प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।२४ गते देखि ऐ. २५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-२५

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

झापा अर्जुनधारा न.पा. ४ भाङवारी घर भइ हाल ऐ.८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने वर्ष २२ की गरिमा राई भन्ने गंगा सार्कीको कोठामा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.वडा नम्वर ६ वैकुण्ठे घर भई ऐ.अर्जुनधारा न.पा.वडा न.८ वस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ को रमेश भुसाल गएको भनी निजको श्रीमती वर्ष ३२ की सुस्मिता भुसालले ऐ.बस्ने वर्ष ५४ की मैया श्रेष्ठ, ऐ. बस्ने बर्ष ३८ की बबिता बिक, ऐ.बस्ने बर्ष २४ की मेनुका पाँचकोटे र ऐ. बस्ने बर्ष ६० की नर्बदा सुनदास समेतलाई साथमा लिई गई निज गंगा सार्कीलाई कुटपिट गरी घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.शनिश्चरेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि शंखर अस्पताल शनिश्चरे लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा ऐ.२५ गते ०१:२० बजे चिकित्सकले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, कुटपिटमा संलग्न  ५ जना महिला र सुस्मिता भुसालको श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा, मृतकको आफन्त अस्पतालमा आई सकेको ।

ज.ज.क./ज.ज.क.उधोग

खोटाङ-१९ गते दिउँसो १६:०० बजेको समयमा हलेसी तुवाचुङ न.पा. वडा नं. ०६ मंगलटार स्थित पिपलडाँडा मूनि बाटाघरे भन्ने ठाँउको विशाल क्षेत्रीको मकैबारी भित्र कानूनको विवादमा परेको वालक जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष १६ को सांकेतिक नाम ”६२” ले जिल्ला खोटाङ रावाबेशी गा.पा.-२ वतन भई हाल ऐ.हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष २४ की सांकेतिक नाम”६१” लाई जवरजस्ती करणी गरेको भनि पीडितले आज मिति २०८२।०३।२४ गते जि.प्र.का.खोटाङमा जाहेरी दरखास्त दिएको हुँदा घटनामा संलग्न सांकेतिक नाम ”६२” लाई आजै नियन्त्रणमा लिई यस कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भई रहेको ।

चितवन जिल्ला  इच्छाकामना गा.पा. ३ खानी खोला तातुङ भन्ने स्थानमा ऐ.बस्ने वर्ष ३५ की महिलालाई घरमा कोही नभएको अवस्थामा घरको ढोका खोली कोठामा सुतिरहेको अवस्थामा जि.सिन्धुली दुधौली न.पा.५ घर भई हाल ऐ.बस्ने अं.२१ को पुरुषले ज.ज.क.गरेको भनि आज २४ गते १६:४५ बजे, अ.प्र.चौ.फिस्लिङमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको ।

धादिङ थाक्रे गा.पा.२ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ६० को (काका नाता पर्ने) ले ज.ज.क.गरेको भनि ऐ.थाक्रे गा.पा.३ भुमेस्थान स्वास्थ्य चौकीमा उपचारको लागि आएको भनी उक्त स्वास्थ्य चौकीबाट ऐ.१६:०० बजे अ.प्र.पोष्ट सिम्लेमा खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखिएको ।

कैदी मृत्यु

काठमाडौ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत महिला बन्दी सुधार गृहमा देश पाकिस्तान (लाहोर वाल्टन) स्थायि वतन भएकी वर्ष ५७ को ला.औ. मुद्दामा थुनामा रहेकी कैदी AYESHA HUSSAIN नसा सम्बन्धी बिरामी भई मिति २०८२।०३।२१ गते वीर अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.२४ गते  अं.१०:५३ बजे मृत्यु भएको, कानुनी प्रकृयाको लागी प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई शव पो.मा.को लागी टिचीङ अस्पताल पठाईएको । थप विवरण  कारागार दाखिला मिति:- २०७१।०५।१० गते, सजाय:- १५ वर्ष, १० लाख जरिवाना मुद्दा चलाउने निकाय :- काठमाडौं ।

हा.ह.बरामद

झापा इ.प्र.का.काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचिनगर न.पा.६ स्थित मेचि भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा देश भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने बर्ष २५ को प्रतिक अग्रवालले चलाई लिई आएको WB74AJ0400 नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार थान १ र निजले बोकेको साईड ब्याग भित्र प्लास्टिकको पोकोमा १८ थान उक्त  हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेकोले, उक्त अवैध हतियार, मोबाईल र सवारी साधन सहित निजलाई नियण्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

दाङ जिल्ला सल्यान कपुरकोट गा.पा.३ फलाटे घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा.१५ बि.पी. चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टर (सिङगपुर आर्मी, ब्रिटिस आर्मी, ईन्डियन आर्मी, नेपाल आर्मी, नेपाल प्रहरीको ट्रेनिङ दिने भन्ने बुझिएको, निज अजय बि.क.ले ब्रिटिस आर्मी सम्बन्धि ट्रेनिङ गरिरहेको) मा ट्रेनिङ गरी (सोही ट्रेनिङ सेन्टरको होस्टेलमा) बस्ने वर्ष १९ को अजय बि.क.ले अवैध हतियार तथा गोली गठ्ठा गोप्य रुपमा लुकाई छिपाई राखेको भनी व.प्र.का.घोराहीमा जानकारी प्राप्त हुनासाथ व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुत्ने खाट मुनी राखेको कालो रंगको JORDAN लेखेको पछाडी भिर्ने र्‍याग्जिनको झोला भित्र राखेको 0.32pistol civil INGSF1902134300.32 Indian ord nance Factury लेखेको पेस्तोल थान-१ (एक), ऐ.ऐ.मा लाग्ने गोली थान-४ (चार), ऐ.ऐ.मा लाग्ने ७ राउण्ड क्षमता भएको म्याग्जिन थान-१ वरामद गरी हतियार सहित निज अजय बि.क.लाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान भईरहेको ।

 

 

ला.औ.

झापा भद्रपुर न.पा.वडा न.७ चिँया पसल नजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्र.नि. बिजय चौहान र ला.औ.नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि.कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम र जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँयालाई शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरी माथी हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागी चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/३ गरी जम्मा ६ राउण्ड गोली फायर गरी जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँया । (निजको दाहिने खुट्टाको पिड्युलामा १ राउण्ड गोली लागी सामान्य घाईते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा  सामान्य उपचार पश्‍चात डिस्चार्ज भई कार्यालयमा ल्याईएको, निजको साथबाट १०२ ग्राम १० मिलि ग्राम ला.औ.ब्राउन सुगर जस्तप पदार्थ फेला परेको र देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलमको साथबाट  ७० मिलि ग्राम ला.औ.ब्राउन सुगर बरामद गरी आवश्यक अनुशन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालाय झापामा ल्याई राखीएको ।


सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।