प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।०३ गते देखि ऐ.०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-०४

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

नवलपरासी पश्चिम रामग्राम न.पा. १ सण्डा मिति २०८२।०४।२८ गते राती अं. २२:०० बजे वर्ष अं. ६० को श्रीराम गुप्ता र निजको छोरा वर्ष अं. २५ को दिपेन्द्र गुप्ता बीच दुबै जना मा.प.से. गरी झै-झगडा तथा कुटपिट हुंदा बाबु श्रीराम गुप्ता घाईते भई लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देहीमा लगी उपचार भईरहेको, टाउकोमा चोट, अवस्था मध्यम रहेको भन्ने घाईतेको आफन्त मार्फत आज मिति २०८२।०४।२९ गते अं. १९:१५ बजे जि.प्र.का. नवलपरासीमा खबर प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. संजय यादवको कमाण्डमा ५ जनाको टोली खटिगएको, कुटपिट गर्ने व्यक्ति (छोरा) फरार रहेको, खो.त. कार्य भईरहेको, उपचारमा घाईतेको श्रीमती संलग्न, उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं. ३/४ कि.मि. उत्तर पर्ने, अन्य वि.वि. पछि (०)

थप अपडेट - घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अबस्थामा सुधार ।

मिति २०८२।०४।३१ गते ०७;०० बजे प्रनानि ज्ञान बहादुर खत्रीको गाडी मोबाईल टोलीले कुटपिट गर्ने दिपेन्द्र गुप्तालाई नियन्त्रणमा लिई का. मा ल्याएको ।

थप अपडेटः- मिति २०८२।०५।०३ गते अं. १७:०० बजे डाक्टरको सल्लाह बमोजिम उपचार हुन नसकी उक्त घाईतेलाई घरमा ल्याई राखेकोमा आज मिति २०८२।०५।०४ गते राती ०२:३० बजे घरमा मृत्यु भएको, शव घरमै रहेको भन्ने मृतकको आफन्त मार्फत ऐ. ०६;०० बजे जि.प्र.का. नवलपरासीमा खबर प्राप्त हुनासाथ तत्काल प्र.स.ह. कर्ण बहादुर कुंवरको मो.सा. टोली खटिगई घटनास्थल सुरक्षार्थ राखेको, थप अनुसन्धानको लागी यस का. बाट प्र.नि. नारायण थापाको कमाण्डमा SOCO सहितको टोली खठिगएको ।

ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,

सुर्खेत चिङ्गाड गा.पा. ४ बडाकाँडा बस्ने वर्ष ६ की बालिकालाई ऐ चिङगाड गा.पा.४ वडाकाडा स्थित राम कुमारी शाहीको घरको माथिल्लो तलाको पश्चिमतर्फको कोठामा मिति २०८२।०३।२७ गते अं.२:३० बजे ऐ चिङ्गाड गा.पा. ०४ वडाकाडा बस्ने अं. वर्ष १५ को दिनेश चन्दले ज.ज.क. गरेको भनी पिडित पक्षले ऐ ०३ गते १३:०० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक दिनेश चन्दलाई नियन्त्रणमा लिई जि.प्र.का मा राखि थप अनुसन्धान भईरहेको ।

हातहतियार बरामद,

रूकुम पूर्व इ.प्र.का.तकसेरा रुकुम (पूर्व) बाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले ऐ.१०:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. पुथाउत्तरगंगा गा.पा.१३ रानिवन स्थित ओढारमा लुकाई-छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल ४ (सावुत) फेला पारी बरामदि मुचुल्का कार्य पुरा गरी भरुवा बन्दुक ऐ.१५:०० बजे इ.प्र.का.तकसेरामा ल्याई राखिएको, उक्त स्थान इ.प्र.का.तकसेराबाट अं.८ कि.मि.उत्तर पर्ने ।

डडेल्धुरा आलिताल गा.पा. वडा न. ४ रज्यौडा भन्ने ठाउमा अबैध रुपमा हातहतियार रहेका छन भन्ने गोप्य सुचनाका आधारमा जि.प्र.का.डडेल्धुराबाट प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटिगई ऐ.ऐ. बस्ने दिपक सिजाली र ऐ.ऐ. बस्ने गगन बोहराको घरमा रितपुर्बक खानतलासी गर्दा दुबै जनाको घरको कोठामा १।१ वटा भरुवा बन्दुक नाल थान २ फेला पारी बरामद गरी, दिपक सिजालीलाई फेला पारी पक्राउ गरी जि.प्र.का.डडेल्धुरा तर्फ ल्याउँदै गरेको र गगन बोहरा फेला नपरेकोले खो.त.कार्य भई रहेको ।

कैदी मृत्यु,

सुनसरी ऐ.०४ गते बिहानको ०५:१५ बजेको समयमा झुम्का कारागार सुनसरीमा लागुऔषध मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. भोजपुर हतुवागढी गापा ०८ हाल धरान १२ सुनसरी बस्ने बर्ष २८ को बिकास राई एक्कासि बेहोस भएको हुदा उपचारको लागी प्र.स.ह. बिनश कार्की (९८५२८९०४०५) को कमाण्डमा ३ जनाको टोलीले बा१झ ४७८ नं. को भ्यानमा जिल्ला अस्पताल ईनरुवा सुनसरी तर्फ लिई गएको । थप अपडेट- ऐ. ०५:४५ बजे जिल्ला अस्पताल सुनसरीमा ल्याई डाक्टरले चेकजाँच गर्दा निज बिरामिलाई मृत घोषणा गरेको मृतक लास सोही अस्पतालमा रहेको ।

गौबध,

बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित ऐ.बस्ने वर्ष ६५ को मुबारक जोलाहले गाई काटी मारेको भन्ने सुचनाको आधारमा इ.प्र.का.जयसपुरबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मुबारक जोलाहको घरकोठा रित पुर्वक खातलासी गर्ने क्रममा निज मुबारक जोलाहलाई कोठा भित्र बसी धारिलो हतियार हँसियाले गाई गोरुको जस्तो देखिने मासुलाई काटी सानो सानो टुक्रा पारि रहेको अवस्थामा फेला पारी निजको अगाडी रहेको हरियो रंङको प्लाष्टिक माथी गाई गोरुको जस्तो देखिने मासु १०१ के.जि., तौल गर्ने तराजु थान १, किला थान १, फलामको हसिया थान १ , काठको अचानो थान १, प्लाष्टिकको बाटा थान ३, स्टिलको थाली थान १ र मासु तल बिछ्याएको हरियो रंङको प्लाष्टिक समेत फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.मा पठाएको ।

ला.औ.,

सुनसरी           कोशी गा.पा.१ लौकही स्थित पूर्व-पश्चिम राजमार्गमा ला.औ.नियन्त्रण ब्युरो बिराटनगर र इ.प्र.का.लौकहीबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख ३१४९ नं.को यात्रुबाहक हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार जि.मोरङ सुन्दर हरैचा न.पा.११ सलकपुर बस्ने वर्ष ४५ को लोक बिक्रम शाहको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ३७.६२ ग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई आ.अ.भईरहेको ।

 

चितवन भरतपुर म.न.पा.९ बसपार्क स्थितमा रहेको ऐ. बस्ने भिमदेवी भट्टचनले सञ्चालन गरेको न्यु धौलागिरी थकाली भान्साघर एण्ड लजमा शंका लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा होटलको १०६ नं. कोठाबाट ला.औ. ट्रामाडोल १७,४०० ट्याब्लेट फेला पारी ला.औ. सहित देश भारत बिहार चनपरिया घर बताउने वर्ष २४ को आर्यन कुमार लगायत ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.चितवन पठाएको, उक्त स्थान प्र.चौ.नारायणगढबाट अं.०.४ कि.मि. दक्षिण पर्ने ।

 

मोरङ बिराटनगर म.न.पा.१५ बिराटनगर आँखा अस्पताल अगाडी सडक-खण्डमा ला.औ.नि.ब्युरो कोटेश्वर काठमण्डौं, इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ह. को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली जिल्ला साउथ भद्रपुर बस्ने अं.वर्ष ४३ को सागीरलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको ब्यागभित्र रहेको स्पिकर भित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १९० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.रानीबाट अं.२.५ कि.मि.उत्तर पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।