प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।०१ गते देखि ऐ. ०२ गते सम्मको मुख्य आपराधिक घटनाहरु

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान 


सिरहा जिल्लाकल्याणपुर न.पा.९ डुमरी स्थित ऐ.बस्ने अं.वर्ष ७० को करीया राय यादब (बि.पि.को बिरामी रहेको) र ऐ.बस्ने निजकै बुहारी अं.वर्ष ३५ कि श्रीबती देवी यादब बिच घरायसी बिषयमा बादविवाद भई श्रीबती देवी यादबले आफ्नो ससुरालाई लाठिले कुट्दा हुँत्तीदा निज करीया राय यादबको खुट्टा चिप्ली घरको आङगनमा लडि घटनास्थलमै मृत्यु भएको प्रहरी टोली खटिगई लाश जाँच मुचुल्का कार्य पुरा गरी शव पो.मा.को.लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको, थप अनुसन्धानको लागि निज श्रीबती देवि यादवलाई नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैया पठाईएको ।
    
कैलाली जिल्ला धनगढी उपमहानगरपालिका १४ बस्ने बर्ष ३५ को गणेश गिरिले निजकै सहोदर भान्जा ऐ.ऐ. १८ बस्ने बर्ष १८ को प्रदिप बोहराको ऐयरफोन चोरी गरेको भनि निज प्रदिप बोहराले कुटपिट गरेको र निज गणेश गिरि घर तर्फ गएकोमा मिति २०८२।०३।३० गते १२;३० बजे निज गणेश गिरिको मृत्यु भई  आफन्त र स्थानियले सदगत समेत गरि सकेको र मिति २०८२।०४।०१ गते १५;०० बजे आफन्तहरु बाट निज प्रदिप बोहराले कुटपिट गरि निज गणेश गिरिको मृत्यु भएको हो भनि जानकारी गराए पश्चात प्रहरी टोली खटी गई उक्त लाश खाडल बाट निकाली घटना स्थल कार्य पुरा गरि लास पो.मा.को लागि ऐ.१८:३५बजे सेति प्रादेशीक अस्पताल धनगढीको लास घरमा राखिएको, कुटपिट गर्ने प्रदिप बोहरा र (अनुसन्धानको लागि) मृतकको भाई ऐ.ध.उ.म.न.पा. १४ बस्ने बर्ष ३६ को पदम गिरि समेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

                                     
डडेल्धुरा जिल्ला डडेल्धुरा गन्यापधुरा गा.पा. ३ डिल बस्ने बर्ष अ.५४ को  करन भुलले आफ्नै घरमा निजकी श्रीमती बर्ष अ. ४० की खिमा देबी भुललाई हंसियाले घाँटीमा प्रहार गरी हत्या गरी निज करन भुल फरार रहेको भनि आज मिति २०८२।०४।०२ गते ०६:५५ बजेको समयमा ऐ. गा.पा. वडा न. ३ का वडा अध्यक्ष चक्र देउवाले खबर गरे पश्चात प्रहरी चौकी सकायलबाट प्र.स.नि. डम्बर बहादुर कार्कीको कमाण्डमा ३ जनाको प्रहरी टोली र जि.प्र.का. डडेल्धुराबाट प्र.नि. डम्बर बिष्टको कमाण्डमा ७ जनाको प्रहरी टोली नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखेको ।

रुपन्देही जिल्ला सियारी गा.पा.३ कुरमार बस्ने वर्ष २८ को नागेश्वर चौधरीलाई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेथरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा निज नागेश्वर चौधरीलाई खेतमा घाइते अवस्थामा फेला पारी उपचारको लागि सिटी अस्पताल भैरहवा पठाइएकोमा ऐ.०४।०२ गते ०६:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, साथमा मृतकको श्रीमती सुमित्रा थारु रहेको, कुटपिट गर्ने ऐ.८ गठुवा बस्ने वर्ष २४ को पाहलद थारु जि.प्र.का.रुपन्देहीको नियन्त्रणमा ।
                                                   

ज.ज.क.


इलाम चुलाचुली गा.पा.४ बस्ने श्याम राईको छोरा अं.वर्ष २१ को उदय राई र सांकेतिक वतन ०३-६-५ बस्ने सांकेतिक नाम इलाम-क-१(०८२/०८३) को छोरी अं.वर्ष १७ की सांकेतिक नाम इलाम-क(०८२/०८३) बिगत ३/४ वर्ष अगाडी देखी प्रेम सम्बन्धमा रही भेटघाट बोलचाल गर्दै आएकोमा उदय राईले सांकेतिक नाम इलाम-क(०८२/०८३) लाई ललाई फकाई मिति २०८२।०२।२५ गते राती अं.२३:०० बजे पिडितको घर नजिकै रहेको खोलाको डिलमा जबरजस्ती करणी  गरी अश्लिल फोटो, भिडियो सामाजिक संजालमा राखी दिन्छु भनि धम्काएकोले निज बालिकाको बुवाले मिति २०८२।०३।३२ गते ११:३० बजे टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई पिडितको बुवाले ऐ.०४।०१ गते ११:४० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएकोले पिडकलाई जि.प्र.का.मा राखि थप आ.अ.भईरहेको ।

मोरङ जिल्ला सुन्दरहरैचा न.पा.७ नयाँबस्ति टोल बस्ने भिम बहादुर श्रेष्ठको छोरा वर्ष ३८ को बालकृष्ण श्रेष्ठले ऐ.७ बस्ने वर्ष १३ की बालिकालाइ ललाई फकाई ऐ.स्थित बाँसघारीमा लगि रु.५००।– ( पाच सय ) रुपैया दिई ज.ज.क.गरेको भनी मिति २०८२।०४।०१ गते अं.१७:०० बजे इ.प्र.का.बेलबारीमा जाहेरी सहित जानकारी गराउनसाथ प्रहरी टोली खटी गई निज बालकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिईएको।
                                

विदेशी नागरीक  झुण्डी मृत्यु
 
काठमाडौ जिल्ला का.म.न.पा.०२ लाजिम्पाट स्थित अम्बिका गल्लिमा रहेको २.५ तल्लाको पक्की घरको भुई तल्लाको किचेन कोठाको सिलिङ पंखाको हुकमा मल्टिपल्गको तारले घाँटिमा पासो लगाई पाकिस्तानी नागरिक अं. बर्ष ४३  को सन्तोष माइकल झुण्डी मृत अवस्थामा रहेको भनि निज संगै बस्ने जि.बाँके बैजनाथ गा.पा.६ घर भई बस्ने वर्ष २० को दिपेन्द्र गुरुङले प्रहरी वृत्त दरबारमार्गमा जानकारी गराए पश्चात प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल महारागंज पठाइएको।


श्रोत नखुलेको रकम बरामद

रौतहट जिल्ला गौर न.पा. २ दश गंजा स्थित अ.प्र.पोष्ट,महादेवपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको देश भारत जि. मोतिहारी बैरगनिया-१३ बाबालाल दास मठ टोल बस्ने अं. वर्ष ४३ को महेश कुमार माथी शंका लागी चेकजाँच गर्दा निजले तिघ्रामा प्लाष्टिकले बेरी ल्यादै गरेको नेपाली नोट रु ३,००,००० ।-( तिन लाख) फेला पारी उक्त नगद सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी गौर भंसार कार्यालय,रौतहटमा पठाईएको ।
                                       

हा.ह.बरामद
  
रुकुम (पूर्वी भाग) रुकुम (पूर्वी भाग)बाट खटिएका प्र.स.नि.को कमाण्डमा गस्ति टोलीले गस्ती गर्ने क्रममा जि. रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.८ झाक्री खोला स्थित ओदारमा लुकाई - छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल १ (एक) सावुत  फेला पारि अ.प्र.पो. धपे रुकुम (पूर्वी भाग) मा ल्याई राखेको।


ला.औ.
सुनसरी रामधुनि नपा-७ क्वाटर डाडा स्थित बासको झ्याङमा लुकाई छिपाई राखेको केहि संकास्पद पोकाहरु फेला परेको भन्ने खबर प्राप्त हुँनासाथ  अ.प्र.पोष्ट पंचायनबाट प्र.स.नि.र इ.प्र.का. पकलिबाट प्र.नि.को कमाण्डमा टोली खटीगई हेर्दा कालो प्लाष्टिकले बेरिएको १० पोका लागुऔषध गाँजा जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा ३०० के.जी रहेको, अन्य अनुसन्धान कार्य भईरहेको ।

मोरङ जिल्ला ईलाका प्रहरी कार्यालय रंगेली र लागु औषध व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मोरङ सुनबर्षी नगरपालिका वार्ड नं.९ डायनिया स्थित हुलाकी सडक खण्डमा झपडतलबाट डाईनिया तर्फ आइरहेको BR37AC6795 नं.को मोटर साईकल शंका लागी रोकि सोहि मोसामा  सवार चालक देश भारत बिहार प्रदेश सिक्टी ग्राम पंचायत वार्ड नं.१३ सहिदाबार बस्ने वर्ष अ.३२ को सद्दाम हुसेन र सोही मो.सा.पछाडी सवार देश भारत अररिया जिल्ला सिक्टी ग्राम पंचायत वार्ड नं.६ ऱहनीकट्टा बस्ने बर्ष अ.३२ को शेर मोहमदलाई नियन्त्रणमा लिई चेकजॉच गर्दा शेर मोहमदको ६३.१० ग्राम साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरी निजहरु दुबै जना मानिस र मोटर साईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धानको कार्य भइरहेको ।

पर्सा जिल्ला पकहामैनपुर गा.पा.२ सुर्जाहाकट्टि स्थितमा बिषेश सुचनाको अधारमा जि.प्र.का.पर्साबाट र इ.प्र.का.पोखरियाबाट खटिएको संयुक्त टोलीले गाउको नजिकै रहेको खुल्ला ठाँउमा परालले छोपेर राखिएको अवस्थामा ६ ओटा बोरामा १२ पोका गरी जम्मा १५७ किलो ला.औ.गाजा बरामद गरी ई.प्र.का.पोखरियामा ल्याई अनुसन्धान भइरहेको ।
        


सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।