प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-३०

  • A
  • A-
  • A+
Share

ज.ज.क.

तनहुँ , मिति २०८२।०४।२२ गते अं. ०९:३० बजे शुक्लागण्डकी न.पा. वडा नं. ३ बनकेवा स्थित रहेको श्री निर्मल आधारभुत प्रा.बि.को कक्षा ३ को कोठा भित्र जिल्ला ३९ अन्तर्गत बस्ने बर्ष ३७ की महिलालाई ऐ.ऐ. बस्ने बर्ष ६८ को नन्दलाल श्रेष्ठले ज.ज.क गरको भनि ऐ. २८ गते १८:३० बजे  मौखिक सुचना प्राप्त हुनासाथ तत्काल इ.प्र.का. बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नन्दलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको र ऐ.२९ गते १२:१५ बजे जाहेरी दरखास्त दिएको, थप अनुसन्धान कार्य भईरहेको

 

रोल्पा , थवाङ गा.पा.२ बस्ने वर्ष ६२ की महिलालाई जि.रोल्पा थवाङ गा.पा.२ दहवाङ बस्ने वर्ष ५२ को पुरुषले मिति २०८२।०४।२३ गते बेलुका अं.२१:३० बजे घरमा कोही नभएको बेला ज.ज.क गरेको भनि निज पीडितले ऐ.०४।२८ गते लिखित जानकारी गराए पश्चात इ.प्र.का.थवाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ऐ.२९ गते ०८:०० बजे प्र.व.ह.को कमाण्डमा जिम्मा लगाई इ.प्र.का.घर्तिगाउँमा ल्याई पिडकलाई म्याद थप र पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्र.नि.को कमाण्डमा खटिएको टोलीले सदरमुकाम लिवाङको लागि लिई गएको ।

 

कपिलवस्तु  , मिति २०८२।०४।१८ गते अं ११:३० बजे ऐ. वाणगंगा न.पा. ६ लक्ष्मणघाट नजिकै जंगलमा लगि ऐ. मायादेवी गा.पा.३ बस्ने वर्ष २६ को जाहिर फकिरले ऐ. बस्ने अं.वर्ष १५ की बालिकालाई ललाई फकाई ज.ज.क.गरेको भनि पीडितले ऐ.०४।२९ गते जि.प्र.का.कपिलवस्तुमा जाहेरी दरखास्त दिएकोले घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको, पीडित प्रहरीको सम्पर्कमा रहेको, पीडक फरार रहेकोले खो.त.कार्य भईरहेको ।

 

सुर्खेत , वीरेन्द्रनगर न.पा.३ ईटौरा बस्ने वर्ष १६ की बालिका ऐ.वीरेन्द्रनगर न.पा.०३ तातापानी स्थित डेराकोठामा बस्दै गरेकीमा निजको डेराकोठामा मिति २०८२।०४।२५ गते २३:०० बजे र ऐ.वीरेन्द्रनगर न.पा.१४ स्थित स्टे भ्याली भ्यु होटेलको कोठामा मिति २०८२।०४।२६ गते २१:०० बजेको समयमा जि.कैलाली धनगढी उ.म.न.पा.३ घर भई हाल वीरेन्द्रनगर न.पा.८ बस्ने वर्ष अं.४२ को राजकुमार चौधरीले ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२९ गते १३:३० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

 

हात हतियार बरामद

काठमाण्डौ , का.म.न.पा.१६ चमती नजिक नानी मैया भण्डारीको जस्ताले बनेको टहरोमा झै झगडा भैरहेको छ भनि जानकारी प्राप्त हुन साथ प्रहरी वृत्त, बालाजुबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा जि. झापा दमक न.पा. ०५ घर भई हाल का.म.न.पा. १६ चमती बस्ने वर्ष २६ की ईन्दिरा विश्वकर्मालाई निजको भिनाजु जि. धादिङ त्रिपुरासुन्दरी गा.पा. ०१ घर भई हाल का.म.न.पा. १६ चमती डेरा गरी बस्ने वर्ष २९ को शिवराज दरैले कुटपिट गरि फरार रहेकोमा प्रहरी टोली घटनास्थलमा खटीई गई घाईतेलाई तत्काल उपचारको लागि सिल्भर लाईन अस्पताल बालाजु लगी उपचार भईरहेको, अवस्था बोल्न सक्ने,कुटपिटबाट नाँकमा चोट लागेको, कुटपिट गर्ने शिवराज दरैको श्रीमती जि. मोरङ्ग बेलबारी वतन भएकी वर्ष २८ की सुमिना सुनारलाई घटना बारेमा सोधपुछ गर्ने क्रममा आफू र बहीनी ईन्दिरा बिश्वकर्मा अलग अलग कोठामा सुतिरहेको अवस्थामा श्रीमान लगायतका ३ जना व्यक्तिहरु कोठामा आई बहीनी ईन्दिरालाई कुटपिट गरी भागी गएका, निजहरुको खोजी कार्य जारी रहेको तथा सोधपुछकै क्रममा सुमिना सुनारले ट्रिगर र ग्रिपको बिचमा दुबै तर्फ गोल्डेन रंगको स्टार अंकीत कालो रंगको चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल थान १, ऐ. मा लाग्ने म्याग्जिन थान २, र 7.65mm क्यालिभर भएको गोली राउण्ड थान ७ समेत दराजबाट निकाली प्रहरीलाई बुझाएको, मुचुल्का लगायतको कार्य भईरहेको, उक्त हतियारको बारेमा सोधपुछ गर्दा श्रीमानको हतियार रहेको बताएको, घटना सम्बन्धमा थप सोधपुछको लागि सुमिना सुनारलाई नियन्त्रणमा लिईएको ।

 

प्र.क.को मृत्यु

कञ्चनपुर , थप अपडेट:- मिति २०८२।०४।२७ गते १६:३० बजे जि.प्र.का.दार्चुला कार्य शाखा दरबन्दी भई सु.प.प्र.प्र.बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत जि.कञ्चनपुर भिमदत्त न.पा.१२ ओदाली घर भएको वर्ष ४० को प्रहरी हवल्दार जय राज पन्त(कम्प्युटर कोड ३८७६०५) घरमा आमा बिरामी भएको भनी मिति २०८२।०४।२७ गतेबाट लागु हुने गरी दिन १ (एक) भैपरी बिदा बसेकोमा निज प्र.ह.ले आफ्नै घरमा QUICK PHOS नामक विषादी सेवन गरी महाकाली प्रदेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा उपचार पश्चात ऐ.२३:४५ बजे थप उपचारको लागि भारतको बरेली रिफर गरेकोमा ऐ.३० गते ०१:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव महाकाली अस्पतालको लाशघरमा ल्याई राखेको, उक्त स्थानमा सु.प.प्र.प्र.बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्र.नि.को टोली खटी गएको ।

ला.औ.

सप्तरी , सुरुङ्गा न.पा.११ महेशपुर स्थित बलानबिहुल खोलाको छेउमा रहेको आँपको बगैचामा सेतो प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा झोला/पोकाहरु रहेको छ भन्ने विशेष सुराकीको आधारमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल प्र.चौ. धाति सप्तरीबाट प्र.स.नि.बिन्दा राय यादव कमाण्डमा ५ जना  र स.प्र.बेस पातो सप्तरीबाट स.प्र.ना.उ.नरेन्द्र सिहं धामीको कमाण्डमा ७ जनाको संयुक्त टोली खटि गई हेर्दा उक्त स्थानमा ५ वटा पोका गाँजा  अं.१२५के.जि. बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी इ.प्र.का.कडोरवाना सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई मुचुल्का लगायत अन्य कार्य पश्चात उक्त लागु औषध गाँजा बरामद गरी इ.प्र.का. कडरबोना सप्तरीमा ल्याई राखिएको ।

बाँके , नेपालगंज उ.म.न.पा.३ एकलाईनी स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा अ.प्र.पोष्ट नगरभवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जि. दाङ तुलसिपुर उ.म.न.पा. ६ बस्ने बर्ष २८ को विर बहादुर बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको जिन्सको पाईन्टको दायाँ खल्तिबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ४७ ग्राम ७१० मिली ग्राम सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि व.प्र.का.नेपालगंज बाँकेमा राखिएको  ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।