प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।०६ गते देखि ऐ. ८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-०८

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

कर्तव्य ज्यान

१.

रुपन्देही

बुटवल उ.म.न.पा.९ फाईनाईसचोक आईसिआई पथ स्थित गणेश पौडेलले संचालन गरेको हिमालय स्टोरको बाहिरपट्टि पेटीमा मागी खाई हिड्नेजस्तो देखिने अं.वर्ष ४५ को पुरुष व्यक्ति तन्नाले मुख छोपेको अवस्थामा मृत फेला परेको भनी प्रहरी बिट राजमार्ग चौराहामा जानकारी प्राप्त हुनासाथ व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, मृतकको साथमा जि.गुल्मी मालिका गा.पा.६ बस्ने वर्ष २९ को ज्योति वि.क.को नामको भोटर कार्ड समेत फेला परेको, विगत ४ वर्षदेखि ऐ.सैनामैना न.पा.६ रामापुर बस्ने वर्ष ३७ को बालकृष्ण न्यौपानेसँग बुटवल बजारको एरियामा कवाड संकलन गरी हिँड्ने भन्ने बुझिएकोले शंकास्पद निज बालकृष्ण न्यौपानेलाई इ.प्र.का.बुटवलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले ऐ.बुटवल उ.म.न.पा.७ श्रवण पथमा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले ढुङ्गा प्रहार गरी मारेको भनी स्वीकार गरेको ।

 

२.

कैलाली

 

थप अपडेट:-मिति २०८२।०३।०६ गतेको बिहान अ.०६:०० बजे, गौरीगंगा न.पा.०७ कैलाशपुर बस्ने लक्ष्मण नाथको श्रीमती बर्ष २५ को तुलसी नाथ आफ्नो घर नजिकै रहेको सडकको नालामा मृत अवश्थामा फेला परी आफन्तले घरको आँगनमा ल्याई राखेको खबर इ.प्र.का. मसुरिया कैलालीमा प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखी इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्र.ना.उ. को कमाण्डमा SOCO को टोली खटी गई ऐ. ११:०० बजेको समयमा घटनास्थल कार्य पुरा गरी लास पो.मा. को लागी से. १ च ४५७ नं. को एम्बुलेन्स द्वारा सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाएको, मृतकको सुत्ने कोठामा निजको १६ दिनको बच्चा रहेको, मृतकको श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको, ऐ. ०७ गते १९:०० बजे मृतक तुलसी नाथ लाई कर्तव्य गरी हत्या गर्ने मृतककै देवर बर्ष २० को नबिन नाथ लाई पक्राउ गरी निजको साथ बाट मृतकले कानमा लगाउने गरेको सुनको रिङ थान – ८ (आठ) वटा र चाँदीको रिङ थान – ४ (चार) वटा  निज नबिन नाथको साथ बाट रीतपूर्वक बरामद गरिएको  ।

 

ज.ज.क.

१.

झापा

 

मिति २०८२।०२।३१ गते अं. १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ डाँफे चौक स्थित सुन्दरलाल राजवंशीको चिया बगान स्थितमा सांकेतिक वतन ०४-१-११-छ बस्ने वर्ष १९ को सांकेतक नाम "A (081/082)" काका नाता पर्ने ऐ.बस्ने वर्ष १७ की सांकेतिक नाम "अं-१"लाई मिति २०८१।११।०३ गते अं. २३:०० बजेको समय देखी पटक पटक गरी अन्तिम पटक गरी ज.ज.क गरेको भनि मिति २०८२।०३।०५  गते अं.१९:०० बजे जि.प्र.का झापामा जाहेरी निवेदन दिइएको हुदाँ उक्त स्थानमा जि.प्र.का झापाबाट प्रसनि संजय माझीको कमाण्डमा प्रहरी खटि गई निज दुबै जनालाई नियन्त्रणमा लिई जिप्रका झापामा ल्याई सोधपुछ तथा अनुशन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान जिप्रका झापाबाट २ किमि दक्षिण पश्चिम ।

जानकारीको लागि –पीडित जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ सालमारा बस्ने बर्ष ३५ को संजय राजवंशीको छोरी वर्ष १७ की स्वास्तिका राजवंशी ।

पिडकः- ऐ. बस्ने सोमलाल राजवंशीको छोरा वर्ष १९ को अर्जुन राजवंशी ।

 

२.

प्यूठान

मिति २०८२।०२।२२ गते अं.०९:०० बजे अर्घाखाची सितगंगा न.पा. ७ घर भई जि.प्युठान सरुमारानि गा.पा.२ मैदान खारा स्थित मामा घर गएकी वर्ष ४ की बालिकालाई ऐ.बस्ने (कानुनको बिबादमा परेको बालक) वर्ष १३ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.०६ गते १९:१५ बजे,खबर प्राप्त हुनासाथ जि.प्र.का.प्युठानबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियनम्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको ।

 

धारिलो हतियार(खुकुरी) प्रहार

१.

मकवानपुर

हेटौडा उ.म.न.पा.७ हरीयाली बस्ने वर्ष ३२ को कृष्ण क्षेत्रीलाई सोही स्थान बस्ने वर्ष ४२ को मिन बहादुर लोप्चनले एक्कासी आई धारिलो हतियार(खुकुरी) प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट हरियालीबाट प्र.ह. र इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम,  कुटपिट गर्ने मिन बहादुर लोप्चन फरार खो.त. कार्य भईरहेको ।

 

सुन बरामद

१.

कास्की

पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि भारतबाट सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. पोखरा म.न.पा.२२ पुम्दी भुम्दीबाट भारत घर भएको अं. वर्ष ४९ को कुलदिप सिंह र जि. रुपन्देही तिलोत्तमा न.पा.५ बस्ने वर्ष ४७ को राम बहादुर बि.क.समेत २ जनालाई सुन जस्तो देखिने पहेँलो रङको धातुबाट बनेका पत्थर सहितको गरगहना (मुन्द्रा, मंगलसुत्र लगायत) अं.८२ तोला सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

 

हात हतियार बरामद

१.

झापा

मेचीनगर न.पा. वडा न.६ काँकरभिट्टा बसपार्क स्थित इ.प्र.का. काँकरभिट्टाकाबाट प्र.ना.उको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजांच गर्दा देश भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं. ३५ को जय प्रकाश कुमार पाठकलाई  WB 70 G 3232 नं.को गाडि सहित नियन्त्रणमा लिई इ.प्र.का काँकरभिट्टामा ल्याई चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी राखेको STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार १ थान र उक्त हतियारमा भएको म्याग्जिनमा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ थान दाव सहितको खुकुरी जम्मा २ थान फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI मोवाईल १ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

 

ला.औ.

१.

मकवानपुर

मनहरी गा.पा.९ रजैया स्थित पूर्व-पश्चिम सडकखण्डमा नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।०५ गते अं.२१:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. मनहरी गा.पा.९ स्थितमा रहेको ज्यामिरे कालिका सामुदायिक बनभित्र मानिसहरुको आवाज बोलेको जस्तो सुनि जंगलभित्र गई हेर्दा उक्त टोलीलाई देख्नासाथ मानिसहरू भागेको, निजहरुले पिठ्युमा बोकी लिई हिडेको प्लाष्टिकको दुई वटा बोराभित्र लुकाई छिपाई ल्याएको ला.औ.गाँजा.नियन्त्रणमा लिई नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरमा ल्याई राखेकोमा ऐ.०३।०६ गते १०.५० बजे इ.प्र.का.मनहरीमा ल्याई बुझाई तौल गर्दा ला.औ. गाँजा १२ के.जी.७७० ग्राम भएकोले थप अनुसन्धान कार्य भईरहेको ।

 

२.

झापा

 

काकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर न.पा.वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आई रहेको चालक जि. काठमाण्डौ म.न.पा. वडा नं.२६ बस्ने वर्ष २४ को निवेश कुँवरले चलाई लिई आई रहेको बा.प्रदेश ०१-०३० च ७७९३ नं.को नेटाकम्पनीको ब्लु रंगको कार रोकी चेक जाँच गर्ने क्रममा चालक निवेश कुँवरले कालो प्लाष्टिकमा प्याक गरि चालकबस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याई रहेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेकोले उक्त लागू औषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई तत्कालै मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ५१ (एकाउन्न) ग्राम ९९० (नौ सय नब्बे) मिली ग्राम रप्लाष्टिकं बाहेक ४७ (सडचालिस) ग्राम ६९० (छ सय नब्बे) मिलि ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिनेलिसाइलो पदार्थ र कारलाई नियमानुसार बरामद गरि कार चालक निवेश कुँवर र कारमा सवार जि.लमजुङ कोलासोतार गा.पा.वडा नं.७ बस्ने वर्ष २२ की नोजिना रानामगरलाई समेत नियन्त्रणमा लिई जि.प्र.का. झापामा ल्याई थप अनुसन्धान भई रहेको।

 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।