प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।२० गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-२२

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

कर्तव्य ज्यान

१.

भोजपुर

रामप्रसादराई गा.पा.१ हुर्बु भञ्ज्याङ स्थितबाट जि.भोजपुर भोजपुर न.पा.२ हेलौछा घर बताउने हर्क बहादुर राईको छोरा अ.वर्ष ३० को राजेन्द्र राईले मान्छे मारेको छु मलाई समात्न आउनु भनि ऐ.०१:१५ बजे टेलिफोन मार्फत जि.प्र.का.भोजपुरमा जानकारी गराउनासाथ अ.प्र.चौ.ओख्रेबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटी गई हेर्दा निज राजेन्द्र राईको पेटमा ३ ठाँउमा धारीलो हतियारले रोपिएको जस्तो चोट रहेको अवस्थामा फेला परेको हुदा निजलाई उपचारको लागी स्थानिय स्वास्थ्य क्लिनिकमा लगी उपचार भईरहेको अवस्था गम्भीर रहेको,निज घाईते संग बुझ्दा ऐ.२३:०० बजे जि.भोजपुर रामप्रसादराई गा.पा.२ धोत्लेखानीस्थित ससुराली घरमा सासु आमाले धारिलो हतियार चक्कु प्रहार गरे पछि मैले मेरो सासु,ससुरा,सालो र श्रीमतीलाई चक्कु प्रहार गरी मारी दिए भनि भनेको ऐ०३:५० बजे अ.प्र.चौ.ओख्रेबाट खटिएको प्र.ह.को कमाण्डमा टोली जि.भोजपुर रामप्रसादराई गा.पा.२ धोत्लेखानीस्थित ससुराली घरमा पुगेको हर्दा घर कोठाभित्र एउटै कोठामा ४ वटा शव निजको ससुरा जि.भोजपुर रामप्रसादराई गा.पा.-२ धोत्लेखानी बस्ने बर्ष अं. ६८ बेल बहादुर गिरी, निजको सासु ऐ.बस्ने अं.वर्ष ४५ की मन्जु गिरी, निजको श्रीमती  ऐ.बस्ने अं.वर्ष १५ की मनिषा गिरी र निजको सालो ऐ. बस्ने अं.वर्ष ९ को श्रवन गिरी समेत चारै शव फेला परेको हुदा अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ई.प्र.का.घोडाटरबाट प्र.नि.को कमाण्डमा टोली र जि.प्र.का.बाट सोको टोलीसमेत त्यसतर्फ खटिएको र निज घाईते राजेन्द्र राईलाई थप उपचारको लागी २ जना प्र.क.को साथ लगाई जिल्ला अस्पताल भोजपुर पठाईएको, अवस्था गम्भीर,अन्य आ.अ.भईरहेको ।

 

२.

बाँके

बैजनाथ गा.पा. २ मकैबारी बस्ने वर्ष ६० को टोप बहादुर रोकायलाई निजको छोरा अं.वर्ष ३२ को भुपेन्द्र रोकाय ( मानसिक सन्तुलन ठिक नभएको भन्ने बुझिएको) ले आफ्नै घर आँगनमा सहोदर बुबालाई दाउराले टाउकोमा हानी घटनास्थलमा नै मारी फरार भएको भनि ऐ.२०:४५ बजे स्थानियले इ.प्र.का.बनकटवामा जानकारी गराउनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा र इ.प्र.का. चिसापानीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.ना.उ.को कमाण्डमा ११ जना र प्र.नि.को कमाण्डमा टोली खटी गएको, शब घटनास्थलमा नै रहेको, निज भुपेन्द्र रोकायको खो.त.भईरहेको, थप अनुसन्धानको लागि ऐ. २२:०५ बजे प्रदेश प्रहरी कार्यालय कर्णाली (हाल कोहलपुर बाँके)बाट प्र.ना.नि.को कमाण्डमा Dog सहित ४ जनाको टोली खटी गई शवको कानुनी प्रकृया इरा गरी पो.मा.को लागि भरी अस्पताल नेपालगंज पठाईएको ।

 

ज.ज.क.

१.

डडेल्धुरा

मिति २०८२।०३।१८ गते १५:०० बजे परशुराम न.पा.८ जम्रानी गैरी गाँउ बस्ने वर्ष १२ की बालिकालाई छिमेकी तारा सिंह ठगुन्नाको घर पछाडि गएको समयमा ऐ.बस्ने वर्ष ५० को लक्ष्मण बहादुर धामीले ज.ज.क. गरेको भनी पीडितको बुवाले ऐ.२१ गते १४:०० बजे इ.प्र.का.जोगबुढामा निवेदन दिए प्र.नि.को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण पश्चात जि.प्र.का.पठाएको, पीडितको अवस्था सामान्य ।

 

 

मोरङ

सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष ११ की बालिकालाई मिति २०८२/०२/०३ गते अं. १३:३० बजे ऐ.बस्ने वर्ष २९ को बिवेक भन्ने बिवस सार्कीले बालबालिका सम्बन्धि कसुर बाल यौन दुर्व्यबहार गरेको भनि ऐ.२० गते अं.०९:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.ना.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भईरहेको ।

 

 

प्युठान

स्वर्गद्वारी न.पा.९ धापखोला बस्ने वर्ष ९ की बालिका (शारिरीक रुपमा ख वर्गको अपाङ्ग)लाई मिति २०८२।०३।१७ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को बालकले  घरमा कोही नभएको मौका छोपी सुतिरहेको अवस्थामा निजको घरमा गई ज.ज.क.गरेको भन्ने खबर ऐ. ०३।२० गते १२:०० बजे प्राप्त हुनासाथ अ.प्र.पो.लामाचौरबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको ।

 

धारीलो हतियार (छुरा) प्रहार

१.

धनकुटा

धनकुटा न.पा.९ मुलघाट बजार बस्ने वर्ष ४५ को सनम सुब्बा र निजको श्रीमती अं.वर्ष ४० की माया राई विच घरायसी विवाद हुदा श्रीमती वर्ष ४० की माया राईले निजको श्रीमान सनम सुब्बालाई मलद्धारमा छुराले प्रहार गरी घाईते बनाएको, उक्त स्थानमा प्र.चौ. मुलघाटबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई छुरा प्रहार गर्ने वर्ष ४० की माया राई र छुरालाई नियन्त्रणमा लिई प्र.चौ.मुलघाट धनकुटामा ल्याई राखी आवश्यक कार्वाहिको लागी जि.प्र.का.धनकुटापठाइएको ,निज घाईतेको अवस्था गम्भीर रहेको, घाईतेलाई उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको ।

 

सुधार केन्द्रबाट केटाहरू भागेको

१.

कैलाली

गोदावरी न.पा.०१ भरतपुर स्थित जिल्ला कैलालि टिकापुर न.पा.०१ बस्ने बर्ष ३५ को बिमल कुमार भट्टले संचालन गरेको उग्रतारा सुधार केन्द्रमा रहेका ८४ जना मध्ये  २२जना केटाहरू सोहि केन्द्रमा वाडेनको रुपमा कार्यरत जिल्ला कैलालि टिकापुर न.पा.०१ बस्ने बर्ष ४८को भरत शाहको दुबै हात पछाडि समाति,आँखामा धुलो दलि  सोहि केन्द्रको पश्चिम दक्षिण तर्फको दिवाल भत्काई भागि फरार भएका भनि जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाणडमा टोली खटी गएको,भाग्ने केटाहरूको  बारेमा बुझ्ने कार्य भईरहेको ।

 

ला.औ.

१.

सुर्खेत

वीरेन्द्रनगर न.पा. ५ रातोपुल स्थित ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका प्र.स.नि. कृष्ण चन्द र जि.प्र.का. सुर्खेतबाट खटिएका प्र.स.नि. दिपक शाही सहितको संयुक्त प्रहरी टोलीले जिल्ला कालिकोट पलाता गा.पा. ०२ घर भई हाल जिल्ला सुर्खेत वि.न.पा. ५ बस्ने बर्ष ३९ को पदम बहादुर बम लाई शंका लागि चेकजाच गर्ने क्रममा निजको साथबाट १ पोका ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ ग्राम ७०० मिलि ग्राम ला.औ. र एक थान Redmi मोवाईल सहित निजलाई  नियन्त्रणमा ल्याएको।

 

 

धनकुटा

साँगुरीगढी गा.पा.६ भेडेटार चौक स्थित कोशी लोक मार्गमा  इ.प्र.का.भेडेटार धनकुटाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको चेकिङ् टोलीले तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको ना ४ ख ६३१८ न.को  यात्रुवाहक बस रोकी चेकजाँच गर्दा बसमा सवार ऐ. पाख्रिवास न.पा.८ बस्ने वर्ष ४६ को भिम बहादुर राई माथि संका लागी चेकजाँच गर्दा निज बसेको सिट मुनि लुकाई छिपाई राखेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा अं.७ के.जि.फेला परी ला.औ.गाँजा र निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनकुटामा ल्याई राखिएको,बस यात्रु लिई गन्तब्य तर्फ गएको

 

 

सुनसरी

भोक्राहा नरसिंह गा.पा. ६ ढलान रोड स्थित सडक खण्डमा लागु औषध ओसार पसार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही प्र.व.ना.नि. र ला.औ.नि.ब्युरो बिराटनगरवाट  प्र.ह. को कमाण्डमा खटी गएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा को ३३ प २९२ नम्बरको मो.सा. मा जि. सुनसरी ईटहरी उ.म.न.पा. १७ पकली बस्ने वर्ष २४ को बलराम चौधरी र ऐ.वडा नं.१९ वस्ने वर्ष ३२ को अरविन्द्र भण्डारीलाई शंका लागि निजहरुको शरीर रितपुर्वक खानतलासी गर्ने क्रममा मो.सा. चालक वर्ष २४ को बलराम चौधरीले  लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १४ ग्राम ३० मिलिग्राम  र प्लाष्टिक वाहेक १२ ग्राम ३००मिलिग्राम फेला पारी निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई राखिएको घटना स्थल इ.प्र.का.लौकहीबाट अ.३ कि.मि. दक्षिण पर्ने ।

 

सम्बन्धित समाचार
मिति २०८३।०३।२५ गते ०५:०० बजे देखि २०८३।०३।२६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२६

कर्तव्य ज्यान,खोटाङ, दिप्रुङ चुईचुम्मा गा.पा.१ मोरिया याम्खा बस्ने वर्ष ३५ को धुर्ब अधिकारी आपसी लेनदेनको विषयमा ऐ. बस्ने वर्ष ५३ को तिलक बहादुर मग्रातीको घरमा गई कुराकानी गर्दा निजहरूबीच अचानक विवाद सिर्जना हुँदा निज तिलक ब. मग्रातीले धुर्ब अधिकारीलाई टाउकोमा धारिलो हतियार (खुकुरी) प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटि गई कानूनी प्रकृया पुरा गरी ऐ.१९:०० बजे शव पो.मा.को लागि जिल्ला अस्पताल खोटाङ दिक्तेल पठाईएको, घटनामा संलग्न तिलक बहादुर मग्रातीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । झापा, दमक न.पा. २ हिमालय मा.बि स्कुल छेउमा भारत लखनउ बस्ने अन्दाजी बर्ष ३५/३६ को साहिल कान्त र ऐ. बस्ने मो. सोनु भन्ने र सहवाज हुसेन बिच के कुन कारण के कुन समयमा झै झगडा भई चक्कु प्रहार हुँदा निज साहिल कान्तको घाँटीमा गम्भिर चोट लागेको भन्ने खबर अन्दाजी ०५:३० बजेको समयमा इ.प्र.का. दमकमा खबर प्राप्त हुनासाथ तत्काल प्र.स.नि.को कमाण्डमा टोलि खटि गई घाईते लाई उपचारको लागी दमक अस्पताल पठाईएकोमा उपचारको क्रमममा ऐ.०६:३० बजे मृत्यु भएको, चक्कु प्रहार गर्नेको खोजतलास  भईरहेको, थप अनुसन्धानको लागी इ.प्र.का. दमकबाट प्र.नि.को कमाण्डमा टोलि खटि गएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,कैलाली, बर्दगोरिया गा.पा.६, पृथ्विपुर बस्ने वर्ष १६ की बालिकालाई ऐ.जोशिपुर गा.पा.-१, जोशिपुर स्थित महोत्सव मेला हेरी ऐ. ०३।२४ गते अं. ००:०० बजे घर फर्कने क्रममा सोही महोत्सव मेलामा सामान्य चिनजान भएका ऐ.बर्दगोरिया गा.पा.६, जगतपुर बस्ने अं.वर्ष २३ को समिर डगौराले घरमा छोडिदिन्छु भनि मो.सा.मा लिई आएकोमा, ऐ. जोशिपुर गा.पा.-२ मुद्दा स्थित जोशिपुर देखि सडकपुर बौनिया जाने सडक-खण्डमा रहेको मानिस नबस्ने घरमा लगि ज.ज.क. गरेको भनि ऐ. ०३।२५ गते १२:१५ बजे इ.प्र.का. भजनीमा आवश्यक कारबाही गरी पाऊँ भनि जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का. जोशिपुरबाट प्र.व.ना.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको । धादिङ, मिति २०८३।०३।२३ गते दिनको अं.१३:०० बजेको समयमा जिल्ला धादिङ नीलकण्ठ न.पा. ९ सातदोबाटो स्थितमा ऐ.ऐ.बस्ने बर्ष अं.५३ को राम भन्ने नर बहादुर लम्सालले ऐ.ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.गरेको भनि पिडितको आमाले ऐ.२५ गते १८:३० बजे जि.प्र.का.धादिङमा जाहेरी दिए पश्‍चात जि.प्र.का.धादिङबाट प्र.नि. को कमाण्डमा टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । आत्मदाह घाईते (आत्महत्या मृत्यु /घाइते),काठमाण्डौं, का.म.न.पा.११ त्रिपरेश्वर स्थित राहदानी विभागको ३ नं. गेटमा पार्किङ गरी राखिएको बा.प्र.०२-०६४ प ३२५० नं. पल्सर मो.सा.मा काठमाण्डौं महानगरपालिकाबाट खटिएको प्रहरी टोलिले ह्विल लक लगाएको भनि जि.मुगु सोरू गा.पा.१ घर भई हाल जि.भक्तपुर बस्ने वर्ष २५ को गणेश नेपालीले उक्त आफ्नै मो.सा.बाट पेट्रोल निकाली आफ्नै शरीरमा आगो लगाई अशक्त भई उपचारको लागि प्र.ह. विकास बुढाथोकीले बा.२ ज १५८० नं. को ट्याक्सीमा राखी उपचारको लागि वीर अस्पताल लगेको, शरीरको विभिन्न भाग जलेको, अवस्था गम्भीर, निजको श्रीमतीसँग समन्वय भईसकेको, आगो लगाउनुको कारण काठमाण्डौ महानगरपालिकाबाट खटिएको प्रहरी टोलीले ह्विल लक लगाएको भन्ने बुझिएको, थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गएको, ऐ. १७:५० बजे I.C.U. मा भर्ना गरी उपचार भईरहेको, निज पठाउ गर्न भनि बिहान घरबाट निस्केको भन्ने बुझिएको साथै निजको शरिरको ६५% जलेको भन्ने डा.बाट जानकारी प्राप्त भएको, मो.सा. महानगर प्रहरीले बगिखाना लागि राखेको, उपचारमा मदन नेपाली भाई ९८४८३२१५३६ । श्रीमती;- एकमाया नेपाली ९७६८ ५१७५०६ संलग्न रहेको ।   ला.औ.,दाङ, गोप्य सूचनाको आधारमा इ.प्र.का. गढवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले  गढवा गा.पा. ५ बाँकी बस्ने बर्ष २८ को शिव कुमार यादवको घरमा लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ४३.६३ के.जि.लागु औषध गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  सिरहा, धनगढिमाई न.पा.१० धनगढी बजार स्थित ला.औ.ओसारपोसार भईरहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का. धनगढीबाट प्र.ना.नि. को टोलि खटि गई चेकजाँच गर्दा बरियारपट्टीबाट लहान तर्फ आउँदै गरेको म.प्र. ०१-००६ प २५९५ नं. को मो.सा. चालक ऐ. लहान न.पा. १३ बस्ने वर्ष २२ को दिपक कुमार महत्तो र सोही मो.सा. पछाडि सवार धनगढिमाई न.पा. १२ बस्ने वर्ष १९ को राजाराम यादवलाई चेकजाँच गर्दा मो.सा. चालक दिपक कुमार महत्तोको पाइन्टको दाहिने खल्तिमा कालो प्लाष्टिकमा बेरिएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ ५.६१० ग्राम फेला पारी निजहरूलाई ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. लहानमा राखी थप अनुसन्धान भइरहेको 

मिति २०८३।०३।२४ गते ०५:०० बजे देखि २०८३।०३।२५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२५

कर्तव्य ज्यान,ललितपुर, ललितपुर म.न.पा.-१७ ग्वार्को स्थित जि. चितवन घर भई हाल वतन नखुलेको अं. वर्ष २३ को अशोक सुवेदीलाई ३/४ जनाको अपरिचित व्यक्तिले कुटपिट गरी घाईते हुँदा उपचारको लागि स्थानीय ट्याक्सी चालक मंगलदास तितुङले ऐ. २०:०० बजे क्रिष्ट अस्पताल ल्याई उपचार भईरहेकोमा मिति ऐ. २५ गते ०३:२२ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी अस्पतालबाट खबर प्राप्त भएको, आफन्त सम्पर्कमा नआएको,। ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, हेटौंडा उ.म.न.पा.-१८ फुर्केचौर स्थित गणतान्त्रिक चोक नजिक बस्ने अं. वर्ष १७ को करण वि.क. (बालक) र ऐ. बस्ने अं. वर्ष ८ को जेनस चौलागाईं (बालक) लाई माछा मार्न जाने क्रममा ऐ. स्थित घरदेखी अं. १ कि.मि. उत्तर तर्फ रहेको जङ्गलमा निज करण वि.क.ले जेनस चौलागाईंलाई मलद्धारमा करणी गरेको, हाल घर वतन एरियामा रहेको जेनस पक्षका आफन्तले करण वि.क.लाई कुटपिट गरी अचेत बनाएको भन्ने खबर ऐ. १८ नं. वडाका वडा अध्यक्ष मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ. ठूलोदमारबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई अचेत रहेको घाइते, पीडित बालकलाई (स्वास्थ्य अवस्था सामान्य रहेको) उपचारका लागि हेटौंडा अस्पताल पठाईएको, उपचारमा घाइतेको दाजु साजन वि.क. संलग्न रहेको, । धादिङ, गजुरी गाउँपालिका वडा नं. १ उज्यालो गाँउ बस्ने राजु परियारको छोरा बर्ष अं.२२ को सुमित परियारले ऐ.ऐ.बस्ने जाहेरवाला परिवर्तित नाम जिल्ला २४ गजुरी (७८) ०८२/०८३ को छोरी परिवर्तित नाम पिडित बर्ष १३ कि जिल्ला २४ गजुरी (८०) ०८२/८३ लाई निज पिडितकै घरमा पिडितलाई करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको भनि आज मिति २०८३।०३।२४ गते अं.१८:०० बजे इलाका प्रहरी कार्यालय गजुरीमा जाहेरी दरखास्त सहित उपस्थित भएकोले निज प्रतिवादी लाई इलाका प्रहरी कार्यालय गजुरीबाट प्र.स.नि.दिनेश मण्डल (८४१३८९७७०) को कमाण्डमा प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा निज लाई जिल्ला धादिङ गजुरी गाउँपालिका वडा नं. १ उज्यालो गाँउमा फेला पारी इ.प्र.का.गजुरीमा ल्याईएको । झै-झगडा तथा कुटपिट,बर्दिया, गेरुवा गा.पा.-२ मिलपुर बस्ने अं. वर्ष ४२ को मिने रावल र ऐ. १ थापापुर बस्ने अं. वर्ष २२ को पंकज थारु ऐ. २ झिलमिल चौराह स्थितमा रहेको राम बहादुर चौधरीको कर्णाली किराना तथा मदिरा पसलमा बसि खाईरहेको अवस्थामा ऐ. २ सिंगाही बस्ने अं. वर्ष २६ को शिरिष खत्री उक्त पसलमा आई एक्कासी बियरको बोतलले पंकज थारू र मिने रावललाई प्रहार गर्दा मिने रावलको टाउकोमा र पंकज थारुको घाँटीमा चोट लागि नेपालगंज तर्फ लगिएको भनि ऐ.२२:०० बजे इ.प्र.का.पाताभारमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटि गएको, कुटपिट गर्ने व्यक्ति फरार रहेको, खो.त.भईरहेको, दुबै घाईतेको अवस्था गम्भीर रहेको, । गोली प्रहार,सर्लाही, लालबन्दी न.पा.७ स्थित गोल्डेन आईडल स्कुल नजिक गोली प्रहार भएको भनि खबर ऐ. २१:३० बजे जि.प्र.का. सर्लाही कन्ट्रोलबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. लालबन्दीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा डुमडुमे मन्दिरको बाटो हुँदै आफ्नो घर तर्फ मो.सा.मा जाँदै गरेको ऐ. ९ बस्तिपुर बस्ने अं. वर्ष ३१ को डोर प्रसाद सापकोटा र मो.सा. पछाडी सवार निजको भाई अं.वर्ष २९ को भुवन सापकोटाको मो.सा.लाई नं. नखुलेको एउटै मो.सा.मा तीन जना सवार भई तीनै जनाले माक्स लगाएको र एक जनाले हेल्मेट पनि लागाएको अज्ञात समूहले निजहरुलाई ओभरटेक गरी मो.सा. रोकी लुटपाट गर्न खोज्दा डोर प्रसाद सापकोटा र भुवन सापकोटा समेतले आक्रमणकारीलाई ढुंगा प्रहार गर्दा निजहरुले २ राउण्ड गोली प्रहार गरी मो.सा. सहित गोल्डेन आईडल स्कुलबाट गल्लीको बाटो हुँदै पुनर्बास तर्फ भागि फरार रहेको भन्ने बुझिएको, मानवीय क्षेति नभएको, निजहरुको खो.त.कार्य भईरहेको । ला.औ.,मोरङ, विराटनगर म.न.पा. १८ भेडीयारी स्थित अ.प्र.पोष्ट भेडीयारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले विराटनगरबाट भेडीयारी तर्फ २ जना सवार भई जाँदै गरेको BR50AL 3687 नं. को मो.सा. छाडी भाग्ने क्रममा, मो.सा.मा पछाडि सवार देश भारत, जिल्ला सुपौल, गनौरा पञ्चायत ०५, गनौरा थाना बस्ने वर्ष ४१ को शिवधर यादवलाई नियन्त्रणमा लिई निजले बोकेको झोला चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. गाँजा ६ किलो १३० ग्राम फेला पारी बरामद गरी निज शिवधर यादव र उक्त नं. को मो.सा.लाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको, मो.सा. चालक विराटनगर म.न.पा. १८ बस्ने मन्जित कुमार यादव नजिकै रहेको पोखरीमा पसेको भनी स्थानीयबाट जानकारी प्राप्त भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य भइरहेको, साथै निजको आफन्त उक्त स्थानमा आई विवाद गरिरहेकोले इ.प्र.का. रानीबाट प्र.नि.को कमाण्डमा २५ जनाको टोली र स.प्र.बल नेपाल बिओपी जहदा भुटाहाबाट स.प्र.नि.को कमाण्डमा ७ जनाको टोली गई निजको खोजी तथा सम्झाई बुझाई गर्ने कार्य भइरहेको, ऐ. १४:१० बजे जि.प्र.का.बाट प्र.ना.उ., व.प्र.का. विराटनगरबाट प्र.ना.उ.को टोली र स.प्र.बल नेपाल बिओपी नोचा, बिओपी तारेगामा, बिओपी मधुमल्लाबाट स.प्र.स.नि.को कमाण्डमा DM (गोताखोर) ७ जनाको टोली आई उक्त पोखरीमा खोजी तथा उद्धार गर्ने कार्य भइरहेको, ।  काठमाण्डौ, मिति २०८३।०३।२४ गते अ.२१:३० बजे जि. सिन्धुली मोरङ गा.पा. ६ स्थायी घर भई का.म.न.पा. ३२ नरेफाट फार्मेसी नजिक डेरा गरी बस्ने वर्ष ५० कि कोमल माया पाख्रिन बस्ने डेरामा शंका लागी प्रभाग कोटेश्‍वरबाट प्र.नि. अर्जुन कुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले कानुनी रित पुर्‍याई चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको २२ किलो गाँजा र नगद रु. ८,५०० फेला पारी निजलाई समेत नियन्त्रणमा लिई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको,

मिति २०८३।०३।२३ गते ०५:०० बजे देखि २०८३।०३।२४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२४

कर्तव्य ज्यान,रौतहट, ईशनाथ न.पा.३ औरैया स्थित ऐ.बस्ने अं.वर्ष ८० को राम बहादुर साह, निजको छोरी ज्वाई अं.वर्ष ६० को बुटन साह र ऐ.बस्ने अं.वर्ष ६३ को रामाऔतार साह, निजको छोरा अं.वर्ष २६ को राम महेश्वर साह बिच जग्गाको विषयमा झै-झगडा तथा कुटपिट हुँदा राम महेश्वर साहले बुटन साहलाई चक्कु प्रहार गर्दा निजको पछाडी पिठ्युमा काटी घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा उपचारको क्रममा ऐ.२१:०५ बजे निजको मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, राम बहादुर साहलाई टाउकोमा चोट लागी घाईते भई स्थानीय मेडिकलमा उपचार भईरहेको, अवस्था सामान्य, घट्ना स्थलमा जि.प्र.का.रौतहटबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गएको, चक्कु प्रहार तथा झै-झगडा गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क., उद्योग, बाल यौन दुर्व्यवहार,मुस्ताङ, मिति २०८३।०३।२१ गते अं.२३:३० बजे थासाङ गा.पा.१ टुकुचे बस्ने वर्ष २३ की महिलालाई निजकै घर कोठामा जि. रोल्पा थवाङ गा.पा..५ स्थायी घर भई हाल थासाङ गा.पा.१ टुकुचे स्थित ज्याला मजदुरी काम गरी बस्ने वर्ष १९ को रास कुमार पुन मगरले जवरजस्ती करणी गरेको भनि पीडितले मिति २०८३।०३।२३ गते १०:०० बजे प्रहरीलाई खबर गर्नासाथ जि.प्र.बाट प्र.नि.का.को कमाण्डमा टोलि खटि गई रास कुमार पुन मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । हा.ह.बरामद,सुनसरी, गढी गा.पा.१ मदेली झण्डा चोक स्थितमा अ.प्र.चौ.चाँदबेलाबाट प्र.स.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलि गस्ति गर्दै जाने क्रममा पैदल यात्री जिल्ला मोरङ बिराटनगर म.न.पा.१७ रानी बस्ती बस्ने अ.वर्ष ५१को नुर महोमद र ऐ.८ असोक चोक बस्ने वर्ष ३२ को इम्रान खानलाई शंका लागी चेकजाँच गर्दा निज नुर महोमद खानको साथबाट चाइनिज पेस्तोल थान १ र ऐ.को गोली राउण्ड थान ३ (लोड) फेला पारी बरामद गरी उक्त हा.ह.सहित दुबै जनालाई  नियन्त्रणमा लिइ ई.प्र.का. दुहवीमा राखी थप अनुसन्धान भईरहेको । नक्कली जस्तो देखिने नोट (भारु) सहित मानिस नियन्त्रणमा,कपिलवस्तु, शिवराज न.पा.१ शिवपुर स्थित रहेको होटेल हाइपरमा खाजा खाई बिल तिर्दा नक्कली भारू नोट दिएको भनि खबर प्राप्त हुनासाथ व.प्र.का. चन्द्रौटाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई देश भारत बलरामपुर जिल्ला पचपडेवा बस्ने वर्ष २० को कार्तीक गुप्तालाई सोधपुछ तथा चेकजाँच गर्दा निजको साथबाट नक्कली जस्तो देखिने भारतीय रूपैयाँ ५००।- पाँच सय दरको नोट ६ थान भा.रु.३ हजार फेला पारी नोट सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.चन्द्रौटामा ल्याई थप अनुसन्धान कार्य भइरहेको । ला.औ.,रुपन्देही, बुटवल उ.म.न.पा.११ बुद्धनगर स्थित बुद्धनगरबाट बसपार्क तर्फ जाँदै गरेको चालक ऐ. बस्ने वर्ष ४७ को सन्त बहादुर परियारले चलाएको ना.२ ह १२९७ नं.को ई-रिक्सामा ऐ.०३।२२ गते अं.२०:०० बजे ऐ. बुद्धनगरबाट बसपार्क सम्म जानको लागि एक जना अपरिचित पहाडी मुलको जस्तो देखिने अं.वर्ष ३५ को पुरुष व्यक्ति र निजको साथमा अं.५ वर्षको बच्चा समेत सोही ई-रिक्सामा चढी बसपार्क सम्म पुगेर एकै छिनमा आउँछु भनि निजको साथमा भएको दुई वटा कार्टुन ई-रिक्सामा नै छोडि गएको र एक घण्टा सम्म कुर्दा समेत निज अपरिचित व्यक्ति नआएपछि उक्त कार्टुन ई-रिक्सा चालकले ऐ.२२:०० बजे अ.प्र.चौ देविनगरमा बुझाएको र ऐ.०३।२३ गते अं.१२:०० बजे सम्म पनि सामान खोजतलासको लागि नआईसकेपछि उक्त कार्टुन खोलि हेर्दा दुईवटा कार्टुन भित्र टेपले बेरी राखेको अवस्थामा जम्मा ३६ वटा पोकाहरूमा ३६ के.जि.लागु औषध चरेश फेला पारी नियन्त्रणमा लिई व.प्र.का.बुटवलमा ल्याई राखिएको, निज व्यक्तिको खोजतलास  भईरहेको ।  काभ्रे, रोशी गा.पा.९ मंगलटार स्थित इ.प्र.का.मंगलटारको प्रहरी चेकपोष्ट अगाडि प्र.नि.को कमाण्डमा खटिएको टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा बर्दिबासबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नं.को इलेक्ट्रिक कार गाडीलाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार ५ जना मध्ये जि.दोलखा भिमेश्वर न.पा.७ बस्ने वर्ष २० की रितु जैसीको साथबाट ५६.७५ ग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निज रितु जैसी समेत उक्त गाडीमा सवार ५ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.काभ्रेमा राखिएको

मिति २०८३।०३।२२ गते ०५:०० बजे देखि २०८३।०३।२३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२३

कर्तव्य ज्यान,धनुषा, जनकनन्दिनी गा.पा.४ खजुरी बजार स्थित ऐ. बस्ने अं.वर्ष ४५ को प्रमोद साहले ऐ. बस्ने आफ्नै काका अं.वर्ष ६५ को राम लोचन साह र निजको छोरा अं.वर्ष ३५ को राकेश साहलाई लाईनको तार सार्ने बिषयलाई लिएर झै-झगडा हुँदा काठको चिर्पटले कुटपिट गर्दा राम लोचन साहको टाउकोमा चोट , अवस्था सामान्य र निजको छोरा राकेश साहको टाउकोमा चोट, अवस्था गम्भीर रहेको, दुवै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा राकेश साहलाई डाक्टरले चेकजाँच गर्दा ऐ.१८:०० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने मानिस तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेको, । मोरङ, ग्रामथान गा.पा.०६ झोवाबनि स्थित कपिल खवासको श्रीमती वर्ष अं.२० की सिमा राजवंशीलाई के-कुन कारण निजकै देवर अं. वर्ष २१ को सौचन खवासले धारीलो हतियार (खुकुरी) ले घाटीमा प्रहार गर्दा निज महिलाको घटना स्थलमा मृत्यु भएको, ऐ.ऐ बस्ने बर्ष ४७ को शिवलाल खवास (ठुलोबुबा) समेतको दाहिने कुममा गोहिरो चोट लागि स्थानिय मेडिकल हुदै थप उपचारको लागि ऐ. २२:२५ बजे बिराट टिचिङ अस्पताल बिराटनगर पठाईएको, उक्त स्थानमा इ.प्र.का. हरैचाबाट प्र.ना.नि. को कमाण्डमा र इ.प्र.का. बेलबारीबाट प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटि गई कानुनी प्रकृया पुरा गरी ऐ. २३:२० शव पो.मा. को लागि कोशी अस्पताल बिराटनगर पठाईएको, धारिलो हतियार प्रहार गर्ने सौचन खवासलाई धारीलो हतियार (खुकुरी) सहित नियन्त्रणमा लिई इ.प्र.का. बेलबारी तर्फ पठाएको, । ज.ज.क./बाल यौन दुर्व्यवहार,बाँके, बैजनाथ गा.पा.२ पितमारी स्थित ऐ.बस्ने वर्ष अं.२७ की (शारिरिक रुपमा अशक्त) महिलालाई निजको सहोदर काका ऐ. बस्ने बर्ष ५० को पुरुष ब्यक्तिले ईच्छा बिपरित निजको घर कोठामा गई ज.ज.क.गरेको भनि ऐ.२२ गते अं.१८:३० बजे पिडितको बहिनीले इ.प्र.का.कोहलपुरमा जाहेरी दिए पश्‍चात उक्त स्थानमा इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई निजकै घर वतनबाट ऐ.२२:०० बजे नियन्त्रणमा लिएको, पिडितको अवस्था सामान्य रहेको र निजको बहिनीको जिम्मा लगाई पठाईएको, अनुसन्धान भईरहेको, । ला.औ., मकवानपुर, मनहरीगा.पा. ९ खरङगा स्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्र भित्र श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टको प्रमुख उप सेनानीको कमाण्डमा खटिगएको गस्ती टोलीले भारी बोकी पैदल हिनिरहेको जि.मकवानपुर राक्सिराङ गा.पा. ३ पँलासे बस्ने वर्ष अं. ५१ को बिक्रम स्याङ्तान र ऐ.ऐ. बस्ने वर्ष अं. ४८ को गोकर्ण मोक्तानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ला.औ.गाजाँ ११ पोका फेला पारी इ.प्र.का.मनहरी प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई, रित पुर्वक बरामदी मुचुल्का गरी ऐ.२२;०० बजे २ जना सहित उक्त ला.औ. इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखिएको ला.औ. गाजाँ तौल गर्दा - १६५ (एक सय पैसठ्ठी) किलो ग्राम भएको, थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०३।२१ गते ०५:०० बजे देखि २०८३।०३।२२ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२२

ज.ज.क./बाल यौन दुर्व्यवहार,धादिङ, जि.गोरखा भिमसेनथापा न.पा.४ वतन भई जि.धादिङ त्रिपुरासुन्दरी गा.पा.२ स्थित डेरा गरी आमासँग बस्ने वर्ष १० की बालिकालाई ऐ. त्रिपुरासुन्दरी गा.पा.०२ बस्ने वर्ष २८ को विनोद कुँवरले ऐ.०३।१९ गते अं.१९:०० बजे ऐ. सल्यानटार स्थितमा बाल यौन दुर्व्यवहार गरेको भनि ऐ.२१ गते जि.प्र.का.धादिङमा पीडितको आमाले जाहेरी दिए पश्‍चात इ.प्र.का.सल्यानटारबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । अबैध रकम बरामद,कपिलवस्तु, मायादेवी गा.पा.२ अभिराव स्थित पकडी चाकरचौडा सडक खण्डमा पकडीबाट चाकरचौडा तर्फ जाँदै गरेको लु.३५ प ८९५९ नं. को होण्डा मो.सा.ले इ.प्र.का. पकडीबाट प्र.नि. को कमाण्डमा खटि गएको चेकिङ टोलिलाई देखि मो.सा.सोही स्थानमा छाडि मानिस फरार रहेको, उक्त मो.सा. शंका लागी चेकजाँच गर्दा मो.सा.को सिटको तल राखेको नगद (रु.१००० का नोट  ४११ वटा, रु.५०० का नोट २५५ वटा र रु.१०० का नोट १०० वटा) नेपाली रुपैया रु.५ लाख ४८ हजार ५ सय फेला परेको हुँदा मो.सा. र नगद रूपैया बरामद गरी इ.प्र.का. पकडीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ.,महोत्तरी, मिति २०८३।०३।२० गते अं.०१:०० बजे, एकडारा गा.पा.१ भटौलियामा ना.३ ख ६५९२ नं.को ट्रक खानतलासी गर्ने क्रममा लागु औषध गाँजा प्लाष्टिकले बेरिएको सहित ४० के.जी ३६० ग्राम रीतपूर्वक बरामद गरी ट्रक चालक जि. मकवानपुर कैलाश गा.पा.०६ भकुण्डे बस्ने मान बहादुर नेगीको छोरा वर्ष २१ को विपस नेगी,  ऐ. गा.प.०१ क्यूरेनी बस्ने झिल्के थिङको छोरा वर्ष २४ को साधुराम थिङ सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हेडक्वाटरको टोलीले ऐ.०३।२० गते अं.१३:०० बजे जि.प्र.का.मा दाखिला गराएकोमा निज प्रतिवादीहरुलाई प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उक्त ना.३ ख ६५९२ नं.को ट्रकमा जि. धनकुटाको भेडेटर देखि जिल्ला महोत्तरीको नाम थाहा नभएको स्थानमा अं. ३५ वटा प्लाष्टिकमा पोका पारेको लागु औषध गाँजा झारी नामथर थाहा नभएको मानिसलाई बुझाई फर्किने क्रममा उक्त ट्रक सहित  निज प्रतिवादीहरुलाई पक्राउ गरेको" भनी खुलाए अनुसार ऐ.०३।२० गते १५:०० बजे जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले उक्त लागु औषध गाँजा झारेको स्थान अनुसन्धान गरी पत्ता लगाउने क्रममा सोही मितिको अं.१९:०० बजे जि. महोत्तरी महोत्तरी गा.पा.४ रानी रतवडा स्थित सडक-खण्डमा झारेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोमा उक्त ठेगानाको गाउँमा ऐ.०३।२१ गते बिहान ०६:०० बजेदेखि सर्च अप्रेसन चलाई ऐ. बस्ने मनसिफ पासवानको छोरा अं.वर्ष ४५ को सिया शरण पासवान हाल कतारमा भएको र अं.वर्ष ४२ की सिया शरण पासवानकी श्रीमती लिलम देवीको घरमा खानतलासी गर्न जाँदा घरको प्रत्येक ढोकामा ताला लगाई भागेको र कोही नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीहरुको रोहबरमा रीतपूर्वक उक्त घर खानतलासी गर्दा खाटमूनि रातो र कलेजी रंगलो साडीले छोपी लुकाई राखेको अवस्थामा प्रतिवन्धित लागु औषध गाँजा प्लाष्टिकमा पोका पारेको अवस्थामा जम्मा ३५ वटा पोकामा प्लाष्टिक बेरिएको सहित ४४६.७४५ किलोग्राम फेला पारी जि.प्र.का.मा ल्याई राखिएको, हाल उक्त घरको कुनै पनि मानिस फेला नपरेकोले खोजी कार्य भईरहेको । बाँके, नेपालगंज उ.म.न.पा.१४ उधौपुर्वा स्थित ला.औ.कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का.हिरिमिनीयाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले जि.बाँके नेपालगंज नेपालगंज उ.म.न.पा.१४ उधौपुर्वा बस्ने वर्ष ४२ को जसवन्त चौहान लोनिया र ऐ.बस्ने वर्ष ३७ की मिना कुमारी लोनियालाई शंका लागि निजहरूको शरीर रितपूर्वक खानतलासी गर्दा निजहरू मध्ये जसवन्त चौहान लोनियाको साथबाट ८० ग्राम ३७० मिलिग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारी रितपूर्वक बरामद गरी निजहरू दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । चितवन, कालिका न.पा.६ हरिहर टोल स्थित प्र.नि. को कमाण्डमा खटिएको टोलिले विशेष सूचनाको आधारमा ऐ.बस्ने वर्ष २७ को दिवस न्यौपानेले गोठभित्र लुकाइ छिपाइ राखेको ला.औ.ट्रामाडोल ६०८० क्याप्सुल र एनआरगन ४२०० क्याप्सुल सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.रत्ननगर टाँडीमा राखिएको ।  पर्सा, जगरनाथपुर गा.पा.२ स्थित भित्र इनर्वा जाने चोकमा इ.प्र.का.जानकीटोलाबाट प्र.ना.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिले सोनबर्साबाट भारत तर्फ आउँदै गरेको BR01CU3544 नं.को कारलाई चेकजाँच गर्ने क्रममा उक्त सेतो कारभित्र ला.औ.गाँजा १० पोका (१०२ केजी ६३८ ग्राम) फेला पारी ला.औ. गाँजा, कार र कार चालक देश भारत बेतिमा नवलपुर बस्ने अं.वर्ष ३२ को गुडु बर्मा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०३।२० गते ०५:०० बजे देखि २०८३।०३।२१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२१

कर्तव्य ज्यान,सुर्खेत, मिति २०८३।०३।१८ गते १३:३० बजे वीरेन्द्रनगर न.पा.१० बुदबुदेमा ऐ.बस्ने वर्ष ४५ को भागीराम सुनारले ऐ.वडा नं.११ बस्ने वर्ष ४८ को धन बहादुर रावतलाई सामान्य बादबिवाद भई कुटपिट गर्दा निज धन बहादुर रावतको टाउकोमा चोट लागी घाईते भई उपचारको लागि ऐ.१९ गते १६:१० बजे कर्णाली प्रदेश अस्पताल कालागउँ सुर्खेतमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेकोमा ऐ. २० गते १४:३७ बजे घाईते धन बहादुर रावतको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने ब्यक्ति फरार खो.त. कार्य भईरहेको, । बझाङ, मिति २०८३।०३।१९ गते अं.११:३० बजे जि.बझाङ दुर्गाथली गा.पा.३ रकेल स्थित श्री भगवती आ.वि.का कार्यालय सहयोगी राममती धामीको छोरा वर्ष अं.२५ को सन्तोष धामीले ऐ.विद्यालयका शिक्षक अं.वर्ष ५० को मदन धामीलाई सामान्य विवाद हुँदा कुटपिट गरी घाईते बनाएको र छुटाउन गएका सन्तोष धामीको बुवा अं.वर्ष ५८ को गगन धामीलाई पनि टाउकोमा चोट लागी दुवै पक्ष जि.अस्पताल बझाङ लगि उपचार भईरहेकोमा ऐ.१९:२५ बजे घाईते मदन धामी उपचार पश्चात डिस्चार्ज भएको र घाईते गगन धामी थप उपचारको लागि ऐ.२० गते ०९:३० बजे सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याई उपचार भईरहेकोमा ऐ.१०:१५ बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेको, शव सोही अस्पतालको शव गृहमा रहेको, कुटपिटमा संलग्न शंकास्पद दुर्गाथली गा.पा.३ बस्ने वर्ष २८ को सिंह राज धामी नियन्त्रणमा लिई जि.प्र.का.बझाङको हिरासतमा राखि सोधपुछ कार्य भईरहेको, घटनास्थलमा इ.प्र.का. दुर्गाथलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, । रुपन्देही, बुटवल उ.म.न.पा.३ गोलपार्क स्थित रहेको खुडकिलो घर ला.औ. तथा पुनस्थापन केन्द्र बुटवलमा जि.कपिलवस्तु शिवराज न.पा.७, खरोनी, कपिलवस्तु बस्ने बर्ष २८ की जुना कुवर के.सी.सुधार केन्द्रमा रहेकोमा निज जुना कुवर बिरामी भइ लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मिति २०८३।०३।०३ गते १९ :३० बजे निजको आफन्तले ल्याइ उपचार भएको र निज कुटपिटबाट बिरामी भएको भन्ने निजको  परिवारले जि.प्र.का.रुपन्देहीमा ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरी दर्ता समेत गरी पीडकहरु जि.रुपन्देही बुटवल उ.म.न.पा.४ अमर पथ बस्ने वर्ष ४४ मुना पुन, ऐ.१४ तामनगर बस्ने वर्ष २५ की तिर्सना कुवर, ऐ.११ नहरपुर बस्ने बर्ष २० की आस्था सुनार र नाबालिका ऐ.१२ बस्ने वर्ष १७ की रेनु पुनलाई  थप अनुसन्धाको लागि इ.प्र.का.बुटवलमा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलिरहेको र निज जुना कुवर ऐ.अस्पतालबाट मिति २०८३।०३।१८ गते अं.१७:३० बजे निजको परिवारले घर लगेकोमा ऐ.१९ गते अं.२१:०५ बजे  निज जुना कुवरको मृत्यु भएको भन्ने जानकारी हुनासाथ इ.प्र.का.सुनदरी डाडाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटि गई कानुनी प्रक्रिया पुरा गरी पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको, । धादिङ, गंगाजमुना गा.पा.४ यार्सा बस्ने वर्ष ३५ को सुजन सुनारले आफ्नै बुबा वर्ष ६० को धननारायण सुनारलाई  फलामको रड प्रहार गर्दा घाईते भई उपचारको लागि ग्रामिण अस्पताल फुलखर्क पठाएकोमा ऐ.१८:२४ बजे उपचारको क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको, उक्त स्थानमा इ.प्र.का.फुलखर्कबाट प्र.स.नि. को कमाण्डमा टोलि खटी गई फलामको रड प्रहार गर्ने ब्यक्ति वर्ष ३५ को सुजन सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.फुलखर्कमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,निजको मानसिक अवस्था ठीक नभएको भन्ने बुझिएको, । ज.ज.क./बाल यौन दुर्व्यवहार,म्याग्दी, धौलागिरी गा.पा.७ धारापानी  बस्ने वर्ष १३ की बालिकालाई ऐ.बस्ने वर्ष ६८ को ईन्द्र बहादुर परीयारले निज बालिकाको घरको कोठामा बालिकालाई मोबाईल दिई ललाई फकाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ मुना ताकमबाट प्र.स.नि.र इ.प्र.का.दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ईन्द्र बहादुर परीयारलाई  नियन्त्रणमा लिई आ.अ.भईरहेको,। सोलुखुम्बु, थुलुङ दुधकोशी गा.पा.५ जुबु घर भई हाल ऐ.खुम्बु पासाङल्हामु गा.पा.३ घाट बस्ने वर्ष ५५ को पुरुषले मिति २०८३।०३।१८ गते अं.१४:०० बजे आफ्नै छोरी वर्ष १७ की नाबालिकालाई आफ्नै घरमा ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८३।०३।२० गते १८:१० बजे जि.प्र.का.सोलुखुम्बुमा जाहेरी दरखास्त दिए पश्चात प्र.चौ.नाचिपाङबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सोलुखुम्बुको हिरासतमा राखिएको, पिडित नाबालिकालाई विस्तृत स्वास्थ्य परिक्षण गरी निजको आमालाइ जिम्मा बुझाई पठाएको, अवस्था सामान्य रहेको, । झापा, मिति २०८३।०३।१९ गते अं.१९:०० बजे हल्दिबारी गा.पा.१ गोलधाप स्थित ऐ.बस्ने वर्ष ५१ को सोमनाथ सिवाकोटीले ऐ.स्थित माईती बस्दै आएकी वर्ष २५ की महिलालाई निज पिडककको आफ्नै घरको कोठामा ल्याई थुनेर ज.ज.क.करणी गरेको भनी पीडितको बहिनीले मिति २०८३।०३।२० गते १६:०० बजे जि.प्र.का.झापामा निवेदन दिनासाथ प्र.चौ.गोलधापबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान भईरहेको, । झापा, भद्रपुर न.पा.६ स्थितमा रहेको मोर्डन टि. स्टेट प्रा.लि.को भित्र ऐ.बस्ने वर्ष ३० को मोहन राजवंशीले ऐ.बस्ने वर्ष २० की महिलालाई ज.ज.क.उ.गरेको भनी ऐ.१५:०० बजे पिडित आफै जि.प्र.का.झापामा जाहरी दिनासाथ व.प्र.का.भद्रपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान भईरहेको,जाजरकोट २०८३।०३।२०१६:३०     नलगाड न.पा.१२ तल्लुबगर बस्ने अं.वर्ष ६० को डम्बर बहादुर बस्नेतले ऐ.ऐ.बस्ने वर्ष ४० को कग बहादुर बस्नेतको छोरी वर्ष ८ की बालिकालाई चाउचाउ र नगद रु ११००।- रुपैया समेत दिई ललाई फकाई गरी ऐ.स्थित आफ्नै घरमा लगेर ज.ज.क.गर्ने प्रयास गरेको भनी मिति २०८३।०३।२० गते १९:१५ बजे टे.फो.मार्फत जानकारी प्राप्त हुनासाथ ई.प्र.का.रग्दाबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.रग्दाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेको, खो.त.भइरहेको, । कपिलवस्तु, कृष्णनगर न.पा.१२ हरिगवा बस्ने ऐ.भगवानपुर बस्ने वर्ष अं.२३ को सत्य प्रकाश चौधरीले मिति २०८३।०३।१८ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको गरेको भनी मिति २०८३।०३।२० गते १६:०० बजे पिडीतको बुवाले इ.प्र.का.कृष्णनगरमा जाहेरी दिए पश्चात इ.प्र.का.कृष्णनगरबाट प्र.नि.को कमाण्डमा टोली खटीगई पिडक सत्य प्रकाश चौधरीलाई नियन्त्रणमा लिई निज पीडित बालिका सहित दुवै जनालाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाई दुबै जनाको यौनजन्य स्वास्थ्य परिक्षण गरी पीडकलाई इ.प्र.का.कृष्णनगरको हिरासतमा राखिएको र पीडित बालिकालाई निजको बुबाको जिम्मा लगाइ पठाएको, । ला.औ., चितवन, इच्छाकामना गा.पा.५ मुग्लिङ बजार स्थित काठमाण्डौबाट कपिलबस्तु तर्फ जादै गरेको (चालक जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. २ बस्ने वर्ष अं.३५ को मान ब. थापाले चलाएको) लु.२ख.६८२१ नं. को यात्रु बसमा गोप्य सुचनाको आधारमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.बसमा सवार यात्रु जि.नुवाकोट तार्केश्वर न.पा. ७ बस्ने वर्ष अं.२४ की सानुकान्छी बि.क.को साथमा रहेको झोलामा अं.७ के.जि.ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको, बसको कागजपत्र नियन्त्रणमा राखी गन्तब्य तर्फ छाडिएको, ।