प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२३ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान

 सप्तरी राजबिराज न.पा.२ गुलाब ग्यारेज बस्ने वर्ष ४० को लोकेन्द्र झालाई निजकै भाई वर्ष ३० को नरेन्द्र झाले घरायसी बिवादका कारण बन्चरोले टाउकोमा प्रहार गर्दा लोकेन्द्र झा घाईते भई छिन्नमस्ता अस्पतला राजबिराज सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर तर्फ रिफर, उपचारको क्रममा मृत्यु भएको,पो.मा. हुन बाकी , बन्चरो प्रहार गर्ने नरेन्द्र झा फरार, खो.त.भईरहेको ।

 

तेह्रथुम लालिगुराँस न.पा.३ मुसाङखेल बस्ने भक्त ब.खड्काको छोरा वर्ष ४५ को होम ब.खड्काले आफ्नै आमा वर्ष ८१ की गंगामाया खड्कालाई गाई गोठको पालीमा लठ्ठीले टाउको र हातमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनी ऐ.२१:४० बजे ऐ.वडाका वडा अध्यक्षले जनकारी गराएको हुँदा इ.प्र.का.बसन्तपुरबाट प्रनानिको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको, कुटपिट गर्ने होम ब.खड्का प्रहरीको नियन्त्रणमा ।

 

बझाङ साईपाल गा.पा.२ राईढुङगे लेकमा जडिबुडी (हातेजडी,कटुकी आदी) संकलन गर्ने क्रममा जिल्ला जाजरकोट भेरी न.पा.६ गंगातिय बस्ने बर्ष अं.२३/२४ को महेन्द्र राज भण्डारीलाई ऐ. बस्ने बर्ष अं. २१/२२ को चन्द्र घर्तिले ढुङ्गाले टाउँकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र ढुङ्गा प्रहार गर्ने चन्द्र घर्तिलाई जडीबुडी संकलन गर्ने मानिसहरुले हातखुट्टा बाँधी राखेको छ भनि प्रारम्भिक खबर ऐ. आज मिति २०८२।०४।२४ गतेको १३:३० बजे प्राप्त हुनासाथ प्र.चौ.लासीबाट प्र.स.नि.राम सिंह बडाल (९८४८३५७३५१) को कमाण्डमा-३ जना,अ.प्र.पोष्ट धलौन बझाङबाट प्र.ब.ह.नवकुल बहादुर सिंह (९८४८८३९३३४) को कमाण्डमा-३ जना गरी ६ जनाको प्रहरी टोली र जि.प्र.का.बझाङबाट थप अनुसन्धानको लागि प्र.नि.लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा SOCO सहित -२ जनाको प्रहरी टोलि खटिईएको ।

 

कैदी बन्दीहरूबीच झगडा/कैदीको मृत्यु

कैलाली धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा रहेका ३ जना थुनुवाहरुलाई मिति २०८२।०४।२२ गते स्थानान्तरण गरेको र A बल्कमा रहेका कैदीबन्दीहरुलाई B बल्कमा सारेको विषयलाई लिएर सोही कारागार भित्र रहेका कैदी बन्दीहरुले सामान्य होहल्ला र विरोध गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जना, जिल्ला प्रशासन कार्यालय कैलालीका प्र.जि.अ.तथा स.प्र.बल ३४ नं.गण हे.क्वा.धनगढीबाट स.प्र.उ.को कमाण्डमा ४१ जनाको टोली खटी गई सम्झाई बुझाई गरी ऐ.१३:३० बजे उक्त टोली फिर्ता भएकोमा ऐ.२४ गते ००:५५ बजे सोही विषयलाई लिएर उक्त कारागारमा रहेका A बल्कका कैदिबन्दीहरु B बल्कमा गई झै-झगडा गर्दा ४६ जना कैदीबन्दीहरू घाइते भई घाइतेहरूलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा ऐ.०२:४० बजे कैदीबन्दी ऐ.०२:३५ बजे ऐ.धनगढी उ.म.न.पा.४ बस्ने वर्ष ४० को ला.औ.मुद्दाको कैदी भरत चौधरीको उपचारको क्रममा मृत्यु भएको, शवको कानूनी प्रकृया पूरा गरी सोही अस्पतालमा राखिएको, घाइतेमध्ये ३ जना गम्भीर, ३३ जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको, थप मद्दतको लागि कारागारमा जि.प्र.का.(सु.प.प्रहरी गण धनगढी समेत) बाट प्र.उ.को कमाण्डमा कारागारमा १०० जना र सशस्त्र प्रहरी बल ३४ नं.गण हे.क्वा.धनगढीबाट स.प्र.नि.को कमाण्डमा ३३ जनाको टोली खटिएको तथा सेती प्रादेशिक अस्पतालमा प्र.नि.को कमाण्डमा ४७ जनाको टोली खटिएको, सम्झाई बुझाई कार्य भइरहेको ।

 

ज.ज.क.

दाङ,  घोराही उ.म.न.पा.३ मसोट बस्ने वर्ष ४२ की महिला च्याउ खोज्न भनी ऐ.स्थित आश कुमारी पुनको घरमा आई बसेकोमा ऐ.बस्ने वर्ष ३६ को हिमाल बोहराले दिदी नाता पर्ने जुन कुमारी बुढाको घरमा निज महिलालाई बोलाई दुबैले रक्सी खाई छुट्टाछुट्टै सुतेकोमा पीडित महिलाको कोठामा आई ज.ज.क.गरेको भनी ऐ.२२ गते जि.प्र.का.मा आई निज महिलाले मौखिक जानकारी गराए पश्चात जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज हिमाल बोहरालाई नियन्त्रणमा लिई हिरासतमा राखेकोमा ऐ.२३ गते पीडित महिलाले किटानी जाहेरी दरखास्त दिए पश्चात पीडित तथा प्रतिवादीको बिस्तृत स्वास्थ्य परिक्षण गराई पीडितलाई निजको अभिभावकको जिम्मा लगाई पठाएको र प्रतिवादी हिमाल बोहरालाई मिति २०८२।०४।२३ गते सम्मानित अदालतमा उपस्थित गराई मिति २०८२।०४।२२ गते देखी लागु हुने गरी दिन ५ (पाँच) को म्यादथप भई हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको । 

 

पाल्पा , रामपुर न.पा.५ बेझाड स्थित डेरा गरी बस्ने जि.लमजुङ मर्स्याङ्दी गा.पा.५ घर भएको वर्ष २८ को धन रासी बि.क.ले मिति २०८२।४।२० गते ००:३० बजे पाल्पा जिल्ला अन्तर्गत बस्ने वर्ष १७ की बालिकालाई आफ्नो डेरा कोठामा ल्याई ज.ज.क.गरेको भनी ऐ.२३ गते १७:०० बजे निज बालिकाको धर्म बाबाले जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा इप्रका रामपुरबाट प्र.नि.को टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएको,पीडितलाई स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको ।

 

पाँचथर  फिदिम ना.पा.४ चिसापानी स्थित ऐ. बस्ने बर्ष २७ को करण मगरले मदक पदार्थ सेवन गरी  बर्ष २३ की आफ्नै श्रीमतिलाई जवरजस्ति करणी गरेको भनि मिति २०८२।०४।२३ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दरखास्त प्राप्त हुन आएकोले तत्काल जिल्ला प्रहरी कार्यालय पाँचथर बाट प्रसनि खगेन्द्र बहादुर बस्नेतको कमाण्डमा ५ जनाको टोली खटिगई निज करण मगरलाई पक्राउ गरी जिप्रका पाँचथरमा ल्याई बैबाहिक जवरजस्ति करणी मुद्दा दर्ता भई अनुसन्धान कार्य भईरहेको ।

 

प्युठान  प्युठान न.पा.४ बस्ने अं.  वर्ष १८ को पर्वत बोहराले ऐ. न.पा. ६ बस्ने अं.वर्ष ८ की बालिकालाई ऐ. वडा नं. ४ थापडाँडा स्थित भाडामा लिइ बस्दै आएको घर कोठामा ज.ज.क गरेको भनि ऐ.२३ गते अं. २०:३० बजे जि.प्र.का.मा जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.बिजुवारबाट प्र.नि. को कमाण्डमा टोली खटी गई पिडक लाई नियन्त्रणमा लिएको  ।

 

इलाम माई न.पा. ८ बस्ने बर्ष ४८ को नरेश कुमार ताम्लिङ लिम्बुले ऐ.ऐ. बस्ने सांकेतिक नाम "इलाम-ङ-१(०८२/०८३)"को श्रीमती बर्ष ५१ की सांकेतिक नाम "इलाम-ङ(०८२/०८३)"लाई निजकै घरमा आई जबरजस्ती करणी गर्न खोजिरहेको अवस्थामा निजकै श्रीमानले देख्न साथ पिडक फरार भएकोमा स्थानियहरुले खो.त. गरी ऐ.२४ गते विहान अं.०३:०० बजे ऐ. स्थित गोठमा लुकिरहेको अवस्थामा फेला पारी प्रचौ महमाई इलाममा जानकारी गराउन साथ प्रचौ महमाईबाट प्रसनि को कमाण्डमा प्रहरी प्रहरी टोली खटि गई ऐ. अं.०५:०० बजे नियन्त्रणमा लिई, ऐ.१०:४० बजे पिडकलाई जिप्रका इलाममा ल्याई हिरासतमा राखि पिडित आफैले जिप्रका इलाममा ऐ.१३:०० बजे जाहेरी दरखास्त दिएको, पिडितको अवस्था सामान्य रहेको ।

 

दैलेख चामुण्डा बिन्द्रासैनी न.पा.८ खाडाँ रकाला टोल नजिक बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०४।२३ गते ००:४५ बजे अज्ञात ब्यक्तिहरुले ज.ज.क.गरी अचेत अवस्थामा छोडी भागेको अवस्थामा पीडितको आफन्तहरुले फेला पारी उद्धार गरी जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको, घटनास्थलमा शंकास्पद मोबाईल समेत फेला परेको र पीडित होसमा आएपश्चात सोधपुछ गर्दा ऐ.बस्ने वर्ष २५ को खगेन्द्र भण्डारी र ऐ. बस्ने वर्ष २५ को गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीले ज.ज.क.गरेको भनी खुल्न आएको हुँदा इ.प्र.का.दुल्लुबाट प्र.नि.र प्र.चौ.जम्बुकाँधबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.खगेन्द्र भण्डारी र गोबिन्द शाहीलाई ऐ.२४ गते १९:०० बजे नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखी आ.अ.भइरहेको ।

         

भोजपुर आमचोक गाउँपालिका १० लसुने बस्ने पिडित सांकेतिक नाम बर्ष १५ की ०७-आमचोक लाई ऐ. बस्ने बर्ष १७ को सांकेतिक नाम ०७- भोजपुरले ज.ज.क.(मिति २०८२।०४।११ गते) गरेको भनि पिडितले मिति २०८२।०४।२२ गते इप्रका बालंखामा जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटी गई निज प्रतिबादीलाई मिति २०८२।०४।२२ गते पक्राउ गरी मिति २०८२।०४।२३ गते जिप्रका भोजपुरमा ल्याई अनुसन्धान कार्य भई रहेकोमा निज पिडितले जिप्रका भोजपुरमा आज मिति २०८२।०४।२४ गते जाहेरी दरखास्त दिएको ।

 

कञ्चनपुर बेलौरी न.पा.३ खिरिया स्थित ऐ.बस्ने वर्ष अं.६० को पुरुष व्यक्तिसँग दोस्रो विवाह गरी बस्दै आएकी परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क) कुमारीकी छोरी वर्ष १३ की परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क )१ कुमारीलाई निजको सौतेलो बुवाले बिगत देखिनै घरमा कोही नभएको अवस्थामा पटकपटक ज.ज.क.गर्दै आएकोमा मिति २०८२।०४।२४ गते ०७:०० बजे समेत ज.ज.क.गरेको भनी ऐ.२५ गते १७:०० बजे पीडितको आमाले इ.प्र.का.बेलौरीमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।

बाँके  राप्तिसोनारी गा.पा.२ नँया बस्ती बस्ने वर्ष ४० को पुरुषले (बिगत १ वर्ष पहिले देखि) आफ्नै नाबालिका छोरी वर्ष १६ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बाँकेमा ल्याई राखिएको ।

 

इलाम माई न.पा.८ बस्ने वर्ष १६ की बालिका आफ्नै घरको सुत्ने कोठामा एक्लै सुतिरहेको अवस्थामा ऐ.वस्ने अं.वर्ष ५९ को डिक बहादुर बस्नेतले ज.ज.क.गरिरहेको अवस्थामा सांकेतिक नाम इलाम-च-१(०८२/०८३) ले देखेर प्र.चौ.महमाई इलाममा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ. अं.१३:०० बजे नियन्त्रणमा लिई, ऐ.१९:३० बजे पीडकलाई जि.प्र.का.इलाममा ल्याई हिरासतमा राखिएको पीडितको बुबाले जिप्रका इलाममा ऐ.२३:२० बजे जाहेरी दरखास्त दिएको,पीडितको अवस्था सामान्य रहेको  ।

 

सुनबरामद

कास्की  पोखरा म.न.पा.२ मोहोरिया टोल लगायत  बिभिन्न वडा एरियामा अबैध रुपमा सुन चाँदी बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा  ग.प्र.प्र.का. पोखराबाट प्र.नि.,  जि.प्र.का.बाट प्र.ना.उ. को कमाण्डमा  खटिएको संयुक्त प्रहरी टोलीले सुनचाँदीका गरगहना बनाउने बिभिन्न १०ओटा कारखानाहरुमा छापा मार्ने क्रममा अं.६ किलोग्राम ९ लाल माला जर्ती सहितको सुन जस्तो देखिने पहेँलो रङको धातु, ५ किलोग्राम ६३ लाल चाँदी जस्तो देखिने धातु, र नगद रु.५ लाख १४ हजार रुपैयाँ सहित ११ जना (१ महिला, १० पुरुष) मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. ल्याई आ.अ. कार्य भईरहेको ।

 

ला.औ.

काठमाण्डौ नेपाल एयरको उडान नं.RA-401 को फ्लाईटद्वारा का.जि.का.म.न.पा.९ एयर्पोर्ट काठमाडौंबाट बैङ्कक जान लागेको नेपाली नागरिक जि.मकवानपुर थाहा न.पा.-२ दामन स्थायी वतन भएका राहदानी न.PA4450341 वाहक वर्ष ३२ को किरण तामाङ अन्तराष्ट्रीय ह्याण्ड ब्यागेज चेकीङ एरीयामा x-ray मेशिनमा चेकजाँच गर्ने क्रममा निजले ल्याएको कालो कलरको ह्याण्ड ब्याग भित्र पहेलो टेपले र्‍याप गरेको अवस्थामा प्रतिवन्धित ला.औ.चरेस जस्तो देखिने पदार्थ अं.३ के.जी.सहित नियन्त्रणमा लिई,बरामद ला.औ.पदार्थ सहित आवस्यक अनुसन्धान एवम कारबाहीको लागी लागु औषध नियन्त्रण ब्युरो,कोटेश्वर पठाएको ।

 

बारा पचरौता न.पा.९ बलरूसवा स्थित सशस्त्र सुरक्षा वेस तेलकुवा बारा बाट स.प्र.ना.नि. र प्र.चौ.तेलकुवा बारा बाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले एउटा साईकलमा प्लाष्टिकको बोरा बेबारिसे अवस्थामा फेला पारी शंका लागी उक्त बोरालाई खोली चेकजाँच गर्दा बोरा भित्र ४ पोका ३२ के.जि.५०० ग्राम ला.औ.गाँजा रहेकोले साईकल सहिता गाँजा प्र.चौ.तेलकुवा बारामा ल्याई राखिएको ।

         

सप्तरी डाक्नेश्वरी न.पा.५ महदेवा स्थित चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरेको अवस्थामा झोला/पोकाहरु रहेको छ भन्ने जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल इ.प्र.का.पातो सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा र स.प्र.बेस पातो सप्तरीबाट स.प्र.ना.उ.को कमाण्डमा टोली खटिई हेर्दा उक्त स्थानमा ६ वटा पोका र सो स्थान भन्दा अं.३०० मिटर पश्चिम खेतमा सोहि अवस्थाको ११ पोका गरी जम्मा-१७ पोका गाँजा (अं.३९६ के.जि. ९०० ग्राम) व्यवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी इ.प्र.का.कल्याणपुर सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई मुचुल्का लगायत अन्य कार्य पश्चात उक्त लागु औषध गाँजा बरामद गरी इ.प्र.का. कल्याणपुर सप्तरीमा ल्याई राखिएको।

         

सुनसरी बराहक्षेत्र न.पा.११ मधुवन स्थित गोप्य सूचनाको आधारमा प्र.चौ.मधुवन र इ.प्र.का.महेन्द्रनगरबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने वर्ष ५० को मुस्ताक मियाको घरमा खानतलासी गर्दा घरभित्र लुकाई-छिपाई राखेको ३ वटा प्लाष्टिकको पोका भित्र तौल गर्दा प्लाष्टिक सहित ७८ के.जी. २७० ग्राम, प्लाष्टिक बाहेक ७८ के.जी. रहेको ला.औ.गाँजा र ३ वटा जेसिबीको ट्युव फेला परेकोले उक्त ला.औ.गाँजा, जेसिबीको ट्युब सहित घरधनि मुस्ताक मिया र ऐ.न.पा.६ बस्ने वर्ष ४८ को बल्ले भन्ने बलराम यादव समेतलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.महेन्द्रनगरमा ल्याई राखिएको,ऐ. १९:२० बजे अनुसन्धान गर्ने क्रममा उक्त लागु औषध गाँजा ओसार-पोसार कार्यमा BR 10 AQ 5427 नं.को इन्डियन मो.सा. संलग्न रहेको भनी खुल्न आएकोमा ऐ.स्थितको पटेरको घारीमा लुकाएको अवस्थामा फेला पारी उक्त मो.सा. प्र.चौ. मधुवनमा ल्याई राखिएको ।

 

काठमाडौं बिशेष सुचनाको आधारमा  जि.प्र.परिसर काठमाडौ,बृत्त कालिमाटी र  वृत्त स्वयम्भुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलिले जि.झापा स्थायी घर भइ हाल का.जि.नागार्जुन न.पा.२ गैरिगाउँ स्थित दिल बहादुर खत्रीको घरमा डेरा गरि बस्ने बर्ष अं.२८ को राजेश राजबंशीको कोठा रितपुर्बक खानतलासी गर्दा निजको कोठाबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ ४५  ग्राम  र नगद रु.१,४९,२००।– (एक लाख उनन्चास हजार दुई सय)  बरामद गरि निज राजेश राजवंशी लाई वृत्त स्वयम्भुको हिरासत कक्षमा राखि थप अ.अ.कार्य जारी।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।