

बारा

मिति २०८२।०२।२९ गते अं. १६:०० बजेको समयमा जि. बारा जितपुर सिमरा उ.म.न.पा. २ एरपोर्ट रोड स्थित बाट(बिशेष सुचनाको आधारमा) इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ. वेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले जि. पर्सा विरगंज म.न.पा. १६ बस्ने विजय महतोको छोरा अं. बर्ष १८ को सुरज कुसवाह कोईरीले बोकेको झोला भित्र स्रोत नखुलेको नगद ने.रु. १३,०७,५०० (तेह्र लाख सात हजार पाँच सय) रुपैया फेला पारि पैसा सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. सिमरा बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको।

 

भरुवा बन्दुक नियन्त्रणमा

१.

दाङ

बङ्लाचुली गा.पा.३ लेखटापा बस्ने बर्ष ४४ को  लुम बहादुर रावतले मा.प.से.गरी निजको श्रीमती ममता रावत र बुहारी तिर्सना रावत संग घरायसी बिबाद गरेको भनि इ.प्र.का. कमिरेचौरमा जानकारी प्राप्त हुनासाथ  इ.प्र.का. कमिरेचौरबाट प्र.स.नि.को टोली खटिगई छलफल गर्ने क्रममा निज लुम बहादुर रावत संग भरुवा बन्दुक रहेको भनि खुल्नासाथ जि.प्र.का.बाट प्र.नि.को टोली खटिगई घर देखि अं.५० मिटर दक्षिण तर्फ रहेको गोठ नजिक लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक फेला पारी, बन्दुक सहित निज लुम बहादुर रावतलाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा राखि आ.अ भइरहेको ।

 

२.

मकवनापुर

ईन्द्रसरोवर गा.पा.५ मधुवन स्थित झै-झगडा भई भरुवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष अं.६० को साङ्ग दोर्जे लामा (मा.प.से.गरेको) ले निजको बुहारी वर्ष अं.३७ की राधिका थोकर (श्रीमान बितिसकेको) अन्य केटाहरुसँग लागेको भनी आरोप लगाई खाना खान समेत नदिएको भनी झै-झगडा हुँदा ससुराले आफ्नै घरमा रहेको एक नाले भरुवा बन्दुक फायर गरेको भन्ने बुझिएकोले निज साङ्ग दोर्जे लामालाई भरुवा बन्दुक थान-१ सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, मानवीय क्षति नभएको, घरमा नाती वर्ष अं.९ को आशिष रुम्बा, नातिनी अं.वर्ष १६ की रस्सु रुम्बा, ससुरा, बुहारी गरी ४ जना रहेको, थप अनुसन्धानको लागि इ.प्र.का.भिमफेदीबाट प्र.ना.नि.को कमाण्डमा थप टोली खटी गएको ।

 

ला.औ.

१.

सुनसरी

ईनरुवा न.पा. ४ बसचोक स्थित अप्रपोष्ट बसपार्कबाट खटिएको प्र.ब.हको टोलि र जिप्रका सुनसरीबाट खटिएको प्र.ब.हको टोलिले पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.प्र.०२-०५२ प ७७५७ नं.को स्कुटरलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिकिबाट प्लाष्टिक सहित ३५.५४ ग्राम ( प्लाष्टिक बाहेक २७.९२ ग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी स्कुटर चालक जिल्ला सिन्धुलि दुधौलि नपा १० बस्ने बर्ष ३३ को अर्जुन कटुवाललाई नियन्त्रणमा लिई अनुसन्धानको लागी निजको साथी जिल्ला उदयपुर कटारी नपा २ बस्ने बर्ष ३३ को सुमन माझि समेतलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याई राखेको ।

 

२.

काठमाण्डौ

सिराहाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.-०३-००१ ख ३५३७ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिनको १ नं. सिटमा सवार जि.सिराहा रामधुनी बिष्णुपुर गा.पा.०३ घर हुने बर्ष २१ को अमन यादवले उक्त बसको क्याबिन अगाडीको सिसाको कोचमा लुकाई छिपाई ल्याएको सेतो रंगको प्लाष्टिकको प्याकेटमा खैरो हेरोईन जस्तो प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २५ (पच्चिस) ग्राम फेला परेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको

 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।