प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।१३ गते देखि ऐ. १५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-१५

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

बच्ची मृत अबस्थामा फेला परेको (फुटकर ज्यान)

१

मोरङ

धनपालथान गापा ०५ बबिया बस्ने अक्षय सरदारको छोरी बर्ष अं. ५ की  बच्ची  आत्तिका सरदार हराएको भन्ने खबर आफ्न्तले ऐ.५;०० बजेको समयमा प्रचौ कर्सियामा जानकारी गराउन साथ प्रचौ कर्सियाबाट प्रनानि सुर्य बहादुर बस्नेतको कमाण्डमा प्रहरी टोलि खो. त गर्ने क्रममा ऐ.५ श्री दुर्गा अधारभुत बिधालयको बाहिर पट्टि बाटोको छेउमा निज बच्ची आत्तिका सरदार मृत अबस्थामा फेला पारी  घटना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानुनि प्रकियाको लागि प्रनि समेतको प्रहरी टोलि खटि गएको, ऐ. ०८;५५ बजे सम्पुर्ण कानुनी प्रकृया पुरा गरी लाश पो.मा.को लागि कोशि अस्पताल बिराटनगर तर्फ पठाइएको । इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।१४ गते अं.१२:३५ बजे ऐ. धनपालथान गा.पा.५ बस्ने अं.वर्ष २१ को अनिस सरदार (मृतकको काका) लाई नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा ल्याई आ.अ.भईरहेको ।

 

ज.ज.क./ज.ज.क.उद्योग

२

सप्तरी

सुरुङगा न.पा. ११ बस्ने अं. वर्ष ३५ की महिलालाई जि.सप्तरी बलान बिहुल गा.पा.१ बलान पटि टोल बस्ने अं.वर्ष ५० को चन्देश्वर सदा र ऐ.बस्ने अं.वर्ष ४५ को रामदेव सदाले निजलाई ज.ज.क.गरी दुबै जना फरार भएको भनी निज पीडितले जानकारी गराएकोमा ज.ज.क. गर्ने दुबै जनालाई स्थानीयहरुले नियन्त्रणमा लिई सामान्य कुटपिट गरी प्र.चौ. धाँतिमा ऐ. १०:०० बजे जानकारी गराउन साथ  प्र.स.नि.  र इ.प्र.का कडरबोनाबाट प्र.नि. को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का कडरबोना  ल्याई राखेको,

 

कर्तव्य ज्यान

२

मकवानपुर

बागमती गा.पा.९ बेतिनी स्थितमा ऐ.बस्ने अं.वर्ष ५७ को राम ब.वाईवालाई ऐ.बागमती गा.पा.९ बेतिनी स्थितमा रहेको बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी जि.बारा निजगढ न.पा.३ सिंगोल बस्ने अं.वर्ष ३५ को कुमार थापाले धारिलो हतियार खुर्पाले प्रहार गरी गम्भीर घाईते बनाएको र खुर्पा प्रहार गर्ने ब्यक्तीले नजिक कोही आए मार्छु भनी सोही स्थानमा बसेको भनी ऐ.०६:३० बजे इ.प्र.का.फापरबवारीमा जानकारी प्राप्त हुनासाथबाट प्र.स.ह.को कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा घटनास्थलमा बेतिनी स्वास्थ्य चौकीबाट आएका स्वास्थ्यकर्मीले ऐ.०७:४५ बजे मृत घोषणा गरेको, शव घटनास्थलमा नै रहेको, खुर्पा प्रहर गर्ने कुमार थापा प्रहरीको नियन्त्रणमा रहेको ।

 

३

सिरहा

थप अपडेट:- मिति २०८२।०३।०८ गते २२:३० बजे कल्याणपुर न.पा.८ छोटकी मझाउ टोल बस्ने भरोसी दासको श्रीमती अं.वर्ष ३५ की बबिता देवी दास निजकै सासु आमा अं.वर्ष ५० की माया देवी दास बीच घरायसी बिवाद हुँदा ऐ.बस्ने छिमेकी अं.वर्ष ४० को बिरेन यादबले गई सोधपुछ गर्दा बिरेन यादब र बबिता देवी दास बिच पुन: विवाद भई बबिता देवी दासको ढाड, पिठ्युँमा भित्री चोट लागी मनकामना अस्पताल मिर्चैया पठाइएकोमा ऐ.१० गते ०९:०० बजे उपचार पश्चात डिस्चार्ज भएको, निजको सासुआमा माया देवी दासको शरीरको विभिन्न भागमा भित्री चोट लागी मनकामना अस्पताल मिर्चैयामा सामान्य उपचार पश्चत थप उपचारको लागि साई ट्रमा अस्पताल मुजेलिया जनकपुर हुँदै ऐ.१३ गते १७:०० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रिफर भई उपचार भइरहेकोमा ऐ.२३:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, बिरेन यादब सामान्य घाइते भएकोमा मंगलम अस्पताल मिर्चैयामा उपचार पश्चात डिस्चार्ज भई प्रहरीको नियन्त्रणमा रहेको, उक्त स्थानमा इ.प्र.का.कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, ।

 

ला.औ.

१

बारा

परवानिपुर गा.पा.५ बहुअरी स्थितमा बिशेष सुचनाको अधारमा जि.प्र.का.बाराबाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का.सिमराबाट खटिएको संयुक्त टोलीले हेटौडाबाट बाराको गण्डक तर्फ आउदै गरेको प्र.३-०१-०२४ च.४६३० नं.को पिकप गाडिलाई रोकी चेकजाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र लुकाई छिपाई ल्याउदै गरेको अं.२१२ किलो ९२८ ग्राम ला.औ.गाँजा फेला पारी उक्त ला.औ.गाँजा, पिकअप गाडी र पिकअप गाडी चालक जि.मकवानपुर थाहा न.पा.४ पालुङ बस्ने अं.वर्ष २८ को रबि कार्की समेत ४ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनी रखी आ.अ.भइरहेको ।

 

२

सुनसरी

बराहक्षेत्र न.पा.०५ तिनकुने स्थितमा प्र.चौ. भरौलबाट प्र.स.नि. को कमाण्डमा खटिगएको  टोलीले धरान बाट कालाबन्जार तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई शंका लागी चेकजाँच गर्दा उक्त टाटा कम्पनिको नानो कारमा लुकाई छिपाई ल्याउदै गरेको ६ वटा कालो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित तौल गर्दा १२२ के.जि. र प्लाष्टिक बाहेक १२० के.जि. लागू औषध गाँजा फेला परेकोले  । कार चालक  जि. मोरङ महानगरपालिका ०४ इक्राही बस्ने वर्ष-२६ को धिरज गोसाई र सोही कारमा सवार जि.मोराङ जहदा गा.पा.०७ बस्ने वर्ष-२२ को बिकास यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी इप्रका महेन्द्रनगर सुनसरीमा ल्याई राखिएको

 

३

मोरङ

रतुवामाई न.पा.१ कुटुमगंज स्थितमा इ.प्र.का.सिजुवाबाट प्र.ना.नि.र श्री सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वरडंगाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे.६ प ९६१२ नं.को मो.सा.मा सवार २ जना मानिसहरू माथि शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक जि. मोरङ रतुवामाई न.पा.४ बस्ने वर्ष ३५ को रंजित शर्माको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४२ ग्राम ३६० मिलिग्राम र शुद्ध तौल ४१ ग्राम ८१० मिलिग्राम फेला परेको, सोही मो.सा.मा पछाडी सवार ऐ. बस्ने वर्ष ३० को रोम बहादुर राजबंशीलाई समेत नियन्त्रणमा लिई निजहरु दुवै जना र मो.सा.नियन्त्रणमा लिई इ.प्र.का.सिजुवामा राखी थप अनुसन्धान कार्य भई रहेको, ।

 

४

बारा

पचरौता न.पा.७ धर्मनगर गाँउबाट २०० मिटर पश्चिम स्थित आपको बगैचामा प्र.चौ.पिपरपातीबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले धर्मनगरबाट भारततर्फ जाँदै गरेको BR 05 BE 9686 न.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.मा सवार भारत बिहार मोतिहारी बस्ने वर्ष २२ को अनरजित कुमार सहनी समेत २ जनाको साथबाट बोरामा अं.४ kg लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.र मो.सा.लाई दुवै जनालाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.सिम्रौनगढ पठाइएको,

 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।