प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०३।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०३-२७

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

 अर्घाखाँची जिल्ला सन्धीखर्क न.पा.१२ बाँसखर्क बस्ने वर्ष ७२ को जंग बहादुर नेपालीको झड्केलो छोरा अं.वर्ष ४० को झुपे नेपालीले आफ्नै घरमा मा.प.से.गरी बाबुलाई कुटपिट गरी मृत्यु घटनास्थलमा भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. अर्घाबाट प्र.व.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जि.अ. सन्धिखर्क पठाईएको, कुटपिट गरी हत्या गर्ने झुपे नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।


ज.ज.क. /ज.ज.क.उधोग/बाल यौन दुरुपयोग


रुपन्देही जिल्ला मिति २०८२।०३।२३ गते रातको  समयमा कोटहीमाई गा.पा.४ तुनिहवा बस्ने वर्ष १७ की  बालिकालाई  निजकै  घरको सुत्ने कोठामा गई ऐ.बस्ने वर्ष २३ को रहिस मुसलमानले ज.ज.क.गरेको भनी ऐ.२६ गते ०८:०० बजे इ.प्र.का.मझगाँवामा जानकारी प्राप्त हुनासाथ  इ.प्र.का.मझगाँवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रहिस मुसलमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मर्चवार रुपन्देही पठाएको ।

नवलपरासी पश्चिम जिल्ला रामग्राम न.पा. ११ रानीपाकड बस्ने अं.वर्ष १७ की बालिकालाई ऐ.०३।२५ गते राती अं.००:०० बजे ऐ. राप्तीसुनारी गा.पा.७ थपथली गाँउ स्थायी घर भई हाल ऐ. रामग्राम न.पा.११ जमुवाड स्थित प्लाई बोर्ड उद्योगमा काम गरी सोही उद्योग भित्र बस्ने अं.वर्ष ३५ को हरि थारुले पीडितको आफ्नै घर पछाडी रहेको शौचालयमा गएको अवस्थामा पिडक एक्कासी उक्त शौचालयभित्र प्रवेश गरी ज.ज.क.गरेको भनी ऐ.२६ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दरखास्त हुना साथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।

उदयपुर जिल्ला उदयपुरगढी गा.पा. वडा नं.७ मिति २०८२।०३।२५ गते अ.१६:०० बजेको समयमा सांकेतिक नाम गाईघाट १०३ (ग) को छोरी वर्ष १७ कि (नावालिका)सांकेतिक नाम १०३ लाई ऐ.ऐ. बस्ने वर्ष अ. २७ को धिरज मोतेले संवेदनशिल अंगमा समाति सुमसुम्याई बालयौन दुरुपयोग गरेको भनि पिडितको बाबुले आज मिति २०८२।०३।२६ गते अ.१५:०० बजेको जिल्ला प्रहरी कार्यालय उदयपुर जाहेरी दरखास्त दिएकोले अप्रपोष्ट नेपालटार उदयपुरमाबाट प्रसनि राम कुमार यादवको कमाण्डमा प्रहरी टोलि खटिगई निज धिरज मोतेलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ आवश्यक अनुसन्धान कार्य भइरहेको ।
 
कञ्चनपुर जिल्ला लालझाडी गाउपालीका वडा नम्बर ०६ चान्देब बस्ने बर्ष अ.५५ को प्रसादे ऐरले आफ्नो घरमा मोवाईल चार्ज गर्न आएकी ऐ.ऐ.ढक्का शिबिर बस्ने गोपाल सुनारकी छोरी बर्ष १० की परिवर्तित नाम कञ्चनपुर ७५बेलौरी(ढ )१ कुमारीलाई घरको कोठा भित्र शरिरका संबेदनशिल अंगमा छुने,समाउने,चलाउने,किस गर्ने र नाबालीकालाई समेत किस गर्न लगाएको भनि आज मिति २०८२।०३।२६ गते २१:०० बजेको समयमा पिडीतको आमा शान्ति सुनार ले इलाका प्रहरी कार्यालय बेलौरीमाबालयौन दुरुपयोग सम्बन्धी कसुरमा लिखित जाहेरी दिएको हुँदा तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्र.ब.ना.नि को कमाण्डमा ७ जनाको टोली खटिगई, निज प्रसादे ऐरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलौरीमा राखीएको,अनुसन्धान भैरहेको ।

डोटी जिल्ला पुर्विचौकी गा.पा. वडा नं. २ कुडासैन बस्ने बर्ष ३३ को खगेन्द्र ठकुल्लाले ऐ.ऐ. बस्ने बर्ष १३ की परीवर्तित नाम ७० सिलगढी २३(क) आफ्नै घरमा सुतेको अवस्थामा झ्याल बाट भित्र पसी करणीका आसयले समात्ने क्रममा बालिकाले हो हल्ला गर्दा खगेन्द्र ठकुल्ला भागी गएको भनि आज मिति २०८२।०३।२६ गतेको १३;०० बजेको समयमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि. विरेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिई गई निज खगेन्द्र ठकुल्ला लाई नियन्त्रणमा लिई यस का. को हिरासतमा राखी सम्पूर्ण प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।

ईलाम जिल्ला सन्दकपुर गा.पा.१ आलुबारी स्थित बस्ने वर्ष ४२ को सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) ले निजको भाई वर्ष ३० को सांकेतिक नाम इलाम-आ-१(०८१/०८२) को श्रीमती वर्ष १९ की सांकेतिक नाम इलाम-आ (०८१/०८२) लाई  पिडितको घरमा ज.ज.क. प्रयास गर्न खोजेकोले पिडितको श्रीमानले देखि ऐ.०९;३० बजे प्रचौ बन्दुकेमा खबर प्राप्त हुनसाथ प्रचौ बन्दुकेबाट प्रनानि नागेन्द्र ब. बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई पिडक सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) नियन्त्रणमा लिई ऐ. १२:४५ बजे जिप्रका ईलाममा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।


झै-झगडा/कुटपिट


जुम्ला जिल्ला पातारासी गा.पा.४ तिर्खु बस्ने अं.वर्ष ४९ को मदन नाथ धिताल र ऐ. बस्ने अं.वर्ष ३५ को राम बहादुर बोहरा बीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा निज मदन नाथ धिताललाई छातिमा तथा शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि निजको श्रीमती डिलमाया धितालले ऐ.२३:०० बजे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याई ICU मा राखि उपचार भईरहेको, अवस्था गम्भीर रहेको भनी ऐ. प्रतिष्ठानमा कार्यरत प्र.क.जि.प्र.का. जुम्लामा जानकारी गराएको र कुटपिट गर्ने व्यक्ति राम बहादुर बोहरालाई प्रहरी चौकी डिल्लिचौर जुम्लाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी प्रहरी चौकी डिल्लिचौर जुम्लाको नियन्त्रणमा राखिएको ।


फुटकर ज्यान


काठमाडौं जिल्ला टोखा न.पा.९ मिलनटोल स्थित रामजी बुढाको ५ तले पक्की घर भाडामा लिई जि.सल्यान दार्मा गा.पा.५ घर हुने वर्ष ३६ को देवराज खड्काले संचालन गरेको न्यू भावना गेष्ट हाउसको तेस्रो तलाको ३०३ नम्बरको कोठामा मिति २०८२।०३।२५ गते अं.०६:०० बजे जि.धादिङ सिद्वलेख गा.पा.६ घर भई हाल का.जि.बौद्व बस्ने वर्ष २१ की सबिना मगर सहित ३ जना (केटी) साथीहरु गेष्टको रुपमा आई बसेकोमा निज सबिना मगर सुतेको बेडमा घोप्टो परी मृत अवस्थामा रहेको र उक्त कोठाको ढोका खुल्लै रहेको भन्ने खबर प्राप्त हुना साथ प्रभाग गोँगबुबाट प्र.नि.को कमाण्डमा ६ जना, जि.प्र.परिसर र वृत्त महाराजगंजबाट मुचुल्का टोली समेत खटी गई घटनास्थल लाशजाँच मुचुल्का कार्य भईरहेको,मृतकका साथी जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भई हाल का.जि.गोकर्णेश्वर बस्ने वर्ष २३ की डोल्मा बम्जन सहित २ जनालाई थप आ.अ.कार्यको लागि नियन्त्रणमा लिईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।