प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२० गते देखि ऐ. २१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२१

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार

संखुवासभा, चैनपुर नपा.११ बस्ने वर्ष ११ की बालिकालाई जि.भोजपुर षडान्नद न.पा १२ बस्बे वर्ष १६ को बालकले ऐ.११ सालडाडा स्थित शेर बहादुर अधिकारीको बारीमा ज.ज.क.गरेको भनी ऐ.२३:३० बजे जानकारी गराउनासाथ इ.प्र.का.चैनपुरबाट प्र.ना.नि.को कमाण्डामा टोली खटी गई पिडक बालकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.चैनपुरबाट अं.१८ कि.मि.पश्चिम पर्ने ।

 

जाजरकोट, नगरपालिका वडा नं ५ सालटाकुरा बस्ने बर्ष २७ कि परिवर्तित नाम ६३ सालटाकुरा १ लाई घरदेखि ऐ. वडा कार्यालय तर्फ मो.सा. मा राखि लैजादै गर्दा ऐ. स्थित हिमाली  सामुदायिक जंगलको सिलाजु भन्ने स्थानमा ऐ.ऐ. ११ बस्ने गणेश हमालको छोरा बर्ष २५ को राकेश हमालले जबरजस्ती करणी  उद्योग  गरेको भनि ऐ. अ.१८:०० बजेको समयमा तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटमा निबेदन दिए पश्चात उक्त स्थान तर्फ तत्काल इ.प्र.का.जगतीपुर जाजरकोट बाट प्र.स.नि. कमल बटालाको कमाण्डमा ५ जनाको टोलि खटि गई निज राकेश हमाल लाई नियन्त्रमा लिई तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गराईएको,पिडितलाई  स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल जाजरकोट पठाएको ।

 

बर्दिया, बढैयाताल गा.पा.६ खल्ला गाँउ बस्ने वर्ष अं.५० की परिवर्तित नामथर संकेत नम्बर ६६ बढैयाताल (घ) (अपाङ्ग) लाई मिति २०८२।०४।११ गते १३:०० बजे ऐ.बस्ने वर्ष अं.४२ को दिनेश थारुले घरमा कोही नभएको अवस्थामा पीडकले आफ्नो घरको कोठामा लगेर ज.ज.क.गरेको भनी ऐ.२० गते अं.१८:१५ बजे जाहेरी दरखास्त प्राप्त भएको हुँदा इ.प्र.का.मैनापोखरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडितको अवस्था सामान्य रहेको, हाल घरमै रहेको ।

 

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न.पा.४ चतुरे टोल बस्ने बर्ष १७ की (अबिवाहित) बालिकाले मिति २०८२/०४/२० गते ०७:०० बजे आफ्नै घरमा सुत्केरी भई शिशु(छोरा)को जन्म दिएकोमा बालिका र नवजात शिशुको स्वास्थ्यमा समस्या देखापरेका कारण निजको बुबाले ऐ.२०:०० बजे चौतारा अस्पतालमा ल्याएको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, उक्त वारदात सम्बन्धमा निज बालिकासँग सोधपुछ गर्दा ऐ.बस्ने अं.वर्ष ४५ को टिमुरे बोटे माइला भन्ने प्रेम बहादुर श्रेष्ठले मिति २०८१ साल असोज महिनादेखि ललाईफकाई शारीरिक सम्पर्क राख्दै आएको भनी खुलाएको भनी निजको बाबुले जि.प्र.का.मा लिखित निवेदन दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडित बालिकालाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको ।

गोली प्रहार

सप्तरी,  राजगढ गा.पा.२ कमलपुर स्थित नेपाल-भारत बोर्डर एरियामा भारततर्फ अवैधरुपमा निकासी गर्न स्टोर गरी राखेको अवैध मदिरा छ भन्ने सूचनाको आधारमा जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा ९ जना, प्र.चौ.झुटकीबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको संयुक्त टोलीले ऐ.स्थानमा घेराबन्दी गरी सर्च गर्ने क्रममा दिरा तस्कर तथा तस्करहरुबाट प्रभावित समूहले सर्च अप्रेशन गर्न गएका प्रहरी टोलीमाथि ढुङ्गा, काठ, लाठी, खुकुरी, फर्सा, भाला समेतले सङ्घातिक आक्रमण गरी प्रहरीलाई लछारपछार गरी घाइते बनाएपश्चात प्रहरीले आत्मरक्षाको लागि ९ MM बेरेटा पेस्तोलबाट ७ राउण्ड गोली फाएर गरेको, उक्त आक्रमणमा प्र.नि.विरेन्द्र कुमार यादव, प्र.स.ह.सिकेन्द्र थारू समेत २ जना सामान्य घाइते भएकोमा दुवै जनालाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएकोमा प्र.स.ह.सिकेन्द्र थारूलाई थप उपचारको लागि मधेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरी रिफर भई उपचार भइरहेको, साथै तस्करीमा संलग्न ऐ.राजगढ गा.पा.२ कमलपुर बस्ने रविकान्त यादवको छोरा वर्ष ३५ को लालु यादव गम्भीर घाइते भएकोमा निजलाई आफन्तहरूले एम्बुलेन्समा राखी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १३ जना, ई.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डण्मा ११ जना तथा मातहत समेतबाट ४४ जनाको टोली खटी गएको, घटनास्थलबाट कस्तुरी, मामाश्री, दिलबाले, बृष, कर्णाली ब्राण्डको मदिरा(रक्सि) अं.८० कार्टुन बरामद गरेको, हाल अवस्था सामान्य रहेको ।

बालबालिका मृत अवस्थामा फेला

पाँचथर, याङवारका गा.पा. १ बस्ने बिर्ख बहादुर राईको छोरा वर्ष १० को शिशिर राई छोरी वर्ष ४ कि नुमा (नानुमा) राई (दाजुबहिनी) हराएकोमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्र.नि.को कमाण्डमा र इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई स्थानीयबासिहरू सहित खोजतलास गर्ने क्रममा ऐ.२० गते अं.०९:०० बजे ऐ.स्थित बिरूवा खोलाले बगाई मृत अवस्थामा बगरमा (अं.२०० मिटरको फरकमा) लास फेला परेको, बालबालिका हराएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरको क्रमसंख्या २३५० र २३५१ द्वारा हुलिया परिपत्र भएको, उक्त स्थान इलाका प्रहरी कार्यालय च्याङथापुबाट अं.७ कि.मि.पश्चिम पर्ने ।

 

ला.औ.

सप्तरी,  सप्तकोशी न.पा.११ भगनी स्थित चन्द्र नहरको छेउमा रहेको झाडीमा २ वटा कालो झोलामा ला.औ.गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कञ्चनपुर र प्रहरी टोली खटी गई हेर्दा १२ के.जि.(२ वटा कालो झोलामा एउटा झोला १० वटा प्याकेट र अर्को झोलामा २ वटा प्याकेट गरी जम्मा १२ प्याकेट ला.औ.गाँजा फेला पारी आ.अ.भइरहेको,  उक्त स्थान प्र.चौ.फत्तेपुरबाट अं.८ कि.मि.दक्षिण पर्ने ।

 

सुनसरी, कोशी गा.पा.१ लौकही बजार चौक स्थित सडक पेटीमा लागु औषध किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोलीले जिल्ला सुनसरी कोशी गा.पा. ४ जुदगंज वस्ने नारायण खत्वेको छोरा अं.वर्ष ३४ को मनोज कुमार खत्वेको साथबाट( रु.२५६०००।-)दुई लाख छपन्न हजार र देश भारत अररिया जिल्ला बस्मतिया पन्चायत वडा ८ बेल्हा वस्ने धनिक लाल खत्वेको छोरा वर्ष ४५ को राज कुमार खत्वेको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ९८.३१० ग्राम (अन्ठान्ब्बे ग्राम तिन सय १० मिलिग्राम) फेला पारी निजहरु दुबै जनालाइ उक्त ला.औ. र नगद सहित नियन्त्रणमा लिइ इ.प्र.का.लौकहीमा राखी आ.अ.भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।