प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।०६ गते देखि ऐ.०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-०८

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

स्याङजा, वालिङ् न.पा.५ बाहुन डाँडा बस्ने वर्ष ३२ को ढाल बहादुर थापा (मा.प.से. गरेको) लाई ऐ.हरिनास गा.पा.५ बस्ने वर्ष २२ को सिजन थापा लगायतका २,३ जना केटाहरुले कुटपिट गरी घइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याइएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागि ऐ.२३:४५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा ऐ.८ गते ०१:३५ बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.केवरेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई थप अनुसन्धान भइरहेको, कुटपिटमा संलग्न सिजन थापा प्रहरीको नियन्त्रणमा, अन्य व्यक्तिहरूको खो.त.भइरहेको, कुटपित गर्नुको कारण नखुलेको ।

 

रौहतट, मिति २०८२।०५।०७ गते अं.२२:०० बजेको समयमा जिल्ला रौहतट गौर न.पा.९ मुडवलवा गेट स्थित बाटोको छेउमा सुटकेशको चेन हल्का खुलेको अवस्थामा रहेको र सुटकेस भित्र महिलाको हात जस्तो देखिएको(एकिन नभएको) जस्तो छ भन्ने खबर प्राप्त हुन साथ जि.प्र.का.रौतहटबाट प्र.नि.जिवन कुमार मैनाली (9852690097) को कमाण्डमा टोली खटी गई घटना स्थाल कडन  गरी,सुटकेश भोलि खोलि सत्य तथ्य बुझि जाहेर गर्ने भन्नी प्र.नि.को टोली फिर्ता आएको  र प्र.चौ.बेलबिछुवाबाट प्र.स.नि.मनोज कुमार दासको कमाण्डमा टोली खटी गई घटना स्थाल सुरक्षित राखेको र मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भोली बिहान हुने, थप टिपोट ;- घटना स्थलमा प्र.ना.उ.राजु कार्की(९८५५०४०६०७)को कमाण्डमा Soco सहितको मुचुल्का टोली खटि गई आवश्यक अनुशन्धान कार्य भईरहेको,उक्त सुटकेस भित्र अं. बर्ष २०/२५ की तराई वासी जस्तो देखिने महिलाको लाश फेला परेको  र मिति २०८२।०५।०८ गते ०७:४० बजे मुचुल्का पश्चात शव पो.मा.को लागी प्रादेशिक अस्पताल गौर रौतहटमा ।

 

ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,

अर्घाखाँची, छत्रदेव गा.पा.८ निन्युडाँडा बस्ने अं.वर्ष ४० को मेगराज नेपालीले ऐ.चिदीपानी बस्ने (शारिरीक र मानसिक अवस्था कमजोर रहेकी) अं.वर्ष ३० की महिलालाई निजको घर पछाडिको बारीमा लगेर ज.ज.क.गरेको भनी ऐ.६ गते १३:१५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.अर्घातोषबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.खनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज मेगराज नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

 

ईलाम, सुर्योदय न.पा.३ घर भई हाल ऐ.न.पा.९ बरबोटे स्थित मोहन भण्डारीको घरमा डेरा गरि वस्ने (साङ्केतिक नाम ०८२/८३ पशुपति ग-१) को छोरी बर्ष अं.१६ की सांङ्केतिक नाम (०८२/०८३ पशुपति ग) लाई ऐ.ऐ.बस्ने वर्ष अं.२२ को अमित गुरुङले आफ्नो घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको बुबाले मिति २०८२।०५।०६ गते अं.१४:३० बजे इ.प्र.का. पशुपतिनगर इलाममा जाहेरी दरखास्त दिन साथ प्र.चौ. फिक्कल इलामबाट प्र.ना.नि. बिष्णु सापकोटा ( ९८५२०९०९९४ ) को कमाण्डमा प्रहरी टोली खटीगई पिडक अमित गुरुङलाई फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. पशुपतिनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

बाँके, कोहलपुर न.पा. ७ लखनापुर शान्ति टोल बस्ने वर्ष अं. २६ कि संकेत न. ६५ कोहलपुर ०८२/०८३ (६) पिडितले दिएको निवेदन अनुसार निज पिडितको घरबाट अ. ५०० मिटर पुर्वमा रहेको आफ्नै मकै बारिमा मकै हेर्न गएको अवस्थामा एक्कासी नाम थर वतन नखुलेको मधेशी मुलको जस्तो देखिने अ. ४०।४५ वर्ष को कालो बर्ण ,लामो कपाल ,छोटो दारी भएको पुरुष व्यक्तिले सोही मकै बारिमा ज.ज.क. गरी फरार रहेको भनी पिडित र पिडितको आफन्तले मिति २०८२।०५।०७ गते अ. १६:३० बजेको समयमा अ.प्र.चौ. हवल्दारपुर बाँकेमा जानकारी गराए पश्चात उक्त स्थानमा अ.प्र.चौ. हवल्दारपुर बाँके बाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट प्र.नि. को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गइ घटनास्थल लगायतका कार्य पुरा गरी पिडित लाइ विस्तृत स्वास्थ्य परीक्षणको लागी भेरी अस्पताल नेपालगंज पठाइएको अवस्था सामान्य रहेको, फरार ब्यक्तिको खो.त भइ रहेको ।

 

नवलपरासी पश्चिम, रामग्राम न.पा.१० नदवा स्थित बुद्धिमान चौधरीको घरमा भाडामा बस्ने जि.कपिलवस्तु कपिलबस्तु न.पा.९ बस्ने महिला बिहान बालजी ग्रेनेट फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा निजको छोरी वर्ष अं.५ की बालिकालाई सोही घरमा डेरा गरी बस्ने जि.बारा कोल्हबी न.पा.१० बरेवा बस्ने श्याम ठाकुर काम बिशेषले परासी तर्फ गएको र निजको श्रीमती मिलानो चप्पल फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा श्याम ठाकुरको भान्जा ऐ.बस्ने वर्ष अं.२२ को विकाश ठाकुरले घरमा कोही नभएको अवस्थामा निज बालिकालाई ललाई-फकाई गरी मामाको कोठामा लगेर बाल यौन दुर्ब्यबहार गरी फरार भएको भनी बालिकाको आमाले ऐ.१९:०० बजे प्र.चौ.तोनवामा जानकारी गराएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, घटनामा संलग्न व्यक्तिको खो.त.भइरहेको ।

 

सुन जास्तो देखिने पदार्थ बरामद,

चितवन, भरतपुर म.न.पा.१ भृकुटिपथ स्थित बा १५ च ६९२ नं.को Grand कारलाई जि.प्र.का.चितवनबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्दा सुनजस्तो देखिने पहेलो धातुको टुक्रा १४५.६ ग्राम र नगद रु.९ लाख (ने.रू.) फेला परेकोले उक्त सुनजस्तो देखिने धातुको टुक्रा, कार र नगद सहित ऐ.भरतपुर म.न.पा.२ बस्ने वर्ष ४३ को टक बहादुर बि.क.समेत २ जनालाई नियन्त्रणमा लिई  जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

सुधार गृहबाट मानिस भागेको,

कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी स्थित रिसमोन फेलोसिभ सुधार गृहबाट ऐ.१ बस्ने वर्ष ४२ को राज कुमार नेपाली र ऐ.गोदावरी न.पा.२ तेघरी बस्ने वर्ष २७ को सन्तोश बोहरा भागेको भनी ऐ.०८:२० बजे सुधार गृहका संचालक राम बहादुर रजकले जानकारी गराएको हुँदा जि.प्र.का.बाट प्रहरी टोली खटी गई खो.त.भइरहेको।

 

ला.औ.,

पर्सा, पटेर्वा सुगौली गा.पा.५ देउरिया स्थित चरेश गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर इ.प्र.का.पटेर्वा सुगौलीमा प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटी गई संकास्पद घरहरुमा खानतलासी गर्दै जादा केही चिज वस्तु फेला नपरी फर्कने क्रममा ऐ. स्थित अं.वर्ष ४६ को रामायण चौधरीको धान खेतमा संकास्पद हेर्दा चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा, लागु औषध चरेस जस्तो देखिने बस्तु फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा ल्याई नाप तौल गर्दा ५४ किलो ४०० ग्राम रहेको, अन्य अनुसन्धान कार्य भई रहेको ।

 

बाँके, नेपालगंज उ.म.न.पा.१७ डिवामन्दिर नजिकै ला.औ. कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पँचपोखरा देखी नदै गाँउ तर्फ आउदै गरेको चालक जि.बाँके नेपालगंज उ.म.न.पा.१६ बस्ने वर्ष २० को रियाज खानले चलाएको UP 32 NU 7435 नं. को मो.सा.संका लागि चेकजाचँ गर्दा निजले लगाएको कट्टु भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्व तौल १०० ग्राम ७४० मिलि ग्राम बरामद गरी निजलाई मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

 

बारा,  जितपुर सिमरा उ.म.न.पा.२१ इ.प्र.का.अम्लेखगंज कार्यालय अगाडि चेक प्वाइन्टमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट वीरगंज तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नं.को यात्रुबाहक ईभि गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार जि.चितवन राप्ती न.पा.१ बस्ने वर्ष ४२ को सन्चलाल चेपाङलेको साथबाट ला.औ. गाँजा ७.३२० (प्लाष्टिक सहित) किलो ग्राम सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई राखेको,

 

सुनसरी, इटहरी उ.म.न.पा.७ बालग्राम स्थित भोजराज कार्कीको घरमा ला.औ.ब्राउन सुगर बेचबिखान हुँदैछ भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरी र प्र.चौ.बालग्रामबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा भोजराज कार्कीको घरमा डेरा गरी बस्ने जि.सुनसरी रामधुनी न.पा.६ बस्ने वर्ष २८ को विप्लब चौधरी र जि.ईलाम फाक्फोक्थुम गा.पा.६ बस्ने वर्ष २७ की सुस्मा राईको कोठामा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर प्लाष्टिक सहित तौल गर्दा ४८ ग्राम र नगद रु.७६,१००।– फेला परेकोले उक्त नगद र ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा राखिएको।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।