प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।३० गते देखि ०५। ०१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-०१

  • A
  • A-
  • A+
Share

                                                 कर्तव्य ज्यान

नबलपरासी(पूर्व) विनयी त्रिवेणी गा.पा.३ उदयटारी बस्ने वर्ष ५० को महेन्द्र  पौडेलले घरायसी विषयलाई  लिएर आफ्नै श्रीमती अं.वर्ष ४७ की गोमा पौडेललाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ अ.प्र.चौ सर्दीबाट प्र.ना.नि.र इ.प्र.का. दुम्किबासबाट प्र.ना.नि.र जि.प्र.का.न.प.(पूर्व)बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई मुचुल्का पश्‍चात पो.मा.को लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको, निज महेन्द्र पौडेललाई चक्कु सहित नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

 

सर्लाही हरिपुर्वा न.पा. ६ बस्ने माहदेव यादवको छोरा अ. वर्ष ४० को रामपुकार यादवलाई तत्काल पहिचान नखुलेको अपरिचित ब्यक्तिहरुले गोली हान्दा टाउकोमा गोली लागि मानिस घाईते भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.हरिपुर्वाबाट प्र.स.नि.को कमाण्डमा ४ जना, इ.प्र.का.केशरगंजबाट प्र.नि. को कमाण्डमा ११ जना टोली खटी गएको र थप अनुसन्धानको लागि जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा २१ जना गरी जम्मा ३६ जनाको टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, घाईतेलाई उपचारको लागी जानकी हेल्थ केयर पर्सा महोत्तरी तर्फ पठाईएकोमा ऐ. २१;०० बजेको समयमा घाईते डा.ले चेकजाँच गर्दा मृत घोषणा गरेको भनि प्र.चौ.पर्सा महोत्तरीबाट खटिएको प्र.क.ले यस का.मा जानकारी गराएको, मृत लाश सोहि अस्पतालमा रहेको। ऐ. २२;५३ बजेको समयमा माथिको घटनामा संलग्न शंकासद व्यक्ती मो.सा. चालक जि. सर्लाही हरिपुर्वा न.पा. ५ हरिपुर्वा बस्ने दिनेश यादवको छोरा अ. बर्ष २६ को धर्मेन्द्र राय हरिपुर्वा गा.पा.७ बसन्तपुर बाँके संग्रामपुर सडक खण्ड स्थितमा BR 30 AG 2354 नं.को अपाचे मो.सा.दक्षिण बाट उत्तर तर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर पठाईएको,तत्काल बोल्न नसक्ने अवस्था मध्यम,उक्त नं. को मो.सा.गौरीशंकरको नियन्त्रणमा रहेको, उपचारमा इ.प्र.का. लालबन्दी बाट प्र.ह.को कमाण्डमा २ जनाको प्रहरी टोली खटी गएको ,मो.सा. पछाडी सवार ब्यक्ति फरार रहेको, खो.त. कार्य भइरहेको ।

 

                                                कैदी मृत्यु

मकवानपुर भिमफेदी गा.पा.६ भिमफेदी स्थित भिमफेदी कारागारमा ज.ज.क.मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेको कैदी जि.चितवन कालिका न.पा.६ बस्ने वर्ष अं.४३ को बिष्णु प्रसाद दुलाल अचानक प्रेशरको कारण बेहोस भई उपचारको लागि प्र.ह.को कमाण्डमा खटिएको टोलीले हेटौडा अस्पताल मकवानपुर ल्याएकोमा ऐ.०६:५५ बजे उपचारको क्रममा मृत्यु भएको, शव शोही अस्पतालमा रहेको, आफन्तलाई जानकारी गराइएको, जि.प्र.का.चितवनबाट मुद्धा चलेको, पक्राउ परेको मिति २०७८।०४।१८ गते, मिति २०७९।०४।१३ गते भिमफेदी कारागार मकवानपुरमा स्थानान्तरण भई आएको ।

 

महोत्तरी महोत्तरी जलेश्वर न.पा.२ स्थितमा रहेको महोत्तरी जिल्ला कारागारमा अपरहन शरिर बन्धक,ज.ज.क.तथा ज्यान कसुर सम्बन्धी मुद्दामा मिति २०८२।०३।१७ गते पक्राउ परी सम्मानित महोत्तरी जि.अदालतबाट आदेश भई पुर्वपक्षमा रहेको बन्दी (थुनुवा) जिल्ला महोत्तरी गौशाला न.पा.५ घर भई हाल बर्दिबास न.पा.१४ बस्ने चलितर साहको छोरा अं.वर्ष ५२ को राजकिशोर साह अचानक बेहोस भई तत्काल उपचारको लागी प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटि प्रादेशिक अस्पताल जलेश्वरमा लगी उपचार भई रहेकोमा ऐ.०४:४८ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको (पहिला देखी नै ह्रदय र ग्यास्टिक सम्बन्धी बिरामी रहेको भन्ने कारागारको डाक्टर मार्फत जानकारी प्राप्त भएको ।

 

                                          ज.ज.क./ज.ज.क.उद्योग

डडेल्धुरा अजयमेरू गा.पा. ३ गुनपाल बस्ने बहादुर सिह मल्लको श्रीमती बर्ष ४२ कि देवि मल्ललाई निजको इच्छा विपरित ऐ.ऐ. बस्ने बर्ष ४१ को रमेश दमाइले मिति २०८२/०२/२२ गते शारिरिक सम्बन्ध राखेकोमा मिति २०८२।०४।३० गते स्थानिय स्वास्थ्य चौकी मा चेकजाँच गर्दा २ महिना गर्ब भएको भनि खुल्न आई दुई पक्ष एकआपसमा कुरा नमिलेको भनि स्थानयले ऐ.१८:३५ बजेको समयमा टे.फो. मार्फत प्रहरी चौकी भद्रपुरमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकी भद्रपुर बाट प्र.स.नि. प्रकास राज ऐडिको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटि गई दुवै जनालाइ नियन्त्रणमा लिइ तालुक जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको ऐ. २३:०० बजेको समयमा आवस्यक स्वास्थ्य परिक्षण पश्चात निज रमेश दमाईलाई हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको।   

 

बाँके बैजनाथ गा.पा ३ बनखेत बस्ने अ.बर्ष ६१ को बिर बहादुर दमाइले आफनै घर कोठामा पिडित ऐ.बस्ने बर्ष अं.८ की संकेत नाम ६५ कोहलपुर (०८२।०८३) ४ लाइ ललाइ फकाइ प्रलोभनमा पारी ज.ज.क.गरेको भनी निजको आफन्तले इ.प्र.का.वनकटवा बाँकेमा ऐ. १५:०० बजे जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.वनकटवाबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ निज बिर बहादुर दमाइलाइ निजकै घर कोठाबाट नियन्त्रणमा लिई दुबै जनालाइ स्वास्थ्य परिक्षणको लागी प्र.स.नि.को कमाण्डमा खटिएको ५ जना टोलीको जिम्मा लगाइ भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको ।

 

बर्दिया मिति २०८२।०४।२१ गते ०१:०० बजे बाँसगढी न.पा.६ अमिल्या बस्ने वर्ष १९ की किशोरीलाई आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ.बाँसगढी न.पा.६ सटहरिया बस्ने वर्ष १९ को अनिल चौधरी कोठा भित्र प्रवेश गरी ज.ज.क.गर्न खोजेको भनी ऐ.३० गते १३:३० बजे इ.प्र.का.मोतिपुर बर्दियामा जाहेरी दरखास्त दिएकोले प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गएको,ज.ज.क.उद्योग गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.मोतिपुरमा ल्याई राखिएको ।

 

पाल्पा माथागढी गाउँपालिका वडा नं.१ बस्ने बर्ष १६ की बालीकालाई ऐ.ऐ. बस्ने बर्ष ६२ को तुल बहादुर झेडी मगरले आफ्नै घर कोठामा एक्लै बसीरहेको अबस्थामा ज.ज.क. गरेको भनि आज मिति २०८२।०४।३० गते अ. १७:०५ बजेको समयमा जि.प्र.का. पाल्पा गई पिडितको फुपु मिना कुमारी चीदीले लिखित जाहेरी दिएको हुँदा उक्त स्थानमा तत्काल अ.प्र.पोष्ट माणीफाँट पाल्पाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न आरोपित निज तुल बहादुर झेडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का. पाल्पामा पठाईएको ।

 

गुल्मी मुसिकोट न.पा.६ जोगिथुम स्थित पिडित बस्दै आएको माईतीघरको दलानको खाटमा ऐ.ऐ. १ बस्ने बर्ष २७ को शंकर के.सी.ले बर्ष ४७ की परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) लाई डर धाकधम्की देखाई जबरजस्ती करणी गरेको भनि निज पिडित परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) ले मिति २०८२।०४ २९ गते साँझ १६;३० बजेको समयमा जि.प्र.का. गुल्मीमा जाहेरी प्राप्त हुन साथ उक्त स्थानमा जि.प्र.का. गुल्मी बाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई ऐ. १७;३० बजेको समयमा घटनास्थलमा पुगी बर्ष २७ को शंकर के.सी.लाई नियनत्रणमा लिई मेडिकल गरी आज मिति २०८२।०४।३० गते १५;३० बजेको समयमा दिन-६ म्याद थप समेत गरी हिरासत कक्षमा राखेको, बर्ष ४७ की परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) लाई स्वास्थ्य परिक्षण गरी घर गएको, अवस्था सामान्य रहेको ।

 

खोटाङ केपिलासगढी गा.पा ५ सांकेतिक वतन ०८२।०८३ जि.१२ बस्ने वर्ष ३० कि सांकेतिक नाम ४ लाई निजकै घरमा जि.खोटाङ केपिलासगढी गा.पा ५ आमबोटे बस्ने वर्ष ३७ को सुमन राईले ज.ज.क गरेको भनि ऐ अ.१९:०० बजे जि.प्र.का खोटाङमा आई जाहेरी दिएको हुदा निज सुमन राईलाई अ.प्र.चौ खार्मी खोटाङबाट खटिएको प्र.ब. को टोलीले निजको घरवतनबाटै नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

         

रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.४ छेप बस्ने वर्ष १५ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क) खाना खाएर आफ्नो घर कोठा भित्र सुतीरहेकी अवस्थामा निजकै बुवा ऐ.बस्ने वर्ष ३६ को परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क२) ले मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको भनि पीडितको मावलीतर्फको हाजूरआमा ऐ.७ गैरीगाउँ बस्ने वर्ष ५८ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क५) ले ऐ.३० गते बेलुका १८:०० बजे इ.प्र.का.होलेरीमा जाहेरी दरखास्त पेश गरे पश्चात तत्काल प्र.चौ.जुगार रोल्पाबाट प्र.ना.नि. को कमाण्डमा खटी गएको प्रहरी टोलीले निज पीडकलाई निजकै घर ठेगानामा फेला पारि पक्राउ गरी इ.प्र.का.होलेरी मा ल्याई मेडिकल गरी हिरासत कक्षमा राखिएको,पिडित इ.प्र.का.होलेरी रोल्पाको सम्पर्कमा रहेको,अबस्था सामान्य ।

         

                                                प्र.क.मृत्यु

महोत्तरी बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली,सिन्धुली दरबन्दी,कम्प्युटर कोड ३७२७३९ र संकेत नं.C-०००५०४७२ भएको र इ.प्र.का.गौशाला महोत्तरीमा कार्यरत जि.रौतहट परोहा न.पा.८ नरकटिया घर भएका प्र.ह.चन्दन प्रसाद पटेल क्यान्सर सम्बन्धी बिरामी भई नेपाल प्रहरी अस्पताल काठमाण्डौमा भर्ना भई उपचार  गराई रहेकोमा ३० गते १३:५८ बजे उपचारको क्रममा मृत्यु भएको ।

                                          

 

                                                  गोली प्रहार

बाँके नेपालगंज उ.म.न.पा.४ बसपार्क पछाडि ला.औ.कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट प्र.स.नि.र अ.प्र.पोष्ट बसपार्क नेपालगंज बाँकेबाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ला.औ.कारोबारमा संलग्न तपशीलका ब्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा सो कार्यमा खटिएका प्रहरी टोली माथि नै आक्रमण गरी भागि फरार हुन खोज्दा निज ब्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीले टाइप ५४ चाइनिज पेस्तोलबाट १ राउण्ड गोली प्रहार गर्दा ला.औ. कारोबारमा संलग्न देश भारत बहराइच जिल्ला रुपडिया बस्ने बर्ष अं.२० को कार्तिक कुम्हारको दाँया खुट्टाको पिडुलामा गोली लागी घाइते भइ घाइते संजिबनी कलेज अफ मेडिकल साइन्सेज प्रा.ली. बाँकेमा उपचार भइ रहेको, अबस्था मध्यम रहेको र प्र.स.नि.को दाँहिने पाखुरामा चोट अवस्था सामान्य साथै देश भारत जिल्ला बहराइच रुपडिया बस्ने बर्ष अं. २० को अजय कुम्हार समेत प्रकाउ र निजहरुको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १११ ग्राम (शुद्ध तौल खुल्न बाँकि) बरामद भएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.उ. को कमाण्डमा-२५ जनाको टोली खटि गएको । थप अपडेट:- ऐ.१४:४५ बजेको समयमा उक्त ला.औ.तौल गर्दा शुद्ध १०९ ग्राम ३५० मिलिग्राम रहेको ।

 

 

                                                ला.औ.

मकवानपुर  हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरीबाट बारा तर्फ जादै गरेको बा २१ च ३०८५ न.को योद्धा पिकअप गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडी लुकाई छिपाई गरी ल्याएको ला.औ.गाँजा ११ पोकामा अं.१२५ के.जी. (तौल हुन बाँकी) फेला पारेको हुँदा, ला.औ. सहित गाडी र गाडी चालक जि.धादिङ गल्छी गा.पा.८ गैरीगाउँ बस्ने वर्ष अं. ३१ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई प्र.चौ.रातोमाटे मकवानपुरमा राखिएकोमा ।

 

झापा  मेचीनगर न.पा.६ पुरानो मेचीपुल अगाडी सिटि सफारीमा सवार भई आईरहेका जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. २ बस्ने बर्ष २४ को रामहरी सिलवाल र ऐ.बस्ने बर्ष २३ को सुरेन्द्र सिलवाल लाई शंका लागी शरिर तलासी लिँदा रामहरी सिलवालले लगाएको ज्याकेटको टोपी भित्र प्लाष्टिकको पोका पारेको वस्तु खोलि हेर्दा, लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २८ ग्राम ६९० मिलिग्राम भएकोले निजहरुलाई सोधपुछ गर्दा भारतको पानिटंकीबाट हामि दुबै जनाले खरिद गरी ल्याएको भन्ने वुझिएकोले,उक्त लागूऔषध सहित निजहरुलाई पक्राउ गरी इ.प्र.का. काँकरभिट्टामा ल्याई राखीएको ।

 

सिराहा नवराजपुर गा.पा. ५ कुसण्डी स्थित सँयुक्त प्रहरी टोलिले नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्री जिल्ला सिरहा भगवानपुर गा.पा. २ गमरियाटोल बस्ने लखन यादवको छोरा अं. वर्ष ५० को शिवनाथ यादवले सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ला.औ गाजा २३ पोका टाउकोमा बोकी जादै गरेको अवस्थामा फेला पारी निजलाई ला.औ. १७ के.जि. गाजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीको लागि इ.प्र.का झाझपट्टी सिरहामा ल्याई राखिएको ।

 

बाँके नेपालगंज उ.म.न.पा.११ त्रिभुवन चोक स्थित लागू औषध ब्युरो नेपालगंज बाँके, लागू औषध अनुसन्धान ब्युरो सुर्खेत,व.प्र.का.नपालगंज बाट प्र.ब.ना.नि. र अ.प्र.पोष्ट नगर भवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले ऐ.बस्ने वर्ष ४४ को रसुल अहमद कबाडिया लाई शंका लागि नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको साथबाट शुद्ध तौल ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो  पदार्थ बरामद गरी जि.प्र.का.मा पठाएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।