प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।१६ गते देखि ऐ. १८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-१८

  • A
  • A-
  • A+
Share

ज.ज.क./ज.ज.क.उधोग/ यौन दुर्व्यवहार

दाङ गढवा.गा.पा.६ बनकट्टी बस्ने वर्ष १६ को बालकले ऐ. ८ मुसिनाका घर भई ऐ.६ मनिकापुर बस्ने वर्ष १३ की बालिकालाई निज पीडितकै घर कोठामा बसिरहेको अबस्थामा जबरजस्ती करणी उद्योग कसुर गरेको भनी ऐ.१६ गते ११:०० बजे इ.प्र.का.गढवामा आई जाहेरी दरखास्त लेखी पेश गरे पश्चात इ.प्र.का.गढवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.गढवा दाङमा ल्याई अनुसन्धान भईरहेकोमा स्वास्थ्य परिक्षणको लागी दुबै जना (पीडित र पिडक) लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाईएको, निज पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान इ.प्र.का.गढवाबाट अं.४ कि.मि. दक्षिण पर्ने ।

 

दाङ घोराही उ.म.न.पा.१८ नवलपुर बस्ने वर्ष २३ को सन्तोष वलीले मिति २०८१।०८।२५ गते अं.११:०० बजे ऐ.बंगलाचुली गा.पा.६ बस्ने वर्ष १६ की बालिकालाई ललाई फकाई गरी ऐ.घोराही उ.म.न.पा.१५ ट्राफिक चोक नजिक रहेको वेलकम पाहुना घर रेष्टुरेन्ट एण्ड लजको कोठा नं.१०१ मा बोलाई लिई ज.ज.क.गरेको र सोही करणीबाट हाल पिडितको पेटमा ८ महिनाको गर्भ रहेको भनी पीडितको आमाले मिति २०८२।०४।१५ गते अं.२०:२० बजे जि.प्र.का.दाङमा मौखिक जानकारी गराए पश्चात जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सन्तोष वलीलाई पक्राउ गरी जि.प्र.का.दाङमा ल्याई ऐ.१६ गते ०९:०० बजे निज उपर पीडितको आमाले जाहेरी दरखास्त दिएकोले सम्मानित दाङ जिल्ला अदालत घोराही दाङबाट मिति २०८२।०४।१५ गते देखि लागु हुने गरी दिन ५ (पाँच) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ।

 

बारा, सिम्रौनगढ न.पा. १० देबापुर टेटा टोल बस्ने रामएकवालको छोरा अं.बर्ष ३१ को छोटेलाल प्रसाद यादबले ऐ.स्थित आफ्नै घरमा टियुसन पढाउने घर कोठामा ऐ. बस्ने नाम परिवर्तित अं.बर्ष ०९ की ३३ सिम्रौनगढ०८२/०८३ (ख)लाई ज.ज.क.गरेको भन्ने खबर  इ.प्र.का. सिम्रौनगढमा ऐ.१२:०० बजे पिडितकी आमाले जानकरी गराएको हुदाँ उक्त स्थानमा इ.प्र.का.सिम्रौनगढबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटीगई छोटेलाल प्रसाद यादबलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको पिडक र पिडित दुवैलाई स्वास्थ्य परिक्षणको लागि प्रदेशिक अस्पताल कलैया बारामा पठाईएको ।

 

कैलाली, गौरीगंगा न.पा. ०८ स्थित लिक्मा जंगलमा ऐ. ०५ अण्डैया शिसु सुधार टोल बस्ने अं.बर्ष ३१ को भरत बुढाले जिल्ला डडेल्धुरा आलिताल गा.पा. ०३ घर भई आफ्नोको घर बस्ने बर्ष १५ की वालिकालाई ज.ज.क.गरेको भनी ऐ.१८ गते विहान ००:३५ बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मसुरियाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोली खटी गएको पिडक फरार खोजतलास भईरहेको, पिडितलाई अभिभावकको संरक्षणमा स्वास्थ्य परिक्षण प्रकृयाको लागी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको सम्पर्कमा पठाईएको ।


कर्तव्य ज्यान

ताप्लेजुङ आठराई त्रिबेणी गा.पा.४ आहाले बस्ने वर्ष२२ को मन कुमार बि.क.ले घरयासी बिषयलाई लिएर सामान्य बाद-बिबाद हुँदा आफ्नै भाई  वर्ष २० रोशन बि.क.लाई धारिलो हतियार खुकुरीले पेटमा प्रहार गरी मृत्यु भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.दोभानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, खुकुरी प्रहार गर्ने मन कुमार बि.क.लाई धारिलो हतियार खुकुरी सहित नियन्त्रण लिएको ।

 

कैलाली बर्दगोरिया गा.पा.१ बौनिया स्थित गजेन्द्र शाहीले संचालन गरेको राजधानि सेकुवा एण्ड म.म.सेन्टरमा काम गर्ने ऐ.१ बस्ने बर्ष अ.३३ को नृप भन्ने निरज साउदले सोहि होटेलमा काम गर्ने ऐ.३ बस्ने गगन सेजुवालको छोरी बर्ष अ.१७ कि याचना सेजुवाल लाइ चक्कु प्रहार गरेको भनि इप्रका सडकपुरमा खबर प्राप्त हुना साथ प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटि गई घाइतेलाई बर्दगोरिया अस्पताल प्रा.लि.बौनियामा पठाई सामान्य उपचार पश्चात ऐ.१०;३० बजे थप उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीको लागि रिफर घाँटिमा चोट अवस्था शिरियस,चक्कु प्रहार गर्ने नृप साउद इप्रका सडकपुरको नियन्त्रणमा । ऐ.१०;५५ बजे थप अनुसन्धानको लागि इप्रका सुखड बाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि आएको । थप टिपोट :-ऐ.१०:५५ बजे थप अनुसन्धान तथा घटनास्थल कार्यको लागि इ.प्र.का.सुखड बाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको । थप टिपोट;- ऐ.११;३० बजे घाइते याचना सेजुवालको निषर्ग अस्पताल धनगढीमा लगी उपचारको क्रममा मृत्य भइ मृतक लास सोहि अस्पतालमा रहेको । ऐ.१३;०० बजेको समयमा मृतक लास पो.मा.को लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलालीको लास घरमा राखेको बि.बि.पछी । थप टिपोट :- ऐ.१३;०५ बेजको समयमा प्र.ह.रामचन्द्र नेपालिको जिम्मा लगाइ निज नृप भन्ने निरज साउदलाई थप अनुसन्धानको लागि इ.प्र.का.सुखडको गाडि द्वारा इ.प्र.का.सुखड कैलाली पठाएको ।

 

मकवानपुर मकवानपुरगढी गा.पा. ५ बुङदोल स्थितमा बिगत देखी शसुराली घरमा बस्ने अं. बर्ष ४५ को मान ब. शिवभक्तीले घरमा कोही नभएको अबस्थामा आफ्नै श्रीमती अं. बर्ष ४० दुर्गा लक्ष्मी शिवभक्तीलाई घाटी थिची कर्तब्य गरी मारेको भनी निज मान ब. शिवभक्ती ऐ.०८:३० बजे जिल्ला प्रहरी कार्याललय मकवानपुरमा आई जानकारी गराए पश्चात निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको, तत्काल घटनास्थलमा अ.प्र.पोष्ट धादिङ मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई घटनास्थल शुरक्षित राखेको, लाश ओछ्यानमा उतानो अबस्थामा रहेको, थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरबाट प्र.नि. इ.प्र.का. मकवानपुरगढीबाट प्र.नि.को कमाण्डमा अनुसन्धान टोली खटी गएको, निज मान ब. शिवभक्ती सोधपुछ गर्दा श्रीमती प्यारालाईसिसको बिरामी हिडडुल गर्न नसक्ने अबस्थामा रहेकोले आफु तनावमा आई श्रीमतीको घाटी थिचि हत्या गरी आफु समेत घाटिमा पासो लगाई झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिए पश्चात आफु प्रहरीको सम्पर्कमा आएको भनी जानकारी गराएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

 

पर्सा, जिराभवानी गा.पा.५ शंकरसरैया मुसहर टोल बस्ने डोमा माझीको छोरा अ.वर्ष २६ को जितन माझीले मा.प.से गरी आफ्नो श्रीमती अं.वर्ष २४ की अस्पतलिया देवी सँग बाद-बिवाद गरी लाठीले कुटपिट गर्दा निज अस्पतलिया देवीको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट शंकरसरैयाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने जितन माझीलाई नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा पठाएको, शव घटनास्थलमै रहेको, थप अनुसन्धानको लागी इ.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

 

ललितपुर,  जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. ८ घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. १४ ठैव स्थित बिष्णु बहादुर खड्काको जग्गा भाडामा लिई जस्ताको टहरो बनाई बस्दै आएको बर्ष ४६ को निरोज कुमार खड्कीले आफ्नै श्रीमती बर्ष ३४ की कमलामाया खड्कीले अत्याधिक मात्रमा मा.प.से. गरेको भनी कुटपिट गरी मारेको भन्ने खबर ऐ. १८ गते ०६:०० बजे प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाँउबाट प्र.नि. को कमाण्डमा ७ जना प्रहरी टोली खटी गई निज निरोज कुमार खड्कीलाई नियनत्रणमा लिई अनुसन्धान कार्य भइरहेको ।

 

हा.ह.बरामद

अर्घाखाँची शितगंगा न.पा.१० खुम्चीकोट बस्ने ज्ञान बहादुर सुनारले भोगचलन गर्ने खरेन बारीको ओडारमा अपरिचित व्यक्तिले अबैध भरुवा बन्दुक तथा खर खजना लुकाई-छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.ठाडाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा उक्त ओडारमा लुकाई/छिपाई राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक थान-२(दुई), सिसाको जस्तो देखिने गोला टुक्रा-१४ (चौध) थान, प्लाष्टिकमा पोका पारेको बारुद जस्तो देखिने वस्तु अं.२५० ग्राम, सानो टिकी पट्का-१ (एक)बट्टा फेला पारी इ.प्र.का.ठाडामा राखी आ.अ.भईरहेको,उक्त स्थान इ.प्र.का.ठाडाबाट अं.१५ कि.मि.पश्चिम पर्ने ।

 

कैदि/थुनुवा बन्दी कुटपिट

बर्दिया गुलरिया न.पा.४ स्थित का.सु.गार्ड बर्दिया कारागार कार्यालयमा रहेका कैदी तथा थुनुवाहरु बीच खानाको बिषयलाई लिएर विवाद भई कुटपिट हुँदा ४ जना कैदीहरूलाई ५ जना थुनुवाहरुले कुटपिट गरी घाईते भएकोले उक्त स्थानमा जि.प्र.का.बर्दियाबाट प्र.नि.को कमाण्डमा २५ जनाको थप प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि बर्दिया अस्पताल गुलरीयामा लिई गएकोमा ऐ.१४:३० बजे चारै जना घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएको, कुटपिट गर्ने थुनुवाहरु सोही कारागर कार्यालयमानै रहेको तत्काल बस्तुस्थिति सामान्य रहेको ।

 

ला.औ.

पर्सा पकहामैनपुर गा.पा.२ सुर्जाहाकट्टि स्थित ऐ.बस्ने ओसियर पंडितले खेतमा राखिएको धानको पराल लिन जाँदा सोही धानको पराल भित्र लुकाई छिपाई राखिएको ३ ओटा बोरामा ४० किलो ला.औ. गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.पोखरियामा पठाएको, उक्त स्थान अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट अं.१ कि.मि. पूर्व पर्ने ।

 

सुनसरी बर्जु गाँउलिका वडा न.३ धत्ता टोलबाट कैसलिया खोला हुँदै बिराटनगर तर्फ जाने भित्री सडक खण्डमा अबैध रुपमा लागु औषध गाँजा ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी अमडुवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धत्ता टोलबाट कैसलिया खोला हुँदै बिराटनगर तर्फ जाँदै गरेको को २ ह १५१४ न.को अटोलाई  पिछा गरी रोक्न खोज्दा अटो भगाई केही पर गई रोकी अटो चालक उखुबारी तर्फ भागी फरार भएको, उक्त न.को अटो चेक जाँच गर्दा अबैध रुपमा अटोमा लुकाई छिटाई ल्याएको लागु औषध गाँजा ठुलो जेब्रा झोलामा ५ जेब्रा (१ जेब्रा झोलामा अ.३० के.जि.हुने तौल गर्न बाँकी) गरी अण.१५० (एक सय पचास) के.जि.बराबरको ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

 

चितवन, भरतपुर म.न.पा.१७ गाजिपुर स्थित ऐ. बस्ने वर्ष ३२ को धिरज लामाले ला.औ.ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.को सादा पोशाकको टोलीले निजको घर खानतलासी गर्दा प्लाष्टिकको २ वटा सानो पोकामा खैरो हेरोईन जस्तो देखिने ला.औ.अं.तौल १२ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।

 

सुनसरी, धरान उ.म.न.पा.१५ स्थितमा लागु औषध कारोबार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का.धरानबाट प्र.ह.र अ.प्र.पोष्ट बरगाछीबाट प्र.स.ह.र्जीको संयुक्त टोलीले धरान उ.म.न.पा.-१५ घर भई हाल ऐ.-५ एभरेष्ट लाईन बस्ने वर्ष ३६ को हेम बहादुर तामाङ र जि. धनकुटा घर भई हाल धरान उप-मनपा-१६ बस्ने वर्ष २८ को मिलन थापा मगरको डेरा कोठाबाट लागु औषध ट्रामोल -२९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक -२९५० ट्याबलेट फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ई.प्र.का.धरानमा ल्याई अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।