प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२०

  • A
  • A-
  • A+
Share

हवाई फायर गरी मानिस नियन्त्रणमा लिएको

सप्तरी , डाकनेश्वरी न.पा. ५ औरही पातो गाँउ एरियामा अं.वर्ष ३० को दिपक मरिक (मलिक) हा.ह. बोकी हिड्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न लाग्दा निज भाग्ने क्रममा  सानो चा.पे.बाट २ राउण्ड र ठुलो चा.पे. बाट २ राउण्ड  गरि जम्मा ४ राउण्ड हवाई फायर गरि निजलाई  सकुसल नियन्त्रणमा लिईएको, सम्पुर्ण प्रहरी  सकुसल भएको, निजलाई जि.प्र.का. सप्तरीमा राखीएको, अन्य सर्च अप्रेशन जारी रहेकोमा, ऐ.१९ गते अं. १०:३० बजे शम्भुनाथ न.पा. ८ कठौना स्थितमा जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.स्थित दिपक मरिक(मलिक) को आफन्त तथा निजको घर एरियाबाट १०० मि. दक्षिण तर्फ रहेको आँपको बोट मुनि काठको बिड, फलामको नोजल भएको कटुवा पेस्तोल थान- १ र लाईभ गोलि थान- २ प्लास्टिकमा लुकाई छिपाई  राखिएको आवस्थामा फेला परेको हुँदा रीतपुर्वक बरामद गरि जि.प्र.का.मा ल्याई राखिएको ।

 

ज.ज.क.

बैतडी, सिगास गा.पा.५ तल्ली खैरकोट छिल्ला स्थित ऐ.बस्ने मिन सिंह धामीको घर कोठामा वर्ष १६ की बालिकालाई ऐ.६ बस्ने वर्ष ३१ को सुरेन्द्र धामीले पीडितको ईच्छा बिपरित ज.ज.क. गरेको र सोही करणीबाट पीडितको पेटमा करिब २७/२८ हप्ताको गर्भ रहेकोले निज प्रतिवादीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी मिति २०८२।०४।१८ गते १७:०० बजे जाहेरी दर्खास्त प्राप्त भई ऐ.१९ गते ११:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भई प्रतिबादीको खो.त. कार्य भइरहेको, थप अनुसन्धान कार्य भईरहेको ।

 

बैतडी,  मिति २०८१ पुष महिनाको पहिलो हप्तातिर जाहेरवाली वर्ष १६ की बालिकालाई  जिल्ला बैतडी सिगास गाउँपालिका वडा नं. ५ छिल्ला स्थित ऐ बस्ने प्रतिबादी वर्ष १९ को दिनेश महराले जवर्जस्ती करणी गरेको र हाल निज पिडितको पेटमा करिब २७/२८ हप्ताको गर्ब समेत रहेको भनि आज मिति २०८२।०४।१९ गते १७:०० बजेको समयमा करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भई प्रतिबादीको खो.त. कार्य भइरहेको ।

 

सवारी दुर्घटना (प्र.क.)

सुर्खेत, बिरेन्द्रनगर न.पा.७ घण्टाघरचोक स्थित कालिञ्चोकबाट आँखा अस्पतालचोक तर्फ जाँदै गरेको क.प्र.०२००२ प.९८६० नं.को मो.सा. र को.ले.नि.का.बाट घण्टाघर तर्फ आउँदै गरेको भे.६ प.२५६८ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा क.प्र.०२००२ प.९८६० नं.को मो.सा.चालक जि. दैलेख भगवतीमाइ गा.पा.६ बस्ने जि.प्र.का.मुगु अन्वेषण शाखा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ को राजेन्द्र खड्काको हात खुट्टा र आँखामाथि चोट, अवस्था मध्यम, मो.सा. पछाडी सवार ऐ. बस्ने निजको श्रीमती इ.प्र.का.लेकवेशी सुर्खेतमा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ की प्र.स.ह. शोभा खड्काको दुवै हात र ढाडमा चोट अवस्था मध्यम र भे.६ प.२५६८ नं.को मो.सा. चालक जि. सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष १८ को बिजित शाहीको हात, खुट्टा र पेटमा चोट अवस्था मध्यम घाईते भई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत पठाएको ।

 

नवलपरासी पश्चिम, रामग्राम न.पा.१ खानेपानी ट्याङ्की अगाडी दक्षिणबाट उत्तरतर्फ जादै गरेको लु ३९ प ८७४८ नं. को मो.सा. अनियन्त्रित भई रेलिङमा ठोकिन जादा मो.सा. चालक प्र.चौ. तार्कुघाट लमजुङ दरबन्दी भई इ.प्र.का. गणेशपुर कपिलवस्तुबाट मिति २०८२।०४।१५ गते रवाना लिई आएका जि.नवलपरासी सुनवल न.पा.२ नयाबस्ती स्थायी वतन भएका वर्ष ४० को कम्प्युटर नं. ३६६६५२ का प्र.ह.श्रीराम यादव सामान्य बिरामी भई घरबाट जिल्ला अस्पताल परासीमा आई चेकअप पश्चात फर्किने क्रममा दुर्घटना हुँदा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. नवलपरासी पश्चिमबाट प्र.स.ह.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय जैसवाल मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा आई उपचार भईरहेको,अवस्था मध्यम ।

 

धारिलो हतियार प्रहार

काभ्रे, रोशी गा.पा. ३ शिखर अन्तरटोल बस्ने वर्ष ६९ को तपासिंह लामाले ऐ. बस्ने वर्ष ३८ को ज्ञान ध्वज लामालाई एक्कासी टाउको र हातमा धारिलो हतियार ( खुकुरी) ले प्रहार गरी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेमा ल्याईएको, अवस्था गम्भीर रहेको भनी  सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.खहरेपाँगुबाट  प्र.स.नि.को कमाण्डमा टोली खटी गई खुकुरी र खुकुरी  प्रहार गर्ने मानिसलाई  नियन्त्रणमा लिएको, खुकुरी प्रहार गर्नुको कारण नखुलेको ।

 

ला.औ.

कास्की, पोखरा म.न.पा.१७ बिरौटा घारीकुलो स्थित जिल्ला स्याङ्जा बाहाकोट घर भई हाल जिल्ला कास्की पोखरा.म.न.पा.१७ बिरौटा घारीकुलो डेरा कोठा गरी बस्ने वर्ष ३२ की रिना थापा मगरको डेरा कोठामा ला.औ कारोबार भई रहेको छ भन्ने सूचना प्राप्त हुनसाथ ला.औ.नि.ब्यूरो पोखराबाट प्र.स.नि.प्रिन्स कुमार श्रेष्ठ र जि.प्र.का.कास्कीबाट प्र.स.नि.बिक्रम थारुको कमाण्डमा खटिएको ५ जनाको संयुक्त प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा रिना थापा मगरको कोठामा लोबेड मुनि रातो फाइबर झोलामा लुकाई छिपाई राखेको ला.औ. डाईजापाम-१६६ एम्पुल,फेनारागन-१६९ एम्पुल, बुर्फिन नुर्फिन-१६६ एम्पिल गरी जम्मा ५०१ एम्पुल ला.औ.सहित सोही कोठामा रहेको निजको साथी जि.स्याङ्जा फेदीखोला ४ घर भई हाल पोखरा१७ बिरौटा बस्ने वर्ष ३४ बिस्वास गुरुङ र जिल्ला पर्वत घर भई हाल पोखरा १७ बरौटा बस्ने वर्ष ३९ की मिना थापा मगरलाई बरामद गरिएको ला.औ.सहित नियन्त्रणमा लिई थपअनुसन्धानको लागि ऐ.२२:०० बजे जि.प्र.का.कास्की ल्याई राखिएको,

 

सुनसरी, कोशी गा.पा. ७ हरिपुर स्थित पुर्ब पश्चिम राजमार्गमा अप्रपोष्ट हरिपुर सुनसरी बाट प्रसनि तेज बहादुर सुब्बाको कमाण्डमा खटिएको चेकिङ टोलिले काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००१ ख २९९६ नं. को यात्रु बाहक बस लाई रोकी चेक जाँच गर्दा पछाडी पट्टिको सिटमा बसेको जि. मोरङ केराबारी गा.पा. ८ बस्ने बर्ष २८ को बाल कुमार पाण्डेले लगाएको हाप पेन्टको दाहिने गोजिमा लुकाई छिपाई ल्याउदै गरेको अं. ४६ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोबाई थान १ फेला पारी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिई अप्रपोष्ट हरिपुरमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।