प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२९

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

सप्तरी  रुपनी गा.पा. १ रायपुर बगा घर भई हाल जि.सप्तरी खड्क न.पा.८ बगोल भदिया बस्ने स्वार्गिय मो.रहमुलको छोरी माईति घरमा बस्दै आएकी मो.हासिमको श्रीमती वर्ष ३० की औषा खातुनले आफ्नै छोरा दिन २० को (शिशु) लाई धारिलो हतियार खुकुरीले टाउको, नाक छेउको आँखा मुनि प्रहार गरी चोट लागी न्युरो अस्पताल बिराटनगर लगेर उपचार भईरहेकोमा ऐ.१४:४५ बजे सोही अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.चौ.बिषनपुरबाट प्र.स.नि.को टोली खटी गई धारिलो हतियार खुकुरी प्रहार गर्ने औषा खातुनलाई खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.बिसनपुरबाट अं.२ कि.मि. दक्षिण पूर्व पर्ने ।

 

ज.ज.क.

झापा   मिति २०८१ साल माघ महिनाको पहिलो हप्ता तिर गौरादह न.पा. ९ झमक चोक स्थित वर्ष १६ की बालिकालाई निजको फुपुको घरमा ऐ. बस्ने वर्ष ५० को डिक बहादुर राईले घरमा कोही नभएको मौका पारी डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्की दिई पटकपटक जवरजस्ती करणी गरी गर्भवती भएको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरी पाउँ भनी ऐ.२७ गते २२:३० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको हुँदा अ.प्र.चौ.बैगुनधुराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई डिक बहादुर राईको खो.त.कार्य भईरहेको ।

 

कैलाली मिति २०८२/०४/२४ गते अं. २३:३० बजेको समयमा जिल्ला कैलाली गौरीगंगा न.पा.०३ बासुदेब टोल बस्ने वर्ष १८ की परिवर्तित नाम ७१ ले जि.कैलाली गौरीगंगा न.पा.०३ कुचैनी शिबिर बस्ने वर्ष अं.४६ को लोकेश सुर्जा मगरले मलाई ललाई फकाई गरी टीकापुर न.पा.०१ एकतानगर बस्ने मनसरा गुरुङको घरमा जबरजस्ती करणी गरेको भनी आज मिती २०८२।०४।२८ गते १८:०० बजेको समयमा निजका आफन्तहरुले यस कार्यालयमा जाहेरी दरखास्त दिएकोले इ.प्रका टीकापुर कैलालीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले ऐ.२०:४० बजेको समयमा निज लोकेश सुर्जा मगरलाई टीकापुर न.पा. वडा नं.१ खडक चोक स्थित सडक खण्डमा फेला पारी पक्राउ गरी इ.प्र.का.टिकापुर कैलालीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ,निज महिलाको स्वास्थ्य परिक्षण भईरहेको, अवस्था सामान्य

 

ओखलढुङ्गा सिद्धिचरण न.पा.७ स्थित मिति २०८२।०४।०४ गते अं.१७:०० बजे, ऐ.बस्ने अं.वर्ष २९ को लाक्पा रेन्जी शेर्पाले आफ्नै घर कोठामा जि.ओखलढुङ्गा सिद्विचरण न.पा.७ बस्ने अं.वर्ष ३८ की (सुस्त मनस्थिति) भएकी महिलालाई जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते अं.१६:३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिए पश्चात निज पीडकलाई अ.प्र.पोष्ट ठाडेबाट प्र.ह.को कमाण्डमा टोली खटी गई  नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको,पीडक र पीडित दुबै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाएको ।

 

ओखलढुङ्गा  सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित होटलमा मिति २०८२।०४।२७ गते अं.१९:०० बजे जि.ओखलढुङ्गा सिद्विचरण न.पा.६ बस्ने अं.वर्ष १७ की बालिकालाई जि.ओखलढुङ्गा सुनकोशी गा.पा.८ च्यानम घर भई हाल ऐ. सिद्धिचरण न.पा.११ रमाईलोडाँडा  बस्ने अं. वर्ष ३३ को चन्द्र बहादुर बि.क.ले बालयौन दुरुपयोग गरेको भनी निज पीडितको मामा जाङबु शेर्पाले मिति २०८२।०४।२८ गते अं.१४.३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिए पश्चात जि.प्र.का.ओखलढुङ्गाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको, पीडित र पीडक दुबै जनालाई यौनजन्य स्वास्थ्य  परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको ।

 

न.प.पश्चिम पाल्हीनन्दन गा.पा.३ कुस्मा बस्ने अं.वर्ष १४ की बालिकालाई ऐ. बस्ने अं. वर्ष १८ को पुरुष व्यक्तिले निज बालिकाको घरमा निज बालिका सुत्ने कोठामा प्रवेश गरी ज.ज.क. गरेको भन्ने ऐ.२१:५५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.अमानिगंजबाट प्र.व.ना.नि. र इ.प्र.का. महेशपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.नवलपरासीमा पठाई थप अनुसन्धान कार्य भईरहेको ।

शिशु मृत फेला

सिरहा धनगढीमाई न.पा.१० बाबुराम खोला स्थित नवजात शिशुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धनगढीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा खोलाको डिलमा अं.१/२ दिनको बेवारिसे नवजात शिशु (बालक) कपडामा बेरिएको अवस्थामा मृत फेला परेको, उक्त स्थानमा इ.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको ।

 

भवितव्य मृत्यु

सुनसरी दुहबी न.पा.४ शिव मन्दिर चोक स्थित ऐ.बस्ने चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेफ्टी ट्यांकीभित्र ऐ.२ बस्ने वर्ष ५० को श्याम ब.तामाङ (उक्त घर बनाउने पेटी ठेकेदार) र ऐ.बस्ने वर्ष ३२ को रमेश राई (कामदार) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, वि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानबाट फोरेन्सिक  डाक्टर अस्मिता भटराई, डा.आलोक ठाकुर आई अनुसन्धान भईरहेको र सेफ्टी ट्यांकी भित्र रहेको पानी मोटरले तानी शव निकाल्ने पहल भईरहेको  ।

 

कैदी/थुनुवा फरार

झुम्का सुनसरीमा जबरजस्ती करणी मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा ०२ बस्ने बर्ष २८ को रुपक पौडेल खत्री मिति २०८१।०४।२१ गतेबाट कारागार कार्यालय झुम्का कारागारको बन्दिगृह “बि” मा बन्दि भुक्तान गरीरहेको थुनुवा बन्दिगृहबाट वालचडि मिति २०८२।०४।२८ गते अं. ०४;०० भागी फरार रहेको भनि जानकारी बन्दिगृह बि का चौकिदारबाट खबर प्राप्त हुनसाथ जिप्कारका सुनसरीबाट कारागारबाट सशस्त्र प्रहरीका सप्रनाउ को कमाण्डमा र प्रहरी को तर्फबाट प्रनानि को कमाण्डमा टोली खटी खोजि कार्य भई रहेको ।

ला.औ.

धनुषा   मिथिला न.पा.२ नक्टाझिज स्थित ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको बा ८७ प ९६७ नं. को मो.सा.मा ब्राउन सुगर जस्तो देखिने लागु औषध बोकी लाँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौबाट प्र.नि. र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त मो.सा.नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेकोले बेरेटा सानो पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको र अर्को १ राउण्ड फायर गर्दा मो.सा.मा सवार मानिस भाग्न खोज्दा मो.सा.चालक ऐ.मिथिला न.पा.६ ढल्केवर बस्ने वर्ष ४८ को पप्पु साहको दाहिने खुट्टामा गोली लागी घाईते भई जानकी मेडिकल कलेज रमदैयामा उपचार भई रहेको अवस्था मध्यम, मो.सा.पछाडि सवार जि.बारा परवानीपुर गा.पा.२ बस्ने गोबिन्द रामको श्रीमती अ.बर्ष ३० की  सेलो देवी राम, मो.सा. र निजहरुको साथबाट अं. २०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागु औषध नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगरमा राखिएको ।

 

मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट  स्थित पूर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले ना ७ ख ६९१ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडि सिटमा सवार भई आएको जि.चितवन राप्ति न.पा.१२ तिरूवा बस्ने वर्ष २७ को रोहित चेपाङको साथमा रहेको कालो झोलाबाट ७ के.जि.ला.औ गाँजा (प्लाष्टिक सहित तौल गर्दा) फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर पठाएको,बस गन्तब्य तर्फ पठाएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।