प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।०३ गते देखि ऐ. ४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-०४

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

फुटकर ज्यान

१.

रसुवा

 

नौकुण्ड गा.पा.५ र कालिका गा.पा.५ घट्टेखोला स्थित हाल नामथर वतन नखुलेको अं.वर्ष १६ की र अं.वर्ष १३ की २ जना बालिकाको शव खोलामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कालिकास्थानबाट प्र.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी बुझ्दा मृतकहरु ऐ.नौकुण्ड गा.पा.५ सिस्नेरि बस्ने लाल बहादुर मोक्तानको छोरीहरु अं.वर्ष १४ की (माइली छोरी) सर्गम मोक्तान र वर्ष १० की (कान्छी छोरी) सबिना मोक्तान रहेको, निजहरु ऐ.२ गते १७:०० बजे आफ्नै घरबाट ऐ.कालिका गा.पा.५ जिबजिबे स्थित कोठामा जान्छु भनी हिँडेको, निज मृतकहरुको हजुरआमा मंगली मोक्तान र ठुलो बुबा धन बहादुर मोक्तानबाट सनाखत हुन आएको, शवको कानुनी प्रकृया पश्चात पो.मा.को लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको । -

मिति २०८२।०३।०३ गते अं.१९:०० बजेको समयमा निज मृतकको दिदी जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०५ बस्ने बर्ष १४ की सादना मोक्तान लाइ अनुसन्धानको शिलसिलामा आफन्त द्वारा आफै उपस्थित गराएको र मिति २०८२।०३।०४ गते ०१:२५  बजेको समयमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डको टोलिले आवश्यक सोधपुछको लागि जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ किमारजुङ स्थित नौकुण्ड फेमिलि रिसोटबाट निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का. कालिकास्थान रसुवामा ल्याइ राखेको

१.जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ बस्ने बर्ष ४० को तेन्जेन थिङ तामाङ ।

२.ऐ.ऐ. बस्ने बर्ष २५  को आरिया घिसिङ ।

३.ऐ.ऐ. बस्ने बर्ष ३८ को सिङ्गि वाङ्जु लामा ।

४.ऐ.ऐ. बस्ने बर्ष १६  की डोल्मा घिसिङ   ।

५.ऐ.ऐ. बस्ने बर्ष १५ की सजिना नेगी ।

६.ऐ.ऐ. बस्ने बर्ष १६ की अनुसा घिसिङ ।

 

ज.ज.क./उद्योग

२

झापा

झापा ३१ गते रातको २४:०० बजेको समयमा जिल्ला झापा सांकेतिक वतन ‘०४-५-१७-च’ ( बास्तविक वतन कमल गा.पा.-६ गुवाबारी) स्थित आफ्नै घर कोठामा सांकेतिक नाम ‘ह’ लाई आफ्नै झडकेलो बुवा सांकेतिक नाम ‘ह १’ ले ज.ज.क. गरेको भनी आज मिती २०८२।०३।०३ गते अ.१९:३० बजेको समयमा इप्रका दमकमा जिल्ला झापा कमल गा.पा. वडा नं.६ स्थितमा रहेको श्री मंगलमय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका बर्ष ४३ की लक्ष्मी ढकालले लिखित जाहेरी दिएकोमा निज सांकेतिक नाम ‘ह १’ लाई इप्रका दमकबाट खटिएको प्रसनि बाबुराम न्यौपानेको समेतको टोलीले निजलाई निजकै घरबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भईरहेको ।

 

३

सुर्खेत

बिरेन्द्रनगर नगरपालिका वडा न.०२ कोलडाँडा बस्ने बर्ष ५८ की महिलालाई मिति २०८२।०३।०२ गते अ.८:३० बजे ऐ.बिरेन्द्रनगर न.पा.वडा न.०२ कोलडाँडा बस्ने वर्ष ५० को राम चन्द्र सुनारले जबरजस्ती करणी गरेको भनी मिति २०८२।०३।०३ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानाकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गई पिडक राम चन्द्र सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ।

 

४

ईलाम

देउमाई न.पा.०२ खाम्द्रुङ स्थित सांकेतिक वतन ०३-५-६ बस्ने सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) को छोरी बर्ष अं.१९ की मानसिक सन्तुलन ठिक नभएको सांकेतिक नाम इलाम -क्ष (०८१/०८२) लाई निजकै बहिनी सांकेतिक नाम इलाम -क्ष-३(०८१/०८२)को boyfriend जिल्ला इलाम फाकफोकथुम गा.पा.०६ सिमसार बस्ने सारु भन्ने राई जातिको साथी तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसले ज.ज.क गरेको भनी आज मिति २०८२।०३।०३ गते अं.२०:३० बजे जि.प्र.का. इलाममा पिडितको बुबा सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) ले जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का. मंगलबारेबाट प्र.नि.को कमाण्डमा प्रहरी खटि  गई पिडकको खो.त. कार्य भई रहेको ।

 

सुन वरामद

१

काठमाण्डौ

एयर अरेवियाको उडान नं. G9 530 को फ्लाईट द्वारा शार्जाहबाट काठमाडौं आगमन भएकी यात्रु भारतीय नागरिक राहदानी नम्बर X73528851 वाहक वर्ष ५३ की MEENA SURJEET SINGH KHEMANI (महिला) लाई आगमन भन्सार एरियाको भन्सार चेकजाँच पश्चात टनेल गेट अगाडी निजको गतिबिधी शंकास्पद देखिएकोले उक्त स्थानमा डिउटी खटिएको प्रहरीले चेकजाँच गर्दा निजको मलद्वारबाट बेलना आकारको प्लास्टिकले र्‍याप गरेको ३ (तिन) वटा डल्ला सुन जस्तो देखिने अर्धठोस पदार्थ जम्मा अन्दाजी तौल ११५९ ग्राम सहित लुकाई छिपाई ल्याएकोले निजलाई नियन्त्रणमा लिई बरामद सामान त्रि.अ.बि.सु.का.गौचर लेखा शाखामा राखी निज महिलालाई पत्र सहित एकरात सुरक्षित राख्न प्रहरी बृत्त गौसाला पठाईएको, ऐ.०४ गते कार्यालय समयमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बरामदि सामान सहित पठाईने ।

 

पक्राउ/नियन्त्रण

१

काठमाण्डौ

अल्फावेट नखुलेको ९९७१ न.को गाडीमा मानिस अपहरण गरि लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ऐ.००;४५ बजेको समयमा का.जि.नागार्जुन न.पा.-०८ सहकारी चोक भिमढुङ्गाबाट बा १७ च ९९७१ नं.को स्कारपिओ गाडी र उक्त गाडीमा सवार जि. कालिकोट रास्कोट न.पा. ५ घर  भई हाल का.जि.का.म.न.पा.३० रातो पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाहीले देश भारत हैदराबाद काचिगौड स्थित एक घरमा चोरी गरेको भन्ने सूचनाको आधारमा हैदरावादबाट Inspector K Raghu Kumar को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई मिति २०८२/०२/०३ गते १६:३० बजे जिल्ला ललितपुर, बंगलामुखीबाट दुई जना र ऐ. मिति ०३/०३ गते अ. २३;३० बजे का.जि.का.म.न.पा ३० रातोपुलबाट निज प्रशान्त शाहीकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएर जाँदै गरेको अवस्थामा प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाही तथा अनुसन्धानको लागी . जि.कालिकोट रास्कोट न.पा.-५ घर  भई हाल का.जि.का.म.न.पा ३० रातो. पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाही ,जि.कालिकोट रास्कोट न.पा.५ घर  भई हाल ऐ. रातो पुल कोठा गरी बस्ने प्रशान्त शाहीको श्रीमती वर्ष १९ की निकिता बुढा शाही, जि.कालिकोट पचाल झरना गा.पा.०२ घर भई हाल का जि बुढानिलकण्ठ न.पा.०२ भंगाल बस्ने वर्ष २६ को युवराज शाही, जि. कैलाली घोडाघोडी न. पा.०१ घर भई हाल का जि गाठाटार कोठा गरी बस्ने वर्ष २५ को सागर शाही , जि. धादिङ नौविसे ०२ घर भई हाल का.जि.का.म.न.पा १४ स्युचाटार बस्ने वर्ष ४५ को सुवास रुपाखेती (चालक), देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Inspector  K Raghu Kumar, देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Sub Inspector Suresh Kumar ,देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Police Constable  Shiva Kumar लाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूमा ल्याई राखिएकोमा भारतीय प्रहरीहरू र चालक लाई  होटल  पिस जोनमा विहान सम्पर्क गर्ने आउने गरि राखिएको ।

 

ला.औ.

१

बारा

 

जितपुर सिमरा उ.म.न.पा.८ ईम्लिप्रति स्थित फिल्डबाट बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको सुचना संकलनको टोली र इ.प्र.का.सिमराबाट प्र.ह.को कमाण्डमा संयुक्त रुपमा खटिएको टोलीले ऐ.८ लोसण्डा बस्ने अं.वर्ष ४५ को रामपुकार सहनीलाई २ वटा बोरामा गरी अं.२२ के.जी.लागु औषध गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।

 

२

सुनसरी

 

भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थित इप्रका लौकही र ला.औ.नि.ब्युरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको जि. धनकुटा छथर जोरपाटी गा.पा.१ बस्ने वर्ष २९ को दिलिप गजमेर (विश्वकर्मा) लाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ २३.३६ ग्राम, OPPO कम्पनीको मोवाईल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सुसनरीमा ल्याई थप अनुसन्धान भईरहेको ।

 

३

कास्की

 

जि.प्र.का. कास्कीबाट प्र.नि. राज कुमार कार्की (९८४११८५४४८) को कमाण्डमा र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलिले जिल्ला कास्की पोखरा म.न.पा. ८ प्रतिभा मार्ग स्थित निम्न मो.सा. हरुमा सवार निम्न मानिसहरुलाई शंका लागी निजहरु को शरीर खानतलासी गर्दा निजहरुले बोकेको पछाडी भिर्ने कालो खैरो रंगको झोला भित्र लुकाइ छिपाइ राखेको अवैध लागुऔषध tapantadol-१०० mg को १०५० ट्याब्लेट, निजहरुले प्रयोग गरेको मो.सा. र मोबाइल ५ थान सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की ल्याई राखेको, जि.प्र.का. कास्कीबाट अं. १ कि.मि. दक्षिण पर्ने, बि.बि. पछि । निम्न;- १) ग १७ प ७२३३ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ घारिकुलो बस्ने बर्ष २५ को राजेश ब. पौडेल । २) ऐ. मो.सा. पछाडि सवार जिल्ला चितवन घर भई हाल पोखरा ८ प्रतिभामार्ग बस्ने बर्ष २३ कि रोज कुँवर । ३) ग १४ प ३३५९ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा ७ पुरानो एयरपोर्ट बस्ने बर्ष २८ को मनोज रेग्मी । ४) ऐ. मो.सा. पछाडी सवार जिल्ला स्याङ्जा पुतलिबजार न.पा.२ घर भई हाल पोखरा १७ घारिकुलो बस्ने बर्ष २८ को राज ब. पौडेल ।

 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।