प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।०९गते देखि ऐ. ११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-११

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

खोटाङ, साकेला गा.पा.५ बिर्ता बस्ने वर्ष अं.६९ को राजकुमार राईलाई निजकै भतिज वर्ष अं.३१ को न्युसन राईले घरयासी वादबिवाद हुँदा कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मातिमबिर्ताबाट प्रहरी टोलि खटी गई हेर्दा घाईते राजकुमार राईको अनुहार, शरिरको बिभिन्न भागमा चोट लागेको, अवस्था गम्भीर रहेकोले उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाएकोमा ऐः०३:५० बजेउपचारको क्रममा डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा राखिएको, कुटपिट गर्ने न्युसन राईलाई नियन्त्रणमा लिई जि.प्र.का.खोटाङमा राखिएको ।

 

सुर्खेत, वीरेन्द्रनगर न.पा.१३ सुगर खोला स्थित ऐ.बस्ने वर्ष अ.४२ को दानसिंह ठाडा मगरले आफ्नै श्रीमती वर्ष अ.४० की रबिना ठाडा मगरलाई एक्कासी सुतिरहेको अवस्थामा आई खाटको खुट्टा बनाउनलाई राखेको काठको टुक्राले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनी स्थानियले ऐ.०२;३० बजे अ.प्र.बिट कहरेखोलामा खबर गरे पश्चात अ.प्र.बिट कहरेखोलाबाट प्र.ब.ह.को कमाण्डमा र नगर प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, काठको टुक्रा प्रहार गरी कर्तव्य गर्ने दानसिंह ठाडा मगरलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखिएको ।

 

सर्लाही, ब्रहम्पुरी गा.पा.४ त्रिभुवननगर शेख टोल स्थित ऐ.ऐ. बस्ने अं.बर्ष ५२ को शेख नसिरको छोरा अं. बर्ष १२/१३ को शेख मोम्ताज लाई ऐ.ऐ. बस्ने शेख हेदरको छोरा अं.बर्ष २५ को लक्की शेख, सहिद शेखको छोरा अं.बर्ष २० को शेख छोटेले घर देखि बाहिर लगेको बिषयलाई लिई बाद बिवाद तथा झै-झगडा हुदा निज अं.बर्ष ५२ को शेख नसिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई डाक्टरले चेकजाँच गर्दा ऐ.०३:३० बजे मृत घोषणा गरेको भनि मृत्ककै छोरा अं.२२/२३ को शेख मुनाले सोही अस्पतालमा खटिएको प्र.क.लाई मौखिक जानकारी गराएको लाश सोही अस्पतालमा रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराउन साथ उक्त स्थानमा प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि. दिपेन्द्र मल्लको कमाण्डमा ४ जना र तालुक जि.प्र.का. सर्लाहीबाट प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटि गई कुटपिट गर्ने मानिस  तत्काल फरार रहेको खो.त. कार्य भई रहेको ।

                                       

ज.ज.क.

नबलपरासी पश्चिम, प्रतापपुर गा.पा.९ स्थित उखु खेतमा ऐ.बस्ने वर्ष ४० कि महिलालाई घांस काट्ने क्रममा ऐ. ९ माधवपुर बस्ने वर्ष अं.४५ को राम सहरे यादवले जवरजस्ती करणी गरेको भनी ऐ.१०:०० बजे  इ.प्र.का. बेलाटारीमा सुचना प्राप्त हुनासाथ पिडितलाई सोधपुछ गरी पिडक वर्ष अं. ४५ को राम सहरे यादवलाई  इ.प्र.का. बेलाटारीबाट टोली खटि गई नियन्त्रणमा लिई पिडित र पिडक दुबै जनालाई स्वास्थ्य परीक्षणको लागि प्र.स.नि.को कमाण्डमा टोलीले जिल्ला अस्पताल परासी पठाएको ।

 

झापा, मिति २०८२ साल असार महिनाको अन्तिम तिर दिउसोको समयमा सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “बिर्तमोड-३(क)” को छोरा वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३” ले सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३”की छोरी बर्ष  ९ की सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३” लाई  सांकेतिक वतन ०४-३-B-ञ स्थित प्रतिवादी सांकेतिक नाम “बिर्तमोड-३”को घर कोठामा घरमा नभएको मौका पारी यौनजन्य मनासयले संवेदनशिल अंगहरु स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने जस्ता कार्य गरी बाल यौन शोषण गरेको भन्ने ब्योहोरा सहितको ऐ.०४।१० गते २४:०० बजे  सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३ की आमा सांकेतिक नाम “३(क)-अनारमनी-०८२/०८३ ले इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त प्राप्त भएको, प्रतिवादी सांकेतिक वतन ०४-३-B-ञ बस्ने वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३”लाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनी ल्याई थप अनुसन्धान भईरहेको ।

 

मोरङ, सुन्दरहरैचा नपा ६ नमुना चोक बस्ने वर्ष ३७ को खगेन्द्र बिकले ऐ.ऐ. १ डागीटोल वस्ने  सांकेतिक नाम ०८२ बेलबारी -०७ को छोरी वर्ष १४ कि ना-बालिका सांकेतिक नाम ०८२ बेलबारी – ०८ आफु सुतिराखेको अवस्थामा आइ मुख थुनि जजक गरेको भनि आज मिति २०८२।०४।१० गते अ. १७;३० बजेको समयमा ०८२ बेलबारी -०७  ले इप्रका बेलबारीमा जाहेरी सहित जानकारी प्राप्त हुन साथ प्रचौ गछिया बाट प्रनानि गणेश दाहाल (९८५२०७११६६) को टोली खटि गई निज खगेन्द्र बिकलाइ नियन्त्रणमा लिई इप्रका बेलबारीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइ रहेको ।


पाँचथर, फाल्गुन्नद गा.पा. ४ चिलिङदिन सिरानटोल स्थित ऐ.बस्ने बर्ष ४८ को लय प्रसाद संजेलले ऐ.ऐ. बस्ने बर्ष ११ की बालिका लाई वालयौन दुर्व्यवहार गरेको भनि बालिकाको हजुरबुबाले  मिति २०८२।०४।१० गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय पाँचथरमा लिखित जाहेरी दरखास्त दिएको हुँदा निज लय प्रसाद संजेल लाई पक्राउ गरी बालयौन दुरुपयोग मुद्दामा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको ।

 

उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजार स्थित चिसापानी खडका होटलको दोश्रो तलाको कोठा भित्र सांकेतिक वतन जिल्ला १४-CH-०९-बस्ने अ. वर्ष २४ की सांकेतिक नाम“२०८२/०८३-बेल्टार ख लाई जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.०९ हडिया बस्ने अ.बर्ष ४८ को गजेन्द्र गिरी ले धाक धम्की दिई ज.ज.क गरेको भन्ने निजले “२०८२/०८३-बेल्टार ख” ले इ.प्र.का.बेल्टारमा मिति २०८२/०४/१० गते अं १८:०० बजे,आई दिईएको जाहेरी दरखास्तको आधारमा ज.ज.क गर्ने गजेन्द्र गिरी लाई पक्राउ गरी इ.प्र.का. बेल्टारमा ल्याई आवश्क अनुसन्धान कार्य भई रहेको ।

 

रसुवा, उत्तरगया गा.पा.२ भाङगे झरना स्थित ऐ.कालिका गा.पा.१ पलेप बस्ने सोनाम तामाङको छोरी अं.वर्ष १७ की सोनिया तामाङ सहित २ जना भाई र ३ जना बहिनीलाई लिई भाङगे झरनामा नुहाउन गएकोमा हाल नम्बर नखुलेको पल्सर मो.सा.चालक नामथर, वतन नखुलेको अं. वर्ष २० को १ जना पुरुष ब्यक्तीले निज बालिका सोनिया तामाङ माथी दुर्व्यवहार गरी फरार भएको भनी अ.प्र.पोष्ट मैलुङमा ऐ.१९:३० बजे जानकारी गराउनासाथ अ.प्र.पोष्ट मैलुङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भईरहेको ।

बिदेशी नागरिक मृत्यु

सिन्धुपाल्चोक,    भोटेकोशी गा.पा.२ लिपिङ स्थित चिन-नेपालको मितेरी पुलमा देश भारत जिल्ला राजकोट बस्ने वर्ष अं.६५ को टंक किरीट्भाई चुनिलाल चिनको मानसरोवर दर्शन गर्न जाने क्रममा अचानक बेहोश हुँदा धुलिखेल शाखा अस्पताल हिन्दीमा सामान्य उपचार पश्चात थप उपचारको बाह्राबिसे नगर अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.कोदारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई लासजाँच मुचुल्का गरी पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज,काठमाडौ पठाइएको ।


रौतहट, चन्द्रनिगाहापुर न.पा.१ नुनथर स्थित बागमती नदिमा देश भारत बिहार राज्य सितामढीं जिल्ला ग्राम जमुआहा वडा नं. १ पंचायत मठिया बस्ने शिव शंकर साहको छोरा अ.बर्ष १४ को पवन कुमार साह जल भर्ने क्रममा डुवि वेपत्ता भएको भनी निजको बुवाले ऐ.१० गते ०९:३५ बजे जानकारी गराउनासाथ इ.प्र.का.चपुरबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याप सन्तपुरबाट स.प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१०:१५ बजे,उक्त स्थानबाट अं.१५० मि.दक्षिण सोही नदीमा झोलुङ्गे पुल नजिक तैरिरहेको अवस्थामा निज पवन कुमार साहको शव फेला परी निजको बुवाले सनाखत गरेको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाईएको,  उक्त स्थान प्र.चौ.पौराहीबाट अं.३ कि.मि.उत्तर पर्ने ।

कैदी मृत्यु

काठमाडौ, का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रिय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा जि. जाजरकोट वारीकोट गा.पा.९ घर भई क.ज्यान मुद्दामा थुनामा रहेका प्रतिवादी वर्ष ५१ को धन बहादुर बस्नेत अक्सिजनको कमी र फोक्सोमा क्यान्सर सम्बन्धी बिरामी भई मिति ऐ.०९ गते केन्द्रिय कारागार अस्पताल त्रिपुरेश्वर भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१५:४० बजे मृत्यु भएको,शवको कानुनी प्रकृया पूरा गरी शव पो.मा को लागि टिचिङ अस्पताल पठाइएको।

 

रुपन्देही, सिद्धार्थनगर न.पा.७ तिनतारेपथ स्थित रहेको बाल सुधार गृह रुपन्देहीमा गस्ति गरी चेकजाँच गर्ने क्रममा जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वतन भएको ज.ज.ज.मुद्धाको कानुनको बिवादमा परेको वालक (कैदीबन्दी) वर्ष २१ को सन्दिप गोसाई फेला नपरेको निजलाई खो.त.गर्दै जाँदा ऐ.बाल सुधार गृह रुपन्देहीको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलाम पाईपमा नरीबलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.रुपन्देहीबाट प्र.ना.उ.को कमाण्डमा SOCO को टोली खटी गएको, निजको आफन्तलाई जानकारी भईसकेको, निज मृतक १ बर्ष देखि मोनिटरको रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेखको काम गर्दै आएको, ऐ.१७;३० बजे घट्नास्थलमा मृतकको दाई जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वर्ष अं.२७ को शैलेश गोसाई आईपुगेको, ऐ.१७:५० बजे घट्नास्थल कार्य पुरा गरी शव पो.मा.को लागि भिम अस्पताल भैरहवा पठाएकोमा पो.मा.पश्चात शव मृतकको आफन्तले बुझि लगेको ।

 

प्रहरी कर्मचारी.माथि हातपात

सिरहा, गोलबजार न.पा.१ अन्द्राटोल स्थित प्र.चौ.मुक्सारको कार्यालयको सेन्ट्री डियुटीले गोला टोलबाट ६ वटा मो.सा.मा सवार भई ओभर स्पिडमा कार्यालयतर्फ आउँदै गरेको देखी मो.सा.हरुलाई रोक्न खोज्दा अं.८ जनाको समूहमा मानिसहरु आई सेन्ट्री डियुटीमा इ.प्र.का.औरही दुहबी धनुषा दरबन्दी भई प्र.चौ.मुक्सारमा कार्यरत प्र.ज.दाता राम पुलामीलाई हातपात गर्दा निज प्र.क.को चुस्ता(युनिफर्म) समेत च्यातिएको र शरीरको भित्री भागमा चोट लागी स्थानीय स्वास्थ्य चौकी मुक्सारमा सामान्य उपचार पश्चात कार्यालयमा आराम गरिरहेको, अवस्था सामान्य, हातपात गर्ने समुहका ज.१२ प ४६८५ नम्बरको मो.सा.चालक जि.सिरहा धनगढीमाई न.पा.१० बस्ने निर मगरको छोरा वर्ष २० अनिल मगर(मा.प.से गरेको)लाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा राखिएको, अन्य मानिसहरूको खो.त.भइरहेको ।

 

ला.औ.

सुर्खेत, चिङ्गाड गा.पा.५ चादनिचोक स्थित नरेन्द्र मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसलमा इ.प्र.का.अवलचिङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पसलको साहु ऐ.बस्ने वर्ष ५० को धन बहादुर खड्काको साथबाट ३२.०२ ग्राम ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

 

झापा, कचनकवल गा.पा.४ लोधावारी स्थित ला.औ.को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.र ला.औ.नियन्त्रण ब्युरो काकँडभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री भारत बिहार बस्ने वर्ष २५ को सोहेल, निजकी श्रीमती वर्ष २९ की तबसुम आरा र ऐ.बस्ने वर्ष २४ को कचालु अन्सारी मध्ये तबसुम आराले आफ्नो साथमा रहेको प्लाष्टिकको पोका भुईमा फालेर भाग्न खोजेकोमा निजहरु तिनै जनालाई नियन्त्रणमा लिई फालिएको पोका खोलेर हेर्दा ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेकोले तौल गर्दा शुद्ध ५८ ग्राम ४०० मिलिग्राम रहेको हुँदा बरामद गरी तिनै जनालाई आ.अ.को लागि जि.प्र.का.मा ल्याई राखिएको ।

 

सिरहा, नवराजपुर गा.पा. ४ कुसण्डि जाने बाटोमा गोप्य सुचनाको आधारमा इ.प्र.का झाझपट्टीबाट प्र.ना.नि., जि.प्र.का. सिरहाबाट प्र.स.नि. र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 32 M 7338 नं. को मो.सा.लाइ रोक्ने क्रममा नरोकी भागेको हुदा उक्त मो.सा. लाइ नियन्त्रणमा लिने क्रममा type 77 पेस्तोलबाट एक राउण्ड गोली फायर गरी उक्त मो.सा. नियन्त्रणमा लिएको, उक्त मो.सा. चालक देश भारत मधुवनी ग्राम पञ्यायत बिरपुर वडा नं. ९ बस्ने वर्ष ३८ को श्याम सुन्दर पासवानलाइ चेकजांच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोइन नेट तौल प्लाष्टिक सहित ५०.३७ मिलि ग्राम बरामद भएको हुँदा निजलाइ मो.सा., ला.औ. सहित नियन्र्णमा लिइ आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इ.प्र.का.झाझपट्टीमा ल्याइ राखिएको

 

झापा, भद्रपुर न.पा. ५ भद्रपुर वजार स्थित भित्रि सडक खण्डमा ला.औ. कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका झापावाट प्रनि विजय चौहान र ला.औ.नियन्त्रण व्युरो काँकरभिट्टावाट प्रनानि सोमेश लामिछानेको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडि रहेको देश भारत किसनगंज जिल्ला कोल्लिकोट थाना वस्ने वर्ष ३६ को मोहमद इस्लाम प्रहरीलाई देख्ने वित्तिकै प्रहरीलाई नै आक्रमण गरि भाग्ने क्रममा  प्रहरीले Bereta Italian र CF 98 9mm USP पेस्तोलवाट १।१ राउण्ड प्रहार गर्दा CF 98 9mm USP पेस्तोलवाट १ राउण्ड निजको वायाँ खुट्टाको घुँडा मुनि लागेको र निजको साथवाट ला.औ. खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११० ग्राम २०० मिलिग्राम र प्लाष्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम फेला परेको र घाइतेलाई उपचारको लागी प्रहरीको निग्रानीमा प्रादेशिक अस्पताल भद्रपुरमा भई रहेको, अवस्था सामान्य ।

 

मकवानपुर, इन्द्रसरोवर गा.पा.२ हेभि स्थित हेटौडा कुलेखानी काठमाण्डौ सडक खण्डमा विरगंजबाट काठमाण्डौ जान आउदै गरेको BR05PA 9093 नं.को भारतिय स्कारपियो गाडिलाई स.प्र.बल नेपाल विपद व्यवस्थापन वेश कुलेखानि मकवानपुरबाट खटिएका स.प्र.नि.अमृत थापा (९८५१२७१३९८) को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्दा स्कापियोको ढोकाहरुमा फल्स बटम बनाई ला.औ.डाईजेपाम, फेनारगन, नोरफिन (गन्ती गर्न बाँकी) फेला पारी उक्त गाडिमा सवार निम्न ४ जनालाई नियन्त्रणमा लिएको भन्ने खवर ऐ.२१:४५ बजे प्राप्त हुनासाथ इ.प्र.का.भिमफेदी मकवानपुरबाट प्र.नि. को टोलि खटिगएको । निम्नः- १) चालकः- देश भारत मोतिहारी बस्ने बर्ष अं.२४ को शेख गुलजार । २) सवार सोही स्थान बस्ने बर्ष अं.४३ को शेख सकुत । ३) सवार सोही स्थान बस्ने बर्ष अं.१९ को नेशाब आलम । ४) सवार सोही स्थान बस्ने बर्ष अं.२५ को बसिम अहमद । मिति २०८२।०४।११ गते ०२:२५ बजेको समयमा माथी उल्लेखित ला.औ.लाई गन्ति गर्दा (प्रति एम्पुल 2 ml) डाईजेपाम २,२२६ एम्पुल, फेनारगन (Promettlozine Hydrochloride) १८६१ एम्पुल, नोरफिन २,३५६ एम्पुल र Laboratu-tromol 50 mg ५ पत्तामा ४९ ट्याब्लेट (प्रति पत्तामा १० ट्याब्लेट र १ पत्तामा ९ ट्याब्लेट) रहेको, स्कारपियो गाडी र ४ जनालाई इ.प्र.का.भिमफेदी मकवानपुरमा राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।