प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।०४ गते देखि ऐ. ०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-०५

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

कास्की जिल्ला मिति २०८२।०३।२० गते अन्नपूर्ण गा.पा.८ विरेठाँटी स्थित बाटो ढलानको काम गर्ने क्रममा ऐ.पोखरा म.न.पा.२ बागलुङ बसपार्क बस्ने बर्ष १८ को रोहित नेपाली र जि.सर्लाही घर भई हाल जि.कास्की पोखरा म.न.पा.३ नालामुख बस्ने वर्ष ३० की गौरी परियारबीच सामान्य विवाद भई दुवै जनाले एकआपसमा कुटाकुट गर्दा गौरी परियार घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेकोमा ऐ.०४।५ गते ०४:५० बजे उपचारको क्रमामा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने रोहित नेपालीलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्कीमा राखी थप अनुसन्धान भइरहेको ।

 

ज.ज.क./ज.ज.क.उधोग/बाल यौन दुर्व्यवहार

बझाङ जिल्ला    केदारस्यु गा.पा. वडा नं. २ कोटीगाउँ बस्ने बर्ष ३६ को धन बहादुर बिष्टले ऐ.ऐ.वर्ष १४ की पिडित परिवर्तित नाम चैनपुर १(क) लाई फोन बाट यौन दुव्यबहार जस्ता कुरा गरी बारम्बार फोन गर्ने र फोनमा यौन जन्य कुरा गरी दुःख दिने गरेको भनि निजको वुवा प्रेम बहादुर बिष्टले जि.प्र.का.बझाङमा आज मिति २०८२।०४।०४ गते बेलुकी १८:०० बजे जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बझाङबाट प्र.ना.नि. को कमाण्डमा खटिईएको प्रहरी टोलीले निज धन बहादुर बिष्टलाई नियन्त्रणमा लिई ऐ.१९;०० बजेको समयमा मेडिकल पश्चात जि.प्र.का.बझाङको हिरासतमा राखेर अनुसन्धान कार्य गर्दै ।

 

धादिङ जिल्ला    निलकण्ठ न.पा.३ पुच्छारबजार स्थितमा ऐ.ऐ.बस्ने किरण गुरुङको घरको अन्डर ग्राउण्डमा रहेको स्टोर रुममा जाहेरवाला परिवर्तित नाम धादिङ  २४ (०१) ०८२/०८३ को छोरी परिवर्तित नाम धादिङ २४ (०२) ०८२/०८३ बर्ष १७ कि बालिकालाई निम्न स्थान बस्ने निम्न मानिसहरुले ज.ज.क.गरेको भन्ने खबर जाहेरवालाले मिति २०८२/०३/०३ गते जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिना साथ जि.प्र.का.धादिङबाट प्र.ना.नि.पशुपति पाठक (९८४१३६९९७२) को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न निम्न स्थान बस्ने मानिसहरुलाई पक्राउ गरी मिति २०८२/०३/०४ गते सम्मानित धादिङ जिल्ला अदालतबाट  ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको साथै उक्त घटनामा संलग्न ऐ. बस्ने वर्ष अं.२७ को निरज नौबाघ फरार रहेको र खोज तलास कार्य भई रहेको

निम्न:-

१) जि.धादिङ निलकण्ठ न.पा.वडा नं.३ पुछारबजार बस्ने राम कुमार मल्लको छोरा वर्ष १९ को अमृत जंग मल्ल

२) जि.झापा विर्तामोड स्थायी वतन भई हाल जिल्ला धादिङ नीलकण्ठ न.पा.वडा नं.३ बस्ने वर्ष १८ को विश्‍वास     अधिकारी

 

 सुर्खेत   भैरबी गाउँपालिका वडा न.४ बस्ने वर्ष १७ की बालिकालाई ऐ.भैरबी गाउँपालिका वडा न.०४ बस्ने वर्ष २४ को हिक्मत बि.क.ले ऐ.बिरेन्द्रनगर न.पा.१० भेरी कर्णाली होटेल एण्ड रेस्टुरेन्टमा लगेर जबरजस्ती करणी गरेकोले कानुन बमोजिम गरिपाउँ भनी मिति २०८२।०४।०४ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, प्रतिवादी हिक्मत बि.क फरार, खोजतलास कार्य भइरहेको ।

 

कैदी बन्दी बिच झै-झगडा तथा कुटपिट

सिरहा जिल्ला सिराहा न.पा.७ स्थितमा रहेको सिरहा कारागारमा मिति २०८२।०४।०३ गते भएको अनुगमनमा कारागार भित्र देखिएको फलामको रड, दाउरा, ईट्टा र फलाम काट्ने मेसिनहरु देखिएको हुँदा सुरक्षाको दृष्टिकोणले हटाउने निर्देशन भएकोमा आज उक्त बस्तुहरु हटाउने तर्फ र अस्थाई चौकीदार बिजय कुमार महतोले कारागारभित्र कैदी बन्दीहरुलाई डर, त्रास देखाई ज्यादति गरेको बिषयमा जि. धनुषा गोबिन्दपुर गा.बि.स. २ बस्ने अं. वर्ष ३५  को  बिजय कुमार महतो लगायत १३ कैदी बन्दीहरु एकआपसमा झै- झगडा कुटपिट हुँदा बिजय कुमार महतो लगायत १३ जना घाईते (२ जना गम्भीर, ११ जना मध्यम) भई प्रादेशिक अस्पताल सिरहामा लगि प्रहरीको निग्रानीमा उपचार भईरहेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि १३ जनालाई नै केन्द्रिय कारागार जगरनाथदेवल काठमाडौ पठाएको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ३० जना टोली र प्रादेशिक अस्पताल सिरहामा प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटी गई सम्झाई-बुझाई गर्ने कार्य भईरहेको, ऐ.१७:०० बजे देश भारत बिहार जिल्ला मधुवनी ग्रामपन्चायत भतै ७ बस्ने अं.वर्ष ३८ को दिपक ठाकुर समेत ५ जना घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपाको लागि पठाउने पहल भईरहेको ।

कारागारमा नाराजुलुश

कास्की जिल्ला पोखरा म.न.पा.७ पार्दी स्थित कारागार कार्यालय कास्कीमा बल्क A मा रहेका ३६६ जना र बल्क B मा ३७३ जना बल्क C मा ३५ जना (नाबालक २ जना सहित) जम्मा ७७४ जना कैदी/थनुवा रहेकोमा ब्लक A मा नयाँ चौकीदार अजय गुरुङलाई नियुक्ति पत्र आएकोमा बल्क A का कैदी / थुनुवाले नयाँ चौकीदार स्वीकार नगर्ने र पुरानो चौकीदार प्रकाश गुरुङलाई स्वीकार गर्ने भन्ने बिषयलाई लिई बिरोध स्वरुप भेलाजम्मा भई नारा जुलुश गरेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटिएको र जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा ६५ जनाको टोली खटी गएको, ऐ.१९:५० बजेबाट कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ज्यु र जिल्ला कारागार कार्यालय कास्कीका प्रमुख र चौकीदार बिच छलफल भइरहेको, नाराबाजी भईरहेको, हालसम्म मानवीय तथा भौतिक क्षति नभएको, ऐ.२३:३० बजे  पुरानो चौकीदार प्रकाश गुरुङ र नयाँ नियुक्ति भएका अजय गुरुङलाई जि.प्र.का.कास्कीमा ल्याई राखिएको, अजय गुरुङको समर्थक मनु परियार, सुरज श्रेष्ठ,लक्ष्मण ढकाललाई A ब्लकबाट सारी B ब्लकमा लगेर  राखिएको, हालको अवस्था सामान्य रहेको, उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल ४ नं.मुक्तिनाथ बाहिनी मुख्यालयबाट स.प्र.नि.को कमाण्डमा ३१ जनाको थप टोली खटी गएको ।

 

ला.औ.

झापा  जिल्ला     दमक न.पा. ५ स्थित प्रतिबन्धित लागुऔषध बिक्री वितरण कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. दमकबाट खटिएको प्रह राज कुमार श्रेष्ठको टोलिले ऐ. दमक न.पा. ५ मेची स्टोर अगाडी सडकमा शंकास्पद अबस्थामा हिडिरहेको देश भारत विहार राज्य कटिहार जिल्ला बस्ने अ.बर्ष २८ को सुरज कुमार साह लाई चेकजाँच गर्ने क्रममा निजले ब्याग भित्र प्लाष्टिकको बट्टामा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४६ ग्राम ७६ मिलिग्राम र प्लाष्टिक बाहेक ४२ ग्राम १७ मिलिग्राम विभिन्न दरका नेपाली रुपैया जम्मा रु. ३७,९००/- (सईतीस हजार नौ सय), डिजिटल तराजु थान-१ (एक), मोवाईल नं. ९८०८०७७४२५ सिमकार्ड प्रयोग भएको oppo कम्पनीको मोवाईल थान-१, अगाडीको सिसाको भाग फुटेको ViVO मोवाईल थान-१ र निजको परिचयपत्र खुल्ने कागजात भारतिय आधार कार्ड थान-१ समेत फेला पारी उक्त सम्पुर्ण दशीका सामानहरु बरामद गरी निज सुरज कुमार साहलाई समेत पक्राउ गरी इप्रका दमकमा ल्याई राखि थप अनुसन्धान भई रहेको ।

सप्तरी जिल्ला राजगढ गा.पा.३ नर्घो स्थित बस्ने अं.वर्ष ४५ को रामकेबल मण्डलको घरमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त भए पश्‍चात इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डमा, सशस्‍त्र प्रहरी बल बेश पातोबाट स.प्र.ना.उ.को कमाण्डमा सशस्‍त्र प्रहरी बल बेश बैनिनियाबाट स.प्र.नि.को कमाण्डमा र प्र.चौ.झुटकीबाट प्र.व.ना.नि.को कमाण्डमा संयुक्त रुपमा टोली खटी गई खानतलासी गर्ने क्रममा निर्माणाधिन घरको शौचालयबाट २ बोरा, गाई गोठबाट १ बोरा र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरी जम्मा १२ बोरा अं.३८८ के.जि.७३० ग्राम ला.ओै.गाँजा जस्तो देखिने पदार्थ कानुन बमोजिम बरामद गरी रामकेबल मण्डलको श्रीमती अं.वर्ष ४१ की रेखा कुमारी मण्डललाई समेत नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।