प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२१ गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

झापा, गा.पा.वडा न.१ लसुना बस्ने अ.वर्ष ६० जतन सोरेन, के-कुन ठाउँबाट मा.प.से. गरी ऐ.बस्ने छिमेकी महादेव टुडुको घर छेउको गल्लीमा आई काम्न थालेपछि निजको छोरा अनत लाल सोरेन लगायत ५ जनाले निजलाई देश भारत बिहार राज्य जि.किसनगंज बालुबाडी बस्ने अ.वर्ष ४५/५० को मिरु लाल मुर्मुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेकोमा ऐ.२१ गते ०४:०० बजे हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोद र जि.प्र.का.झापाबाट प्र.नि.को.कमाण्डमा टोली खटी गएको शव छिमेकी महादेव टुडुको घरमा ल्याई राखिएको,४ जना मानिस नियन्त्रणमा १ जना फरार रहेको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको ।

 

फुटकर ज्यान

ललितपुर, महालक्ष्मी न.पा.-२ बोझेपोखरी घर भई बस्ने वर्ष १८ को आर्यन पाण्डेले निजको साथी हाल वतन नखुलेकी वर्ष १८ की दिक्षा गुरुङलाई आफ्नो कोठामा बोलाई संगै बसिरहेको अवस्थामा वर्ष १८ की दिक्षा गुरुङ एक्कासी बेहोस भई तत्काल निजले उपचारको लागी ऐ. १४:३० बजे कृष्ट अस्पतालमा ल्याएकोमा उपचारको क्रममा ऐ. १४:३५ बजे मृत्यु भएको, उक्त स्थानमा प्रहरी प्रभाग इमाडोलबाट प्र.नि. कमाण्डमा ५ जनाको टोली खटी गई निज आर्यान पाण्डेलाई नियन्त्रणमा लिएको, घटनास्थल लास जाच मुचुल्का लगायतका अन्य अ.अ. कार्य जारी । निज बालिकाको वतन:- जिल्ला गोर्खा वारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका ९ भोलढोका बस्ने वर्ष १८ की दिक्षा गुरुंङ, १८:३० बजेको समयमा निजको आमा अम्भिका गुरुङ (९७०२३३९४५५) र सानीआमा अस्पतालमा आई पुग्नु भएको । ऐ.मिति १९:४० बजेको समयमा शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, ऐ. मिति २३:२० बजेको समयमा शव पो.मा को लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको ।

 

जुवातास

काठमाण्डौ, का.म.न.पा.१६ नागरिक बजार नजिक रहेको राजु न्यौपानेले सञ्चालन गर्दै आएको मामाभन्जा होटल भित्र सम्पत्ति हारजित हुने गरी जुवा-तास खेलाई रहेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात प्रहरी बिट रानिवन बाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटिई निजहरुको साथबाट नगद रु.५६,१३५।- (अक्षरेपी छपन्न हजार एक सय पैँतिस रुपैँया) र १ बुक तास सेट सहित जि धादिङ गंगाजमुना गा.पा.६ घर भई हाल का.म.न.पा. १६ खरिबोट बस्ने वर्ष ३१ को राजु न्यौपाने सहित ५ जनालाई  नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भुमा राखिएको ।

 

काठमाण्डौ, का.न.न.पा.१६ माछापोखरी नजिक विजय थापाको दुई तले घरको छतमा अबैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा जि.झापा भद्रपुर न.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१६ माछापोखरी बस्ने वर्ष अं.५२ की लक्ष्मी तामाङ समेत ७ जना (५ जना  पुरुष र २ महिला) मानिसहरुलाई नगद रु.१६,३००।- (सोह्र हजार तिन सय) र ३ बुक तास सहित नियन्त्रणमा लिई वृत्त बालाजुमा राखिएको ।

 

झापा , बिर्तामोड न.पा.५ ट्राफिक बिट छेउ स्थित सरोज श्रेष्‍ठको घरमा गोपाल श्रेष्‍ठले संचालन गरेको चिया/नास्ता पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.अनारमनीबाट खटिएको प्रहरी टोली जुवातास खेलिरहेको अवस्थामा जिल्ला इलाम न.पा. वडा नं.९ गोलाखर्क घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ५ धिमाल चोक बस्ने ३८ को तिर्थराज तामाङ समेत ८ जनालाई नगद रु. १,१४,५५५/- (एक लाख चौध हजार पाँच सय पचपन्‍न रुपैयाँ) र १२ बुक तास सहित नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको ।

 

सामान नियन्त्रणमा लिने क्रममा विवाद भए सम्बन्धी

धनुषा , विदेह न.पा.२ दुहबी ढालाचोक नजिकै आँपको बगैचामा प्रस्तावित सिमा सुरक्षा गुल्म,मैनाथपुरबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिने क्रममा अं.५०/६० जनाको संख्यामा स्थानीयहरू विवाद र ढुङ्गा मुढा गरेकोमा स्थित नियन्त्रणमा लिनको लागि S.L.R.बाट ४ राउण्ड हवाई फायर गरेको, ज.११ प.६४११ नं.को मो.सा. र रू.५०,०००/-बराबरको किराना सामान नियन्त्रणमा लिई प्रस्तावित सिमा सुरक्षा गुल्म, मैनाथपुरमा ल्याई राखिएको, हालको अवस्था सामान्य रहेको ।

 

धारिलो हतियार प्रहार

सर्लाही, बलरा न.पा.१ स्थित बस्ने गौरी शंकर सिंहले संचालन गरेको रक्सी पसलमा दुई समुह बिच रक्सी खाने बिषयलाई लिएर बाद बिबाद हुदा एक समुहले अर्को समुहलाई छुरा प्रहार गरी ऐ.बलरा न.पा.१ बस्ने जगरनाथ सहनीको छोरा बर्ष २५ को धर्मविर सहनीको पेटमा चोट अवस्था मध्यम, बलरा स्थित धुलिखेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचाको लागी भारतको सितामाढीको लागी रिफर, ऐ. बस्ने श्री सहनीको छोरा बर्ष १८ को दशरथ सहनीको घाँटीमा चोट अवस्था सामान्य घरमा रहेको, ऐ.बस्ने धनपत मण्डलको छोरा बर्ष २५ को अमित मण्डलको दाहिने हातमा चोट अवस्था सामान्य घरमा नै रहेको, उक्त स्थानमा प्र.चौ. छन्कीटोलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई घाईने मानिसहरुलाई उपचारको लागि बलरा स्थित धुलिखेल अस्पतालमा पठाएको, छुरा प्रहार गर्ने मानिस देश भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय, अवशेख सिंह फरार रहेको, इ.प्र.का. गडहियाबाट प्र.नि.को कमाण्डमा ११ जना, जि.प्र.का. सर्लाहीबाट प्र.नि. को कमाण्डमा ११ जनाको टोली खटि गई खो.त.कार्य भई रहेको, निजहरुले प्रयोग गरेको BR 30 K 3914 नं.को मो.सा. नियन्त्रणमा लिई प्र.चौ.छन्कीटोलामा राखिएको ।

 

ला.औ.

बारा, निजगढ न.पा. ४ स्थित बाट विशेष सूचनाको आधारमा जि.प्र.का. बाराबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले जि. रौतहट चन्द्रपुर न.पा. ४ जुडिवेला बस्ने महेश्वर धामीको छोरा अं.वर्ष २३ को शिबु भन्ने शिवजी धामीले सेतो बोरा साथमा लिई उभि रहेको अवस्था देखि शंकास्पद लागी निजको शरीर खानतलासी गरी निजले साथमा लिएको बोरा खोली हेर्दा उक्त बोरा भित्र प्लाष्‍टिकमा पोका पारी राखेको ला.औ.गाँजा १० के.जी.३१८ ग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बारामा ल्याई राखिएको ।

 

झापा, कमल गा.पा. वडा नं६ काटाचोक स्थित ऐ. बस्ने बिष्णु प्रसाद बगालेको घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलि र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममा निज घरधनि बिष्णु प्रसाद बगाले र जिल्ला झापा दमक न.पा. वडा नं.६ थानारोड बस्ने दमक मेडिकल डिस्ट्रीब्युटरका संचालक वर्ष ४० को गंगा बहादुर खड्कालाई फेला पारी निज बिष्णु प्रसाद बगालेको घर खानतलासी गर्दा घरको दोश्रो तलाको कोठामा निम्न परिमाणको प्रतिबन्धित औषधिहरु लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हुँदा कानुन बमोजिम बरामद गरी उक्त प्रतिबन्धित औषधि सहित निजहरु दुबै जनालाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भई रहेकोमा उक्त वारदातमा संलग्न प्रतिवादी मध्ये गंगा बहादुर खड्काले बिर्तामोड स्थितमा समेत उल्लेखित क्यापसुल तथा ट्याबलेटहरुको कारोबार हुने ठाउँ रहेको भनि बताएको हुँदा उक्त स्थानहरुको पहिचान गर्नको लागि लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाको टोलीले इ.प्र.का. बिर्तामोडसँग समन्वय गर्ने गरी निजलाई लिई गएको उक्त स्थान इप्रका दमकबाट अं. ५ किमि दक्षिण पूर्व रहेको । । बरामद भएको दशीको सामानहरुः- १. Tramadol Hydrochlorides Capsules I.P. Tramol-50 लेखिएको जम्मा ३००० (तीन हजार क्याप्सुल । २. Dicyclomine Hydrochloride Tablets I.P. लेखिएको जम्मा २११० (दुई हजार एक सय दश) ट्याबलेट । ३. SPASPAIN लेखिएको जम्मा २०५० (दुई हजार पचास ट्याबलेट) ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।